Skip to main content

Posts

Showing posts from October, 2009

आन्दोलन, सरकार र अनिश्चित राजनैतिक भविष्य

नेपालको पछिल्लो राजनैतिक घटनाक्रम देशको भविष्य यसै होला भनी अनुमान गर्न नसक्ने हिसाबले अगाडि बढेको छ । विगत २ महिनादेखि अबरुद्ध हुँदै आएको व्यवस्थापिकाको बैठक सधैँजसो भोलिपल्ट ३:१५ का लागि स्थगित हुँदै आएको छ । यो श्रृखंला नियमित स्वभावका रुपमा विकास हुँदै आएको छ । तीन प्रमुख राजनैतिक दलहरुबीच बढ्दै गएको चर्को ध्रुबिकरण यसको मुख्य कारण हो । राजनैतिक दलहरु आ–आफ्नै अडानमा अडिग हुनाले देशमा विद्यमान राजनैतिक समस्याले सजिलै निकास नपाउने छाँट देखिन थालेको छ । कार्तिक ११ गते एनेकपा (माओवादी) को केन्द्रीय कमिटि बैठकले यहि कार्तिक १५ देखि देशमा दबावमूलक आन्दोलनको जेहाद छाड्ने घोषणा गरेकै भोलिपल्ट कार्तिक १२ गते नेकपा (एमाले) संसदीय दलको बैठकले माओवादीलाई आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता गर्न लगाउने निर्णय गरेको छ । लामो समयदेखि सडक तताउने कार्यक्रम नगरेको माओवादीलाई आन्दोलनका घोषित कार्यक्रमहरु सञ्चालन गर्न व्यापक नैतिक दबाव रहेको चर्को सन्दर्भमा उसले गर्ने भनेको मशाल जुलुसदेखि राजधानी नाकाबन्दीसम्मका कार्यक्रम विफल पार्न कुनै कसर बाँकी राख्न नहुने अड्डी कसेको सरकारबीच हुने मुठभेडले देशमा ठूल…

अँध्यारो राष्ट्र, अँध्यारो राष्ट्रियता

मैनबत्तिको उज्यालोमा खोज्दै छौ हामी देश - म र साथीहरु बिनय अनी अनन्त मलाई आधिकारीक जानकारी त भएन तर कुनै सज्जनले कुनै दिन मलाई भनेका थिए – न्यूयोर्कमा कहिले हो, केहि समयका लागि विद्युतीय सेवा अबरुद्ध भएको थियो रे र त्यसपछि त्यहाँ कहिले त्यस्तो भएको छैन् । अनि उनले यो पनि भनेका थिए कि त्यो घटना घटेको पनि दशकौं भैसकेको छ, तर यसपाली काठमाडौं पुग्दा नपुग्दा मैले राजधानीमा अझै हुदैँ आएको लोडसेडिङ्लाई नजिकैबाट अनुभव गरेँ । अनि म भित्रको राष्ट्रियता यसरी अँध्यारिदैं गयो कि त्यो कहिले उज्यालो हुने हो मैले अनुमान गर्न सकिरहेको छैन् ।

राजमार्गका चित्रहरु

राजमार्गका यस्ता खाल्डा कहिले पुरिएलान ? थोत्रा ट्रकका धुवा कती पिउने ?राजमार्गका यस्ता घाउहरुको उपचार कहिले गर्ने ? म २०५८ देखि काठमाडौंमा जाने आउने गरेको छु । अर्थात् यो समयसम्म म कम्तिमा पनि पचासौं पटक काठमाडौं ओहोरदोहोर गरिसकेको छु । मेरो जस्तै यहाँहरुको पनि काठमाडौं जाँदा\आउँदाका आ–आफ्नै अनुभव होलान् अझ विशेष गरी देशको राजधानी छिर्ने एउटा मात्र राजमार्ग पृथ्वी राजमार्गको हविगती देखेपछि ! मैले विगत ८ वर्षदेखि धेरै नजिकैबाट यो क्षतविक्षत राजमार्गलाई नियालीरहेको छु । नौबिसेबाट उकालो लागेपछि नागढुंगा नपुग्दासम्मको कहालीलाग्दो साँघुरो बाटो अझ त्यो पनि घाईते ! राजमार्गमा भएका भयानक खाल्डा, खुल्डी र यसमा हुने सवारीको चाप । मलाई सोध्न मन लागेको छ – सिंहदरबार यो सब किन देख्दैन् ? र, म निश्कर्षमा पुगेको छु – नेपालीको बढ्दो जनसंख्यालाई नियन्त्रण गर्नका लागि राजमार्गहरु यस्तै हुनु पर्छ भन्ने हाम्रो सरकारको मान्यता हुनु पर्दछ ! मैले लाज मानेर के गर्नु ? तपाईले आँखा छोपेर के गर्नु ? जब हाम्रा नेताहरुमा दुरदर्शिता छैन् भने !

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि ।
मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका …

उसको असफल प्रेम (भाग २) ....

“ऊ कति साधारण थिई, खासमा । उसको साधारण पहिरन, साधारण मेकअप अनि साधारण र प्राकृतिक फेशनले मलाई लोभ्याएको थियो । उसको साधारण पहिरनले गर्दा मैले सोचेको थिएँ – यत्तिको केटी पाएँ भने मेरो जीवन राम्ररी चल्छ !” उसले अति भावुकतापूर्वक बतायो । “बिचरा उसले अघिपछि भेट्नलाई समय पाउँदिन भनेर सबेरै ४ बजे म उसलाई लिन जान्थेँ, ऊ व्यग्रतापूर्वक मलाई नै पर्खेर बसेकी हुन्थी ।” आफ्नो कुरालाई सविस्तार मसामु वर्णन गर्दै उसले भन्यो –“तपाइँलाई थाहा छ ? म जानु अगावै ऊ आफू बस्ने घरको कोठाचोटा, कुनासुना सबै बढारकुढार गरेर ग्याँस चूलोमा कालो चिया पकाएर बसेकी हुन्थी । अनि त्यो बिहानीपखको जाडोलाई उसले मरीच राखेर बनाएको कालो चियाले सप्पै बिर्साइदिन्थ्यो ! हातमा चियाको कप लिएर मनेरै टाँस्सिन खोजे झै (तर नटाँसिएर) गरी आडैमा आएर बस्थी । मैले कल्पना गर्थे – यसलाई आफ्नो दुलही बनाएर लगेपछि त पचास हिउँद कटाएकी मेरी आमाले भरासापूर्ण साथी पाउँथिन नी ! ऊ आमासँगै मिलेर घरको व्यवहार समाल्थी ! अझ भनूँ, मेरी आमालाई आफ्नै आमा (सासू हैन्) ठानेर महारानी तुल्य पारेर राख्थी हो !” केहि निराश हुँदै…

रानीपोखरीमा उभिएर नेताहरू

काठमाडौंको रानीपोखरीमा अस्ताउँदो सूर्यलाई आराधना गर्दै भक्तजनहरु सूर्यसँग आफ्नो देशमा आउन नसकेको उज्यालो बिहानी मागिरहेका बेला हाम्रा देशका कथित वरिष्ठ नेताहरुले छठ पर्वको अवसरमा ताइँ न तुईको शुभेच्छा प्रकट गरेका छन् । मलाई लाग्छ यिनीहरुले छठ पर्वको उपलक्ष्यमा देशवासीलाई कस्तो शुभेच्छा प्रकट गरे त भनेर मैले यहाँ जस्ताको तस्तै लेखिदिए भने अ‍ैले ब्लग पढ्दै गर्नुहुने सबैमा हाँसोको फोहोरा छुटन् थाल्छ । शुरु गरौं हाम्रा महामहिम राष्ट्रपति डा. यादवको शुभेच्छाबाट, प्रधानसेनापति कटुवाललाई सेवाबाट बर्खास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय माथि आफ्नो असंवैधानिक कू गरी तत्कालिन समयको सरकारलाई ‘च्यालेन्ज’ गर्ने डा. साबले “समुन्नत नेपालको निर्माणमा अघि बढ्न प्रेरणा” मिलोस भन्ने शुभेच्छा व्यक्त गरेका छन् । आफ्नै अधिकार र कर्तव्यका बारेमा अनभिज्ञ महामहिम साबको शुभेच्छा नेपाली जनताले कसरी स्वीकार गर्ने ? त्यस्तै नेपालको ठूलो दलको हुँकार गर्दै हिड्ने एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना मूसोलिनी मार्काको जुँगा मुसार्दै “राज्यको पुर्नसंरचनासहितको संविधान निर्माण” होस् भन्ने शुभेच्छा व्यक्त गरेक…

एकान्तमा

एकान्तमा भेटको छुवाई, त्यो प्रीति हुँदैन्
सुनसानमा एक्लो रुवाई, त्यो प्रीति हुँदैन्

घृणा तिम्रो हरेक पलको स्वीकार गरेकै छु,
भोकै पार्ने सुख्खा खुवाई, त्यो प्रीति हुँदैन

एकै चिम्टी खुशी बाड्यौ सम्हालेकै छु
मुटु पोल्ने हलुवाई, त्यो प्रीति हुँदैन

अर्थ किन बुझथ्यौ तिमी चोखो पिरतीको
देखाउने आँशु चुवाई, त्यो प्रीति हुँदैन

एक हुल आइमाई

लिपिष्टकले रात्तिएका ओठ
गाजालले भरिएका आँखा
पाउडर छरिएका एक जोर गाला
र, चाहानाले भरिएका मन लिएर
पैसाले पुरा गर्न सकेन लौ !
बैशले भरिएको यौवन भन्दै
लाहुर्नी मलाई चिथोर्न आउँछे,
समुन्द्री छालले सिञ्चिए झै
आफूलाई निथुक्क पारेर जान्छे

‘हेर त लुटिन नपाउँदै – मज्जासँग,
भर्खर टुसाँएका यौनेच्छाहरुलाई
त्यसै हताहत पारिदिएर
असत्ती मलाई छाडेर हिड्यो’
“आउन तिमी मेरो राजा”
भर्खर पोइले एक्लो पारिएकी
नवयुवती मसँग छिल्लिन आउँछे,
लुटेर मेरो सबै पुरुषार्थ
बिटुलो परेर जान्छे ।

रंग उडेको मुहार
र, ढंग गुमेको चाल लिएर
व्यथाले किचिएर कुजिँए झै
एक बाँझी आइमाई
मेरो छेऊमै आएर
बढो शिष्टताका साथ पुकार्छे–
हे ! भगवान्,
दिन सक्तैन मेरो नामर्द पोई
मात्र एउटा शुक्र किटाणु
लैजाऊ योवन बन्धकी भन्दै,
मात्र एकपटकको सहवास माग्दछे ।

अभागीहरुको तिहार !

०५९ सालतिर मैले साहित्यिक यात्राका क्रममा एउटी बहिनी भेटेको थिएँ – रमी थियो उनको नाउँ । हुन त हामीमा रगतको कुनै नाता थिएन् तर भावनात्मक रुपमा हाम्रो सम्बन्ध अनुपम र दमदार बन्दै गएको थियो । अनि हामी भयौं – दाजु र बहिनी । कुनै एक आमाको एउटै कोखबाट जन्मेका दाजु र बहिनी जत्तिकैको माया र ममता थियो हामी दुई दाजु र बहिनीमा । कालान्तरमा हामी छुट्टियौं । उनका त एउटै कोखबाट जन्मेका दाजुभाईहरु पनि थिएँ । तर मेरा त कोही दिदी बहिनी थिएनन् । जसले असर ग¥यो यो पालीको तिहारमा ! म र मेरो भाईलाई टिका लगाउँदै आउने फुपु आफ्नो देवरको देहावसान भएकाले यो वर्ष टिका लगाउन आउनु भएन । फुपु नभएपछि हाम्रै ठूली आमाकी छोरी (घरतिरबाट फुपु) बहिनी रेनु आफ्नै भतिजहरुलाई टिका लगाउन काठमाडौं गएकी थिईन अब म, सुजन र अर्को भाई (ठुलिआमाको छोरो) उमेशको निधार खाली हुने लगभग पक्कापक्की भयो । पछि खोज्दै जाँदा साईलो हजुरबाकी नातिनी अर्थात अंकलकी छोरी एक जना बहिनीको हातबाट टिका त लगाउन पाईयो, तर मेरो मनमा भने दिदीबहिनीको अभाव खट्कीरह्यो । यहि अभावमा आफ्नो मन बुझाउँदै आफ्नो दुखेसो धर्मबहिनी रमीलाई सुनाउनलाई फोन पनि गरेँ तर उनले कल र…

सुधारकेन्द्रमा बितेका उसका पल

ऊ को हो ? कहाँ को हो ? के हो उसको नामथर ? हो काम उसको के ? आदि कुराहरुलाई खुलस्त पार्दा मसँग दुईटा अप्ठ्यारा रहन सक्दछन् – एक त ऊ जस्तो समाचारका विषय वस्तुहरु भोली म सामु नखुल्न सक्छन् । अर्को कुरा रह्यो कसैको गोपनियता भंग गर्ने अधिकार संसारको कोही पनि मसिहालाई प्रदत्त छैन् । तसर्थः म उसको नामथर वतन र काम बताउन चाँहदिन् । तर उसले मसँग आफ्नो मान्छे ठानेर बाडेका केहि तिता मीठा उसका अनुभवहरुलाई ब्लगप्रेमी मित्रहरुमाझ बाड्न मात्र चाहेको हुँ । आफ्नो रक्सी, चुरोट, गाँजा, खैनी र हल्का हल्का मात्रामा गर्ने ड्रग्स सेवनको कुलतबाट केही गरी पनि आफू छुट्न नसकेपछि आफ्नो परिवार त्यसमाथि आफ्नी प्रेमिका माथि पर्न गएको तनाब उसले राम्ररी महशुस गरेको बतायो । तथापि उसलाई आफ्ना परिवार, इष्टमित्र, पे्रमिका वा साथीभाई कसैले पनि सुध्रनका लागि प्रेरित गर्ने काम भन्दा पनि कुलतमा परेको भनेर विभिन्न उपमा दिइएकाले आफूलाई निकै विझेको र कुलतमा फसिरहन प्रेरित गरेको कुरा उसले मलाई नमीठो गरेर सुनायो । आफूलाई सधैं टर्चर मात्र दिने परिवार, साथीभाई र आफन्तको व्यवहारले आफूलाई सधैं दुखित मात्र बनाएको कुरा बताउँदा, मलाई हामी…

स्टोभ, मट्टितेल र तरुनी

हिजो मैले मेरो नजिकको साथी मध्ये एक जना साथीसँग सँगै बसेर केही गफगाफ गर्ने मौका पाएँ – मेरो मित्र थलेमानसँग ! ऊ अलिकति भिन्न स्वभावको युवा हो । मेरा साथीहरु मध्ये धेरैजनासँग उसको जस्तो फरक र आनन्ददायक प्रकृतिको स्वभाव मैले अझैसम्म पाएको छैन् । ऊ मान्छे नै यूनिक छ । हामी बेनीको एक रेष्टुरेन्टमा अलिकति फ्रेश हुनका लागि हल्का पेय लिने योजनाका साथ छिरेका थियौं । उसले वेटरलाई मेनु ल्याउन लगाएर मलाई भन्यो –“साला थाहा छ, हिजो माल(?) पाएर पनि पड्काउन पाइएन नि !” बेनीमा यौन व्यापारमा लागेका युवतीहरु थुप्रै पाइन्छन् भन्ने त सुनेको थिएँ । तर उसले भने जस्तो सजिलै त्यस्ता युवती पाइन्छन् भन्नेमा म निश्चित भने थिइनँ अनि मैले आश्चर्यता व्यक्त गर्दै उसलाई सोधेँ –“तेरो गफ त हो !” “विद्या नाश मैले ढाट्या छैन् यार, पहिला मेरो कुरा त सुन् ।” उसले मेरो उत्सुकता बढाउँदै भन्यो –“एक जनाले मलाई त्यो केटीको ९८०...... नम्बर दे’थ्यो, बिचार गरम न त भनेर डायल गरेको केटीले उठाईहाली । अनि मेरो पालो पनि मेरो कोठाको लोकेशन दिएर त्यल्लाई आइज न त भनेको आई पनि हाली । गफगाफ शुरु पनि गरेँ । निर्धक्कसाथ गफ पनि गरी ।” एकछिन म…

सफल नभएको उसको प्रेम (भाग १)

म कार्यालयको काममा त्यसै अल्झिरहेको थिएँ । उसले मेरो अफिस कोठाको ढोकाबाट बोलाउँदै भन्यो – “साथी, फुर्सद कत्तिको छ तपाईसँग ? मनैभित्रका कुराहरु बाड्नु छ ।” “त्यत्ति साह्रो व्यस्त म छैन् ।” मैले उसलाई जवाफ फर्काए । मेरो सकारात्मक जवाफ पछि मेरो मित्र मेरो छेऊ मै आएर आफनो मनको व्यथा सुनाउन थाल्यो । ऊ भावुक होइन् तर त्यो दिन ऊ यति भावुक भएको थियो कि मलाई उसको चञ्चल स्वभाव थियो भन्ने कुरामा हेक्का रहेन । “साँच्ची मित्र पहिलो माया बिर्सन गाह्रो हुँदो रहेछ हैं !” मेरो मनभित्रको आवाज उसले बोलिदिएको महशुस भयो मलाई । मैले उसलाई भन्न कर लाग्यो – “होइन् मित्र, बिर्सनु र सम्झनु समयले निक्र्यौल गर्दछ । कहिलेकाही बिर्सेर घाटा हुन्छ जीवनमा त कहिलेकाही सम्झेर पनि फाइदा हुँदैन जिन्दगीमा ! तसर्थ ः फाइदा जे गर्दा हुन्छ, त्यही गर्ने बानी बसाल्नु पर्छ । सबै ठीक हुन्छ ।” “म गरीप परिवारको भएर त प्रेम पनि गरीप परिवारकै केटीसँग लगाएको थिएँ । तर ऊ मनकी पनि गरीप परिछे । त्यल्लाई दैवले हर्ने ! मेरो मनको कुरा बुझ्न सकिने त्यल्ले ।” उसले भावनात्मक गहिराईमा पुगेर बोल्यो “कस्ती मापाकी रहिछे ? मसँग कस्तो ठिक्क पर्न जान…