Skip to main content

नेपाललाई औपनेविशक राष्ट्र बनाउँदैछन् – महान नेपाली नेताहरू

आखिर एकिकृत नेकपा माओवादीको दोश्रो चरणको आन्दोलन शुरु भएरै छाड्यो । हिजो साँझ काठमाडौं शान्तिबाटिकामा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो मशाल सल्काएर मशाल जुलुशको उदघाटन गरे लगत्तै देशभर माओवादीका लाखौं कार्यकर्ताहरुले मशाल सल्काएर आफ्नो पार्टीको घोषित दोश्रो चरणको आन्दोलनको सफलताका लागि छाति खुला गरेर सडकमा भटाभट उत्रिए । काठमाडौंका नयाँसडक गेट, चाबहिल लगायतका विभिन्न ठाउँबाट निस्केका जुलुशहरुको नेतृत्व पार्टीका उच्चस्थ नेताहरुले गरेका थिए । दशौं हजारको सहभागितामा निस्केका जुलुशहरुले देशवासीमा एउटा संशय पैदा गरेको छ । राजनैतिक दलहरुमा देखिएको अविश्वास र बेमेलका कारण पूराना राजावादी शक्ति तथा गणतन्त्र विरोधी शक्तिहरु विस्तारै आफ्नो आयतनलाई बृद्धि गर्न कम्मर कसिरहेका बेला संसदको सबभन्दा ठूलो दल आन्दोलनमा उत्रिनाले राष्ट्रविरोधी तत्वहरुलाई निकै फाईदा पुगेको बुझ्न सकिन्छ । नागरिक सर्वोच्चता स्थापना तथा राष्ट्रपतिको असंवैधानिक (तर आवश्यक) कदमको खारेजीको माग गर्दै आन्दोलन शुरु गरेको माओवादीले आफ्नो दोश्रो चरणको आन्दोलन शुरु गर्दा नगर्दै अर्को मुद्धालाई पनि आफ्नो मागको रुपमा उठान गरेको छ । पछिल्लो क्रममा सरकार परिवर्तन गरी आफ्नो नेतृत्वमा सरकार गठनको माग राखेको माओवादीका अघिल्ला वा पछिल्ला मागको कुनै औचित्य नरहेको जानकारहरु बताउँछन् । हुन पनि राष्ट्रपतिको कदम लगत्तै अध्यक्ष प्रचण्डले लडाकुका कमाण्डरहरुलाई प्रशिक्षण दिने क्रममा दिएको बक्तव्य बाजीको सनसनीपूर्ण भिडीयो टेप हेर्ने जोकोहीले पनि राष्ट्रपतिको कदम अनावश्यक र असंवैधानिक हो भनेर स्वीकार गर्ने अवस्था ज्यादै न्यून रहन्छ । भिडीयो टेपमा प्रचण्डले पार्टीको भयङ्कर कुटनीतिक राणनीतिका बारेमा प्रकाश पारेका छन् । बन्दुकका आडमा संसदलाई प्रयोग गरेर कसरी सत्ता कब्जा गर्न सकिन्छ र अरु राजनैतिक दललाई पाखा लगाएर आफ्नो मात्र पार्टीको हित अनुकुलले देशमा राज गर्न सकिन्छ भन्ने कुरा खुलस्त पार्ने काम प्रचण्डले उक्त भिडियो टेपमा गरेका छन् । यसरी एकातिर अन्य राजनैतिक दलको आग्रहमा राष्ट्रपतिले सरकारलाई ठाडै चूनौती दिएर कदम उठाउनु र त्यसको लगत्तै माओवादी अध्यक्षको सनसनीपूर्ण भिडियो टेप प्रकाशमा आउनुका पछाडी देशीविदेशी प्रतिक्रियावादीहरु नेपालको शान्ति प्रक्रियालाई अबरुद्ध पारी ईराक, अफगानिस्तानमा जस्तै आफ्नो दबदबा कायम गर्न उद्यत रहेको प्रष्टिन्छ । मलाई लागेको छ, माओवादी आफ्नो ताइँ न तुईको आन्दोलनमा होमिएर अघि बढ्न खोज्ने मूर्खता गरिराख्ने तथा नेपाली काँग्रेस र एमाले लगायतका सत्ता साझेदार दलहरु संसदको सबैभन्दा ठूलो दललाई पाखा लगाएर राज्य सञ्चालन गर्ने दुस्साहसमा सरिक भैराख्ने हो भने देश ठूलो भँडखारोमा झाकिने निश्चित प्राय ः छ । अहिलेको आवश्यकता भनेको नेपाली जनतालाई कसरी हुन्छ सर्वोत्कृष्ट संविधान दिने र देशलाई शान्ति तथा अग्रगमनको दिशामा अगाडी बढाई नयाँ नेपाल निर्माणको दिशामा प्रत्येक नेपालीलाई उत्पे्ररित गर्ने काम राजनैतिक दलहरुको पहिलो प्राथमिकतामा पर्नुपर्छ । नत्र सम्पूर्ण नेताहरुले बुझ्नै पर्छ, नेपाल एउटा यस्तो देश हो जसलाई चाहने हो भने भारत, चीन वा अमेरिका जस्ता विश्वका ठूला शक्ति राष्ट्रहरुले एक चुट्कीको भरमा आफ्नो उपनिवेशमा लिन सक्दछन् । र, उनीहरुलाई यसो गर्नका लागि जो सुकै नेपालीले पनि सहयोग गर्न पर्ने त्यो समय पनि नजिकिन सक्छ । होशियार हैं – मगज बिग्रेका नेताहरु हो !
Post a Comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…