अभागीहरुको तिहार !

०५९ सालतिर मैले साहित्यिक यात्राका क्रममा एउटी बहिनी भेटेको थिएँ – रमी थियो उनको नाउँ । हुन त हामीमा रगतको कुनै नाता थिएन् तर भावनात्मक रुपमा हाम्रो सम्बन्ध अनुपम र दमदार बन्दै गएको थियो । अनि हामी भयौं – दाजु र बहिनी । कुनै एक आमाको एउटै कोखबाट जन्मेका दाजु र बहिनी जत्तिकैको माया र ममता थियो हामी दुई दाजु र बहिनीमा । कालान्तरमा हामी छुट्टियौं । उनका त एउटै कोखबाट जन्मेका दाजुभाईहरु पनि थिएँ । तर मेरा त कोही दिदी बहिनी थिएनन् । जसले असर ग¥यो यो पालीको तिहारमा ! म र मेरो भाईलाई टिका लगाउँदै आउने फुपु आफ्नो देवरको देहावसान भएकाले यो वर्ष टिका लगाउन आउनु भएन । फुपु नभएपछि हाम्रै ठूली आमाकी छोरी (घरतिरबाट फुपु) बहिनी रेनु आफ्नै भतिजहरुलाई टिका लगाउन काठमाडौं गएकी थिईन अब म, सुजन र अर्को भाई (ठुलिआमाको छोरो) उमेशको निधार खाली हुने लगभग पक्कापक्की भयो । पछि खोज्दै जाँदा साईलो हजुरबाकी नातिनी अर्थात अंकलकी छोरी एक जना बहिनीको हातबाट टिका त लगाउन पाईयो, तर मेरो मनमा भने दिदीबहिनीको अभाव खट्कीरह्यो । यहि अभावमा आफ्नो मन बुझाउँदै आफ्नो दुखेसो धर्मबहिनी रमीलाई सुनाउनलाई फोन पनि गरेँ तर उनले कल रिसिभ गर्न सकिनन् । त्यहीँ झोँकमा मैले कोरेका ई शब्दहरु यहाँहरुलाई पनि !
हो कस्तो तिहार दिदी बहिनी विना यो
रित्तो भो निधार दिदी बहिनी विना यो
बाबुआमा दियौं जीवन यो उपहार
देख्दिन म सार दिदी बहिनी विना यो
यो सम्बन्ध अनुपम दाजु र बैनीको
सस्तो भो विचार दिदी बहिनी विना यो
डाकेर म कसलाई मनाऊ तिहार
खाली भो दिवार दिदी बहिनी विना यो

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)