Skip to main content

Posts

Showing posts from 2009

आउने यो नयाँ वर्षमा

कैयन कठिन दिन र रातहरू पट्यारलाग्दो ढंगले बिताइसके पश्चात ः आजदेखि हामी विवश नेपालीहरूले २००९ लाई विदाई गरी उहि विवश मनस्थिती लिएर व्यग्रतापूर्वक ईश्वी सन्को अर्को एउटा नौलो वर्ष २०१० को स्वागत गर्न लागि रहेका छौं । लाग्दछ, यो वर्षले आफ्नो पहिलो प्रहर बिताइरहँदा हामी नेपालीहरू हाम्रो देश र हामीहरूको नौलो र बैज्ञानिक ढंगले पुनर्संरचना गर्ने गरी तयार पारिएको एउटा दस्तावेजका रूपमा ‘नयाँ नेपालको नयाँ संविधान’ पाएका हुनेछौं । खैर, यो हाम्रो स्वस्थ र आशावादी मस्तिष्कले कल्पना गरेको (तर सायदै पूरा नहुने) एउटा मृगतृष्णा मनमा लिई राखेको जस्तो पनि हुन सक्ला । तथापी हामीले तत्कालै यो नयाँ वर्षमा केही हुन्छ कि भनेर सोच्नु पनि हाम्रो मुर्खता मात्र पो हुने हो कि ! नेताहरू (भन्न पनि लाज लागेर आउँछ) ले सायद ईश्वी सन्को यो नयाँ वर्षमा कसरी हुन्छ सत्तामा आफू र आफ्नो पार्टीको गतिलो उपस्थितीका लागि सपना साँचिरहेका होलान् । कोही आफ्ना परिवार, इष्टमित्र र कार्यकर्ताहरूको वथान बोकेर नेपाल राज्यको राज्यकोषको चरम दुरुपयोग गरी विदेश सयरको योजनाको तानाबाना बुन्दै होलान् । कतै, कोही अरुहरू बन्द, हडताल, चक्काजाम …

जय लोडशेडिङ !

"हत्तेरिका ! फेरी मर्‍यो यो टाउको लाउनी !" गृहलक्ष्मी राइसकुकरबाट चामलपानी प्रेसरकुकरमा खनाउदै भन्छिन । म सामाजिक बिषयको 'जलस्रोत' पाठको तयारी गर्दैछु। पाठमा टलक्क टल्किने अक्षरमा लेखिएको छ – जलस्रोतमा विश्वमा नम्बर दुई धनी देश, त्रियाशी हजार मेगावाट बिद्युत उत्पादनको अनुमानित गणितिय आकडा !
गृहलक्ष्मी मलाई आवाज दिन्छिन –'के नचाहिने धन्दा हो त्यहाँ ? आउनुस यो प्रेसरबाट चामलपानी राइसमा खन्याउनुस्, लाइन आयो !'
'ल आज चै भात छिट्टै पाक्ने भयो' मनमनै सोच्दै म गृहलक्ष्मीको आदेश स्विकार्छु । 'धत फेरी चट भयो' सबै चामलपानी राइसमा खन्याउन नपाउदै बिजुली कट ! भएन फसाद ! दुर्लभ ग्यासको खर्च ! मैले अरु सोच्न नपाउदै बिजुलिको पुनरागमन हुन्छ। गृहलक्ष्मी थन्थन गर्दै भात बसाल्न पुग्छिन।
आज चै बिद्यालय टाईममा पुगिने भयो मैले हर्शित भावमा अभिब्यक्त गर्छु उनी खिसी गर्दै ओठ लेप्राउछिन – अहिले बिचैमा कट होला अनी !'
पाँच सात मिनटसम्म पनि बिजुली कट नभएपछी म खुशी मुद्रामा भन्छु – 'डार्लिङ तिमी आफ्नो काम गर म मेरो तयारी तिर लागे।'
पाठमा नेपालको जलस्रोतको व्या…

नेपालको अर्को एउटा कीर्तिमान

विश्वभरी जलसम्पदामा दोश्रो धनी राष्ट्र भनेर मैले सानै उमेरमा मेरो हरि कंगाल देशको नाम सुनेथेँ । यो सानो हिमाली राज्य जलसम्पदामा धनी हुनु अस्वभाविक विषय त पक्कै थिएन तथापि हरेक कुरामा पछाडी परेको आफ्नो देश कुनै चिजमा धनी छ भनेर सुन्न पाउनु सबैका लागि खुशिको कुरा नै हो । पछिल्ला केही वर्षहरूदेखि हाम्रो देश अरू थुप्रै चिजहरूमा पनि धनी बन्न पुगेको छ । यहाँहरुले पनि अनुमान लगाई सक्नु भै सक्यो होला । हो, तपाइँहरुले गरेको अनुमान सहि हो । नेपाल अहिले बन्द, हडताल, चक्काजाम र तोडफोडमा नाम कमाउनमा धनी मात्र होइन एकदमै आत्मनिर्भर बनेको छ । यी सब गर्नको लागि हाम्रो राष्ट्रका राजनैतिक दलहरुलाई न विदेशी प्रभुको आर्शीवाद चाहिन्छ न त उनीहरूको आर्थिक सहयोग नै । अब यहाँहरूलाई लाग्ला यो सब थाहा भैरहेको कुरा न हो बेकारमा यस्तो लेखेर के टाइम पास गरेको होला ? तर कुरो त्यसो मात्र होइन् । यहाँहरूलाई जानकारी होस भन्ने ठानेर मैले यहाँ हाम्रो देशले एउटा अर्को क्षेत्रमा गरेको ठूलो परिवर्तनका सम्बन्धमा केही लेख्ने जमर्को गरेको छु ।प्रिय, नेपालबाहिर रहनु हुने आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरू, नेपालमा विकासका …

नांगा नाचहरू (कविता)

डान्सबारमायौवनाहरूको नांगो तरसुकोमल र पारदर्शी नृत्यप्रतिऔला उठाउनेहरू होखबरदार ! बन्द गर –ती बेफ्वाँकका आपत्तिहरू !तिनले लुटेका छैनन्गरिप जनताहरूलाईतिनले लुछेका छैनन् देशलाई !त्यसैले,खबरदार ! बन्द गर –ती बेफ्वाँकका आपत्तिहरू ! बरू, सक्छौ भने गर्नसडक, सदन र सत्तामाआफ्नो भद्दा अभिष्टहरूकोदेखाईरहेछन् – जसले नांगा नाचहरूसुस्वागतम् ! बुलन्द पार–तीनका बिरूद्धमा आपत्तिहरू !तिनले चुसेका छन्गरिप जनताहरूलाईतिनले लुटेका छन्देशलाई !त्यसैले,सुस्वागतम् ! बुलन्द पार–तीनका बिरूद्धमा आपत्तिहरू !

आन्दोलन नामको आँशु चुवाईं

माओवादीले आफ्नो तेस्रो चरणको आन्दोलन आजबाट सिद्धिएको घोषणा गरेको छ । लगातारको ७२ घण्टे नेपाल बन्दपछि आन्दोलन समापन समारोहलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड तथा संयुक्त जनआन्दोलनका अध्यक्ष बाबुराम भट्टराईले आजको मितिदेखि आफ्नो तेस्रो चरणको आन्दोलन समाप्त भएको घोषणा गरेका छन् । आन्दोलन समाप्तीको घोषणा लगत्तै देशभरका पसल तथा व्यापारिक केन्द्रहरू खुल्न शुरु गरे भने तीन दिनदेखि बन्द सवारी साधनहरु बिस्तारै सडकमा छाउन थालेका छन् ।काठमाडौं बानेश्वरको समारोहलाई सम्बोधन गर्दै, माओवादी नेताहरुले वर्तमान माधवकुमार नेपाल नेतृत्वको सरकारलाई कठपुतली, रोबोट र बिदेशी प्रभुको आडमा स्थापित सरकारको संज्ञा दिदैँ १ महिनाभित्रमा राष्ट्रपतिको कदम नसच्चिएमा त्यसबाट हुने हरेक खालको परिणामको भागिदार वर्तमान सरकार नै हुने स्पष्ट पारेका छन् । नेताहरुले भनेका छन् – विदेशी प्रभुका सामु घुँडा टेक्ने नोकरशाह र दलालहरुले नेपाली जनताको भविष्य डामाडोल पारेका छन् । यो बन्द, हडताल सबै नागरिक सर्वोच्चता स्थापनाका लागि भएको जिकिर गर्दै उनीहरुले थपेका छन् – माओवादीको यो आन्दोलनमा माओवादी कार्यकर्ता र शुभेच्छुक मात्र स…

साला आन्दोलन र मेरो रित्तो मन

हिजो दिनभर सडकमा म साइकलमा चढेर यसरी कुदिरहेँ मानौं म एउटा जोकर बनिरहेको छु । आधुनिकताले चुर्लुम्मै डुबेको हाम्रो समाजमा म साइकल चढेर यताउता काममा हिड्नु समाजका आँखाले मलाई फाल्टु जोकर बाहेक केहि नदेख्नु नै हो । माओवादीले आब्हान गरेको आमहडतालका कारण आफ्नो व्यस्त समयको व्यवस्थापनका लागि मोटरसाइकल चढ्न नपाउने भएपछि करिब ४–५ घण्टा जति साइकलमा यात्रा गर्न बाध्य भएँ । हिजो दिनभरको साइकल यात्राले आज बिहान करिब आठ बजे मात्र म बिस्ताराको न्यानो छोड्न पुगेँ । जसका कारण बिहान सात बजे नै निश्चित गरेको मेरो आजको स्टाफ मिटिङ मेरै कारण ११ बजे शुरु हुन पुग्यो । यो बन्द, हडताल मेरो जस्तै अरु थुप्रै गरिप गुरुवाको सबथोक चौपट पारेको कुरा सर्वहारा वर्ग पार्टी भनौदो माओवादीले कहिले बुझ्ने होला ? कुन्नी !सुन्दै छु, आमहडतालको कार्यक्रम अझै लम्बिदै छ रे । यो कस्तो दुर्भाग्य हामी नेपालीको ? हामी कतिञ्जेल यसरी बन्द, हडताल र चक्काजामका कारणले पिडीत भैराख्नु पर्ने हो, कुन्नी ? हुन त नेताहरु चुनाव हुँदा ताका नेपाललाई सिंगापुर, स्वीटजरल्याण्ड र अरु सम्पन्नशाली देशहरुजस्तो सभ्य, विकसित र सुसंस्कृत देश बनाउने सपनाहर…

उफ ! यो नेपाल बन्दको राजनीति !

अन्ततः अरु राजनैतिक दल र नागरिक समाजको आग्रहलाई बेवास्ता गर्दै नागरिक सर्वोच्चता स्थापना गर्ने वहानामा एकिकृत ने.क.पा. (माओवादी)ले पौष ५, ६ र ७ गते आम हड्तालको घोषण गरेरै छाड्यो । जसको सवैभन्दा वढी प्रभाव सर्वसाधारण जनतालाई परेको छ । अहिले यसो विचार गर्ने हो भने नेपाललाई आन्दोलनको हावाले कहिल्यै छोड्ने छाँट देखिएन । नेपालमा विगत एक शताब्दीभन्दा बढि समयदेखि विभिन्न नाममा सानातिना आन्दोलन भइरहेका छन् । कतिपय आन्दोलनहरु देश र जनताको पक्षमा भएका छन् भने कतिपय आन्दोलनहरु राजनैतिक दलहरुले आफ्नो अभिष्ट पुरा गन हेतुले भएका छन् । २००७ साल, २०१२ साल, २०१९ देखि २०४६साल हुँदै ६२\६३ को अप्रिल क्रान्तिसम्मका आन्दोलनहरु देशमा प्रजातन्त्र स्थापना गर्नका लागि भएका आन्दोलन थिए किन भने यी आन्दोलहरुमा देशका सम्पूर्ण जनताहरुको उल्लेख्य सहभागिता थियो । यि समयहरुमा नेपाली जनताहरुले १०४ बर्षे जहानिया राणा शासन, नेपाली काँग्रेसको जनविरोधि क्रियाकलाप, ३० वर्षे पञ्चायती कालकोठरी तथा २०६१माघ १९ गतेको राजा ज्ञानेन्द्रले चालेको निरंकुश कदमकाविरुद्ध नेपाली जनताद्धारा गरिएको २०६२\०६३ सालको आन्दोलनको नेपालको राजनैतिक…

विवाह, राजधानी र जतिय उन्मुक्ती सहितको गणराज्य

प्रेम अन्धो हुन्छ भन्ने सबैले सुन्दै आएको कुरा हो । र, हो – यो एउटा कटु सत्य । यस्तै अन्धो प्रेममा परेर दलित युवा र गैर्‍ह दलित युवतीको प्रेम धरापमा पर्न गएको छ । प्रेम गर्नु त भूल कदापि होईन् तथापि सामाजिक संस्कारमा प्रभाव पार्ने खालको प्रेम गर्दा युवायुवतीले केही बढी चनाखो हुनु भने जरुरी छ । यसरी दलित र गैर्‍हदलितबीचको प्रेमलाई सफलीभूत पार्नका लागि सम्बन्धित जोडी आफैमा सक्षम हुनुपर्छ । राजधानीको अति नजिक भक्तपुर जिल्ला निवासी सागर परियार र संगीता थापा क्षेत्रीले पाँच महिना पहिला गरेको प्रेम विवाहप्रति केटी पक्षले गम्भिर असहमति जनाएकाले ती जोडीहरु अहिले काठमाडौंमा विस्थापित हुन पुगेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । राजधानीकै छेउछाउमा यस्तो विकराल विभेदको नजरअन्दाज गर्न नसकेका दलहरुले जातिय उन्मुक्तिको लड्डु बाड्दै जातिय संरचनाको गणराज्य घोषणा गर्नुलाई हामी के ठान्न सक्छौं ?

एक यौनकर्मीको कथा

रहर हराइ सकेको जस्तो अनुहार लिएर उ मैले बोलाएको ठाउमा भेट्न आइ । जब पहिलो पटक ४ बर्ष पहिले कमर्श क्याम्पसमा उसलाई मैले भेटेको थिए - उसको धप्धप बलेको जस्तो लाग्ने मुहारमा मैले स्पर्श गरेको खुशी म कसरी विश्वका सुखी मान्छेहरुसँगको खुशी सँग दाज्न सक्थे र ? मलाई लागेको थियो उसको जत्तिको खुशी भएको मान्छे को ? तर आज उसँगको भेट केही पृथक लाग्यो - मलाई। किन उसको मुहार रङ उडेको जस्तो भएको होला ! मलाई थाहा थियो उसको कथा मर्महात लाग्दो छ, तर मलाई के थाहा उसको कथाले मेरो मन नै रुवाउला भन्ने कुरा ?
उसले म सँगको जम्मा १ घण्टाको समयमा दशौ पटक रुवाइ दिइ । उसको नाम लेखेर उसको ब्यथाको बिमोचन म यो ब्लगमा पटक्कै गर्न चाहन्न तर उसको कहाली लाग्दो कथाको सार्वजनिकीकरण मैले अवस्य गर्नु पर्छ । आँखा भरी आसुँ बोकेर उसले मलाई भनी - कलेजका साथीहरुको बिलाशी लाग्दो life style देखेर मलाई डाह लाग्न थाल्यो, मलाई थाहा थियो उनिहरुलाई त्यसो गरेर पुग्छ किनकी उनिहरु धनी बाबा आमाका छोरीहरु थिए । तर मेरो इर्श्यालु मनको अगाडी त्यो मेरो परिपक्व बिचारको केही जोर चलेन । र, म अहिले यौनकर्मी बन्न पुगे । तिमी जस्तो असल साथी कलेज छाड…

जब सीप हुन्छ हातमा !

यी युवतीको नाम हो – जसमाया पुन । पर्वत शालिजाकी यि विवाहित युवती एक आत्मनिर्भर नारी हुन् । उनी अल्लो धागो कताई तथा अल्लो धागोको कपडा बुन्ने तालिम दिने प्रशिक्षक हुन् । “महिलाहरुले केहि पनि गर्न सक्तैनन् भन्ने आम नेपालीहरुको गलत सोचले आफूलाई आफ्नै सीप र श्रममा बाँच्न अभिप्रेरित गरेको” बताउने प्रशिक्षक पुन प्राय ः अल्लो सम्बन्धि विभिन्न तालिममा व्यस्त रहन्छिन् । मासिक १०,००० सुख्खा कमाईका लागि खाडी मुलुकमा काम गर्न विवश नेपाली युवायुवती तथा बेरोजगार भई नेपालमै आफ्ना सिर्जनशिल समय त्यत्तिकै खेर फाल्ने थुप्रै युवायुवतीहरुका लागि उनलाई एक अनुकरणीय व्यक्तित्वको रुपमा लिन सकिन्छ । कत्तिलाई विश्वास नलाग्न सक्छ, उनको औसत मासिक आम्दानी नेपाल सरकारको एक श्रेणीकृत अधिकृतको भन्दा कम हुँदैन् । उनीबाट हामीले पनि केहि सिक्ने हो की ?

तिम्रो माथि चढ्न आएको हो र ?

यो पटकको काठमाडौं बसाइ अनौठो लाग्दो भयो । बिभिन्न साथीहरुको बसोबास र उनिहरुसँगको कुराकानीबाट काठमाडौंका कथा ब्यथा सुन्न पाइयो । ४ बर्ष पहिले मिनभबन कलेजमा पढदाको भक्तपुरको साथी बिपेशलाई भेट्ने मौका पनि यस्पटक मिल्यो । उसले रत्नपार्कमा भेट्ने कुरा गरेपछी म हान्निदै रत्नपार्कमा पुगे । उसले मलाई नै पर्खेर बसिरहेको थियो । ४ बर्ष पछीको उसको र मेरो भेट आँफैमा एक अपत्यारिलो सत्य झै लाग्यो । उससँग गरिएका थुप्रै कुराहरु रोमान्चक थिए नै । तर त्यो भेटको अघिल्लो रातको कुरा मलाई अझ बरु रोमान्चक लाग्यो । उसले आफुले ठमेलको पीस फेवा नामको एक गेस्ट हाउसमा बिताएको रातको कुरा पनि मसँग शिएर गर्‍यो । उसका अनुसार -उ र उस्को एकजना साथी रातलाई रङिगन बनाउनका लागि उक्त गेस्ट हाउसमा गएका थिए । उस्ले पनि आफ्नो साथीले झै ४-५ जना केटीहरुको हुलबाट एक्जना आफुलाई मन परेको केटी लिएर कोठामा गएछ । चट्ट केटीले आफ्नो शरीरको तल्लो भागमा लगाएको कपडा फुकालेर उसलाई पनि उसै गर्न भनिछ । उसले पनि त्यसै गरेछ । केटीले उसको लिङगमा कन्डम लगाइ दिएछ र आफु माथि आउन भनिछे । तर मेरो साथीले चाँही केटीलाई नै आफ्नो माथि चढ्न आग्रह गरेछ । के…

राजदरबार देखे पछि

काठमाडौं यात्राको बखतमा यो निर्जन (राजा नभएकाले) राजदरबार देखे पछि मेरो निराश मनोविज्ञानलाई बुझेपछि ट्याक्सी चालकले मलाई आश्वस्त पार्दै भनेथे – “धन्दा नमान्नुस् भाई, अहिले राजा छैन् त के भो ती भन्दा ठूला राजा (हाम्रा नेताहरू) कुनै न कुनै दिन आफूलाई सर्वोच्च राजा घोषणा गरेर यो दरबारमा आउनेछन् ।”

नेपाल, गणराज्य र अनुत्तरित प्रश्नहरू

महान् जनवादी पार्टी एकिकृत ने.क.पा. माओवादीले संविधानसभाले निक्र्यौल गर्नु पर्ने राज्य संरचनाको विषयलाई आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरेबमोजिम प्रस्तावित १५ वटा गणराज्यहरूको घोषणा आगामी पौष पहिलो सातासम्ममा गर्दैछ । सस्तो लोकप्रियता प्राप्तीको लालचमा होस् वा आफ्नो हैकमबादी अधिनायकत्वको पुनर्पुष्टिका लागि होस् माओवादीहरूले क्षणिक आवेश र उत्तेजनामा आएर नेपाल र नेपालीको भविष्यलाई दिर्घकालिनरूपमा खतरनाक मोडमा लगेर उभ्याउने भगिरथ प्रयास गर्दैछन् । उनीहरूको यो अपरिपक्व र केटौली पाराले देश निकट भविष्य मै मुठभेडको स्थितीमा पुग्ने अवश्यंभावी छ । जातियताका आधारमा संघिय गणराज्यको नाम दिएर माओवादी नेतृत्वले सिंगो नेपालको रूपलाई टुक्रा टुक्रा पार्ने दिशातिर आफ्ना ध्यानलाई आकृष्ट पारेको छ । नेवारहरुको बाहुल्यता भएको राज्य – नेवा गणराज्य, तामाङ्हरूको बाहुल्यता रहेको राज्य – ताम्सालिङ् गणराज्य, यसैगरी मगराँत, लिम्बुवान, खम्बुवान, खस, मिथिला आदि ईत्यादि । उनीहरूको यो हदको केटौली पाराले देशवासीलाई सशंकित पार्नु अस्वभाविक विषय हुनै सक्दैन् । नेपाली जनताहरूले विस्तारै माओवादीको क्रान्तिकारीता र राष्…
(देशको मायाले मलाई लेख्न विवश गरायो – यो प्रस्तुत गजल । जब मैले देख्दै र भोग्दै आएँ, मेरो देशमा उचाई भएको नेताको अभाव, खाँटी देश र जनताप्रेमी नेताको रित्तता अनि मलाई कोर्न मन लाग्यो, यो गजल । हरेक दिन जब मैले देखेँ थुप्रै नेपाली युवायुवतीहरू कहिले कामका लागि कहिले पढ्ने बहानाका लागि सम्पन्नशाली देशका राजदुतवासमा भिषाका लागि तछाँडमछाड गरेको मैले आफूलाई पनि उभाएको छु, त्यो भिडमा । अनि लाग्यो, मलाई एउटा देशप्रेमी दीलको खाँचो छ, जसले सधैँ गर्न सकुँ मैले मेरो देशको माया । बाँकी गजलमा....) जन्माउन सक्ने सपुत कोख पठाईदिनु माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु देशलाई माया मारी कति डाँडा काटी गए मेरो प्यारो नेपाल भन्ने ओठ पठाईदिनु रोएन कि देश रुँदा कठोर हाम्रा मन देश दुख्दा मलाई दुख्ने चोट पठाईदिनु (शिरीषका स्पनदनहरुबाट)

काठमाडौंमा (कबिता)

(मैले मेरा थुप्रै पटकको काठमाडौं यात्रामा भेटेका फरक–फरक चरित्रहरूले सारमा काठमाडौंलाई परिभाषित गर्न सक्षम होलान् कि भन्ने आशयले यो कविताको सृजना गरेको हुँ ।) १. सबेरै पशुपतिबाट एउटा थालिभरी फूल, चन्दन र आशिष लिएर कुदेको हुन्छ, शिवराम बस स्टपहरुमा । बेलुकी, बस स्टपहरुबाट त्यही थालिमा दाम, गाली र घृणा भरेर निस्केको हुन्छ, शिवराम सोमरसको खोजीमा । २. बिहानै, चिम्सा आँखा मिच्दै कुर्ता सलवारमा सीता झैं सजिएर हिडेकी हुन्छे, मेनका पाठशालामा । सम्साँझै पाठशाला–घर–बजार सबैतिरबाट फर्केर सीर्फ छालाका कपडामा नाचेकी हुन्छे, मेनका नाँगा डान्सबारमा । ३. रात ननिख्रिदै, झिसमिसे मै ठेलामा राखेर सामल भोक बेच्नको लागि निस्केको हुन्छ, कर्मसिंह चोक, चौतारी र चौरस्ताहरुमा । धेरै अबेरसम्म ननिख्रिन्जेल बटुवा बाटोहरुमा निख्राएर आफ्नो ठेला पसिनाको पाइ पाइ हिसाब राखेर रमेको हुन्छ, कर्मसिंह परिवारसित डेरामा ।

नांगा हिमाल, जलबायु परिवर्तन र हाम्रो देश

केही बर्ष पहिले हिउले पुरिने गुर्जा हिमाल अहिले चाँही हिउ कङगाल हिमाल बनेको छ विश्वभरी अहिले पृथ्वीको बढ्दो तापक्रम र यसले जलवायु परिवर्तनमा पार्न सक्ने असरका बारेमा चर्चा परिचर्चा चलिरहेकै सन्दर्भमा यो विषय पनि मेरो चासोको विषय बन्न पुग्यो । वैज्ञानिकहरूले निकट भविष्य मै (सम्भवतः सन् २०१२ भित्रैमा) हिमाली क्षेत्रमा रहेका ठुल्ठुला हिमतालहरू फुट्ने तथा हिमालमा रहेको हिउँ पग्लने दर अत्याधिक हुन गै समूद्री सतहबाट निकै होचा मानिने घना आवादीका क्षेत्रहरू माल्दिभ्स, न्यूयोर्क, सिड्नी र मुम्बई लगायतका विश्वप्रसिद्ध शहरहरूमा ठूलो क्षति पुग्न सक्ने पूर्वानुमानले यो एक दशक विश्व इतिहासमा कहिल्यै बिर्सन नसकिने प्रलयको दशक हुन सक्ने गम्भिर खतरा बढेर गएको छ । यस अघि कहिल्यै लामखुट्टे नपाइने डोल्पामा लामो समयसम्म लामखुट्टे पाइन थाल्नु, जाडोको समयमा हिमाली भेगहरूमा पर्याप्त चिसोको महशुस नहुनु, शिशिर ऋतुमा हिमाली क्षेत्रमा हुने हिमपात कम हुनु, सगरमाथाको चुचुरोमा झिंगा भेटिनुले पृथ्वीको बढ्दो तापक्रमलाई स्पष्ट पार्ने काम गरेको छ । यसले जलबायु परिवर्तनमा पार्ने असरले विश्वका कुनै पनि देश प्रभावहिन नरहन…

आफ्नो गाउँमा आफ्नै व्यवसाय

नेपाली युवा युवतीहरू रोजीरोटीका लागि विदेशीरहेको परिप्रेक्ष्यमा एक जना युवा आफ्नै गाउँमा खुल्ला रेष्टुँरा चलाएर बसेको देख्दा मलाई अनौठो लाग्यो । यसपालि आफ्नो कामको शिलशिलामा कार्यक्षेत्र जादै गर्दा सदरमुकाम बेनीदेखि झण्डै ३५–४० कि.मी पश्चिमोत्तर क्षेत्रमा पर्ने ताकम गाउँमा दिउँसो २ बजेतिर पुग्दा यस अघि कहिल्यै नदेखेको दृश्य देख्न पाएँ । ताकम स्वास्थ्यचौकी नजिकै गैर्‍हा भन्ने स्थानमा रहेको एक सार्वजनिक चौतारिमा गाउँ सल्लाह गरी त्यहींका एक स्थानीय २२ वर्षिय युवा अनिल भण्डारीले मःम, चाउमिनका विविध परिकारहरूले पदयात्रीहरूलाई सेवा गरिरहेको देख्दा यस्तो लाग्यो – ईच्छा शक्ति, लगनशिलता र सीप भएको मानिसले स्वदेशमा नै केहि गर्न सक्दो रहेछ । आफ्नो सानो चौतारी रेष्टुरेन्टमा दिनमा कम्तिमा पनि ५०÷६० प्लेट जति मःम चाउमिन बिक्री हुने कुरा हामीलाई सुनाईरहँदा मैले उनको अनुहारमा अनौठो चमकको महशुस गरेँ । भण्डारीले मःम चाउमिनका अलावा चिया, बिस्कुट, चाउचाउ, अण्डा आदि पनि उल्लेख्य मात्रामा बिक्री हुने कुरा सुनाउँदा मलाई पनि कुत्कुति लाग्नु स्वभाविक थियो – आखिर बफ, मटन र चिकन आइटमका लागि उनले मासु कहाँ खरिद …

गाँजा, एक हुल किशोर र नौ टाँका

अध्ययनको शिलशिलामा विदेश पुगेको मेरो एक जना सहपाठीले मलाई अनलाइन कुराकानीमा आफूले त्यहाँ बिताई रहेका केही सम्झनायोग्य पलहरूका बारेमा जानकारी दिदैँ भनेको थियो– “यार ! यादगार क्षणहरू बितिरहेछन्, पढाई पनि त्यहाँ (नेपालको) जस्तो भोकले पेट टाउँसिने गरी लगातार ६–७ घण्टा हुँदैन्, हप्तामा ४ दिनभन्दा बढी कलेज हुने पनि होईन् । एकदम व्यवहारीक र जीवनपयोगी शिक्षण विधी रहेछ यहाँ त !” “तर अस्ति एकजना साथीको बर्थ डे पार्टीमा चाहिँ बबाल भो नि !” उसले मलाई आफ्ना मनका कुराहरू पूरै खुलाउन नचाहे जसरी अपुर्ण जानकारी दिन खोज्दै भन्यो – “भो छोड् यार ती कुरा भनिन् बरु त्यताको खबर के छ सुना मलाई ।” “खासै त्यस्तो त केहि होइन् ....” मैले आफ्नो कुरामा अड्डि कसेपछि अलि अलि अकमकाउँदै उसले घटनाको स–बिस्तार जानकारी गराउन खोज्दै भन्यो – “हामी केही नेपाली, केही श्रीलंकन र इन्डियन विद्यार्थीहरू एक जना श्रीलंकन विद्यार्थी साथीको बर्थ डे पार्टी सेलिबे्रट गर्न भेला भएथ्यौं, एकजना इन्डियन साथीले मातेको सुरमा हाम्रो नेपाली साथीलाई हल्का धक्का दिन पुगेछ, अनि त बबाल भैहाल्यो नि नेपाली साथीले गोर्खे जोशमा एक चार्ज …

बाटोमा भेटिएका एक बृद्ध

यसपालीको यात्राको दोश्रो दिन बिहान ११ बजेतिर धारापानी पुग्नै आँटेका बेला हामीले तस्बिरमा देखिएका यी बृद्ध मानिसलाई भेट्न पायौं । परैबाट ती बृद्धले नमस्कार गर्दै हामी नेर आईपुगे । “म राँडो मान्छेलाई सज्योग (सहयोग) गरेर धर्म गर्नुस् साब ।” खानका लागि गाउँबाट लिएर आएको दुई तीन माना काँचा मकै पुरानो उध्रेको कोटबाट झिकेर देखाउँदै उनले भने – “हजुर, घरमा कोही छैन् (म एक्लो छु) । काममा कसैले डाक्तैनन् । खानका लागि हजुरहरु जस्तै दयालुहरुले दिएको दुई चार पैसा दामले खानेकुरा किनेर खाँदै बाँचेको छु हजुर । बृद्ध भत्ता दिन सचिव नानी पनि आउनु भएन ख्वै ? तपाइँहरुले बाटोमा भेट्नु भएन् ?” बृद्धको कुरा सुने पछि मलाई लाग्यो – मेरो देशमा यिनकै जस्तै नियती भोग्ने बृद्धबृद्धाको सँख्या कति होला ? अनि ती वृद्धहरु मध्ये कोही देशको बागडोर समाल्दै आएका राजनैतिक हर्ताकर्ताहरुका माता, पिता, बाजे वा बज्यै होलान् कि नाई ?! बृद्धप्रति एक मुठी अगाध दया वा माया के पलायो मलाई थाहा भएन् मैले उनको हातमा रु ३०।– को नोट राखिदिए, उनले बाटोको छेऊमै रहेको पातिको बुटाबाट केही पातहरु टिपेर मेरो कानमा पहिरिदैँ भने – साबको जय होस्…

नागरिक, नागरिक सर्वोच्चता र आन्दोलन

प्रदर्शनी मार्गमा आफ्ना कार्यकर्ताहरुलाई भाषण दिएर चित्त पार्ने क्रममा प्रचण्डले बोले – मंसिर ५ गतेसम्म पनि यो कठपुतली सरकारले राष्ट्रपतिको असंवैधानिक कदमका सम्बन्धमा संसदमा छलफल गर्ने वातावरण निर्माण गर्नलाई अटेर गरी नागरिक सर्बोच्चता स्थापनाको यो अभियानमा रोकावट दिन्छ भने त्यसको मूल्य यो सरकारले चुकाउनु पर्छ । म प्रचण्डको भाषणलाई टिभिमा ध्यानपूर्वक सुन्दै र हेर्दै बसिरहेको थिएँ । तब प्रचण्डको चेतावनी मिश्रित भाणणमा मेरी धर्मपत्नीले “नागरिक सर्वोच्चता” भन्ने शब्द सुनिन्, राजनीतिमा खासै चासो नदेखाउने उनले मलाई “नागरिक सर्वोच्चता” को अर्थ सोधिन् । म बिचरालाई त्यसको अर्थ के थाहा ? म विलखबन्दमा परेँ । उनको ट्यान ट्यान रोकिएन् । “नागरिक सर्वोच्चता भनेको बन्द, हडताल, घेराबन्दी र आन्दोलनबाट जनता पिल्सनुलाई भन्या होला ।” उनले आफ्नो सिधा सादा परिभाषा दिएको जस्तो मलाई लाग्यो । मैले केहि बोलिन । हुन पनि अस्ति दुई दिन सम्म देशभरका जिल्ला प्रशासन कार्यालय घेराऊ “नागरिक सर्वोच्चता”कै लागि भएको थियो । बिचरा दुरदराजका गाउँबाट यो राज्यले यहाँका जनतालाई निशुल्क दिन सकेको त्यही एउटा नागरिकताको खोस्टोका…

मेरो तेस्रो सन्तानको जन्म !

मेरो कृतिको बाहिरी झलक कृति बिमोचन गर्दै साहित्यकार अजयमिलन श्रेष्ठ साथमा हरिक्रिश्न आचार्य (जिल्ला बिकास समिती म्याग्दीका कार्यक्रम अधिकृत) कार्यक्रममा उपस्थित सहभागीहरु यस अघि मैले १७ वर्षको उमेरमा पीडा र विछोड नामक उपन्यास प्रकाशित गरेपछि झण्डै साढे ६ वर्षको अन्तराल पछि गर्तवर्ष जेष्ठमा माउण्ट एभरेष्ट उ.आ.मा.वि को प्रकाशनमा अमान्छे नामक कविता संग्रह प्रकाशनमा ल्याएको थिएँ । र, यो पाली आफ्नो २५ औं वर्षमा प्रवेशको सुखद उपलक्ष्य पारी मेरा अनन्य मित्र राजकुमार थापा, दीपेन्द्र शर्मा र नगेन्द्र परंतपको विशेष आग्रह तथा आर्थिक सहयोगमा शिरीषका स्पन्दनहरु नामक गीति गजल संग्रह प्रकाशनमा ल्याएको छु । हिजो २३ गते म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष श्रद्धेय धनन्जय श्रेष्ठको विशेष सहयोगमा पुस्तकालयको सभाहलमा सम्पन्न विमोचन कार्यक्रममा जिविस म्याग्दीका कार्यक्रम अधिकृत तथा साहित्यकार हरिष्कृष्ण आचार्यज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो । गीत÷गजलकार श्रद्धेय अजयमिलन श्रेष्ठज्यूले कृति विमोचन गर्नु भएको थियो भने कार्यक्रम संचालन मेरा अनन्य मित्र राजकुमार थापाज्यूले गर्नु भएको थियो । कार्य…

केही गजलहरु

किन यहाँ तिम्रो अत्यार कलकल लागेको छ कहाँ भेटुँ म तिमीलाई पलपल लागेको छ भोक छैन् किन मलाई निद्रा ला’को कहिले होइन् तिम्रो प्यारको तिर्खा मात्र खलखल लागेको छ पाउँला भनि तिम्रो प्रीति नशा सबै छाडीदिएँ तस्बिर तिम्रो हेरिबस्ने तलतल लागेको छ आत्माविश्वास मनैभरी एक्लै अघि बढ्ने थियो तिमीविना जीवन अहिले ढलमल लागेको छ + एकान्तमा भेटको छुवाई त्यो प्रिती हुदैन् सुनसानमा एक्लो रुवाई त्यो प्रिती हुदैन् घृणा तिम्रो हरेक पलको स्वीकार गरेकै छु भोकै पार्ने सुख्खा खुवाई त्यो प्रिती हुदैन् एकै चिम्टी खुशी बाड्यौ सम्हालेकै छु मुटु पोल्ने हलुवाई त्यो प्रिती हुदैन् अर्थ कहिले बुझिदियौ चोखो पिरतीको देखाउने आँशु चुवाई त्यो प्रिती हुँदैन् + लुकिछिपी डेरा सार्‍यौ थाहै नदिएर अनायाश माया मार्‍यौ थाहै नदिएर वाचा हाम्रो सँगै बाँच्ने सँगै मर्ने थियो किन आज एक्लै पार्‍यौ थाहै नदिएर मन तिम्रो पापी रैछ बुझ्न कहाँ सक्नु भेट हुँदा कुरा टार्‍यौ थाहै नदिएर भन्थ्यौ साथ दिन्छु म संसार जित्नु तिमी उचाईमा लगी झार्‍यौ थाहै नदिएर (शिरीष…

नेता रात्रीभोजमा कार्यकर्ता धर्नामा !

जिल्ला प्रशासन कार्यालय घेराउमा बाजागाजा सहित माओबादी कार्यकताहरु जिल्ला प्रशासन कार्यालयमा माओवादीले टागेको ब्यानर घेराउमा माओवादी नेता चित्र बहादुर थापा पालुवा हिजो एमाले नेता केपी ओलीको निवासमा ओलीद्धारा आयोजित रात्रीभोजमा प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएर पनि देशमा विद्यमान राजनीतिक गतिरोधका सम्बन्धमा ठोस निचोड निकाल्न असमर्थ रहे । सायद ओलीकोमा मज्जासँग विभिन्न व्यञ्जन व्यञ्जादी घिचे हुनन् – उनीहरु । तर मिल्न सकेन कुरा ! प्रिय अभागी नेपाली मित्रहरु ! तपाइँलाई पनि लाग्दो हो, केन्द्रमा यिनीहरु सँगै रात्रीभोजमा सरिक हुन्छन् । जिल्ला र गाउँतहमा यिनका कार्यकर्ताहरु टाउको फुटाउन मै व्यस्त छन् । धनकुटामा वाईसियल र युथफोर्सको भिडन्त पछि हिजो साँझबाट अनिश्चितकालिन कर्फयु लागेको छ भने देशभर माओवादीको पूर्व घोषित आन्दोलनका कार्यक्रमहरु जारी नै छन् ।

नेपाललाई औपनेविशक राष्ट्र बनाउँदैछन् – महान नेपाली नेताहरू

आखिर एकिकृत नेकपा माओवादीको दोश्रो चरणको आन्दोलन शुरु भएरै छाड्यो । हिजो साँझ काठमाडौं शान्तिबाटिकामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो मशाल सल्काएर मशाल जुलुशको उदघाटन गरे लगत्तै देशभर माओवादीका लाखौं कार्यकर्ताहरुले मशाल सल्काएर आफ्नो पार्टीको घोषित दोश्रो चरणको आन्दोलनको सफलताका लागि छाति खुला गरेर सडकमा भटाभट उत्रिए । काठमाडौंका नयाँसडक गेट, चाबहिल लगायतका विभिन्न ठाउँबाट निस्केका जुलुशहरुको नेतृत्व पार्टीका उच्चस्थ नेताहरुले गरेका थिए । दशौं हजारको सहभागितामा निस्केका जुलुशहरुले देशवासीमा एउटा संशय पैदा गरेको छ । राजनैतिक दलहरुमा देखिएको अविश्वास र बेमेलका कारण पूराना राजावादी शक्ति तथा गणतन्त्र विरोधी शक्तिहरु विस्तारै आफ्नो आयतनलाई बृद्धि गर्न कम्मर कसिरहेका बेला संसदको सबभन्दा ठूलो दल आन्दोलनमा उत्रिनाले राष्ट्रविरोधी तत्वहरुलाई निकै फाईदा पुगेको बुझ्न सकिन्छ । नागरिक सर्वोच्चता स्थापना तथा राष्ट्रपतिको असंवैधानिक (तर आवश्यक) कदमको खारेजीको माग गर्दै आन्दोलन शुरु गरेको माओवादीले आफ्नो दोश्रो चरणको आन्दोलन शुरु गर्दा नगर्दै अर्को मुद्धालाई पनि आफ्नो मागको …

आन्दोलन, सरकार र अनिश्चित राजनैतिक भविष्य

नेपालको पछिल्लो राजनैतिक घटनाक्रम देशको भविष्य यसै होला भनी अनुमान गर्न नसक्ने हिसाबले अगाडि बढेको छ । विगत २ महिनादेखि अबरुद्ध हुँदै आएको व्यवस्थापिकाको बैठक सधैँजसो भोलिपल्ट ३:१५ का लागि स्थगित हुँदै आएको छ । यो श्रृखंला नियमित स्वभावका रुपमा विकास हुँदै आएको छ । तीन प्रमुख राजनैतिक दलहरुबीच बढ्दै गएको चर्को ध्रुबिकरण यसको मुख्य कारण हो । राजनैतिक दलहरु आ–आफ्नै अडानमा अडिग हुनाले देशमा विद्यमान राजनैतिक समस्याले सजिलै निकास नपाउने छाँट देखिन थालेको छ । कार्तिक ११ गते एनेकपा (माओवादी) को केन्द्रीय कमिटि बैठकले यहि कार्तिक १५ देखि देशमा दबावमूलक आन्दोलनको जेहाद छाड्ने घोषणा गरेकै भोलिपल्ट कार्तिक १२ गते नेकपा (एमाले) संसदीय दलको बैठकले माओवादीलाई आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता गर्न लगाउने निर्णय गरेको छ । लामो समयदेखि सडक तताउने कार्यक्रम नगरेको माओवादीलाई आन्दोलनका घोषित कार्यक्रमहरु सञ्चालन गर्न व्यापक नैतिक दबाव रहेको चर्को सन्दर्भमा उसले गर्ने भनेको मशाल जुलुसदेखि राजधानी नाकाबन्दीसम्मका कार्यक्रम विफल पार्न कुनै कसर बाँकी राख्न नहुने अड्डी कसेको सरकारबीच हुने मुठभेडले देशमा ठूल…

अँध्यारो राष्ट्र, अँध्यारो राष्ट्रियता

मैनबत्तिको उज्यालोमा खोज्दै छौ हामी देश - म र साथीहरु बिनय अनी अनन्त मलाई आधिकारीक जानकारी त भएन तर कुनै सज्जनले कुनै दिन मलाई भनेका थिए – न्यूयोर्कमा कहिले हो, केहि समयका लागि विद्युतीय सेवा अबरुद्ध भएको थियो रे र त्यसपछि त्यहाँ कहिले त्यस्तो भएको छैन् । अनि उनले यो पनि भनेका थिए कि त्यो घटना घटेको पनि दशकौं भैसकेको छ, तर यसपाली काठमाडौं पुग्दा नपुग्दा मैले राजधानीमा अझै हुदैँ आएको लोडसेडिङ्लाई नजिकैबाट अनुभव गरेँ । अनि म भित्रको राष्ट्रियता यसरी अँध्यारिदैं गयो कि त्यो कहिले उज्यालो हुने हो मैले अनुमान गर्न सकिरहेको छैन् ।

राजमार्गका चित्रहरु

राजमार्गका यस्ता खाल्डा कहिले पुरिएलान ? थोत्रा ट्रकका धुवा कती पिउने ?राजमार्गका यस्ता घाउहरुको उपचार कहिले गर्ने ? म २०५८ देखि काठमाडौंमा जाने आउने गरेको छु । अर्थात् यो समयसम्म म कम्तिमा पनि पचासौं पटक काठमाडौं ओहोरदोहोर गरिसकेको छु । मेरो जस्तै यहाँहरुको पनि काठमाडौं जाँदा\आउँदाका आ–आफ्नै अनुभव होलान् अझ विशेष गरी देशको राजधानी छिर्ने एउटा मात्र राजमार्ग पृथ्वी राजमार्गको हविगती देखेपछि ! मैले विगत ८ वर्षदेखि धेरै नजिकैबाट यो क्षतविक्षत राजमार्गलाई नियालीरहेको छु । नौबिसेबाट उकालो लागेपछि नागढुंगा नपुग्दासम्मको कहालीलाग्दो साँघुरो बाटो अझ त्यो पनि घाईते ! राजमार्गमा भएका भयानक खाल्डा, खुल्डी र यसमा हुने सवारीको चाप । मलाई सोध्न मन लागेको छ – सिंहदरबार यो सब किन देख्दैन् ? र, म निश्कर्षमा पुगेको छु – नेपालीको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि राजमार्गहरु यस्तै हुनु पर्छ भन्ने हाम्रो सरकारको मान्यता हुनु पर्दछ ! मैले लाज मानेर के गर्नु ? तपाईले आँखा छोपेर के गर्नु ? जब हाम्रा नेताहरुमा दुरदर्शिता छैन् भने !

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि ।
मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका …

उसको असफल प्रेम (भाग २) ....

“ऊ कति साधारण थिई, खासमा । उसको साधारण पहिरन, साधारण मेकअप अनि साधारण र प्राकृतिक फेशनले मलाई लोभ्याएको थियो । उसको साधारण पहिरनले गर्दा मैले सोचेको थिएँ – यत्तिको केटी पाएँ भने मेरो जीवन राम्ररी चल्छ !” उसले अति भावुकतापूर्वक बतायो । “बिचरा उसले अघिपछि भेट्नलाई समय पाउँदिन भनेर सबेरै ४ बजे म उसलाई लिन जान्थेँ, ऊ व्यग्रतापूर्वक मलाई नै पर्खेर बसेकी हुन्थी ।” आफ्नो कुरालाई सविस्तार मसामु वर्णन गर्दै उसले भन्यो –“तपाइँलाई थाहा छ ? म जानु अगावै ऊ आफू बस्ने घरको कोठाचोटा, कुनासुना सबै बढारकुढार गरेर ग्याँस चूलोमा कालो चिया पकाएर बसेकी हुन्थी । अनि त्यो बिहानीपखको जाडोलाई उसले मरीच राखेर बनाएको कालो चियाले सप्पै बिर्साइदिन्थ्यो ! हातमा चियाको कप लिएर मनेरै टाँस्सिन खोजे झै (तर नटाँसिएर) गरी आडैमा आएर बस्थी । मैले कल्पना गर्थे – यसलाई आफ्नो दुलही बनाएर लगेपछि त पचास हिउँद कटाएकी मेरी आमाले भरासापूर्ण साथी पाउँथिन नी ! ऊ आमासँगै मिलेर घरको व्यवहार समाल्थी ! अझ भनूँ, मेरी आमालाई आफ्नै आमा (सासू हैन्) ठानेर महारानी तुल्य पारेर राख्थी हो !” केहि निराश हुँदै…

रानीपोखरीमा उभिएर नेताहरू

काठमाडौंको रानीपोखरीमा अस्ताउँदो सूर्यलाई आराधना गर्दै भक्तजनहरु सूर्यसँग आफ्नो देशमा आउन नसकेको उज्यालो बिहानी मागिरहेका बेला हाम्रा देशका कथित वरिष्ठ नेताहरुले छठ पर्वको अवसरमा ताइँ न तुईको शुभेच्छा प्रकट गरेका छन् । मलाई लाग्छ यिनीहरुले छठ पर्वको उपलक्ष्यमा देशवासीलाई कस्तो शुभेच्छा प्रकट गरे त भनेर मैले यहाँ जस्ताको तस्तै लेखिदिए भने अ‍ैले ब्लग पढ्दै गर्नुहुने सबैमा हाँसोको फोहोरा छुटन् थाल्छ । शुरु गरौं हाम्रा महामहिम राष्ट्रपति डा. यादवको शुभेच्छाबाट, प्रधानसेनापति कटुवाललाई सेवाबाट बर्खास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय माथि आफ्नो असंवैधानिक कू गरी तत्कालिन समयको सरकारलाई ‘च्यालेन्ज’ गर्ने डा. साबले “समुन्नत नेपालको निर्माणमा अघि बढ्न प्रेरणा” मिलोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् । आफ्नै अधिकार र कर्तव्यका बारेमा अनभिज्ञ महामहिम साबको शुभेच्छा नेपाली जनताले कसरी स्वीकार गर्ने ? त्यस्तै नेपालको ठूलो दलको हुँकार गर्दै हिड्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना मूसोलिनी मार्काको जुँगा मुसार्दै “राज्यको पुर्नसंरचनासहितको संविधान निर्माण” होस् भन्ने शुभेच्छा व्यक्त गरेक…

एकान्तमा

एकान्तमा भेटको छुवाई, त्यो प्रीति हुँदैन्
सुनसानमा एक्लो रुवाई, त्यो प्रीति हुँदैन्

घृणा तिम्रो हरेक पलको स्वीकार गरेकै छु,
भोकै पार्ने सुख्खा खुवाई, त्यो प्रीति हुँदैन

एकै चिम्टी खुशी बाड्यौ सम्हालेकै छु
मुटु पोल्ने हलुवाई, त्यो प्रीति हुँदैन

अर्थ किन बुझथ्यौ तिमी चोखो पिरतीको
देखाउने आँशु चुवाई, त्यो प्रीति हुँदैन

एक हुल आइमाई

लिपिष्टकले रात्तिएका ओठ
गाजालले भरिएका आँखा
पाउडर छरिएका एक जोर गाला
र, चाहानाले भरिएका मन लिएर
पैसाले पुरा गर्न सकेन लौ !
बैशले भरिएको यौवन भन्दै
लाहुर्नी मलाई चिथोर्न आउँछे,
समुन्द्री छालले सिञ्चिए झै
आफूलाई निथुक्क पारेर जान्छे

‘हेर त लुटिन नपाउँदै – मज्जासँग,
भर्खर टुसाँएका यौनेच्छाहरुलाई
त्यसै हताहत पारिदिएर
असत्ती मलाई छाडेर हिड्यो’
“आउन तिमी मेरो राजा”
भर्खर पोइले एक्लो पारिएकी
नवयुवती मसँग छिल्लिन आउँछे,
लुटेर मेरो सबै पुरुषार्थ
बिटुलो परेर जान्छे ।

रंग उडेको मुहार
र, ढंग गुमेको चाल लिएर
व्यथाले किचिएर कुजिँए झै
एक बाँझी आइमाई
मेरो छेऊमै आएर
बढो शिष्टताका साथ पुकार्छे–
हे ! भगवान्,
दिन सक्तैन मेरो नामर्द पोई
मात्र एउटा शुक्र किटाणु
लैजाऊ योवन बन्धकी भन्दै,
मात्र एकपटकको सहवास माग्दछे ।

अभागीहरुको तिहार !

०५९ सालतिर मैले साहित्यिक यात्राका क्रममा एउटी बहिनी भेटेको थिएँ – रमी थियो उनको नाउँ । हुन त हामीमा रगतको कुनै नाता थिएन् तर भावनात्मक रुपमा हाम्रो सम्बन्ध अनुपम र दमदार बन्दै गएको थियो । अनि हामी भयौं – दाजु र बहिनी । कुनै एक आमाको एउटै कोखबाट जन्मेका दाजु र बहिनी जत्तिकैको माया र ममता थियो हामी दुई दाजु र बहिनीमा । कालान्तरमा हामी छुट्टियौं । उनका त एउटै कोखबाट जन्मेका दाजुभाईहरु पनि थिएँ । तर मेरा त कोही दिदी बहिनी थिएनन् । जसले असर ग¥यो यो पालीको तिहारमा ! म र मेरो भाईलाई टिका लगाउँदै आउने फुपु आफ्नो देवरको देहावसान भएकाले यो वर्ष टिका लगाउन आउनु भएन । फुपु नभएपछि हाम्रै ठूली आमाकी छोरी (घरतिरबाट फुपु) बहिनी रेनु आफ्नै भतिजहरुलाई टिका लगाउन काठमाडौं गएकी थिईन अब म, सुजन र अर्को भाई (ठुलिआमाको छोरो) उमेशको निधार खाली हुने लगभग पक्कापक्की भयो । पछि खोज्दै जाँदा साईलो हजुरबाकी नातिनी अर्थात अंकलकी छोरी एक जना बहिनीको हातबाट टिका त लगाउन पाईयो, तर मेरो मनमा भने दिदीबहिनीको अभाव खट्कीरह्यो । यहि अभावमा आफ्नो मन बुझाउँदै आफ्नो दुखेसो धर्मबहिनी रमीलाई सुनाउनलाई फोन पनि गरेँ तर उनले कल र…

सुधारकेन्द्रमा बितेका उसका पल

ऊ को हो ? कहाँ को हो ? के हो उसको नामथर ? हो काम उसको के ? आदि कुराहरुलाई खुलस्त पार्दा मसँग दुईटा अप्ठ्यारा रहन सक्दछन् – एक त ऊ जस्तो समाचारका विषय वस्तुहरु भोली म सामु नखुल्न सक्छन् । अर्को कुरा रह्यो कसैको गोपनियता भंग गर्ने अधिकार संसारको कोही पनि मसिहालाई प्रदत्त छैन् । तसर्थः म उसको नामथर वतन र काम बताउन चाँहदिन् । तर उसले मसँग आफ्नो मान्छे ठानेर बाडेका केहि तिता मीठा उसका अनुभवहरुलाई ब्लगप्रेमी मित्रहरुमाझ बाड्न मात्र चाहेको हुँ । आफ्नो रक्सी, चुरोट, गाँजा, खैनी र हल्का हल्का मात्रामा गर्ने ड्रग्स सेवनको कुलतबाट केही गरी पनि आफू छुट्न नसकेपछि आफ्नो परिवार त्यसमाथि आफ्नी प्रेमिका माथि पर्न गएको तनाब उसले राम्ररी महशुस गरेको बतायो । तथापि उसलाई आफ्ना परिवार, इष्टमित्र, पे्रमिका वा साथीभाई कसैले पनि सुध्रनका लागि प्रेरित गर्ने काम भन्दा पनि कुलतमा परेको भनेर विभिन्न उपमा दिइएकाले आफूलाई निकै विझेको र कुलतमा फसिरहन प्रेरित गरेको कुरा उसले मलाई नमीठो गरेर सुनायो । आफूलाई सधैं टर्चर मात्र दिने परिवार, साथीभाई र आफन्तको व्यवहारले आफूलाई सधैं दुखित मात्र बनाएको कुरा बताउँदा, मलाई हामी…

स्टोभ, मट्टितेल र तरुनी

हिजो मैले मेरो नजिकको साथी मध्ये एक जना साथीसँग सँगै बसेर केही गफगाफ गर्ने मौका पाएँ – मेरो मित्र थलेमानसँग ! ऊ अलिकति भिन्न स्वभावको युवा हो । मेरा साथीहरु मध्ये धेरैजनासँग उसको जस्तो फरक र आनन्ददायक प्रकृतिको स्वभाव मैले अझैसम्म पाएको छैन् । ऊ मान्छे नै यूनिक छ । हामी बेनीको एक रेष्टुरेन्टमा अलिकति फ्रेश हुनका लागि हल्का पेय लिने योजनाका साथ छिरेका थियौं । उसले वेटरलाई मेनु ल्याउन लगाएर मलाई भन्यो –“साला थाहा छ, हिजो माल(?) पाएर पनि पड्काउन पाइएन नि !” बेनीमा यौन व्यापारमा लागेका युवतीहरु थुप्रै पाइन्छन् भन्ने त सुनेको थिएँ । तर उसले भने जस्तो सजिलै त्यस्ता युवती पाइन्छन् भन्नेमा म निश्चित भने थिइनँ अनि मैले आश्चर्यता व्यक्त गर्दै उसलाई सोधेँ –“तेरो गफ त हो !” “विद्या नाश मैले ढाट्या छैन् यार, पहिला मेरो कुरा त सुन् ।” उसले मेरो उत्सुकता बढाउँदै भन्यो –“एक जनाले मलाई त्यो केटीको ९८०...... नम्बर दे’थ्यो, बिचार गरम न त भनेर डायल गरेको केटीले उठाईहाली । अनि मेरो पालो पनि मेरो कोठाको लोकेशन दिएर त्यल्लाई आइज न त भनेको आई पनि हाली । गफगाफ शुरु पनि गरेँ । निर्धक्कसाथ गफ पनि गरी ।” एकछिन म…

सफल नभएको उसको प्रेम (भाग १)

म कार्यालयको काममा त्यसै अल्झिरहेको थिएँ । उसले मेरो अफिस कोठाको ढोकाबाट बोलाउँदै भन्यो – “साथी, फुर्सद कत्तिको छ तपाईसँग ? मनैभित्रका कुराहरु बाड्नु छ ।” “त्यत्ति साह्रो व्यस्त म छैन् ।” मैले उसलाई जवाफ फर्काए । मेरो सकारात्मक जवाफ पछि मेरो मित्र मेरो छेऊ मै आएर आफनो मनको व्यथा सुनाउन थाल्यो । ऊ भावुक होइन् तर त्यो दिन ऊ यति भावुक भएको थियो कि मलाई उसको चञ्चल स्वभाव थियो भन्ने कुरामा हेक्का रहेन । “साँच्ची मित्र पहिलो माया बिर्सन गाह्रो हुँदो रहेछ हैं !” मेरो मनभित्रको आवाज उसले बोलिदिएको महशुस भयो मलाई । मैले उसलाई भन्न कर लाग्यो – “होइन् मित्र, बिर्सनु र सम्झनु समयले निक्र्यौल गर्दछ । कहिलेकाही बिर्सेर घाटा हुन्छ जीवनमा त कहिलेकाही सम्झेर पनि फाइदा हुँदैन जिन्दगीमा ! तसर्थ ः फाइदा जे गर्दा हुन्छ, त्यही गर्ने बानी बसाल्नु पर्छ । सबै ठीक हुन्छ ।” “म गरीप परिवारको भएर त प्रेम पनि गरीप परिवारकै केटीसँग लगाएको थिएँ । तर ऊ मनकी पनि गरीप परिछे । त्यल्लाई दैवले हर्ने ! मेरो मनको कुरा बुझ्न सकिने त्यल्ले ।” उसले भावनात्मक गहिराईमा पुगेर बोल्यो “कस्ती मापाकी रहिछे ? मसँग कस्तो ठिक्क पर्न जान…

दौडको दशैं

मेरो भित्तामा उभिण्डो परेको पात्रोले प्रत्येक शरदमा एउटा दौडको आयोजना गर्दछ – मेरो विवश नगरमा ! काठमाण्डु घोर्ले खसीको पछि दौडन्छ, बाजुरा उसिना चामलका लागि उछिट्टिन्छ । धरान फेसनको एक श्रृङ्खला बनाउँछ । सोलु हिउँको चीसो बतासमा कठ्याङिग्रएर रोइदिन्छ, दशगजा साँघुरिएर आफैभित्र थाहै नपाई बिलाईदिन्छ । सुनसान गल्लिहरुमा कर्कश आवाजहरु सुनिन्छ, भीडहरुमा आवाज गुपचुप भैदिन्छ, प्रत्येक शरदमा एक दौड हुन्छ, मेरो नगरमा । आशा लिएर आउने दौड आशा बोकेर लैदिन्छ, सफल होला कि भन्ने दौड निरर्थक भैदिन्छ, तथापी युग–युगदेखि प्रत्येक शरदमा एक दौड हुन्छ मेरो नगरमा । फगत एक दौड हुन्छ, मेरो विवश नगरमा !

दशैको कोशेली

SAGOON for Dashain

सधै‌ थला पारिएको एउटा देश

माध्यमिक तहको पढाइ चलिरहँदा सामाजिक शिक्षाका गुरु नारायण ढुंगानाले हामीलाई सारा पृथ्वीको मानचित्र हेर्ने औसर जुटाइदिनु भएको थियो – एउटा डेट एक्सपायर्ड ग्लोब ल्याइदिएर । विश्व मानचित्रमा कतै हराएको अति सुक्ष्म विन्दु झैं लाग्ने हाम्रो देशको नक्शा अति मुश्किलले भेट्टाएपछि कक्षाकोठाभरीका हामी ६०–७० जना किशोर किशोरीहरु बडो चिन्तामा पर्थ्यौ । अनि सामाजिक सरको कानै नजिक गएर भन्थ्यौं– वीर गोर्खा लडाकुहरुको देश यति सानो ?! हाम्रो सानो मस्तिष्कले सोच्न भ्याएको यो अपत्यारिलो र अप्रसाङ्गिक प्रश्न पश्चात: लगभग त्यो ४५ मिनेटको एउटा पूरै पिरियडभर कक्षा एकदम स्तब्ध रहन्थ्यो । हामी ग्लोब घुमाउँदै, फेरि घुमाउँदै र अझ धेरै पटक उसै गरी घुमाउँदै सयौं विशाल देशहरुको मानचित्रको सीमारेखाभित्र रहेको सानो "स्पेश" भित्र नेपाललाई पटक पटक खोजीरहेका हुन्थ्यौं अनि सामाजिक सर हामीबाट केहि पर कालोपाटीको ठीक मुन्तिर उभिएर हामीलाई सोधिरहनु हुन्थ्यो – ए, बाबुनानीहरू हाम्रो देशको नक्शा भेटायौं त ? यो त भयो किशोरवयको कुरो । जव मैले आफूलाई जवान हुँदै गएको पाएँ अनि बल्ल थाहा पाउन थालेँ, ती किशोरवयमा हामीले पोख्न…

फेवासिटीमा बितेका पट्यार लाग्दा पलहरु

४२ वर्षसम्म मेरो बुबा एक पटक पनि बिरामी पर्नु भएको थिएन् । तर यतिखेर उहाँ एक्कासी यो महिनाको १७ गतेदेखि लगातार विरामी पर्नुभयो । टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लाउने तीन किसिमका फरक फरक व्यथाले उहाँलाई कमजोर पारे । बागलुङ्का विभिन्न नाम चलेका क्लिनिकमा चेक अप गरेर औषधी सेवन गरेतापनि बुबाको स्वास्थ्यस्थितीमा सुधार नआए पछि थप उपचारका लागि हामीले उहाँलाई पश्चिमाञ्चलमा नै नाम चलेको फेवा सिटी नामक नीजि अस्पतालमा लग्यौं । पाँच दिन चार रात सम्म पनि उहाँको विरामीको कारण केहो पत्ता लगाउन त्यहाँका प्रतिष्ठित डाक्टर नर्सहरू असफल नै रहे । तर तिनीहरुले प्रदान गरेको औषधी र उपचार विधिले भने उहाँको स्वास्थ्यमा केही सुधार आउन थाल्यो । तथापी उहाँको उपचारको क्रममा अस्पतालमा बस्दा त्यहाँको व्यवस्थापनले मलाई धेरै असहजिलो बनायो । तस्विरमा देखिएकी युवती काउण्टरमा बस्ने स्टाफ हुन् । उनीसँग नियमितजसो मेरो असमझदारी रह्यो । म सोध्छु – सिस्टर, डाक्टर साब कतिखेर पाल्नुहुन्छ होला ? डाक्टरको टाइम साइम फिक्स हुँदैन् । यिनी झर्केर जवाफ फर्काउँछिन् । म ब्लड, युरिन आदि चेकको रिपोर्टका लागि पैसा तिरी बिल लिन खोज्द…

सुन्दरताको परिचायक ः गुर्जा

“टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पु¥याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम बेनीदेखि उत्तरतर्फ २६ कोष टाढा अवस्थित यो एक सुन्दर गाविस हो । अझ यस गाविसमा अवस्थित सु्न्दर हिमालहरु तथा यहाँ पाइने बहुमुल्य जडिबुटी तथा भौगोलिक बनोटले यसको सुन्दरताको थप पुष्टी गरेको छ । तथापी यातायातको उचित प्रबन्ध हुन नसक्नु र उपलब्ध घोडेटो बाटोको समायानुकुल मर्मत सम्भारको अभावका कारण यस गाविसका बासिन्दाको आयआर्जनका क्रियाकलापमा सहज पहुँच पुग्न सकेको देखिदैन् । छन्त्याल जातिको सघन उपस्थिती रहेको यस गाविसलाई “छन्त्यालको गाउँ” भनेर पनि चिनिन्छ । देशभर मै छन्त्यालहरुको मात्र बस्ति रहेको एक्लो गाविसको रुपमा यस गाविसलाई चिन्ने गरिन्छ । यसर्थ ः छन्त्यालहरुको सघन उपस्थित रहेको यस गाविसमा छन्त्याल जातिका विभिन्न साँस्कृतिक चालचलनलाई पनि नजिकैबाट अध्ययन गर्न सकिन्छ । वि.सं. २०५८ को जनगणना अनुसार कुल १०५३ जनसंख्या रहेको यस गाविसमा छन्त्याल बाहेक केही दलितहरुको पनि बसोबास रहेको छ । मुख्यत ः आलु खेती हुने यस ग…

माग्नु हाम्रो नियती ! माग्नु हाम्रो विशेषता !

हामी नेपालीको एउटा अनौठो लाग्दो विशेषता भनेको हामी माग्नमा विश्वास गर्छौ, वा हामीलाई माग्नमा लाज शरम छैन् । हाम्रो देशमा विकाशका लागि पनि नेपाल सरकारले दातृ निकायहरुलाई भिख नमागी सुख्खै छैन् ! अर्थात भनूँ – माग्नु हाम्रो शान वा माग्नुले हामी गोर्खाली भनौदाहरुको वीरताकोे पुष्ट्याई गरेको छ । संसारमा कुन त्यस्तो देशमा त्यस्तो सरकार छ, जसले हाम्रो सरकारले झैं विदेशीहरुसँग हात फिँजाएर रकम जम्मा पार्न सफल भै देश चलाउन सकेका छन् ? त्यसैले हामीले गर्व गर्न सक्नुपर्छ – हामी माग्नमा माहिर छौं । यो देखिएको तस्विर यो पटकको काठमाडौं बसाईको क्रममा खिचेको हुँ । एउटी बुढी आमा (जसले सुनले भरेको दाँत लगाएकी थिइन) म बसेको माइक्रोको सिट नेरको झ्यालमा उभिएर मजाले हात फिँजाउदै टुठेफुटे हिन्दी लवजमा बोल्दै थिइन – कुछ देदो बाबु भगवान तेरेको मंगल करेगा ! लौ भयो अब ? सुनको दात लगाएकी बजैको त यो हालत छ, अब अरुको कुरा के नै भो र ? जस्तो देश उस्तै भेष भनेको यहि त होला नि !

गजल

काँडा हुन्छ गुलाफमा तरपनि जाति फूल्छ प्रीत करकापमा तरपनि जाति शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी लुक्छ प्रीत तापमा तर पनि जाति रित्तिएकी सम्झना तिम्रा छातिभरीका दुख्छ प्रीत नापमा तरपनि जाति कहाँ छुटे हातहरु थाहै नभएर सुक्छ प्रीत रापमा तरपनि जाति

सिमली छाँयामा बसी भरिया लामो सास फेरेर....

जीवन शर्माको सुमधुर आवाजले अझ बढी मर्मस्पर्शी पारिदिएको गीत सिमली छाँयाको सम्झना दिलाउने गरी यी भरिया दाई ताकम पुग्नै लागिनेबेलाको चौपारीमा मेरो आडैमा आएर बसिदिएँ । देशको राजनैतीक गर्मागर्मीका बारेमा आफूलाई खासै चासो नरहेको बताउँदै, आफ्ना निधारभरी लछप्पै परेको पसिनालाई दुखजिलो गरी भर्खर किनेको रुमालले लपक्कै पुछे अनि रुमाललाई चरप्पै निचोरे ! बार्ताको प्रारम्भ भैसकेको थियो । उनले मलाई आफू सदरमुकाम बेनीबाट कुखुराका चल्ला लिएर गामघरतिर बेच्न लिएको बताए तर लामो निश्वास फेरेर उनले मलाई उल्टै सोधें – साँच्ची के छ सर हिजाँलको खबर ? लौ ! तपाइँ नै सदरमुकामबाट आउनु भएको मान्छे, हामी त माथि गाउँतिरबाट बल्ल आजै झर्दै छौं तपाइँ नै बताउनु न के छ बरु खबर ? मैले उनलाई नै प्रतिप्रश्न गरेँ । खोई सर म त त्यति वास्ता नि गर्दिन्, आफ्नो दुःख आफैसङ् छ, बेकारको राजनीतिको कुरा केको सुनिराखुम् ? आफ्नो कामै यस्तै हो सर – भारी बोक्नी, चामल तिहुन किन्नी, बाल बच्चा र स्वास्नी पाल्नी । एकै सासमा उनले आफ्नो दुःख बिसाए । मैले सोच्थेँ, देशको अस्तव्यस्त राजनीतिले मलाई मात्र घोचिरहेको छ, पीडा दिएको छ । जतिखेर भर…

पानी बोक्दै गरेका नानीहरु

प्रत्येक वर्ष प्रवेशिका परीक्षाको नतिजा प्रकाशित हुन्छ । नतिजाले देखाउँछ सरकारी तथा सामुदायिक विद्यालयको नतिजा एकदमै सरमलाग्दो अझ जोडदारले अभिव्यक्ती गर्दा – बेइज्जतपूर्ण ! तर यस्तो नतिजा आउनुका पछाडी कारणहरु खोज्दै जाँदा धेरै तथ्यहरु बाहिर आउन थाल्छन् । पहिलो कुरा त सरकारी वा सामुदायिक विद्यालयका शिक्षकशिक्षीकाहरु आफ्नो पेशाप्रति वफादार नहुनु नै हो । अरु मुख्य कारणहरुमा गाउँघरतिरका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुले आफ्नो पढाइका लागि समय व्यवस्थापन गर्न नपाउनु । सामुदायिक विद्यालयका विद्यार्थीहरु घरको काममा निकै खट्नु पर्ने अवस्था र पढाइप्रति अभिभावकहरुको अरुची कारण पनि यस्ता नतिजा आउने गरेको हो । यो माथि दिइएको तस्विर बेनी (याग्दी जिल्लाको सदरमुकाम) देखि झण्डै ३० किमी उत्तरमा अवस्थित मुना गाविसको हो । यस तस्बिरमा देखिएका नानीहरु झण्डै आधा घण्टाको बाटो हिडेर पानी ओसार्न विवश छन् । अब तपाई नै अनुमान गर्नुसु – यी नानीहरुले कतिबेला पढ्ने ? कतिबेला गृहकार्य गर्ने अनि कुनबेला विद्यालय पुग्ने ? र कसरी उत्कृष्ट नतिजा प्राप्त गर्ने ? यहि नै हो गाउँले विद्यार्थी र सिन्को पनि नभाँच्ने …

एउटा इतिहासको अन्त्य

श्रावण महिनाको २३ गते म्याग्देली शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सोमबहादुर बोगटीको देहावसान भएको छ । रत्नेचौर गाविस वार्ड नं. १ का बासिन्दा बोगटी पृथ्वी नारायण क्याम्पसको स्थापनामा पनि सक्रिय सहभागि हुनु भएको जानकारहरु बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक वातावरणलाई अनुशासित र नियमित गर्ने कार्यमा उहाँले निभाउनु भएको भूमिका प्रशंसनीय रहेको छ । पञ्चायती शासन व्यवस्थाका विरुद्धमा विद्रोहको आगो ओकल्नहरुको अग्रपंक्तिमा उभिई आफ्नो बलिदानीका लागि उहाँ कहिल्यै पछि हट्नु भएन । पछिल्लो समय शैक्षिक क्रियाकलापमा उति सक्रिय नदेखिए पनि श्री भानु मा.वि.रत्नेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही आफ्नो काममा खटिरहनु भएको थियो । उहाँको देहावसानले म्याग्दीले एक अनुशासित र संघर्षशिल शैक्षिक सिपाही गुमाएको कुरामा कसैको दुई मत नरहला । स्व. बोगटीको आत्माको चीर शान्तिका लागि म भगवान्सँग प्रार्थना गर्दछु । साथै उहाँले प्रशस्त गरिदिएको शैक्षिक यात्रामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् !

हामीलाई मृत्युको भय छैन्

यो साता पनि म अघिल्लो साता झैं आफ्नो प्यारो रत्नेचौर गाउँ गएँ । गाउँ जानु स्वभावत ः सदरमुकामका नयाँ नौला खबर गाउँतिर सम्प्रेषण गर्नु जस्तै पनि हो । गाउँघरतिर भेट्टिएका सबैले हालै बेनी – दरबाङ सडकखण्डको भालुखोलामा भएको दुर्घटनाका सम्बन्धमा सोधखोज गर्ने काम गरे । मैले पनि थाहा पाए सम्मको विवरण उनीहरुलाई सुनाई दिएँ – ८ जनाको मृत्यु २८ जना घाइते । यहि विवरण सुनाइरहँदा रत्नेचौर–भकिम्ली ग्रामिण सडकमा बागलुङबाट भकुण्डेका लागि आउँदै गरेको यो जीपलाई देखेँ । १२–१४ जना सम्मको क्षमता भएको जीपमा १८ भन्दा बढी यात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका थिए । यो हँुइकिएर आइरहेको जीप देखे पछि मलाई लाग्यो – आखिर मान्छेलाई मृत्युको भय हुँदो रहेनछ !

हामीलाई चाहिएको नेपालीबाद

यो समयमा पनि सयौं गरिब नेपालीहरू झाडापखाला (छेरौटी) लागेर मरिरहेका छन् भन्ने खबर सुनिरहँदा मलाई हामी नेपालीहरु मध्ययुगिन समयमा दिन गुजारिरहेका छौं भन्ने महशुस हुन्छ । यो यथार्थले मलाई भित्रभित्रै पोलिरहेको छ, र मलाई नेपाली भएर बाँचिरहनुको विवशता देखेर उन्मुक्त हाँसो हाँस्न मन लागेको छ । यो कस्तो नौटंकी सरकार हो ? हेलिकोप्टरमा मन्त्रिहरुलाई बिरामीको अवस्था बुझ्न पठाउँछ जबकी औषधी र स्वास्थ्यकर्मी खच्चडमा लोड गरिएर प्रभावित क्षेत्रमा पठाइएका छन् ! र मैले विदेशी राष्ट्रहरुमा त्यहाँका उच्चपदस्थ अधिकारीहरु मन्त्रि, सिनेटर वा अन्यान्य आफ्नो तर्फबाट देखिएको सानो त्रुटी वा भूलका लागि आम जनताहरुका अगाडि उभिएर माफि माग्छन् अनि त्यतिले नपुगेर आफ्नो पदबाट राजिनामा दिन पनि पछि पर्दैनन् भन्ने कुरा धेरै अगाडिबाट सुन्दै आएको छु । अनि मैले यो यथार्थ पनि भोग्दै आइरहेको छु कि हाम्रा उच्च पदस्थ भनौंदाहरू आफ्नो गैह्जिम्मेवारीताका लागि माफि त कहाँ हो कहाँ, स्वीकार समेत गर्न चाँहदैनन् । कस्तो आश्चर्य ?! र, मेरा प्रिय मित्रहरु ! आज यो ब्लग लेख्दै गर्दा म यसै ब्लग मार्फत घोषणा गर्न चाहन्छु कि म कुनै पनि पार्टी…