Skip to main content

Posts

Showing posts from 2010

विस्तृत शान्ति सम्झौता र राजनीतिक उथलपुथल

तत्कालिन द्धन्दरत पक्ष माओवादी र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको पनि आजका मितिले पाँचौ वर्षगाँठमा प्रवेश गरेछ । २०६३ सालको मंसिर ५ गते नेपाल सरकारका तर्फबाट तत्कालिन प्रधानमन्त्रि गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षका तर्फबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता गर्दाको त्यो मध्यरात आम नेपाली सर्वसाधारणहरूले आफूलार्इ विश्वकै सबभन्दा भाग्यशालि नागरिकको दर्जा दिएको दिन थियो, त्यो । चारैतिर हर्ष बढार्इ भयो । 'नयाँ नेपाल निर्माणको गोरेटो खन्ने काम अब शुरू भैसकेको छ', जनताहरूले उत्साहका साथ नेताहरूले भनेको कुरोलार्इ समर्थन गरे ।
त्यो मध्यरातमा जब सरकार र विद्रोही पक्षबिच हस्ताक्षर सम्पन्न भयो, त्यतिखेर गिरिजाप्रसाद कोइरालाले एउटा शब्द निकालेका थिए कि 'टेरोरिष्ट' हरू अब शान्तिको पथमा आएका छन् र यो सबै मैले मेरो अहिले सम्मको मेरो राजनैतिक उपलब्धीलार्इ दाउपेचमा राखेर गरिरहेको छु । क्यामेराले प्रचण्डको अनुहारलार्इ 'फोकस' गर्यो, मैले उनको भाव पढेँ ‍- उनी निराश र हतास देखिन्थे । एकछिन अगाडि सम्म उनको मुहारमा भएको चमक उत्तिनै खेर ग…

अरू देशमा पनि चल्दा रैछन् नी फाइट त

हिजो राति संसद भवन भित्र भएको सानो झडपलार्इ नेपालीहरूले आत्तिएर ताण्डब नृत्य, माओवादीको रडाको, जंगली शैलि र गुरिल्ला आक्रमण जस्ता थरिथरिका उपमाहरू दिए । तर संसद भवन भित्र आवाज सुनार्इ नभएमा वा एउटा पक्षको आवाजलार्इ अरू पक्ष मिलेर दबाउन खोजे  भने विस्फोट हुने प्रचलन मात्र शुरू भएको भन्ने हामीले मान्नै पर्ने हुन्छ । नपत्याए, तलका भिडियोहरू हेर्नुस् । विश्वका विभिन्न देशका संसद भवनभित्र मच्चिएका हल्लीखल्ली र बबण्डरहरूले के पुष्टी गरेका छन् ? तर अचम्मको कुरो चाँहि यि तलको भिडियोमा जत्तिको बबण्डर त हाम्रा सभासदहरूले खासै गर्न सकेनन जस्तो लाग्यो हैं मलार्इ । हेर्नमा सबभन्दा मज्जाको त बलिउडको संसद भवनको लाग्यो हैं । तपाइँलार्इ चाँहि के लाग्यो ? सुटुक्क प्रतिक्रियामा लेखिदिनुहोला हैं !
दक्षिण कोरियाको संसदको कुंग फू हेर्नुस् ।




ताइवानको संसदमा भएको द्धन्द हेर्नुस् ।




अलबामा राज्य(संयुक्त राज्य अमेरिका)को सिनेटको यो दृश्य



भारतको संसदको हरिबिजोग हेर्नुस् ।




चेकका उपराष्ट्रपतिले मन्त्रीलार्इ चड्काएको हेर्नुस् ।




युक्रेनका सांसदहरू पनि कम रहिन्छन् ।




बोलिभियाको संसदमा हेर्नुस् यो अर्को ताण्डब




रसियन संसद भवन …

वाह सभासदहरू वाह !

सरकार काम चलाउ भयो, शान्ति प्रक्रियाले उचित गति लिन सकेन, संविधान लेखन कार्यले बिश्राम लिएको लिर्इ भयो, बजेट नआउँदा आर्थिक कृयाकलापमा महत्वपूर्ण असर भयो भन्ने जिकिर गर्दै, मुख्य भनिएका तीनवटा भाले दलहरूबीच चरणचरणौ गरेर कहिले हात्तिबन त कहिले गोकर्ण, कहिले बालुवाटार त कहिले सिहंदरबार गरी विभिन्न मितिमा बैठक नभएका पनि हैनन् । ती कुनै पनि ठोस निर्णय नभएका बैठकहरू मात्र भए । देशको राजस्वबाट रिसोर्टमा पाकेका मीठा परिकार भोजन गर्ने र आरामदायी खाटमा सुत्ने बाहेक तिनले केहि लछारो पटारो लगाउन सकेनन । मंसिर ३ गतेको रातीको संसद भवनभित्रको बजेट निर्णायार्थ प्रस्तुत हुँदाको ब्यवस्थापिकाको बैठकमा जे देखियो त्यसले के प्रमाणित गरिदिएको छ भने, राजनैतिक दलबीच एकले अर्कोलार्इ निषेध गर्ने, देखार्इदिने (?) प्रवृति अझ बढेर गएको छ । जनताहरूका अगाडि जतिसुकै आशावादी कुरा गरे पनि यिनमा मिल्ति नै छैन भन्ने कुरो छर्लङ्गै भएको छ ।  यो घटना घट्नुको मुख्य दोषी सबैले माओवादीलार्इ माने पनि मेरो बुझाइमा चाँहि कांग्रेस र एमालेको पनि उत्तिकै दोष छ । संसदको सबभन्दा ठूलो दललार्इ एक्ल्याएर जे पनि गर्न सक्छौ भन्ने भ्रममा रहे…

रिसोर्ट, सहमतीहिन वार्ता र म एक आम नेपाली

किन आखिर सहमतिमा आउन सक्दैनन र्इ नेताहरू ? किन यिनमा नदेखिएको होला र्इच्छा शक्ति ? किन यिनले बुझ्दैनन होला हरेक कुराको आफ्नै सीमा हुन्छ ? किन यिनमा बढ्दै गएको होला अविश्वास ? किन यिनमा अरूद्धारा निर्देशित नभर्इ काम नगर्ने बानीको विकास भयो होला ? र, किन यिनले बुझपचाइरहेका होलान समयको महत्व कति छ ? किन ? आखिर किन ??? यिनै प्रश्नहरूले मेरो मनमा डेरा जमाएका छन् र राती अबेरसम्म म छटपटिरहेको छु । मलार्इ यस्तो लाग्छ, मेरो दिमागले काम गर्न छाडिरहेको छ । यिनीहरू उज्यालो छ भन्छन्, हामीलार्इ झुक्काइरहेको जस्तो लाग्छ । यिनले हाम्लार्इ उज्यालोको भ्रम दिएर अझ अरू अँध्यारा दिनहरू बिताउन बाध्य पार्ने प्रपञ्च रचिरहेको झै लाग्छ । मलार्इ यिनका कुनै कुरामा पनि बिश्वास लाग्न छाडिसकेको छ । यिनले जति जति उज्यालोको लोभ देखाउँछन् मलार्इ उति उति मेरो भविष्य अँध्यारिदै आएको जस्तो लाग्न थालेको छ । यिनका जति नाटकहरू पर्दाबाहिर छताछुल्ल हुन्छन्, तिनले मलार्इ उती नै बेचैन गराउँदै लगेका छन् । यिनले मेरो गोर्खाली शीरलार्इ सबैका माझ नतमस्तक हुन बाध्य पारेका छन् । यिनले मेरो सबै अधिकारलार्इ हनन गरिरहेका छन् । बिनासूर्ता…

अनलाइन लक्ष्मी जयन्ती

सम्भवतः नेपाली साहित्यको इतिहासमा पहिलो पटक याहु म्यासेन्जरको कन्फरेन्स कल मार्फत १०२औ लक्ष्मीजयन्तीका अवसरमा पहिलो पटक काव्य गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी शुक्रबार दिउँसो नेपाली समय अनुसार १ बजे शुरू भर्इ नेपाली समय अनुसार रातिको १ बजे सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका तर्फबाट १० महिनाका लागि युवा स्वयंसेवकका रूपमा छनौट भर्इ ट्रोम्स रेडक्रस नर्वेमा कार्यरत रत्नेचौर म्याग्दीका नीराजन थापा 'शिरीष' ले कार्यक्रमको संयोजन तथा सञ्चालन गरेका हुन । पहिलो र दोश्रो खण्ड गरी सञ्चालित गोष्ठीमा झण्डै पचास जना जति नेपाली साहित्यप्रेमीहरू जुटेका थिए । विदेशमा रहेका नेपाली भाषा र साहित्यप्रति सम्मान गर्ने साहित्यप्रेमीहरूलार्इ एकजुट पार्नका लागि कार्यक्रमको परिकल्पना गरि सफलतापूर्वक सम्पन्न गरिएको हो । कार्यक्रममा नर्वेबाट लोकगायक एवं संचारकर्मी कृष्ण जिसी, बेल्जियमबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रतिनिधित्व गर्दै विपिन खड्का, कतारबाट सन्तोष शर्मा, दुबर्इबाट प्रेम लामा साथै नेपालबाट धौलागिरि एफ.एम. बागलुङका कार्यक्रम संयोजक मोहराज शर्मा लगायत डेढ दर्जन साहित्यप्रेमिह…

आमा

आमा,
उहिले उहिले
महिन्द्र मल्लले
सबैका घरबाट धुँवा नउडुन्जेल
उनका प्रजाले भोकै नबसेको
निश्चित गरेर मात्र
मुखमा गाँस पुर्याए झैं,
मैले त्यो गर्न सक्दिन
र, गरेर पनि केहि लछारदिन – थाहा छ ।

तर, आमा
देशभित्र वा बाहिर
जहाँ भएपनि,
एक नेपाली
दुःखमा बाँचेको छ भने,
परिबन्धको कठघरामा परेको छ भने,
वा, व्यथाले किचिएको छ भने,
उसलार्इ त्यसबाट मुक्त पार्न सक्ने प्रेरणा देउ,
वा कम्तीमा तिनका दुःख बाड्ने
एउटा एक असल सारथी बनार्इदेउ !
मेरो अनुरोध छ, तिमीलार्इ
मेरी आमा,
उसलार्इ दुख्दा मलार्इ दुख्ने बनार्इदेउ
यी शासकहरूलार्इ जस्तो मलार्इ
जे‑जस्तो हुँदा पनि, निद्रा पर्ने
बिन्ती कहिल्यै नबनाइदेउ !

आमा,
मलार्इ हुनु छैन् –
कुबेर,
मलार्इ थुप्राउनु छैन् –
ऐश्वर्य
त्यसैले चाँहिदैन तिम्रो आशिरबाद,
कि म महा धनाढ्य बनुँ !
म बाट त्यो हुन सक्दैन,
त्यो पाएर पनि मलार्इ निरर्थक छ – मलार्इ थाहा छ ।
तर आमा
मिल्छ भने यदि
यस्तो एउटा मलार्इ प्रेरणा देउ -
हरेक बर्खाका साँझहरूमा
ढिढोँसँग खाने एउटा ढिको नुन नपाउने
मेरा गरिप नेपालीका झुपडीहरूका लागि
प्रशस्त नुन बोकेर
नागबेली उकालो चढ्न सकुँ,
हरेक गर्मीका रातहरूमा
मलेरियाले थलिने
मेरा तन्नम मधेसी झुप्राहरूमा
बहुत खुब झुल ब…

देवकोटा अर्थात पागल

स्वर्गबाट,
तिम्रो प्रमिथसले
आगोको फिलिङ्गो चोरेर
तिम्रो वतन उजिल्याए झैं
मुग्लानबाट,
मेरा प्रमिथसहरू
श्रमको मूल्य बेचेर,
आफ्नो वतन उजिल्याउने
फगतका सपनाहरूमा रमेर
प्रत्येक अँध्यारा दिनहरूमा
आँगन छोडिरहेछन्-घर छोडिरहेछन्
मन छाडेर
खाँदा खाँदैको गाँस छाडेर, यहिँ
मात्र आफूलार्इ बोकेर
जहाजका भर्याङ्गहरू
उक्लिरहेछन्/ओर्लिरहेछन् ।


न तिमीले लेखे झैं
शेक्सपियरले यहाँ हलो जोत्दैछन्
न नै सोक्रेटस गुफाभित्र घोत्लिरहेछन्
बरू, खेतहरू बाँझै छाडेर
बारीमा हनुमान झार फूलाएर
शेक्सपियर साउदीमा भेडा चराउँदैछ
सोक्रेटस मलायामा
ढोके भएको छ ।
यो काल्पनिक हैन, देवकोटा
म तिमीले जस्तो फूलाउन सक्दिन
काल्पनिक फूलहरू !


उफ तिमीले के लेखेको त्यस्तो ?
कालिदाशले असारका पन्ध्रमा
धाराप्रवाह रोपाइँका गीतहरू गाउँछ !
मलार्इ लाग्यो, देवकोटा -
बडो अचम्म रहेछ, तिम्रो जमाना !
कालिदाशले बलिउड र हलिउड नदेखेको !
तिम्रो पाखे कालिदाश !
कस्तो अज्ञात रहेछ, तिम्रो जमाना
'हाउ बोरिङ टाइम तिम्रो?'
तिमीले कसरी कल्पना गर्न सक्यौं, आखिर?
ज्याज र शाल्साविनाको जीवन!
तिमीलार्इ छ, मेरो प्रश्न-
'हाउ डिड यू डेयर टू राइट दोज नन्सेन्स ?'


तिमीले उपचार नपाएर,
साइनाइड माग्नुपर…

अनलाइन लक्ष्मी जयन्ती ?

हामीले पहिले देखिनै भन्दै र विश्वास गर्दै आएको यो सुचना र प्रविधीको आधुनिक जमाना हो भन्ने तथ्यलार्इ अझ अरू आत्मसाथ गर्ने सुनौलो मौका हो । यो एउटा यस्तो पल हुनेछ कम्तिमा पनि हामीले हाम्रा महाकवि देवकोटाले लेखेको कविताको एक अंश 'उद्देश्य के लिनू उडि छुनू चन्द्र एक !' को अर्थलार्इ अझ अरू घनिभूत पार्ने अवसर मिल्नेछ । हामीले कर्ममा विश्वास गर्ने हो । फल के प्राप्त होला ? त्यसमा चिन्तित हुनुपर्ने अवस्थामा पुग्नु हाम्रा लागि महत्वपूर्ण विषय हुन सक्तैन । जेहोस यसलार्इ 'यो हाम्रो लागि खुशिको कुरा हो ।' भनेर बुझ्नु अहिलेका लागि सर्बाधिक महत्वका विषय हुन आउँछ । यो मेरो मात्र अभियान भनेर नबुझिदिनुहोला । किनकी मलार्इ विश्वास छ, देवकोटाले त्यो जमानामा त्रिभुवन विश्वविधालयको स्थापनाका लागि उनका छोराछोरी र नातेदारले पढ्न पाउँछन् भनेर पहल गरेका थिएनन । उनले त्यो दिव्यविचार नेपाली जनताहरूले अन्धकारबाट उज्यालोतिर अभिमुख हुन पाउँलान भन्ने सोचले अगाडि सारेका हुन । त्यसैगरी मैले पनि यो याहु म्यासेन्जरको कन्फरमेशन कल मार्फत देवकाटामा समर्पित एउटा आफ्नो रचना सबै साहित्यप्रेमी मित्रहरूलार्इ सुन…

उनी, चुडिएको औला र दुखेको मन

मैले एकदिन एउटा ब्लग पोष्ट लेखेको थिएँ । स्टोभनर, वश्लोमा रहेका मेरा एक अनन्य मित्र (म भन्दा धेरै अग्रज हुनुहुन्छ तर मित्रवत व्यवहार गर्नुहुने भएकाले) कृष्ण जि.सि. को निवासमा पुगि उहाँसँग भएका कुराकानी र धेरै दिनको न्याश्रो मेट्ने मेरो धोकोको बारेमा । र, आज त्यो दिनको मेरो प्रतिज्ञालार्इ लेख्ने जमर्को गरेको छु । केहि त्रुटीहरू देखिए भने वा म बढि भावनामा बगेको पाउनु भयो भने वा केहि बढि आदर्श मैले व्यक्त गरेको जस्तो लाग्यो भने म क्षमाप्रार्थी छु त भन्दिन तर निवेदन चाँहि गर्न सक्तछु – यसलार्इ स्वभाविक ढंगले बुझ्ने यत्न गरिदिनुहोला । वा, यसलार्इ दिमागले हैन दिलले पढिदिनु होला ।नर्वे आइपुगेको करिब १ महिना पुग्नै लागेको बखत सेप्टेम्बरको पहिलो शनिवारको दिन थियो त्यो । म मित्र रामचन्द्रसँगै नेपाली खाना दालभात र तरकारी खाने पूरा योजनाकासाथ उहाँको कोठामा पुगेका थिएँ । सातबजे उहाँको निवासमा पुग्ने पूर्वतयारीका साथ म आफू बस्दै आएको होस्टेल छाडेर रामचन्द्रलार्इ भेट्न त्यही आकाशे पुल मन्तिर पुगेको थिएँ । उनि कामबाट मुक्त नभइन्जेल मैले उनले गरिरहेको मेहनतलार्इ नजिकबाट नियालीरहेँ । मनमा कुनबेला जि.सी…

अगस्टको एकदिन-वश्लोको पुलमुन्तिर

अगस्टको मध्यतिरको समय थियो त्यो । मित्र रामचन्द्रले सम्पर्क गरेर मलार्इ एक अर्का मित्रलार्इ भेट्ने बन्दोबस्त गरेको बताए पछि म हुत्तिएर त्यहाँ पुगेको थियो । नर्वे आउनु भन्दा पहिले नै र्इ-वार्तालाप गरेको थिएँ उनिसँग । तसर्थः मित्र रामचन्द्रले आमन्त्रण गर्दा साथ म त्यसरी हुत्तिएर त्यहाँ पुगेको थिएँ । वश्लोको केन्द्रमै रहेको म बस्दै आएको थोन होटलबाट उनले दिएको लोकेशन ग्रोनल्याण्डमा पुग्न मलार्इ दुर्इ मिनेट पनि लागेन, पैदलै । मैले टाढाबाट देखेँ रामचन्द्र लगायत चार जना नेपाली मित्रहरू मेरै पर्खाइमा हुनुहुन्थ्यो । खासमा बिदेशी भूमीमा नेपाली बन्धुलार्इ भेट्नुको आनन्द नै बेग्लै हुने गर्छ । अझ त्यसमा पनि आफ्नो मनमिल्ने मित्रलार्इ त्यसरी भेट्न पाउनुको मज्जा नै छुट्टै हुने मैले त्यतिखेर महशुस गर्न पुगेँ । जतिखेर मैले बिस्तारै वश्लो, विकशित युरोपेली मुलुक नर्वेको सम्भ्रान्त राजधानी, लार्इ नजिकैबाट बुझ्न खोजे । जहाँ एउटा नेपाली अनुहारलार्इ देखेर प्रशन्नता ब्यक्त गर्दै, दार्इ हजुर नेपालबाट ? भन्ने प्रश्नको जवाफमा"हैन' भन्ने जबाफ पाउन बेर लाग्दैन । त्यो पनि नेपालीमै । यो यस्तो शहर जुन ठाउँमा…

बाहुनक्षेत्री, जनजाती र दशैं ।

म सानो छँदा दशैं नेपालीहरूको महान पर्व हो भन्ने सुन्ने गर्थे । अलि बुझ्ने भए पछि यसलार्इ हिन्दुहरूको पर्व हो भन्न थालेको सुन्न पाएँ । र, पछि जब पञ्चायत कालमा जन्मेर, बहुदल कालमा माध्यमिक तहको पढार्इ सिध्याएर संघिय लोकतान्त्रिक गणतन्त्रिक देश नेपालको राज्य व्यवस्थामा प्रवेश गरेँ तब आदिवासी जनजातीहरूले यो विशुद्भ हिन्दुहरूको मात्र पर्व भएकाले त्याग्ने प्रचलन नै शुरू हुन थाल्यो । चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनले त दशैं आदिबासीहरूको पर्व नभएकाले यसलार्इ बहिष्कार गर्नुपर्ने आदिवासी जनजातीको लागि अपरिहार्य रहेको बताउँदै आएका छन् । उनको जिकिर छ, यदि दशैं मान्नेहरूले आदिवासीहरूका चाड पर्वमा सार्वजनिक विदा तथा कर्मचारीहरूलार्इ त्यही अनुरूपको सुविधा उपलब्ध नगराउने हो भने दशैं मान्दै आएका आदिवासी जनजातीहरूले त्यसलार्इ तुरून्तै परित्याग गर्नु उत्तम रहेको समेत विचार व्यक्त गरेका छन् ।यस्ता भनार्इ राख्छन हाम्रा समाजशास्त्री हेर्नुस भिडियो। म बुझ्ने भएदेखि नै दशैं र तिहारको नाममा हुने लामो सरकारी बिदा र अनावश्यक खर्चको बिरोधमा उभ्भिदै आएको मान्छे हो । बिकट हिमाली जिल्लामा खाध्यन्नको अभावमा छटपट…

यो दादागिरी कहिले सम्म सहने ?

तपाइँ हामीलार्इ थाहा भएकै कुरा हो, सुदुरपश्चिमका हजारौं बेरोजगार नेपाली दाजुभार्इहरू कामको खोजीमा भारतका विभिन्न शहरहरूमा पुगेका हुन्छन् र पुगिरहेकै छन् । नेपाली माटोमा श्रम गर्न लाज लाग्ने भएकाले आफ्ना छरछिमेकी र नातापाताले आफूले भारी बोक्ने र चौकीदार गर्ने काम ती भारतीय अन्जान शहरहरूमा नदेख्ने भएपछि हाम्रा थ्रप्रै नेपाली दाजुभार्इहरू त्यसरी भारतीय भुमिमा गएर पसिना चुहाउन बाध्य छन् । मैले अस्ती एकपटक लेखिसके एउटा भारतीय टि.भी सोमा काठमाडौमा डिप्लोमा गरेको पात्रलार्इ भारतमा चौकीदारको जागिर खोज्दा पनि नपाएको एउटा कमेडी सो बनाएर हामी नेपालीहरूलार्इ गरेको उनीहरूको अपमान । अब शिक्षितहरूलार्इ हेर्ने त त्यस्तो छ, उनीहरूको नजर भने साँवा अक्षर नचिनेका अनपढ नेपालीहरूलार्इ उनीहरूले कस्तो व्यवहार गर्छन् होला ? हुन त भारतीयहरूको हेर्ने दृष्टिकोण नै खोटो छ । कतिपय भारतीयहरूले हाम्रो नेपालमा आएर भाँडा माझ्ने, जेरी पकाउने, दार्ही कपाल फाल्ने र कबाडी संकलन गर्ने गर्छन् तर हामीहरू उनीहरूलार्इ राम्रै ब्यबहार गर्छौ किनकी हाम्रो संस्कार राम्रो छ, सबै मान्छेहरूलार्इ असल नजरले हेर्ने । हुन त यो उनीहरूको संस…

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन ।
भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालार्इ कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीलार्इ यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसलार्इ सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन थाल्छन्, मान्छेहरू । उसप्रति हेर्ने नजरमा परिवर्तन गर…

माओवादीले कुटे कांग्रेसीहरूलार्इ

माओवादीहरूको उदण्डतालार्इ धेरै नै राजनीतिकरण गरिएको मेरो ठम्मार्इले भने कताकता फेल खान थालेको जस्तो लागेको छ । आजभोली उनीहरूमा उदण्डता निकै बढ्न थालेको छ । नत्र किन उनीहरू कुनै पनि राजनैतिक संघ/संगठनको निर्बाध रूपमा कार्यक्रम चलाउन पाउने अधिकार माथि कोपभाजन गर्दैछन् ?
नेपाली राजनैतिक दलहरूबीचको समन्वयमा देखिएको कमजोरीको फार्इदा उठाउँदै भारतीय शासकहरूले फार्इदा उठाउन लागिरहेको कुरालार्इ कहिल्यै पनि बुझ्ने क्षमताको बिकास हुने भएन हाम्रा राजनैतिक दलका नेता र कार्यकर्ताहरूमा । सधैं झगडा र लफडा गर्नमै दिन बित्ने भयो यिनीहरूको । किन गए माओवादीहरू कांग्रेस समर्थित ट्रेड युनियनको कार्यक्रममा ? किन उनीहरूले त्यो जंगली ब्यबहार प्रदर्शन गरे ? भिडियो हेर्न यहाँ क्लिक गर्नुस

राजदुत सुद र उनलार्इ हानिएको जुत्ता

विश्वमा रहेका प्रायः ठूला र धनी भनिने देशले आफ्ना साना र गरिप छिमेकी राष्ट्रलार्इ सधैं पेलानमा पार्ने र माथि उकासिन नदिने प्रचलन हाम्रा लागि नौलो विषय होइन । आफूले विकाशमा आँकाशिदो गति पकड्न थालेपछि त झन त्यो पेलानको चापमा अझ बढी बृद्भि हुन पुग्छ भन्ने तथ्य हामी नेपालीहरूका लागि अज्ञात विषय हुनै सक्दैन । यो तथ्य हाम्रा अगाडि त्यतिखेरदेखि पुष्टी हुँदै आयो जब भारतले बेलायती उपनिवेशबाट उन्मुक्त हाँसो हाँस्न शुरू गर्यो । कहिल्यै पनि कुनै पनि शक्ति राष्ट्रको हातमा नपरेको वीर गोर्खालीहरूको यो पावन भूमीमा पछिल्लो समयमा यहाँको राज्य व्यवस्था र विकाशका कार्यक्रममा भारतीय शासकहरूको बढ्दो हस्तक्षेप सोचनीय विषय बनेको छ ।जब जब मानिसले आफूलार्इ दमित हुँदै गएको महशुस गर्दछ, तबतब उ त्यसको प्रतिकारमा उत्रिन पुग्दछ । पछिल्लो समय नेपालका लागि भारतीय राजदुत राकेश सुदमाथि नेपाली जनताहरूले देखाएको प्रतिकारको उदाहरण त्यसैको प्रतिबिम्ब हो । नेपालमा राजदुत भएर आइसकेपछि सुद सधैं विवादमा आइनै रहेका छन् । यहाँ सम्मकी उनले राजनैतिक निर्णयहरूमा समेत हस्तक्षेप गर्ने दुस्साहस गर्दै आएका छन् । आफ्नो कुटनैतिक मर्यादाल…

शरणार्थी भएर बिताएका ती कठीन २४ घण्टाहरू (दोश्रो भाग)

यो भन्दा पहिले मैले पहिलो भागलेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलार्इ दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला ।
अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भर्इरहेको थियो । लगातारको हिडार्इले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफरार्इरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलार्इ सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा भएका हरूलार्इ केहिबेर आराम गर्न भने । हामीहरू सुत्ने तरखरमा लाग्…

यिनका नौटंकीले कम पीर पार्‍या छ ?

गत वर्ष फाल्गुणको चीसो ठिहीलाग्दो समय ताका आधारभूत युवा तालिम लिन आउँदा उक्त तालिममा सहभागी एकजना नर्वेजियन साथीसँग कुरा हुँदै गर्दा मैले उसलार्इ सोधेको थिएँ - हैन तिमर्का कतिवटा राजनैतिक पार्टि  छन् हँ ? उसको पालो उसले भन्यो ‍- नर्वेजियन लेवर, प्रोगेश, कन्जरभेटिभ, सोसलिष्ट लेफ्ट, सेन्टर, क्रिश्चियन डेमोक्रेटिक र लिवरल पार्टी एकै सासमा सात वटा पार्टीको नाम भनि सिध्यापछि उसले मलार्इ सोध्यो - मेरो त थाहा पार्इहालिस तेरो देशको भन्न कति छन् ? लौ, अब धर्म संकटमा पारिहाल्यो नी बजियोले । अब क्यार्नी होला ?  अनि मैले शुरू गरेथेँ - "माओवादी, कांग्रेस, एमाले, मधेसी जन अधिकार फोरम, मधेसी जन अधिकार फोरम (लोकतान्त्रीक), तरार्इ मधेस लोकतान्त्रीक पार्टि, ने.क.पा. (माले) सदभावना, ने.क.पा. संयुक्त, नेपाल मजदुर किसान पार्टी ........"  नाम भन्दै जाँदा मेरो पसिना चुहिन थालेपछि उसले मलार्इ रोक्दै सोधेथ्यो - "हैन् खास कतिवटा छन् तेरा देशमा पार्टी ?" अब कतिवटा भन्ने ? मलार्इ यति आपद परेको थियो कि त्यतिबेला मैले सानो स्वरमा उसलार्इ भनेथेँ ‌- "सरकार मात्र २२ दलको छ हाम्रो, तेराँ जस्तो दु…