साला आन्दोलन र मेरो रित्तो मन

हिजो दिनभर सडकमा म साइकलमा चढेर यसरी कुदिरहेँ मानौं म एउटा जोकर बनिरहेको छु । आधुनिकताले चुर्लुम्मै डुबेको हाम्रो समाजमा म साइकल चढेर यताउता काममा हिड्नु समाजका आँखाले मलाई फाल्टु जोकर बाहेक केहि नदेख्नु नै हो । माओवादीले आब्हान गरेको आमहडतालका कारण आफ्नो व्यस्त समयको व्यवस्थापनका लागि मोटरसाइकल चढ्न नपाउने भएपछि करिब ४–५ घण्टा जति साइकलमा यात्रा गर्न बाध्य भएँ । हिजो दिनभरको साइकल यात्राले आज बिहान करिब आठ बजे मात्र म बिस्ताराको न्यानो छोड्न पुगेँ । जसका कारण बिहान सात बजे नै निश्चित गरेको मेरो आजको स्टाफ मिटिङ मेरै कारण ११ बजे शुरु हुन पुग्यो । यो बन्द, हडताल मेरो जस्तै अरु थुप्रै गरिप गुरुवाको सबथोक चौपट पारेको कुरा सर्वहारा वर्ग पार्टी भनौदो माओवादीले कहिले बुझ्ने होला ? कुन्नी !सुन्दै छु, आमहडतालको कार्यक्रम अझै लम्बिदै छ रे । यो कस्तो दुर्भाग्य हामी नेपालीको ? हामी कतिञ्जेल यसरी बन्द, हडताल र चक्काजामका कारणले पिडीत भैराख्नु पर्ने हो, कुन्नी ? हुन त नेताहरु चुनाव हुँदा ताका नेपाललाई सिंगापुर, स्वीटजरल्याण्ड र अरु सम्पन्नशाली देशहरुजस्तो सभ्य, विकसित र सुसंस्कृत देश बनाउने सपनाहरु बाड्दै हिड्थे, अहिले म साँच्चिकै दंग परेको छु, के सिंगापुर, बेलायत र स्वीटजरल्याण्ड जस्ता देशहरुमा आन्दोलनको रुप कस्तो हुँदो हो ?

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)