अँध्यारो राष्ट्र, अँध्यारो राष्ट्रियता

मैनबत्तिको उज्यालोमा खोज्दै छौ हामी देश - म र साथीहरु बिनय अनी अनन्त
मलाई आधिकारीक जानकारी त भएन तर कुनै सज्जनले कुनै दिन मलाई भनेका थिए – न्यूयोर्कमा कहिले हो, केहि समयका लागि विद्युतीय सेवा अबरुद्ध भएको थियो रे र त्यसपछि त्यहाँ कहिले त्यस्तो भएको छैन् । अनि उनले यो पनि भनेका थिए कि त्यो घटना घटेको पनि दशकौं भैसकेको छ, तर यसपाली काठमाडौं पुग्दा नपुग्दा मैले राजधानीमा अझै हुदैँ आएको लोडसेडिङ्लाई नजिकैबाट अनुभव गरेँ । अनि म भित्रको राष्ट्रियता यसरी अँध्यारिदैं गयो कि त्यो कहिले उज्यालो हुने हो मैले अनुमान गर्न सकिरहेको छैन् ।
2 comments