उसको असफल प्रेम (भाग २) ....

“ऊ कति साधारण थिई, खासमा । उसको साधारण पहिरन, साधारण मेकअप अनि साधारण र प्राकृतिक फेशनले मलाई लोभ्याएको थियो । उसको साधारण पहिरनले गर्दा मैले सोचेको थिएँ – यत्तिको केटी पाएँ भने मेरो जीवन राम्ररी चल्छ !” उसले अति भावुकतापूर्वक बतायो । “बिचरा उसले अघिपछि भेट्नलाई समय पाउँदिन भनेर सबेरै ४ बजे म उसलाई लिन जान्थेँ, ऊ व्यग्रतापूर्वक मलाई नै पर्खेर बसेकी हुन्थी ।” आफ्नो कुरालाई सविस्तार मसामु वर्णन गर्दै उसले भन्यो –“तपाइँलाई थाहा छ ? म जानु अगावै ऊ आफू बस्ने घरको कोठाचोटा, कुनासुना सबै बढारकुढार गरेर ग्याँस चूलोमा कालो चिया पकाएर बसेकी हुन्थी । अनि त्यो बिहानीपखको जाडोलाई उसले मरीच राखेर बनाएको कालो चियाले सप्पै बिर्साइदिन्थ्यो ! हातमा चियाको कप लिएर मनेरै टाँस्सिन खोजे झै (तर नटाँसिएर) गरी आडैमा आएर बस्थी । मैले कल्पना गर्थे – यसलाई आफ्नो दुलही बनाएर लगेपछि त पचास हिउँद कटाएकी मेरी आमाले भरासापूर्ण साथी पाउँथिन नी ! ऊ आमासँगै मिलेर घरको व्यवहार समाल्थी ! अझ भनूँ, मेरी आमालाई आफ्नै आमा (सासू हैन्) ठानेर महारानी तुल्य पारेर राख्थी हो !”
केहि निराश हुँदै उसले भन्यो –“तर के गर्नु ? निष्ठूरीले पलभरको प्रीति गाँसेर गई !” उसको कुराले मेरो मुटुलाई बिझाउँदै गयो । मैले भनेँ –“तिमीसँग त्यस (केटी) को फोटो छ भने देऊ न त हेरुँ, कस्ती रहिछे तिमीलाई माया मारेर जाने निष्ठुरी ?” “हुँदैन् साथी ! के खान बेईज्जत गर्नु त्यसको फोटो देखाएर ? कम्तीमा पनि जीवन दर्शन बुझाएर एउटा गुन त लगाएकी छे त्यल्ले ! हुन त अझै मेरो मन मान्दैन् – त्यल्ले मलाई चटक्कै बिर्सेर गै भन्ने कुरा !” मनमा अलिकति भरोसा साँच्दै उसले भन्यो । “एभ्री नाईट आई सि यू, एभ्री नाईट आई फिल यू .......” टाईटानिक फिल्मको गीत राखेको रहेछ उसले आफ्नो मोबाईलको आगमन कलमा । मोबाईल बजेपछि गोजीबाट झिक्न खोज्दै उसले भन्यो –“सायद निष्ठुरीकै पो हो की !” ‘कति सम्झिराखेको यार ?’ मैले झर्किदै भनेँ । “साला के गर्थी त्यल्ले ? त्यसकै घरतिरको मेरो साथीले पो ग¥या छ यार ।” अलिकति निराश हुँदै उसले भन्यो “तैपनि केही खबर छ की, एक छिन् हैं !” “ए अँ म यहिँ छु...........के कुरा ..........खै त्यस्तै लाग्छ, ए हो र ? मलाई पनि त्यस्तै लाग्याथ्यो .........हुन्छ हुन्छ, ल ठीकै छ..........थ्याङ्कयू ल !” मोबाईल वार्तालाई टुङ्गाउदैँ उसले बतायो – “साला गैछे नि पोइल..........!” लामोसमय सम्म टेबुलमाथि आफ्नो हातभित्र टाउको लुकाएर बसिरह्यो । लामो समयपछि रसाएका आँखा लिएर पुलुक्क मतिर हे¥यो । बस् मैले कोरेको गजलको दुई शेयर गाएर उसको मनलाई शान्त पार्ने काम गरेँ –
मन मिल्ने मान्छेहरु नै टाढा टाढा भाग्दा रहिछन्
लुकी लुकी देऊतासँग अरुलाई नै माग्दा रहिछन्
तिर्खाएको संसार यो सबैजना प्यासी रहेछन्
प्यास आफ्नो मेटाउनलाई मान्छेहरु चाख्दा रहिछन्

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)