एक यौनकर्मीको कथा

रहर हराइ सकेको जस्तो अनुहार लिएर उ मैले बोलाएको ठाउमा भेट्न आइ । जब पहिलो पटक ४ बर्ष पहिले कमर्श क्याम्पसमा उसलाई मैले भेटेको थिए - उसको धप्धप बलेको जस्तो लाग्ने मुहारमा मैले स्पर्श गरेको खुशी म कसरी विश्वका सुखी मान्छेहरुसँगको खुशी सँग दाज्न सक्थे र ? मलाई लागेको थियो उसको जत्तिको खुशी भएको मान्छे को ? तर आज उसँगको भेट केही पृथक लाग्यो - मलाई। किन उसको मुहार रङ उडेको जस्तो भएको होला ! मलाई थाहा थियो उसको कथा मर्महात लाग्दो छ, तर मलाई के थाहा उसको कथाले मेरो मन नै रुवाउला भन्ने कुरा ?
उसले म सँगको जम्मा १ घण्टाको समयमा दशौ पटक रुवाइ दिइ । उसको नाम लेखेर उसको ब्यथाको बिमोचन म यो ब्लगमा पटक्कै गर्न चाहन्न तर उसको कहाली लाग्दो कथाको सार्वजनिकीकरण मैले अवस्य गर्नु पर्छ । आँखा भरी आसुँ बोकेर उसले मलाई भनी - कलेजका साथीहरुको बिलाशी लाग्दो life style देखेर मलाई डाह लाग्न थाल्यो, मलाई थाहा थियो उनिहरुलाई त्यसो गरेर पुग्छ किनकी उनिहरु धनी बाबा आमाका छोरीहरु थिए । तर मेरो इर्श्यालु मनको अगाडी त्यो मेरो परिपक्व बिचारको केही जोर चलेन । र, म अहिले यौनकर्मी बन्न पुगे । तिमी जस्तो असल साथी कलेज छाडेर गैहाल्यौ, रितेश, सविनहरु त्यस्तै हुन । तर जे भए पनि सुश्माको मतिले मलाई यस्तो पारेको हो । आँखा भरी झर्नै लागेका आसुँ पुछ्दै उसले भनी - एक दिन सुस्माले मलाई एकजना बेपारी सँग भेटाइदीइ र उसँग गेस्ट हाउस मा जान भनी । मलाई कस्तो कस्तो डर लगिरहेको थियो तर उसले मलाई आश्वास्त तुल्यायो - तिमीलाई म केही गर्दिन, सिर्फ म सँग २-४ घण्टा बिताए हुन्छ । त्यस्को सट्टामा म तिमीलाई ४ हजार दिन्छु । म पनि के नमान्थे र । २-४ घण्टा बसेको ४ हजार पाउने भए पछी ! म उसको पछी गए, जादा म सँग मेरो पवित्रताको गर्ब थियो आउँदा एक पटकको यौन संपर्क बेचेर पाउने ४ हजार कमाइको दम्भ ! म त्यस पछी निरन्तर बिटुली भएकी छु निरु । उसको यो कथाले मलाई नराम्रो गरी चिमोट्यो । कस्तो परिवर्तन पाउदैछु म उसमा आखिर ? उसले त्यो बसाइ भरी आफ्नो यौनकर्मको दु:खहरु सुनाइ । र आफु त्यो कर्मबाट उम्कन चाहेको कुरा पनि बताइ । तर मलाई एउटै कुरा यस्तो लाग्यो - एकै दिनमा ५-७ हजार कमाउन सकिने धन्दा छोडेर के उसले साधारण जीवन जिउन सक्ली ?!

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)