Skip to main content

Posts

Showing posts from November, 2009
(देशको मायाले मलाई लेख्न विवश गरायो – यो प्रस्तुत गजल । जब मैले देख्दै र भोग्दै आएँ, मेरो देशमा उचाई भएको नेताको अभाव, खाँटी देश र जनताप्रेमी नेताको रित्तता अनि मलाई कोर्न मन लाग्यो, यो गजल । हरेक दिन जब मैले देखेँ थुप्रै नेपाली युवायुवतीहरू कहिले कामका लागि कहिले पढ्ने बहानाका लागि सम्पन्नशाली देशका राजदुतवासमा भिषाका लागि तछाँडमछाड गरेको मैले आफूलाई पनि उभाएको छु, त्यो भिडमा । अनि लाग्यो, मलाई एउटा देशप्रेमी दीलको खाँचो छ, जसले सधैँ गर्न सकुँ मैले मेरो देशको माया । बाँकी गजलमा....) जन्माउन सक्ने सपुत कोख पठाईदिनु माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु देशलाई माया मारी कति डाँडा काटी गए मेरो प्यारो नेपाल भन्ने ओठ पठाईदिनु रोएन कि देश रुँदा कठोर हाम्रा मन देश दुख्दा मलाई दुख्ने चोट पठाईदिनु (शिरीषका स्पनदनहरुबाट)

काठमाडौंमा (कबिता)

(मैले मेरा थुप्रै पटकको काठमाडौं यात्रामा भेटेका फरक–फरक चरित्रहरूले सारमा काठमाडौंलाई परिभाषित गर्न सक्षम होलान् कि भन्ने आशयले यो कविताको सृजना गरेको हुँ ।) १. सबेरै पशुपतिबाट एउटा थालिभरी फूल, चन्दन र आशिष लिएर कुदेको हुन्छ, शिवराम बस स्टपहरुमा । बेलुकी, बस स्टपहरुबाट त्यही थालिमा दाम, गाली र घृणा भरेर निस्केको हुन्छ, शिवराम सोमरसको खोजीमा । २. बिहानै, चिम्सा आँखा मिच्दै कुर्ता सलवारमा सीता झैं सजिएर हिडेकी हुन्छे, मेनका पाठशालामा । सम्साँझै पाठशाला–घर–बजार सबैतिरबाट फर्केर सीर्फ छालाका कपडामा नाचेकी हुन्छे, मेनका नाँगा डान्सबारमा । ३. रात ननिख्रिदै, झिसमिसे मै ठेलामा राखेर सामल भोक बेच्नको लागि निस्केको हुन्छ, कर्मसिंह चोक, चौतारी र चौरस्ताहरुमा । धेरै अबेरसम्म ननिख्रिन्जेल बटुवा बाटोहरुमा निख्राएर आफ्नो ठेला पसिनाको पाइ पाइ हिसाब राखेर रमेको हुन्छ, कर्मसिंह परिवारसित डेरामा ।

नांगा हिमाल, जलबायु परिवर्तन र हाम्रो देश

केही बर्ष पहिले हिउले पुरिने गुर्जा हिमाल अहिले चाँही हिउ कङगाल हिमाल बनेको छ विश्वभरी अहिले पृथ्वीको बढ्दो तापक्रम र यसले जलवायु परिवर्तनमा पार्न सक्ने असरका बारेमा चर्चा परिचर्चा चलिरहेकै सन्दर्भमा यो विषय पनि मेरो चासोको विषय बन्न पुग्यो । वैज्ञानिकहरूले निकट भविष्य मै (सम्भवतः सन् २०१२ भित्रैमा) हिमाली क्षेत्रमा रहेका ठुल्ठुला हिमतालहरू फुट्ने तथा हिमालमा रहेको हिउँ पग्लने दर अत्याधिक हुन गै समूद्री सतहबाट निकै होचा मानिने घना आवादीका क्षेत्रहरू माल्दिभ्स, न्यूयोर्क, सिड्नी र मुम्बई लगायतका विश्वप्रसिद्ध शहरहरूमा ठूलो क्षति पुग्न सक्ने पूर्वानुमानले यो एक दशक विश्व इतिहासमा कहिल्यै बिर्सन नसकिने प्रलयको दशक हुन सक्ने गम्भिर खतरा बढेर गएको छ । यस अघि कहिल्यै लामखुट्टे नपाइने डोल्पामा लामो समयसम्म लामखुट्टे पाइन थाल्नु, जाडोको समयमा हिमाली भेगहरूमा पर्याप्त चिसोको महशुस नहुनु, शिशिर ऋतुमा हिमाली क्षेत्रमा हुने हिमपात कम हुनु, सगरमाथाको चुचुरोमा झिंगा भेटिनुले पृथ्वीको बढ्दो तापक्रमलाई स्पष्ट पार्ने काम गरेको छ । यसले जलबायु परिवर्तनमा पार्ने असरले विश्वका कुनै पनि देश प्रभावहिन नरहन…

आफ्नो गाउँमा आफ्नै व्यवसाय

नेपाली युवा युवतीहरू रोजीरोटीका लागि विदेशीरहेको परिप्रेक्ष्यमा एक जना युवा आफ्नै गाउँमा खुल्ला रेष्टुँरा चलाएर बसेको देख्दा मलाई अनौठो लाग्यो । यसपालि आफ्नो कामको शिलशिलामा कार्यक्षेत्र जादै गर्दा सदरमुकाम बेनीदेखि झण्डै ३५–४० कि.मी पश्चिमोत्तर क्षेत्रमा पर्ने ताकम गाउँमा दिउँसो २ बजेतिर पुग्दा यस अघि कहिल्यै नदेखेको दृश्य देख्न पाएँ । ताकम स्वास्थ्यचौकी नजिकै गैर्‍हा भन्ने स्थानमा रहेको एक सार्वजनिक चौतारिमा गाउँ सल्लाह गरी त्यहींका एक स्थानीय २२ वर्षिय युवा अनिल भण्डारीले मःम, चाउमिनका विविध परिकारहरूले पदयात्रीहरूलाई सेवा गरिरहेको देख्दा यस्तो लाग्यो – ईच्छा शक्ति, लगनशिलता र सीप भएको मानिसले स्वदेशमा नै केहि गर्न सक्दो रहेछ । आफ्नो सानो चौतारी रेष्टुरेन्टमा दिनमा कम्तिमा पनि ५०÷६० प्लेट जति मःम चाउमिन बिक्री हुने कुरा हामीलाई सुनाईरहँदा मैले उनको अनुहारमा अनौठो चमकको महशुस गरेँ । भण्डारीले मःम चाउमिनका अलावा चिया, बिस्कुट, चाउचाउ, अण्डा आदि पनि उल्लेख्य मात्रामा बिक्री हुने कुरा सुनाउँदा मलाई पनि कुत्कुति लाग्नु स्वभाविक थियो – आखिर बफ, मटन र चिकन आइटमका लागि उनले मासु कहाँ खरिद …

गाँजा, एक हुल किशोर र नौ टाँका

अध्ययनको शिलशिलामा विदेश पुगेको मेरो एक जना सहपाठीले मलाई अनलाइन कुराकानीमा आफूले त्यहाँ बिताई रहेका केही सम्झनायोग्य पलहरूका बारेमा जानकारी दिदैँ भनेको थियो– “यार ! यादगार क्षणहरू बितिरहेछन्, पढाई पनि त्यहाँ (नेपालको) जस्तो भोकले पेट टाउँसिने गरी लगातार ६–७ घण्टा हुँदैन्, हप्तामा ४ दिनभन्दा बढी कलेज हुने पनि होईन् । एकदम व्यवहारीक र जीवनपयोगी शिक्षण विधी रहेछ यहाँ त !” “तर अस्ति एकजना साथीको बर्थ डे पार्टीमा चाहिँ बबाल भो नि !” उसले मलाई आफ्ना मनका कुराहरू पूरै खुलाउन नचाहे जसरी अपुर्ण जानकारी दिन खोज्दै भन्यो – “भो छोड् यार ती कुरा भनिन् बरु त्यताको खबर के छ सुना मलाई ।” “खासै त्यस्तो त केहि होइन् ....” मैले आफ्नो कुरामा अड्डि कसेपछि अलि अलि अकमकाउँदै उसले घटनाको स–बिस्तार जानकारी गराउन खोज्दै भन्यो – “हामी केही नेपाली, केही श्रीलंकन र इन्डियन विद्यार्थीहरू एक जना श्रीलंकन विद्यार्थी साथीको बर्थ डे पार्टी सेलिबे्रट गर्न भेला भएथ्यौं, एकजना इन्डियन साथीले मातेको सुरमा हाम्रो नेपाली साथीलाई हल्का धक्का दिन पुगेछ, अनि त बबाल भैहाल्यो नि नेपाली साथीले गोर्खे जोशमा एक चार्ज …

बाटोमा भेटिएका एक बृद्ध

यसपालीको यात्राको दोश्रो दिन बिहान ११ बजेतिर धारापानी पुग्नै आँटेका बेला हामीले तस्बिरमा देखिएका यी बृद्ध मानिसलाई भेट्न पायौं । परैबाट ती बृद्धले नमस्कार गर्दै हामी नेर आईपुगे । “म राँडो मान्छेलाई सज्योग (सहयोग) गरेर धर्म गर्नुस् साब ।” खानका लागि गाउँबाट लिएर आएको दुई तीन माना काँचा मकै पुरानो उध्रेको कोटबाट झिकेर देखाउँदै उनले भने – “हजुर, घरमा कोही छैन् (म एक्लो छु) । काममा कसैले डाक्तैनन् । खानका लागि हजुरहरु जस्तै दयालुहरुले दिएको दुई चार पैसा दामले खानेकुरा किनेर खाँदै बाँचेको छु हजुर । बृद्ध भत्ता दिन सचिव नानी पनि आउनु भएन ख्वै ? तपाइँहरुले बाटोमा भेट्नु भएन् ?” बृद्धको कुरा सुने पछि मलाई लाग्यो – मेरो देशमा यिनकै जस्तै नियती भोग्ने बृद्धबृद्धाको सँख्या कति होला ? अनि ती वृद्धहरु मध्ये कोही देशको बागडोर समाल्दै आएका राजनैतिक हर्ताकर्ताहरुका माता, पिता, बाजे वा बज्यै होलान् कि नाई ?! बृद्धप्रति एक मुठी अगाध दया वा माया के पलायो मलाई थाहा भएन् मैले उनको हातमा रु ३०।– को नोट राखिदिए, उनले बाटोको छेऊमै रहेको पातिको बुटाबाट केही पातहरु टिपेर मेरो कानमा पहिरिदैँ भने – साबको जय होस्…

नागरिक, नागरिक सर्वोच्चता र आन्दोलन

प्रदर्शनी मार्गमा आफ्ना कार्यकर्ताहरुलाई भाषण दिएर चित्त पार्ने क्रममा प्रचण्डले बोले – मंसिर ५ गतेसम्म पनि यो कठपुतली सरकारले राष्ट्रपतिको असंवैधानिक कदमका सम्बन्धमा संसदमा छलफल गर्ने वातावरण निर्माण गर्नलाई अटेर गरी नागरिक सर्बोच्चता स्थापनाको यो अभियानमा रोकावट दिन्छ भने त्यसको मूल्य यो सरकारले चुकाउनु पर्छ । म प्रचण्डको भाषणलाई टिभिमा ध्यानपूर्वक सुन्दै र हेर्दै बसिरहेको थिएँ । तब प्रचण्डको चेतावनी मिश्रित भाणणमा मेरी धर्मपत्नीले “नागरिक सर्वोच्चता” भन्ने शब्द सुनिन्, राजनीतिमा खासै चासो नदेखाउने उनले मलाई “नागरिक सर्वोच्चता” को अर्थ सोधिन् । म बिचरालाई त्यसको अर्थ के थाहा ? म विलखबन्दमा परेँ । उनको ट्यान ट्यान रोकिएन् । “नागरिक सर्वोच्चता भनेको बन्द, हडताल, घेराबन्दी र आन्दोलनबाट जनता पिल्सनुलाई भन्या होला ।” उनले आफ्नो सिधा सादा परिभाषा दिएको जस्तो मलाई लाग्यो । मैले केहि बोलिन । हुन पनि अस्ति दुई दिन सम्म देशभरका जिल्ला प्रशासन कार्यालय घेराऊ “नागरिक सर्वोच्चता”कै लागि भएको थियो । बिचरा दुरदराजका गाउँबाट यो राज्यले यहाँका जनतालाई निशुल्क दिन सकेको त्यही एउटा नागरिकताको खोस्टोका…

मेरो तेस्रो सन्तानको जन्म !

मेरो कृतिको बाहिरी झलक कृति बिमोचन गर्दै साहित्यकार अजयमिलन श्रेष्ठ साथमा हरिक्रिश्न आचार्य (जिल्ला बिकास समिती म्याग्दीका कार्यक्रम अधिकृत) कार्यक्रममा उपस्थित सहभागीहरु यस अघि मैले १७ वर्षको उमेरमा पीडा र विछोड नामक उपन्यास प्रकाशित गरेपछि झण्डै साढे ६ वर्षको अन्तराल पछि गर्तवर्ष जेष्ठमा माउण्ट एभरेष्ट उ.आ.मा.वि को प्रकाशनमा अमान्छे नामक कविता संग्रह प्रकाशनमा ल्याएको थिएँ । र, यो पाली आफ्नो २५ औं वर्षमा प्रवेशको सुखद उपलक्ष्य पारी मेरा अनन्य मित्र राजकुमार थापा, दीपेन्द्र शर्मा र नगेन्द्र परंतपको विशेष आग्रह तथा आर्थिक सहयोगमा शिरीषका स्पन्दनहरु नामक गीति गजल संग्रह प्रकाशनमा ल्याएको छु । हिजो २३ गते म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष श्रद्धेय धनन्जय श्रेष्ठको विशेष सहयोगमा पुस्तकालयको सभाहलमा सम्पन्न विमोचन कार्यक्रममा जिविस म्याग्दीका कार्यक्रम अधिकृत तथा साहित्यकार हरिष्कृष्ण आचार्यज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो । गीत÷गजलकार श्रद्धेय अजयमिलन श्रेष्ठज्यूले कृति विमोचन गर्नु भएको थियो भने कार्यक्रम संचालन मेरा अनन्य मित्र राजकुमार थापाज्यूले गर्नु भएको थियो । कार्य…

केही गजलहरु

किन यहाँ तिम्रो अत्यार कलकल लागेको छ कहाँ भेटुँ म तिमीलाई पलपल लागेको छ भोक छैन् किन मलाई निद्रा ला’को कहिले होइन् तिम्रो प्यारको तिर्खा मात्र खलखल लागेको छ पाउँला भनि तिम्रो प्रीति नशा सबै छाडीदिएँ तस्बिर तिम्रो हेरिबस्ने तलतल लागेको छ आत्माविश्वास मनैभरी एक्लै अघि बढ्ने थियो तिमीविना जीवन अहिले ढलमल लागेको छ + एकान्तमा भेटको छुवाई त्यो प्रिती हुदैन् सुनसानमा एक्लो रुवाई त्यो प्रिती हुदैन् घृणा तिम्रो हरेक पलको स्वीकार गरेकै छु भोकै पार्ने सुख्खा खुवाई त्यो प्रिती हुदैन् एकै चिम्टी खुशी बाड्यौ सम्हालेकै छु मुटु पोल्ने हलुवाई त्यो प्रिती हुदैन् अर्थ कहिले बुझिदियौ चोखो पिरतीको देखाउने आँशु चुवाई त्यो प्रिती हुँदैन् + लुकिछिपी डेरा सार्‍यौ थाहै नदिएर अनायाश माया मार्‍यौ थाहै नदिएर वाचा हाम्रो सँगै बाँच्ने सँगै मर्ने थियो किन आज एक्लै पार्‍यौ थाहै नदिएर मन तिम्रो पापी रैछ बुझ्न कहाँ सक्नु भेट हुँदा कुरा टार्‍यौ थाहै नदिएर भन्थ्यौ साथ दिन्छु म संसार जित्नु तिमी उचाईमा लगी झार्‍यौ थाहै नदिएर (शिरीष…

नेता रात्रीभोजमा कार्यकर्ता धर्नामा !

जिल्ला प्रशासन कार्यालय घेराउमा बाजागाजा सहित माओबादी कार्यकताहरु जिल्ला प्रशासन कार्यालयमा माओवादीले टागेको ब्यानर घेराउमा माओवादी नेता चित्र बहादुर थापा पालुवा हिजो एमाले नेता केपी ओलीको निवासमा ओलीद्धारा आयोजित रात्रीभोजमा प्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएर पनि देशमा विद्यमान राजनीतिक गतिरोधका सम्बन्धमा ठोस निचोड निकाल्न असमर्थ रहे । सायद ओलीकोमा मज्जासँग विभिन्न व्यञ्जन व्यञ्जादी घिचे हुनन् – उनीहरु । तर मिल्न सकेन कुरा ! प्रिय अभागी नेपाली मित्रहरु ! तपाइँलाई पनि लाग्दो हो, केन्द्रमा यिनीहरु सँगै रात्रीभोजमा सरिक हुन्छन् । जिल्ला र गाउँतहमा यिनका कार्यकर्ताहरु टाउको फुटाउन मै व्यस्त छन् । धनकुटामा वाईसियल र युथफोर्सको भिडन्त पछि हिजो साँझबाट अनिश्चितकालिन कर्फयु लागेको छ भने देशभर माओवादीको पूर्व घोषित आन्दोलनका कार्यक्रमहरु जारी नै छन् ।

नेपाललाई औपनेविशक राष्ट्र बनाउँदैछन् – महान नेपाली नेताहरू

आखिर एकिकृत नेकपा माओवादीको दोश्रो चरणको आन्दोलन शुरु भएरै छाड्यो । हिजो साँझ काठमाडौं शान्तिबाटिकामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो मशाल सल्काएर मशाल जुलुशको उदघाटन गरे लगत्तै देशभर माओवादीका लाखौं कार्यकर्ताहरुले मशाल सल्काएर आफ्नो पार्टीको घोषित दोश्रो चरणको आन्दोलनको सफलताका लागि छाति खुला गरेर सडकमा भटाभट उत्रिए । काठमाडौंका नयाँसडक गेट, चाबहिल लगायतका विभिन्न ठाउँबाट निस्केका जुलुशहरुको नेतृत्व पार्टीका उच्चस्थ नेताहरुले गरेका थिए । दशौं हजारको सहभागितामा निस्केका जुलुशहरुले देशवासीमा एउटा संशय पैदा गरेको छ । राजनैतिक दलहरुमा देखिएको अविश्वास र बेमेलका कारण पूराना राजावादी शक्ति तथा गणतन्त्र विरोधी शक्तिहरु विस्तारै आफ्नो आयतनलाई बृद्धि गर्न कम्मर कसिरहेका बेला संसदको सबभन्दा ठूलो दल आन्दोलनमा उत्रिनाले राष्ट्रविरोधी तत्वहरुलाई निकै फाईदा पुगेको बुझ्न सकिन्छ । नागरिक सर्वोच्चता स्थापना तथा राष्ट्रपतिको असंवैधानिक (तर आवश्यक) कदमको खारेजीको माग गर्दै आन्दोलन शुरु गरेको माओवादीले आफ्नो दोश्रो चरणको आन्दोलन शुरु गर्दा नगर्दै अर्को मुद्धालाई पनि आफ्नो मागको …