Skip to main content

देश, जनता र दिशाहीन राजनीति

पछिल्लो पटक नेपाली राजनीतिमा देखा परेको दलीय अविश्वासको खाडल अझ बढ्दै जान थालेको यसले मुख्यत: नेपाली राजनीतिको आधारभूत गतिलाई उचीत दिशा दिनुको साटो अत्यन्त कठिन मोडमा ल्याएर अडाईदिएको संविधानसभाको निर्वाचन, समयमै नयाँ संविधान, गणतान्त्रिक नयाँ नेपाल निर्माण तथा महत्वपूर्ण जटिल मानिएको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउनका लागि राजनैतिक दलहरूबीच भएका विभिन्न सम्झौताको मसि सुक्न नपाउँदै देखि अहिलेसम्म कुनै पनि राजनैतिक दलका नेताहरूले ती सम्झौताहरूलाई गम्भिर रुपमा लिएको पाइएको छैन् अझ गम्भिर विषय यो किहिजो आज पर्दा भित्र बाहिर जेजति क्रियाकलापहरु हुँदै आएका छन् यीनले कम्तिमा पनि नेपाली जनताले शान्ति प्रक्रियाको तार्किक निश्कर्षको लागि गरेको अपेक्षामा तुषारपात गर्ने बेलैमा गणतान्त्रिक नेपालका न्यायप्रेमी जनताहरुको हितका लागि एक उत्कृष्ट नमुनायुक्त संविधान नआउने तथ्यलाई पुनर्जिवीत गर्ने काम गरेका छन्
हुन देश जनताले उचीतभिजन मिसनभएको एउटा पनि राजनेता पाउन नसक्नु सबैका लागि दुर्भाग्यपूर्ण विषय नै हो तर आफूलाई एक से एक कुशल सक्षम राजनेताको दुहाई दिदैँ नेपाली राजनीतिमा बरिष्ठ नेताको पदिय मान्यताको सिट सुरक्षित गरिरहेकाहरुले कम्तिमा पनि आफूभित्र राष्ट्रप्रतिको प्रेमलाई सुरक्षित गर्न न्यूनतम प्रयास मात्र गर्दिने हो भने पनि हामी सक्षम सबल नेपाली नबन्ने प्रश्नै रहदैँन् तर आफू आफ्नो पार्टी वा आफू इतरका केहि सिमीत व्यक्तिहरुका स्वार्थगत आवश्यकताहरुलाई मात्र सम्बोधन गर्न सक्ने पनि देश जनताको संस्थागत विकासका लागि एक निमेश सोच्नका लागि फुर्सद निकाल्न नसक्ने राजनेताहरुबाट अब कुनै पनि जनताले कुनै किसिमको परिवर्तनको अपेक्षा गर्नु त्यो मुर्खता सिवाय अर्थोक के हुन सक्ला ? यस्तो सोचीरह्दा मेरो मनमा एउटा सत्यता गुलाफ(!) बनेर बिझाई रहन्छ, हामीले हिजो आज भोग्दै आएका आफ्ना विचारमात्र सर्वमान्य हुने तर अरुद्धारा अभिव्यक्त अति उन्नत विचारहरुले केही पनि अर्थ नराख्ने भन्दै जिकिर नगर्ने राजनेताहरु भोलीपनि हाम्रा भावी सन्ततीले सायदै भेट्टनेछन् !
यी दिनहरुमा विशेषतः हरेक नेपाली मनमा आत्मविश्वास वा स्वमूल्यांकनका नाममा हुर्कदैँ गएको केबल मात्र जान्ने, सुन्ने बुझ्ने वा एकै संश्लेषित वाक्यमा व्यक्त गर्नुपर्दा मात्र सक्षम भन्ने आत्मरतिले हामी प्रत्येकलाई यसरी गाँजिरहेको कि हामी कसैलाई सुन्नै चाहन्छौं कसैको बिचार बुझ्ने सम्मान गर्नै सक्छौं अब यसलाई हामी परिवर्तनको नौलो प्रयासका लागि कदम चाल्दै गर्दा स्वभाविक रुपमा उत्पन्न हुने भावोत्तेजनाका रुपमा लिन सक्छौं वा कुनै एक सवारी चालक ब्याक गियरमा अगाडि बढ्ने धृष्टता गर्दै भनी मानी लिन सक्छौं ? यो एक अनुत्तरित तर गम्भिर प्रश्नका रुपमा हामी सामु खडा भएको , मैले यतिखेर बुझ्न खोजेको एक यक्ष सन्दर्भ चाँहि यो मान्यतालाई हाम्रा राजनेताले बढ्ता महत्वका साथ कहिले केलाउने ? हुन फरक मान्छेसँग फरक बुझाई हुदैँन भनेर आफ्नै ढिँपीमा अडिग हुन चाहँदिन तर एउटै विषयमा हामी भिन्दाभिन्दै एकअर्कादेखि ठ्याक्कै बिमेल विशेषज्ञता किन राखिरहेका छौं ? भनेर प्रश्न राख्न मलाई कुनै हिच्किचाहट छैन् हाम्रा बुझाई किन पृथ्वीका दुई विपरित गोलार्द्ध झैं एकदम फरक भिन्दै हुँदै गैरहेका होलान् ? सायदै यी फरक मान्यताका कारण हाम्रो बौद्धिकताले विस्फारित हुन पाउने सुनौला मौकाहरुको सृजना गर्ने औसर पाउँला तर फरक बुझाई फरक अर्थ केवल जुँगाको लडाईभन्दा माथि उठ्न सकेन भने के हामी फेरि फेरि यसैगरी उठ्ने गरेरै न न्याकिउँला र ?
एउटै असहज परिस्थिती लामो समयसम्म रहदै जाने हो भने हरेकमा दिक्दारी देखिनु त्यो नौलो विषय हुदैँन् निरन्तर एउटै पीडाले दुखाईरहदा, पोल्दा वा बिझाउँदा जो सुकै पनि निराश बन्नु त्यो झन अस्वभाविक विषय नै रहेन वितेका केहि दिनमा विकसित हुदैँ आइरहेका घटनाक्रमपश्चातः मैले महशुस गरेको छु, यसले हरेक नेपाली जनताको धैर्यताको बाँधलाई भत्काउँदै गएको अब तपाइँ आफै भन्नुस्भौतिक बाँध (कोशी नदीको बाँध) विस्फोट हुँदाको क्षतिको सामना गर्न सक्तैनन् हाम्रा राजनेताहरु के यिनले नेपाली जनताको फुट्दै गएको धैर्यताको बाँध फुटेपछिको परिणाम सामना गर्ने हैसियत राख्छन् त ?
1 comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…