फेवासिटीमा बितेका पट्यार लाग्दा पलहरु

४२ वर्षसम्म मेरो बुबा एक पटक पनि बिरामी पर्नु भएको थिएन् । तर यतिखेर उहाँ एक्कासी यो महिनाको १७ गतेदेखि लगातार विरामी पर्नुभयो । टाउको दुख्ने, ज्वरो आउने र रिङ्गटा लाउने तीन किसिमका फरक फरक व्यथाले उहाँलाई कमजोर पारे । बागलुङ्का विभिन्न नाम चलेका क्लिनिकमा चेक अप गरेर औषधी सेवन गरेतापनि बुबाको स्वास्थ्यस्थितीमा सुधार नआए पछि थप उपचारका लागि हामीले उहाँलाई पश्चिमाञ्चलमा नै नाम चलेको फेवा सिटी नामक नीजि अस्पतालमा लग्यौं । पाँच दिन चार रात सम्म पनि उहाँको विरामीको कारण केहो पत्ता लगाउन त्यहाँका प्रतिष्ठित डाक्टर नर्सहरू असफल नै रहे । तर तिनीहरुले प्रदान गरेको औषधी र उपचार विधिले भने उहाँको स्वास्थ्यमा केही सुधार आउन थाल्यो । तथापी उहाँको उपचारको क्रममा अस्पतालमा बस्दा त्यहाँको व्यवस्थापनले मलाई धेरै असहजिलो बनायो । तस्विरमा देखिएकी युवती काउण्टरमा बस्ने स्टाफ हुन् । उनीसँग नियमितजसो मेरो असमझदारी रह्यो । म सोध्छु – सिस्टर, डाक्टर साब कतिखेर पाल्नुहुन्छ होला ? डाक्टरको टाइम साइम फिक्स हुँदैन् । यिनी झर्केर जवाफ फर्काउँछिन् । म ब्लड, युरिन आदि चेकको रिपोर्टका लागि पैसा तिरी बिल लिन खोज्दै, उनकै लागि भनि पठाइएको सानो चिर्केटो दिदैँ बोल्छु – सिस्टर, कति भयो ? धेरै बेर सम्म मेरो जिज्ञासाको जवाफ नफर्काइकन एक्कासी झोक्किदै बोल्छिन् – हत्तेरी एकछिन नआत्तिनुस् न ! लगभग ती दिनहरु पट्यार लाग्दा पल भएर बितेर गए । बुबालाई डिस्चार्ज गरेर ल्याउने दिनमा त यस्तो लाग्यो – त्यो कुनै अस्पताल होइन् । फगत बिरामी थुप्रो पारेर राख्ने स्थल हो । जहाँ कतिखेर कुन डाक्टर आएर चेकजाँच गर्छ पत्तै हुँदैन् !

Popular Posts