Skip to main content

Posts

Showing posts from August, 2009

सिमली छाँयामा बसी भरिया लामो सास फेरेर....

जीवन शर्माको सुमधुर आवाजले अझ बढी मर्मस्पर्शी पारिदिएको गीत सिमली छाँयाको सम्झना दिलाउने गरी यी भरिया दाई ताकम पुग्नै लागिनेबेलाको चौपारीमा मेरो आडैमा आएर बसिदिएँ । देशको राजनैतीक गर्मागर्मीका बारेमा आफूलाई खासै चासो नरहेको बताउँदै, आफ्ना निधारभरी लछप्पै परेको पसिनालाई दुखजिलो गरी भर्खर किनेको रुमालले लपक्कै पुछे अनि रुमाललाई चरप्पै निचोरे ! बार्ताको प्रारम्भ भैसकेको थियो । उनले मलाई आफू सदरमुकाम बेनीबाट कुखुराका चल्ला लिएर गामघरतिर बेच्न लिएको बताए तर लामो निश्वास फेरेर उनले मलाई उल्टै सोधें – साँच्ची के छ सर हिजाँलको खबर ? लौ ! तपाइँ नै सदरमुकामबाट आउनु भएको मान्छे, हामी त माथि गाउँतिरबाट बल्ल आजै झर्दै छौं तपाइँ नै बताउनु न के छ बरु खबर ? मैले उनलाई नै प्रतिप्रश्न गरेँ । खोई सर म त त्यति वास्ता नि गर्दिन्, आफ्नो दुःख आफैसङ् छ, बेकारको राजनीतिको कुरा केको सुनिराखुम् ? आफ्नो कामै यस्तै हो सर – भारी बोक्नी, चामल तिहुन किन्नी, बाल बच्चा र स्वास्नी पाल्नी । एकै सासमा उनले आफ्नो दुःख बिसाए । मैले सोच्थेँ, देशको अस्तव्यस्त राजनीतिले मलाई मात्र घोचिरहेको छ, पीडा दिएको छ । जतिखेर भर…

पानी बोक्दै गरेका नानीहरु

प्रत्येक वर्ष प्रवेशिका परीक्षाको नतिजा प्रकाशित हुन्छ । नतिजाले देखाउँछ सरकारी तथा सामुदायिक विद्यालयको नतिजा एकदमै सरमलाग्दो अझ जोडदारले अभिव्यक्ती गर्दा – बेइज्जतपूर्ण ! तर यस्तो नतिजा आउनुका पछाडी कारणहरु खोज्दै जाँदा धेरै तथ्यहरु बाहिर आउन थाल्छन् । पहिलो कुरा त सरकारी वा सामुदायिक विद्यालयका शिक्षकशिक्षीकाहरु आफ्नो पेशाप्रति वफादार नहुनु नै हो । अरु मुख्य कारणहरुमा गाउँघरतिरका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुले आफ्नो पढाइका लागि समय व्यवस्थापन गर्न नपाउनु । सामुदायिक विद्यालयका विद्यार्थीहरु घरको काममा निकै खट्नु पर्ने अवस्था र पढाइप्रति अभिभावकहरुको अरुची कारण पनि यस्ता नतिजा आउने गरेको हो । यो माथि दिइएको तस्विर बेनी (याग्दी जिल्लाको सदरमुकाम) देखि झण्डै ३० किमी उत्तरमा अवस्थित मुना गाविसको हो । यस तस्बिरमा देखिएका नानीहरु झण्डै आधा घण्टाको बाटो हिडेर पानी ओसार्न विवश छन् । अब तपाई नै अनुमान गर्नुसु – यी नानीहरुले कतिबेला पढ्ने ? कतिबेला गृहकार्य गर्ने अनि कुनबेला विद्यालय पुग्ने ? र कसरी उत्कृष्ट नतिजा प्राप्त गर्ने ? यहि नै हो गाउँले विद्यार्थी र सिन्को पनि नभाँच्ने …

एउटा इतिहासको अन्त्य

श्रावण महिनाको २३ गते म्याग्देली शैक्षिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याउनु हुने सोमबहादुर बोगटीको देहावसान भएको छ । रत्नेचौर गाविस वार्ड नं. १ का बासिन्दा बोगटी पृथ्वी नारायण क्याम्पसको स्थापनामा पनि सक्रिय सहभागि हुनु भएको जानकारहरु बताउँछन् । म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक वातावरणलाई अनुशासित र नियमित गर्ने कार्यमा उहाँले निभाउनु भएको भूमिका प्रशंसनीय रहेको छ । पञ्चायती शासन व्यवस्थाका विरुद्धमा विद्रोहको आगो ओकल्नहरुको अग्रपंक्तिमा उभिई आफ्नो बलिदानीका लागि उहाँ कहिल्यै पछि हट्नु भएन । पछिल्लो समय शैक्षिक क्रियाकलापमा उति सक्रिय नदेखिए पनि श्री भानु मा.वि.रत्नेचौरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रही आफ्नो काममा खटिरहनु भएको थियो । उहाँको देहावसानले म्याग्दीले एक अनुशासित र संघर्षशिल शैक्षिक सिपाही गुमाएको कुरामा कसैको दुई मत नरहला । स्व. बोगटीको आत्माको चीर शान्तिका लागि म भगवान्सँग प्रार्थना गर्दछु । साथै उहाँले प्रशस्त गरिदिएको शैक्षिक यात्रामा अगाडि बढ्न सबैलाई प्रेरणा मिलोस् !

हामीलाई मृत्युको भय छैन्

यो साता पनि म अघिल्लो साता झैं आफ्नो प्यारो रत्नेचौर गाउँ गएँ । गाउँ जानु स्वभावत ः सदरमुकामका नयाँ नौला खबर गाउँतिर सम्प्रेषण गर्नु जस्तै पनि हो । गाउँघरतिर भेट्टिएका सबैले हालै बेनी – दरबाङ सडकखण्डको भालुखोलामा भएको दुर्घटनाका सम्बन्धमा सोधखोज गर्ने काम गरे । मैले पनि थाहा पाए सम्मको विवरण उनीहरुलाई सुनाई दिएँ – ८ जनाको मृत्यु २८ जना घाइते । यहि विवरण सुनाइरहँदा रत्नेचौर–भकिम्ली ग्रामिण सडकमा बागलुङबाट भकुण्डेका लागि आउँदै गरेको यो जीपलाई देखेँ । १२–१४ जना सम्मको क्षमता भएको जीपमा १८ भन्दा बढी यात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका थिए । यो हँुइकिएर आइरहेको जीप देखे पछि मलाई लाग्यो – आखिर मान्छेलाई मृत्युको भय हुँदो रहेनछ !

हामीलाई चाहिएको नेपालीबाद

यो समयमा पनि सयौं गरिब नेपालीहरू झाडापखाला (छेरौटी) लागेर मरिरहेका छन् भन्ने खबर सुनिरहँदा मलाई हामी नेपालीहरु मध्ययुगिन समयमा दिन गुजारिरहेका छौं भन्ने महशुस हुन्छ । यो यथार्थले मलाई भित्रभित्रै पोलिरहेको छ, र मलाई नेपाली भएर बाँचिरहनुको विवशता देखेर उन्मुक्त हाँसो हाँस्न मन लागेको छ । यो कस्तो नौटंकी सरकार हो ? हेलिकोप्टरमा मन्त्रिहरुलाई बिरामीको अवस्था बुझ्न पठाउँछ जबकी औषधी र स्वास्थ्यकर्मी खच्चडमा लोड गरिएर प्रभावित क्षेत्रमा पठाइएका छन् ! र मैले विदेशी राष्ट्रहरुमा त्यहाँका उच्चपदस्थ अधिकारीहरु मन्त्रि, सिनेटर वा अन्यान्य आफ्नो तर्फबाट देखिएको सानो त्रुटी वा भूलका लागि आम जनताहरुका अगाडि उभिएर माफि माग्छन् अनि त्यतिले नपुगेर आफ्नो पदबाट राजिनामा दिन पनि पछि पर्दैनन् भन्ने कुरा धेरै अगाडिबाट सुन्दै आएको छु । अनि मैले यो यथार्थ पनि भोग्दै आइरहेको छु कि हाम्रा उच्च पदस्थ भनौंदाहरू आफ्नो गैह्जिम्मेवारीताका लागि माफि त कहाँ हो कहाँ, स्वीकार समेत गर्न चाँहदैनन् । कस्तो आश्चर्य ?! र, मेरा प्रिय मित्रहरु ! आज यो ब्लग लेख्दै गर्दा म यसै ब्लग मार्फत घोषणा गर्न चाहन्छु कि म कुनै पनि पार्टी…