Skip to main content

नांगा हिमाल, जलबायु परिवर्तन र हाम्रो देश

केही बर्ष पहिले हिउले पुरिने गुर्जा हिमाल अहिले चाँही हिउ कङगाल हिमाल बनेको छ

विश्वभरी अहिले पृथ्वीको बढ्दो तापक्रम र यसले जलवायु परिवर्तनमा पार्न सक्ने असरका बारेमा चर्चा परिचर्चा चलिरहेकै सन्दर्भमा यो विषय पनि मेरो चासोको विषय बन्न पुग्यो । वैज्ञानिकहरूले निकट भविष्य मै (सम्भवतः सन् २०१२ भित्रैमा) हिमाली क्षेत्रमा रहेका ठुल्ठुला हिमतालहरू फुट्ने तथा हिमालमा रहेको हिउँ पग्लने दर अत्याधिक हुन गै समूद्री सतहबाट निकै होचा मानिने घना आवादीका क्षेत्रहरू माल्दिभ्स, न्यूयोर्क, सिड्नी र मुम्बई लगायतका विश्वप्रसिद्ध शहरहरूमा ठूलो क्षति पुग्न सक्ने पूर्वानुमानले यो एक दशक विश्व इतिहासमा कहिल्यै बिर्सन नसकिने प्रलयको दशक हुन सक्ने गम्भिर खतरा बढेर गएको छ । यस अघि कहिल्यै लामखुट्टे नपाइने डोल्पामा लामो समयसम्म लामखुट्टे पाइन थाल्नु, जाडोको समयमा हिमाली भेगहरूमा पर्याप्त चिसोको महशुस नहुनु, शिशिर ऋतुमा हिमाली क्षेत्रमा हुने हिमपात कम हुनु, सगरमाथाको चुचुरोमा झिंगा भेटिनुले पृथ्वीको बढ्दो तापक्रमलाई स्पष्ट पार्ने काम गरेको छ । यसले जलबायु परिवर्तनमा पार्ने असरले विश्वका कुनै पनि देश प्रभावहिन नरहने स्पष्टै भएको छ । तथापी केहि औद्योगिक शक्तिशाली राष्ट्रहरूले जलवायु परिवर्तनको मुख्य असर नेपाल जस्ता साना र हिमाली भेगमा बढ्ता पर्न सक्ने खतरा औल्याउँदै नेपाल जस्ता विकासोन्मुख र गरिप राष्ट्रहरूलाई मात्र यस विषयमा सोच्न र केहि आँट्न सुझाव दिनुले उनीहरूले यी जटिल समस्याका लागि आफ्ना भूमिका र कर्तव्यलाई गौण ठानेको महशुस गर्न सकिन्छ । वास्तविकतालाई खास अर्थमा बुझिदिने हो भने अमेरिका, बेलायत, रसिया, उत्तर कोरिया, चिन, भारत, फ्रान्स जस्ता शक्तिशाली र औद्योगिक पूँजिवादी राष्ट्रहरूले आफ्ना सिमित स्वार्थका लागि कार्वन उत्पादनमा बढोत्तरी दिनु, हरित गृह निर्माण तथा प्रसारमा कटौती नगर्नु आदि जस्ता कारणले गर्दा पृथ्वीको तापक्रम उल्लेख्य मात्रामा बृद्धि हुन गएको हो । अझ रोचक त, तीनै राष्ट्रहरूले नेपाल र नेपालजस्तै अन्य गरिब राष्ट्रहरूलाई मात्र कार्वन उत्सर्जनमा सक्रिय सहभागी गराउनलाई कार्वन व्यापारको नाटक रच्ने काम गरेका छन् । त्यस्तै, जलबायु परिवर्तनका असरबाट सुरक्षित हुन ठूलो धनराशी दिने प्रलोभनमा पारेर अक्षम्य अपराध गरेका छन् । यता हाम्रा जस्ता गरिब (गरिब मात्र के भन्नु ? हरिकंगाल !) देशका कथित राजनेताहरू जलबायु परिवर्तनको चूनौतिविरुद्ध उनीहरूबाट प्राप्त लाखौं डलरको ब्रम्हलुट पार्न कम्मर कसेर लागि परेछन् । नपत्याए, तपाइँ आफै एक पटक विचार गर्नुस् त, विश्वमा जलबायु परिवर्तन, हरित गृह प्रभाव र पृथ्वीको बढ्दो तापक्रम समस्याहरू निकै पहिलेदेखि नै शुरु भैसकेका समस्याहरू हुन् यिनको निराकरणका लागि हाम्रा जस्ता हिमाली र गरिब देशहरू निक्कै अघिदेखि केहि सक्रियतापूर्वक लागिदिएको भए विश्वका अन्य धनी तथा शक्तिशाली देशहरू यसतर्फ सोची आफ्नो भूमिका र कर्तव्यलाई अझ महत्वपूर्ण र निर्णायक बनाउन तर्फ लाग्थे । तर हालसाल मात्र सम्पन्नशाली राष्ट्रहरुले यसका लागि आर्थिक प्याकेजको कार्यक्रम घोषणा गर्न थालेपछि मात्र नेपाल सरकार (माधवकुमार नेपाल सरकार) ले यहि मंसिर १९ गते मन्त्रिपरिषदको बैठक सगरमाथा आधार शिविरमा आयोजना गरी विश्वलाई सन्देश दिने तयारी थाल्दैछ । खासमा सरकारको यो कदम विश्वलाई सन्देश दिन भन्दा पनि सम्पन्नशाली देशहरूबाट सकेसम्म धेरै भन्दा धेरै आर्थिक सहयोग पाउने लालशाले बढी प्रेरित छ । अथवा माल्दिभ्स सरकारले समुन्द्रमुनी आयोजना गरेको बैठकको नक्कलको निरन्तरता सिवाय अर्थोक केहि पनि होइन् । जसले नेपाल सरकारको छबी – ऊ जलवायु परिवर्तनका बारेमा चनाखो छ भन्ने पुष्ट्याई गर्न खोजिरहेको छ । आखिर कुरा जे – जस्तो भए पनि विश्वका सम्पूर्ण धनी तथा गरिब राष्ट्रहरू इमानदारितापूर्वक कार्वन उत्सर्जनको कार्यमा सक्रिय हुनु जरुरी छ । सबै राष्ट्रहरूले आजै जलबायु परिवर्तन र पृथ्वीको बढ्दो तापक्रमका सम्बन्धमा साझा धारणाको विकास गरी भविष्यमा यसबाट हुन जाने क्षतिलाई रोकथाम वा न्यूनिकरणका लागि आफ्ना योजनाका स्पष्ट खाकाहरू विश्वसामु पारदर्शी ढंगले प्रस्तुत गर्नु नै आजको मुख्य सवाल भन्न गएको छ ।

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…