होल नार्इट (कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ ।
सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?”
“हजुर ।” मैले जवाफ दिएँ ।
“म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी ।
मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?”
“धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।
उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !”
“ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी ।
मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?
संक्षेपमा भनी – “कलेज पढ्छु ।”
“कतिमा पढ्नुहुन्छ ?” मेरो भद्र प्रश्न थियो ।
उसको सरल जवाफ पाएँ – “बि.ए. सेकेन्ड यार ।”
“केहि जबसब पनि गर्नुहुन्छ कि ?” भर्खर बिश्वविद्यालयको पढाई सक्काएर करार प्राध्यापक नियुक्त भएको मैले उसलाई सोधेँ ।
धेरै खुल्न नचाहेर होला संक्षेपमै जवाफ फर्र्काई उसले – “खास्सै केहि गर्दिनँ !” र, यस्तो भन्दै गर्दा मुसुक्क मुस्कुराउन पनि बिर्सिने उसले ।
“अनि मुस्ताङचोक चाँहि किन जान लाग्नुभएको ?” मैले सोधेँ ।
जवाफमा भनिनँ – “मेरो डेरा नै उतै हो ।” अझ बढि जान्न मन लाग्यो त्यसकारण सोधिहालेँ – “कोको बस्नुहुन्छ डेरामा ?”
“ममात्रै !” उसले जवाफ फर्काउदै भनी ।
“साँच्ची काम चाँहि केहि गर्नुहुँदैन ?” फेरि जोड दिदै सोधेँ ।
“अम् त्यस्तो खास केहि छैन । कलेज फि तिर्न, यहाँ बस्ने खर्च चलाउन र घरमा भएकी विधुवी आमा र दुई बैनीको पढाईखर्च सघाउनलाई  सानो काम चाँहि गर्छु ।” सरसर्ती उसले बताई ।
“सानो काम ?” मैले आश्चर्यता प्रकट गरेँ । किनकी, मलाई अचम्म लाग्नुको कारण मलाई जान्नु थियो त्यो कस्तो सानो काम हो जसले यत्रा धेरै मान्छेको खर्च पुर्‍याउन सकोस् !
“एम कर्लगर्ल !” निर्धक्कसाथ उसले भनी । अहँ ! ग्लानीबोधको सानो धर्सापनि उसको मुहारमा झल्किएको देखिनँ मैले । म अवाँक रहेँ ।
धेरैबेर चुप लागेर बसेको देखेपछि उसले आफै सोधी – “विश्वास लागेन हजुरलाई ? अहिले पनि म यहाँ कसैले बोलाएर आएकी थिएँ तर यहाँ आईसकेपछि बोलाउने मान्छेले भन्यो उसकी श्रीमती अचानक माइतबाट फर्की रे भर्खर । त्यसैले डेरामा फर्किन लागेको अहिले ।”
म फेरि पनि निशब्दः रहेँ । तालचोकबाट ट्याक्सी हुत्तिदै हामीनेर आयो । युवतीले आवाज दिईन – “ट्याक्सी..”
“दाईको घर नै यता हो र ?” ट्याक्सीभित्र पस्नुभन्दा अगाडि केहिबेर अगाडिदेखि स्थगित वार्तालापलाई पुनः सुचारु गर्दै युवतीले यस्तो प्रश्न गरीँ । जबाफमा मैले भनेँ –“यता हैन । पोखराबाहिर हो ।”
ट्याक्सीचालकले युवतीलाई हेर्दै सोध्यो – “कहाँसम्म ?”
मैले जवाफ फर्काएँ – “मुस्ताङचोक !” असहजिलो तरिकाले उसको दृष्टि मतिर सोझियो ।
ट्याक्सी गुड्दासाथ मलाई उसलेमात्र सुन्ने गरेर सानो आवाजमा धेरै कुराहरु सोध्न मन लाग्यो ।
खासमा अघिदेखि मलाई खसखस लागेको उसको कामको विषयले निकैबेर घोत्लिन विवश बनाउँदै थियो । त्यहि खसखसका बीच मैले सोधेँ पनि –“यस्तो गरिरहेकोमा रिग्रेट फिल हुँदैन हजुरलाई ?” मेरो छुच्चो प्रश्नमा थोरै आवेशात्मक जवाफ दिदै भनी – “ह्वाट द फक रिग्रेट इज ? अनि मैले किन रिग्रेट फिल गर्नुपर्‍यो ?” चालिस पार गरिसकेको जस्तो लाग्ने ट्याक्सी चालकले हामीतिर एकदम कुटनैतिक नजर लगायो । मलाई थोरै असहज महशुस भो ।
तस्बीरः गुगल
“हजुरलाई हर्ट गरे हैं ? माफ गर्नु ल मलाई । एम सरी ल!” गल्तीगरेपछि म सधैं यस्तै विनित भावमा प्रस्तुत हुन्छु । धेरैले भन्ने गरेका पनि छन्, माफी माग्दै गर्दाको क्षण म निकै नै मायालाग्दो रुपमा प्रस्तुत हुन्छु । उसले पनि मेरो टिठलाग्दो भावलाई देखेरै नै माफ गरेको हुनुपर्छ, भनी – “हैन हैन इट्स ओके । हजुर मात्र हैन, धेरै भद्र मान्छेहरुलाई जब म मेरा सत्यताहरु लुकाउँदिन उनीहरुका प्रश्नहरु हजुरकै जस्तै हुन्छन् – तिमीलाई रिग्रेट फिल हुँदैन ?”
केहिबेर सन्नाटा छायो । अनि मेरा आँखाहरू झ्यालबाहिर हुत्तिए । चालकले एफ. एम. बजायो, बाराही एफ.एम.मा गीत बजिरहेथ्यो – फेरि त्यो दिन सम्झन चाहन्नँ ..।
उसले चालकलाई आग्रह गर्दै भनिनँ – “दाई, भोलुम अलि सानो पार्नु न !” ड्राइभरले त्यसै गर्‍यो ।
त्यसै मौकामा मैले उसलाई हेरेँ अनि उनी चुपचाप बसेकोमा असन्तुष्टि पनि पोखेँ – “हैन, किन यस्तो चुपचाप बस्नु भएको ? के भयो ?”
केही नभएको जानकारी दिदै बोली – “हैन केहि भएको छैन ।”
एकछिन पछि फेरि वार्ता सुचारू गर्दै उसले प्रश्न गरी – “हजुर म्यारिड हो ?”
मैले निर्धक्क भनेँ – “नो, नो, स्टील ब्याचलर्स !”
“गर्लफ्रेन्ड नि ?” ख्वै किन यस्तो प्रश्न गरी मैले बुझिनँ । तैपनि जवाफ दिएँ – “पहिले थिई, अहिले छैने !”
“मेरो जस्तै ठ्याक्कै ! झन मेरो त अफेयर शुरु भएको तीन महिना मै ब्रेकअप भा’को नी ।”
मैले जान्न चाहेँ – “अनि अहिले चाँहि?”
लिपिष्टकले रात्तिएका ओठबाट बिन्दास जवाफ निस्क्यो – “सिंगल, टोटल्ली फ्रिडम । मस्त जिन्दगी !”
मलाई मनमनै लाग्यो, केटी मज्जाकी नै हो । मान्छे पनि सारै नै सुन्दरी हो । चल्तीका मोडल र नायिकाहरुको भन्दा कुनै पनि कुरामा कम लागेन । मुहार धपक्कै बलेको छ । केश लामो छैन त के भो ? सर्लक्कको छ । आँखा पनि डोलमडोल कति राम्रा ? नाक पनि खास खोट लगाउने ठाउँ नै भेटिन् । मान्छे सिनित्त परेकी छे । तर कर्लगर्ल हो भन्ने सत्य दिमागमा आउँदा साथ झसंग भएँ ।
मुस्ताङचोकमै आएपछि ट्याक्सी रोकियो । मैले दुवैको भागको पैसा दिन खोज्दै थिएँ, युवतीले रोकी । र, भनी – “नो, नो, फिप्टी फिप्टी !” युवतीको हातबाट दुईसय र मबाट पनि उत्तीकै पैसा समातेर ड्राइभरले ट्याक्सी अगाडि बढायो । ट्याक्सी गईसकेपछि युवतीले मतिर हेर्दै भनी – हतार छैन भने हिड्नुस, मेरो डेरामा । खाना खाएर निस्किनुहोला !
मोबाइलमा हेरेँ, साढे नौ बज्दै थियो । केही नबोली उसको पछिपछि लागेँ ।

चोकबाट ५ मिनेटजति पश्चिमतिरको गल्लीमा हिडेपछि उसको डेरामा पुगियो । बस्तीमा चूक झैं चकमन्न रात घोप्टिएको थियो । धेरैका घरमा बत्ती निभीसकेका थिए । उसले कोठाको ताल्चा खोली र स्वीच अन गरी । इन्भर्टरबाट बलेका मधुरा चिमको प्रकाशमा उसले भुत्भुतिदै भनी – “लोडसेडिङ छैन भन्नु त गफै मात्र भो, हल्का हुरीबतास चल्दा बित्तिकै बत्ती गैहाल्ने !”
चारतले घरको भुँइतलामा उसले भाडामा दुईवटा कोठा लिएकी रहिछे । एउटा भान्छा र अर्को चाँहि सुत्ने कोठा ! भान्छा कोठाको भित्रबाटै सुत्नेकोठामा जानलाई ढोका रहिछ । कोठाभित्र छिरेपछि, ऊ चाँहि आफ्नो सुत्नेकोठामा छिर्दै भनी – “एकछिन पर्खिनुस है, म ड्रेस चेन्ज गरेर आउँछु ।” मैले स्वीकृतिसूचक मुन्टो हल्लाएर “ल, हुन्छ” को ईशारा गरेँ । ऊ भित्र छिरेको पाँच मिनेटमा नै म्याक्सी लगाएर भान्छामा आई ।
आउँदा बित्तिकै केहि नसोधी ग्यासचुलोमा दूध चिया बसाली । अनि मलाई भनी – “पहिले चिया पिऔं हैं !” मैले नाइँनास्ती गरिनँ । हुन्छको भावमा मुस्कुराएँ ।
अनि म तिर पुलुक्क हेर्दै उसले भनी –“लौ, चिया हेर्नु है त, उम्लेला नी ! म बाहिर सरकारी धाराको पानी लिएर आउँछु ।” ठ्याक्कै देवकी भाउजूले रामुदाईलाई अर्‍हाए झैं उसले मलाई काम लगाई । मलाई अप्ठेरो लाग्यो ।
”कति टाइम लाग्ने हो ?” मैले हतास हुँदै भनेँ ।
जवाफ दिदै भनी – “यहि बाहिर के, घरकै कम्पाउन्ड भित्रै त हो, अहिले दशबजेपछि फेरि पानी बन्द हुन्छ !” नीलो रंगको एउटा बाल्टीन र तीनवटा जम्बो कोकको बोतल समातेर ऊ भान्छाबाहिर गई ।
पानी लिएर फर्कन पाँचै मिनेट पनि लागेन उसलाई ।
चिया उम्लेकाले मैले ग्यासचूल्हो बन्द गरिसकेको थिएँ । “ए, चिया पाकिसक्यो ?” पहिलो खेप पानी ल्याएपछि उसले भनी । यो पाली चाँहि आवाज निस्क्यो मेरो, भनेँ – “अँ, पाक्यो !”
“हजुर चिया राख्दै गर्नुस् म पानी लिन आउँछु ।” भन्दै, ऊ फुत्त बाहिर गई ।
हाम्रो चिया गफगाफ शुरु भो । उसले चिया पिउने क्रममै आलु ताछ्ने र काउली केलाउने काम समेत भ्याई । इन्भर्टरको उज्यालोमा उसको मुहार चम्किरहेको मैले राम्ररी नै देख्न पाएँ । उसले थाहा नपाउने गरी एकटक मैले उसलाई हेरिरहेँ । बिचबिचमा उसले मेरा ब्यक्तिगत कुराहरु सोधी । मैले कुरा नलुकाई खुलस्त पारिदिएँ । सोधेकी थिई – घरमा कोको हुनुहुन्छ ? भनेँ – एक्लो छोरो हुँ । अनि सोधी – बुबा आमा के गर्नुहुन्छ ? भनेँ – बुबा मालअड्डामा काम गर्नुहुन्छ, आमा नि.मा.वि. स्कुलको शिक्षिका हुनुहुन्छ । र, उसले अलिकति असहज लाग्ने कुरो पनि अरी – “हजुर ब्याचलर मात्र कि भर्जिन पनि ?” उसको यो प्रश्नले म एकदम सन्न भएँ । झन प्रश्न गरेपछि उसले यति कामुक तरिकाले आँखा सन्काई कि लाग्यो – केहि नसोचेर गर्लम्मै अङगालो हालूँ ! मैले केहि पनि बोलिनँ, र उसले पनि फेरि दोहोर्‍याएर सोधीने । गधापच्चिसे काट्दै गरेको लक्का जवानले अझै भर्जिनिटी गुमाएको छैन भन्नु, न उसले पत्याउने कुरो थियो न मेरो लागि खास गर्व गर्न लायकको कुरो नै । मनमन पनि यस्तो पनि लाग्यो – मोरीले फेरि नपुङ्शक ठानेर खाना पनि नखुवाई घर पठाउली ! त्यसकारण पनि मैले चुपचाप बस्नु मै उचीत ठानेँ ।
भात पाक्दै गरेको प्रेसरको सिठ्ठी बज्ने र बत्ति आउने एकैपटक भो । देखेँ, उसले आलु र काउली भुट्दै थिई । मैले मोबाईलमा समय हेरेँ । साढे दश बज्दै थियो । मैले टाइम हेरेको पत्तो पाईछ उसले जिस्किदै भनी – “ओहो, किन यस्तो अतालिनुभएको हो ? खाना पाक्दै छ, एकछिन नआत्तिनुस् !” मैले त चाहेको थिएँ, भनोस –“आज यतै बसे भैहाल्यो नी भोली बिहानै जानुहोला ।”
उसले गोलभेडाको चटनी पनि बनाई । उसको भर्भराउँदो वैंश भन्दा कमको देखिएन चटनी । मलाई चखाई पनि । चाखेको स्वादिलो रहिछ ! केहिबेरपछि खाना पस्की दुवैजनालाई, दालचाँहि बिहानको थियो र उसले तताएकी पनि थिई । उसले तयार पारेको खानाको पहिलो गाँस मुखमा पुर्‍याउँदै थिएँ, ऊ केही सम्झे झैं गरी, ग्यासचूल्होबाट बायाँपट्टि तीन हातपरको सानो दराज राखेको ठाउँमा पुगी अनि दराज खोली ।
 “साँच्ची गाउँबाट पठाएको घिउ पनि छ, खानुहोला नी ?” दराजबाट सेतो शिशाको बोतलभरी राखेको घिउ झिकी ।
घिउसँग भात म नकार्नै सक्दिनँ । भनेँ – “भातसँग घिउ पाएपछि कसले नखाला?”
मेरो थालमा दुई चम्ची घिउ थप्दै गर्दा उसले जिस्किएरै भनी – “हजुरजस्ताले घिउ खाएर के गर्नु, बिनासित्ती चड्डीको विजोग !” उसको उत्ताउलोपनले मलाई निस्तेज पारिसकेको थियो । प्रतिक्रिया दिन खोज्दै थिएँ, भातको गाँस सड्कियो । उसले अतालिदै पानी दिई । मैले घटघटी पिउन थाले । सोच्दै – “पाएँ भने तेरो उन्मत्त योवन म यसैगरी घटघटी पिउँछु ।”
खाना खाएपछि आफूले खाना खाएको थाल आफै माझेँ । भन्न त भनेकी थिई – “ह्या, हजुर पनि कस्तो केटीजस्तो ? त्यही राख्नुस् म माझिहाल्छु नी !” मैले मानिनँ ।
ऊ खाना खादै थिई । मोबाइल हेरेको १२ बज्न १० मिनेट बाँकी थियो ।
“ओहो, १२ पो बज्न लागेछ ।” लामो सुस्केरा फेरेर मैले भनेँ –“लौ, हजुरलाई मीठो खाना ख्वाउनुभएकोमा धन्यवाद, म डेरातिर हिडेँ अब ।”
“भो भयो यति राती के घरमा जानुहुन्छ ? आज यतै बस्नुस, हजुर खाटमा सुत्नुहोला म भुँइमा सुत्छु ।” अन्तिम गाँस चपाएर निलेपछि उसले यो पनि भनी – कि गल्लीमा लागूपदार्थ सेवनको दुव्र्यसनमा फसेका टन्नै अल्लारे केटाहरु हुन्छन, र राती हिड्ने बटुवाहरुलाई पिट्ने अनि लुट्ने काम गर्छन ।
अब भने मेरो मुटुमा ढ्याङग्रो बज्न थाल्यो । उसको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै भनेँ, “लौ उसोभए मलाई भोली बिहानै उठाईदिनु पर्छ नी फेरि, हैं ?”
उसले खिस्स हाँसी । र, मैले पनि मुस्कुराउन बिर्सिनँ ।
के के कुरा गर्दागर्दै रातीको सबा एक बजेको पत्तै पाइँन । उसले आफ्ना संघर्षका थुप्रै कथाहरु सुनाई । घरमा आयश्रोत नहुँदा आफ्नी विधुवी आमाले झेल्नुपरेको आर्थिक कठिनाईका बारेमा पनि सुनाई । र, मर्माहत कुरो त आफ्नो यौन प्यास मेटाएर दशजोड दुईमा पढ्दै गर्दा आफ्नो केटा साथीले आफूलाई कसरी धोखा दियो भन्ने पनि बताई ।
उसले भनी – “सब साला लोग्नेमान्छेहरु सेलफिस छन यहाँ । उनीहरुलाई प्रेम गर्नै आउँदैन । प्रेमको नाममा आफ्नो वासनालाई शान्त पार्न केटीको साथ खोज्छन् ।”
मैले प्रतिकार गरेँ – “हेर सबैजना उस्तै हुँदैनन् । यसरी एउटा केटामान्छेको गल्तीको दोष सबै केटा मान्छेहरुलाई लगाउन मिल्दैन । र, केटीहरु पनि सबैले निस्वार्थः प्रेम गरेका हुँदैनन् ।”
उसले मेरो कुरा मान्दै मानिने, भनी – “हजुर जे भन्नुस, तर केटाहरु भनेका यौनका भोखाहरु नै हुन् । उनीहरु प्रेममा हैन यौनको भोकमा विश्वास गर्दछन् । सेक्स विनाको प्रेम इमाजिन पनि गर्न सक्दैनन”
अब चाँहि मैले केहि बोलिनँ । ऊ भुँइमा विछ्यौना बनाउँदै थिई । मैले मेरो ल्यापटप खोलेँ र वर्ल्डलिङ्कको मेरो वाईफाईबाट नेट सर्फिङ गर्न थालेँ । बिछ्यौना मिलाईसकेपछि ऊ मसँगैको खाटमा बस्न आई र अनुरोध गरी – “नेट कनेक्सन छ भने दिनुन, कत्ति भो साइबर गएर फेसबुक नचलाएको । यो मोबाइलमा भनेजस्तो मजै नहुने । अनि साँच्ची हामी पनि फेसबुकमा साथी बनौं न ।”
मैले फेरि पनि नाइँनास्ती गरिनँ । बरु, आग्रह गरेँ – “लौ यति राम्री मान्छेको फेसबुकमा राखेको फोटोहरु पनि हेरौँ न त !” ऊ लजाए झैँ गरी ।
सत्तरी जना जति साथी रहिछन् उसका । भनी – “म हत्तपत्त फेसबुकमा कसैलाई पनि साथी बनाउँदिन । धेरै कम मान्छेहरुले मात्र मेरो व्यक्तिगत जीवनशैली जानुन, बुझुन भन्ने लाग्छ ।”
सातसय भन्दा बढी फेसबुक साथी भएको मैले उसको कुरामा सही थापेँ – “हो नी तर के गर्नु मेरो त चिन्दै नचिनेका पनि साथी छन् फेसबुकमा ।”
सेतीको बगरमा उसकी अर्की साथीसँग पानीमा लुछुप्पै भिजेको तस्वीर डिस्प्ले भैरहेथ्यो, स्क्रीनमा । ऊ नीलो जिन्स र खैरो टिसर्टमा थिई । उसका उदात्त वक्ष पानीले भिज्दा अझ अरु आकर्षक देखिए, मेरा आँखा अकस्मात मेरो छेउमै टाँसिएर बसेकी उसको छातीमा पुगे । असहज मान्दै उसले भनी – “छ्या ! के हेर्नुभएको ?”
मलाई फेसबुकमा मित्रता अनुरोध पठाउनुभन्दा पहिले उसले आफ्ना पचास भन्दा बढि तस्वीरहरु देखाई – कुर्ता सलबार लगाएका, नभ नछोप्ने गरी साडी र ब्लाउजमा सुट गरिएका तस्बिर, अनि पानीमा भिजेका तस्वीरहरु पनि ।
उसका झण्डै पाँच दर्जनजति तस्वीर हेरेपछि, मैले सुझाएँ – “हैन, तिमी त मोडल बन्ने खाले केटी रहिछ्यौ । मोडलिङमा ट्राइ गर्दा हुन्छ नी !” उसले केही पनि बोलिने । मैले केही साहसका साथ आफ्ना तस्बीरमा ब्यक्त गरिएका प्रतिक्रियाहरु हेर्दै गरेकी उसको गाला मुसारिदिदै फेरि भनेँ – “हैन, तिमीलाई मेरो कुरा मन परेन ?” ऊ लाजले थोरै राती हुन थाली । मैले चाँहि आफू भित्रैदेखि फुल्दै आएजस्तो महशुस गरेँ । उसले असहमती जनाई – “मोडलिङ मन पर्दैन मलाई !”
“ए !” मैले निराश हुँदै भनेँ ।
मैले फेरि मोबाईलामा नजर पुर्‍याएँ । २ बजिसकेको थियो । भनेँ – “हैन, अब त सुत्नुपर्ला !”
“भोली शनिबार के काम छ र हजुरको ? किन आत्तिनुभएको हजुर सुत्नलाई ?” बेसरम उसले भनी । मैले जवाफ फर्काइनँ । एकछिनपछि ऊ आफैले बोली – “सुन्नु न साँच्ची, मेरो साथीले भनेकी इन्टरनेटमा त केके हेर्न मिल्छ रे नी है ? हेरुम न हामी पनि ।”
“खै, मैले पनि हेरेको छैन तर हेर्न चाँहि मिल्छ ।” एकदम भलादमी हुँदै मैले जवाफ दिएँ । उसले उत्सुक हुँदै ल्यापटप मलाई थमाई । मैले गुगल गरेँ । लाखौं भिडियोका लिङ्कहरु भेटिए । त्यसमध्ये उसले भर्खरै लिक भएको नेपाली चलचित्रकी एक सुन्दर नायिकाको सेक्स टेप हेर्न चाहना गरी । मैले त्यही भिडीयो खोलिदिएँ । उसले खुब चाखपुर्वक भिडियो हेर्न लागी ।
पिसाबले निकै चापेकाले मैले सोधेँ – “ट्वाइलेट कता छ ?”
“यसो आँखा लगाउनु न ऊ त्यही कुनामा छ त । यो एट्याच रुम हो ।” अझ झन मलाई बिल्लाउँदै भनी – “पिसाव लाग्यो कि ...?” म चर्पीको ढोकामा नपुगिन्जेल उसको हाँसो थामिएन ।
म चर्पीबाट बाहिर निस्केपछि उसले बत्ती निभाउन अर्‍हाई । मैले सोही बमोजिम गरेँ । ल्यापटपको स्क्रिनमा चर्चीत नायिकाको एकदम नीजि कार्यालापहरु चलायमान भैरहेथे । उसले खुब सन्तुष्टि मानेर हेर्दै थिई । मैलेपनि उसँगै हेरेँ । स्क्रिनमा त्यो दृश्य चलिरहँदा त्यसको प्रभाव विस्तारै मुस्ताङचोकसम्म आईपुग्यो । ५ मिनेटको गल्लीहुँदै त्यो भान्छा अनि हामी दुई जवान युवायुवती बसेको ठाउँसम्म आईपुग्यो ।
बिहान उठ्दा ल्यापटप हिजो राती उसले भुँइमा बनाएको विछ्यौनामा थियो । अनि ऊ र म चाँहि मलाई बनाएको विस्तरामा ।
9 comments