Skip to main content

Posts

Showing posts from September, 2009

दौडको दशैं

मेरो भित्तामा उभिण्डो परेको पात्रोले प्रत्येक शरदमा एउटा दौडको आयोजना गर्दछ – मेरो विवश नगरमा ! काठमाण्डु घोर्ले खसीको पछि दौडन्छ, बाजुरा उसिना चामलका लागि उछिट्टिन्छ । धरान फेसनको एक श्रृङ्खला बनाउँछ । सोलु हिउँको चीसो बतासमा कठ्याङिग्रएर रोइदिन्छ, दशगजा साँघुरिएर आफैभित्र थाहै नपाई बिलाईदिन्छ । सुनसान गल्लिहरुमा कर्कश आवाजहरु सुनिन्छ, भीडहरुमा आवाज गुपचुप भैदिन्छ, प्रत्येक शरदमा एक दौड हुन्छ, मेरो नगरमा । आशा लिएर आउने दौड आशा बोकेर लैदिन्छ, सफल होला कि भन्ने दौड निरर्थक भैदिन्छ, तथापी युग–युगदेखि प्रत्येक शरदमा एक दौड हुन्छ मेरो नगरमा । फगत एक दौड हुन्छ, मेरो विवश नगरमा !

दशैको कोशेली

SAGOON for Dashain

सधै‌ थला पारिएको एउटा देश

माध्यमिक तहको पढाइ चलिरहँदा सामाजिक शिक्षाका गुरु नारायण ढुंगानाले हामीलाई सारा पृथ्वीको मानचित्र हेर्ने औसर जुटाइदिनु भएको थियो – एउटा डेट एक्सपायर्ड ग्लोब ल्याइदिएर । विश्व मानचित्रमा कतै हराएको अति सुक्ष्म विन्दु झैं लाग्ने हाम्रो देशको नक्शा अति मुश्किलले भेट्टाएपछि कक्षाकोठाभरीका हामी ६०–७० जना किशोर किशोरीहरु बडो चिन्तामा पर्थ्यौ । अनि सामाजिक सरको कानै नजिक गएर भन्थ्यौं– वीर गोर्खा लडाकुहरुको देश यति सानो ?! हाम्रो सानो मस्तिष्कले सोच्न भ्याएको यो अपत्यारिलो र अप्रसाङ्गिक प्रश्न पश्चात: लगभग त्यो ४५ मिनेटको एउटा पूरै पिरियडभर कक्षा एकदम स्तब्ध रहन्थ्यो । हामी ग्लोब घुमाउँदै, फेरि घुमाउँदै र अझ धेरै पटक उसै गरी घुमाउँदै सयौं विशाल देशहरुको मानचित्रको सीमारेखाभित्र रहेको सानो "स्पेश" भित्र नेपाललाई पटक पटक खोजीरहेका हुन्थ्यौं अनि सामाजिक सर हामीबाट केहि पर कालोपाटीको ठीक मुन्तिर उभिएर हामीलाई सोधिरहनु हुन्थ्यो – ए, बाबुनानीहरू हाम्रो देशको नक्शा भेटायौं त ? यो त भयो किशोरवयको कुरो । जव मैले आफूलाई जवान हुँदै गएको पाएँ अनि बल्ल थाहा पाउन थालेँ, ती किशोरवयमा हामीले पोख्न…

फेवासिटीमा बितेका पट्यार लाग्दा पलहरु

४२ वर्षसम्म मेरो बुबा एक पटक पनि बिरामी पर्नु भएको थिएन् । तर यतिखेर उहाँ एक्कासी यो महिनाको १७ गतेदेखि लगातार विरामी पर्नुभयो । टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लाउने तीन किसिमका फरक फरक व्यथाले उहाँलाई कमजोर पारे । बागलुङ्का विभिन्न नाम चलेका क्लिनिकमा चेक अप गरेर औषधी सेवन गरेतापनि बुबाको स्वास्थ्यस्थितीमा सुधार नआए पछि थप उपचारका लागि हामीले उहाँलाई पश्चिमाञ्चलमा नै नाम चलेको फेवा सिटी नामक नीजि अस्पतालमा लग्यौं । पाँच दिन चार रात सम्म पनि उहाँको विरामीको कारण केहो पत्ता लगाउन त्यहाँका प्रतिष्ठित डाक्टर नर्सहरू असफल नै रहे । तर तिनीहरुले प्रदान गरेको औषधी र उपचार विधिले भने उहाँको स्वास्थ्यमा केही सुधार आउन थाल्यो । तथापी उहाँको उपचारको क्रममा अस्पतालमा बस्दा त्यहाँको व्यवस्थापनले मलाई धेरै असहजिलो बनायो । तस्विरमा देखिएकी युवती काउण्टरमा बस्ने स्टाफ हुन् । उनीसँग नियमितजसो मेरो असमझदारी रह्यो । म सोध्छु – सिस्टर, डाक्टर साब कतिखेर पाल्नुहुन्छ होला ? डाक्टरको टाइम साइम फिक्स हुँदैन् । यिनी झर्केर जवाफ फर्काउँछिन् । म ब्लड, युरिन आदि चेकको रिपोर्टका लागि पैसा तिरी बिल लिन खोज्द…

सुन्दरताको परिचायक ः गुर्जा

“टुपीभन्दा माथि ठाउँ छैन्, गुर्जाभन्दा माथि गाउँ छैन्” भन्ने उखानले नै यस गुर्जा गाविस सम्म पुग्नका लागि यसको भौगोलिक विकटताले पु¥याएको अप्ठ्याराका बारेमा छर्लङ्ग पारेको छ । सदरमुकाम बेनीदेखि उत्तरतर्फ २६ कोष टाढा अवस्थित यो एक सुन्दर गाविस हो । अझ यस गाविसमा अवस्थित सु्न्दर हिमालहरु तथा यहाँ पाइने बहुमुल्य जडिबुटी तथा भौगोलिक बनोटले यसको सुन्दरताको थप पुष्टी गरेको छ । तथापी यातायातको उचित प्रबन्ध हुन नसक्नु र उपलब्ध घोडेटो बाटोको समायानुकुल मर्मत सम्भारको अभावका कारण यस गाविसका बासिन्दाको आयआर्जनका क्रियाकलापमा सहज पहुँच पुग्न सकेको देखिदैन् । छन्त्याल जातिको सघन उपस्थिती रहेको यस गाविसलाई “छन्त्यालको गाउँ” भनेर पनि चिनिन्छ । देशभर मै छन्त्यालहरुको मात्र बस्ति रहेको एक्लो गाविसको रुपमा यस गाविसलाई चिन्ने गरिन्छ । यसर्थ ः छन्त्यालहरुको सघन उपस्थित रहेको यस गाविसमा छन्त्याल जातिका विभिन्न साँस्कृतिक चालचलनलाई पनि नजिकैबाट अध्ययन गर्न सकिन्छ । वि.सं. २०५८ को जनगणना अनुसार कुल १०५३ जनसंख्या रहेको यस गाविसमा छन्त्याल बाहेक केही दलितहरुको पनि बसोबास रहेको छ । मुख्यत ः आलु खेती हुने यस ग…

माग्नु हाम्रो नियती ! माग्नु हाम्रो विशेषता !

हामी नेपालीको एउटा अनौठो लाग्दो विशेषता भनेको हामी माग्नमा विश्वास गर्छौ, वा हामीलाई माग्नमा लाज शरम छैन् । हाम्रो देशमा विकाशका लागि पनि नेपाल सरकारले दातृ निकायहरुलाई भिख नमागी सुख्खै छैन् ! अर्थात भनूँ – माग्नु हाम्रो शान वा माग्नुले हामी गोर्खाली भनौदाहरुको वीरताकोे पुष्ट्याई गरेको छ । संसारमा कुन त्यस्तो देशमा त्यस्तो सरकार छ, जसले हाम्रो सरकारले झैं विदेशीहरुसँग हात फिँजाएर रकम जम्मा पार्न सफल भै देश चलाउन सकेका छन् ? त्यसैले हामीले गर्व गर्न सक्नुपर्छ – हामी माग्नमा माहिर छौं । यो देखिएको तस्विर यो पटकको काठमाडौं बसाईको क्रममा खिचेको हुँ । एउटी बुढी आमा (जसले सुनले भरेको दाँत लगाएकी थिइन) म बसेको माइक्रोको सिट नेरको झ्यालमा उभिएर मजाले हात फिँजाउदै टुठेफुटे हिन्दी लवजमा बोल्दै थिइन – कुछ देदो बाबु भगवान तेरेको मंगल करेगा ! लौ भयो अब ? सुनको दात लगाएकी बजैको त यो हालत छ, अब अरुको कुरा के नै भो र ? जस्तो देश उस्तै भेष भनेको यहि त होला नि !

गजल

काँडा हुन्छ गुलाफमा तरपनि जाति फूल्छ प्रीत करकापमा तरपनि जाति शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी लुक्छ प्रीत तापमा तर पनि जाति रित्तिएकी सम्झना तिम्रा छातिभरीका दुख्छ प्रीत नापमा तरपनि जाति कहाँ छुटे हातहरु थाहै नभएर सुक्छ प्रीत रापमा तरपनि जाति