Skip to main content

Posts

Showing posts from January, 2010

जेल नै कैदी राख्नमा फेल भएपछि

जब देशमा राजनीतिक तरतलता छाउँछ तब देश विभिन्न किसिमका अराजकताले चारैतिरबाट घेराबन्दीमा पर्न पुग्दछ । हो, साथी यस्तै खालका घटनाहरु घट्न थालेका छन् आजभोली हाम्रो देशमा । आज राजधानी काठमाडौंमा भएको एउटा सामान्य विवादमा गोली चल्दा विद्यालयबाट फर्किरहेको एक निर्दोष बालकको हत्या हुन पुगेको छ । गोली काण्डमा सहभागी ११ जना मध्ये दुई जनालाई स्थानीयवासीले पक्रेर प्रहरीकोमा बुझाउन सफल भएका छन् । तर यति कुराले हामीहरु विश्वस्त हुन सक्दैनौ कि समाजमा हत्या, हिंसा, आतंक र अराजकता फैलाउँदै हिड्ने ती र तीजस्तै अराजक समूहहरु निमिट्यान्न होलान् भनेर किनकी विगत ५ महिनामा देशका विभिन्न स्थानमा रहेका कारागारको कमजोर व्यवस्थापन र प्रशासनको चरम लापरबाहीका कारण हत्या, चोरी, डकैती, अपहरण र बलात्कारजस्ता जघन्य अपराधमा संलग्न झण्डै ५ दर्जन कैदीहरु कारागारबाटै फरार हुन सफल भएका छन् । जसको विवरण तल हेर्नुस् –  २०६६ साउन २९ गते राती १२ बजे, जिल्ला कारागार सिराहा बाट ४५ कैदि फरार  २०६६ अशोज १२ गते राती, जिल्ला कारागार कञ्चनपुरबाट ६ कैदी फरार  र, गत हप्ता २०६६ माघ १ गते कपिलबस्तुबाट ८ कैदी फरार अब तपाइँ आफै भन्नुस्…

ए ! भगवान, यो कस्तो व्यङ्गय हो ?

नेपालको राजनीति अनौठो किसिमको हुन्छ भन्ने तपाइँ हामीलाई जानकारी भएकै कुरा हो । अझ यो देशको अगाडि नयाँ भन्ने शब्दावली थपिए पछि काम पनि नयाँ र अनौठो पो हुन थालेका छन् । अब तपाइँलाई लाग्ला– हैन् है ! के अनौठो भएछ फेरि नयाँ नेपालको नयाँ राजनीतिमा ? नआत्तिनुस्, म बताउँदै छु, धैयर्ताका साथ यसलाई पढ्ने काम गर्नोस् ।खास कुरो के भएको छ भने, जनमत संग्रह विना नेपाल धर्म निरपेक्ष, गणतान्त्रिक देश घोषणा गर्न नहुने बताउँदै आएका रा.प्र.पा नेपालका अध्यक्ष कमल थापाले आजको दिनदेखि नयाँ अभियान छेडेका छन् । उनको यो अभियान भने केहि पृथक र नेपाली अनौठो लाग्ने खालको आन्दोलन जस्तो छ । यो खासगरी क्रान्तिकारी पार्टीहरुको जस्तो चक्काजाम, नेपाल बन्द वा हडताल गर्ने प्रकृतिको आन्दोलन चैं होइन् । भलै आफ्ना दुई चार सय भरौटेहरु जम्मा पारिएर थालिएको अभियान किन नहोस् तर यसको प्रकृति अनौठो छ र विषय वा सन्दर्भ पनि मजबुत नै छ । उनले नेतृत्व दिएको यो अभियान समयमै संविधान बनाउनलाई दलका नेताहरुलाई खबरदारी गर्नुपर्छ भनेर सर्वसाधारण जनताहरुलाई सुसूचित गर्नलाई हो ।देशका शिर्ष, प्रगतिशिल, क्रान्तिकारी, लोकतान्त्रिक तथा नेपालको स…

३७ औं सन्ध्या ध्वनी सम्पन्न

[caption id="attachment_112" align="alignleft" width="300" caption="कार्यक्रममा उपस्थित साहित्यकारहरु"][/caption]
प्रत्येक नेपाली महिनाको पहिलो शनिवार साहित्यिक गोष्ठी आयोजना गर्दै आएका बेनी वाङमय परिवार, म्याग्दीले माघ महिना २ गते शनिवार आफ्नो ३७ औं सन्ध्या ध्वनीको श्रृङ्खला म्याग्दी सामुदायिक पुस्तकालयको सभाहलमा सम्पन्न गरेको छ । बाग्लुङे युवा गजलकार विनय थापाको मियोत्वमा सम्पन्न कार्यक्रममा एक दर्जन कवि÷कवयित्रीले आफ्ना सृजना वाचन गरेका थिए । कार्यक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्माले कविता, मधुसुदन साहित्य प्रतिष्ठानका अध्यक्ष दामोदर घतानेले हाईकु, पौलस्त्य साहित्य समाजका सचिव नीराजन शिरीषले दुई कविता र ध्रुबलाल शर्माको व्यक्तित्व समेटिएको एक आलेख प्रस्तुत गरेका थिए । कार्यक्रममा सुशन विसर्जन र अमर स्पन्दनले गजल, कविता शर्माले मुक्तक र हाइकु, भद्रबहादुर कार्कीले कविता वाचन गरेका थिए । कार्यक्रम परिवारका क्रियाशिल सदस्य अजयमिलन श्रेष्ठले सञ्चालन गरेका थिए । कार्यक्रममा श्रेष्ठले समसामयिक व्यङ्गय प्रस्तुत गरेका थिए ।

आकाशमा सूर्यग्रहण सडकमा खाना महोत्सब ?

नेपालीहरूको बुद्धि पछि आउँछ भन्ने कुरा म्याग्दी बेनीमा हालै घटेको एक घटनाले पुष्टि गरेको छ । हुन पनि हामी नेपालीहरू योजना निर्माण गर्दा समय, सन्दर्भ, आवश्यकता वा कुनै पनि आधारका बारेमा केही सोच विचार नै नगरी ठ्याम्मै पारेर कार्यक्रमको योजना तयार पार्छौ अनि पछि छक्क पर्दै भन्छौं – हत्तेरी यसो नगर्नुथ्यो ! हो, यस्तै घटना माघेसंक्रान्ति मेलालाई पोहोर परार झैं महोत्सवको रुपमा मनाउने शिलशिलामा सडक खाना महोत्सवको आयोजना गर्ने समय केही धार्मिक कुराहरुलाई आयोजकले ध्यान नदिदाँ उनीहरु नराम्ररी चुक्न पुगेका छन् । त्यति मात्र हैन् उनीहरुको मनमा नराम्ररी छटपहाट शुरु भैसकेको छ । माघेसंक्रान्ति मेला मनाउने परम्परालाई निरन्तरता दिने क्रममा यो पालि उद्योग बाणिज्य संघ म्याग्दीको महिला उद्यमी संघको हुस्सु टिमले आवश्यक विचार गर्न नसक्दा सूर्यग्रहण दिनको सडक खाना महोत्सव पो आयोजना गर्न पुग्यो ! न उनीहरुले त्यसो गर्नु भन्दा पहिले सोचे न त उनीहरुका पुरुष उद्यमी साथीहरुले पात्रो हेर्न भ्याएर ग्रहणको दिन खाना खानु हुँदैन भन्ने थाहा नै पाए ! यो कुन हदसम्मको मुर्खता हो कु्न्नी ?धार्मिक ग्रन्थहरूमा मात्र होइन्, …

एक बिद्रोही कबिको बारेमा

साहित्यकार ध्रुबलाल शर्मा, म्याग्देली साहित्यिक फाँटमा उमेरका हिसाबले चाउरिएका र लेखनका हिसाबले माझिएका ब्यक्ति मानिन्छन् । उनी आफ्नो विद्यार्थी कालदेखि नै नेपाली साहित्यको क्षेत्रमा यसरी गाँजिए कि उनी विज्ञानका एक असल छात्र र इतिहास अनि भुगोलका कुशल शिक्षक हुन् भनेर कमैले मात्र विश्वास गर्ने चरित्रका रुपमा स्थापित हुन पुगे । सामाजिक विसंगती र राजनीतिका खेलाडीहरुले प्रदर्शन गर्ने अराजनीतिक गतिविधीका उनी सबैभन्दा उच्चस्तरको विरोधीका रुपमा चिनिन थाले । उनको लेखन शैली र क्षमतामा पाठकहरु यति विश्वस्त भेटिन्छन्, जब कोही एक व्यक्तिले उनलाई मन नपर्ने केहि गरिदियोस् त उक्त व्यक्तिको प्रवृतिलाई दर्‍हो हुर्मत लिने सामथ्र्य उनको कवितामा छ ! तर यसो गर्दा उनी धेरैपटक चुकेका पनि छन् आफ्ना सृजनाहरूमा । तथापि उनी म्याग्दीको साहित्यलाई यहाँसम्म ल्याई पुर्‍याउनका लागि दिनरात नभनि साधनारत एक इमान्दार साहित्यिक साधक हुन भन्नेमा दुई मत रहदैन् । आफ्नी प्रिय आमा मन्दोदरी शर्माबाट प्रभावित अनि उत्तिकै बढी प्रेरित भएर साहित्यमा लागेको बताउने शर्माले आफ्नो पहिलो साहित्यिक कृति नै आमाको समर्पणमा “आमाको सम्झना” …

साला ! नेपाली हुनुको पिडा !

एकदिन राष्ट्रप्रेम मनमा अत्यन्तै गढेपछि मैले लेखेथें – "देश रूँदा रोएन कि कठोर हाम्रा मन, देशलाई दुख्दा मलाई दुख्ने चोट पठाईदिनु !" किन बहकिएर मैले यस्तो लेख्न पुगेँ अहिले आएर बुझ्न सकेको छैन मैले, तथापि एक आम नेपाली नागरिक भएको नाताले मात्र मेरो मनमा यो भावना आएको हो भन्ने मैले बुझेको छु । हुनपनि, पछिल्ला समयमा विकसित हुँदै गएका अराष्ट्रिय गतिविधी र अराजकताले म र मजस्तै थुप्रै आम नेपालीहरुको मन दुखेको मैले नजिकैबाट अनुभव गर्न सकेको छु । पौष तेस्रो साता म काठमाडौंमा थिएँ । एकदिन रत्नपार्क जादै गर्दा त्रि–चन्द्र क्याम्पसको सडकपेटीमा म २–३ जना स्कुले विद्यार्थीहरूको एक सानो झुण्डको अगाडि हिडिँरहेको थिएँ । त्यो झुण्डको एक किशोर आवाज मैले सुनेथेँ – “साला ! मलाई नेपाली भएर जन्मिनु परेको कस्को श्रापले होला !” मलाई त्यो किशोर आवाजले स्तब्ध पा¥यो – “विचरा ! कति निर्दोष छ ऊ ? र, कस्तो विडम्बनापूर्वक आफू नेपाली हुनु परेकोमा दुःखी बनेको ! म चुपचाप अगाडि बढे । त्यो बिडम्बनायुक्त आवाज निकाल्ने किशोरलाई पछाडी फर्केरसम्म हेर्ने साहस गर्न सकिनँ । हुनपनि, उसले बोलेको यो यथार्थले मलाई बिझाएको…

प्रेम

अस्ति नै,
उनीहरूले मलाई
प्रेमको बारेमा
धेरै सिकाउन खोजेका थिए ।
र पनि मैले बुझ्न सकिन
कि, प्रेमको बारेमा ।

म सधैं,
प्रेमलाई
तौलिन खोज्थेँ
व्यर्थका चिजहरूसँग
गुन्द्रुकसँग, खोलेसँग ।
र, असारे झरीसँग ।
तर, आज आएर
मलाई थाहा लाग्यो–
प्रेम सागर रहेछ,
सम्राटलाई तयार पारिएको
चौरासी व्यञ्जन रहेछ ।

र, रहेछ
माघमासको एउटा
अति शान्त बर्षा
जसले बेशीमा
शीतलता अनि
लेकमा, एक अञ्जुली
हिमपुरी ल्याएर आउँछ ।
                           ०६१ माघ

हामी भिखारी

हामी सबै भिखारी
निरीह र विपन्न,
आस्थाका भिखारी
दयाका भिखारी
र, परिवर्तनका भिखारी

कृत्रिम आस्था घोकेर
सिद्धान्त रटेर
र, पिछलग्गु भएर
व्यवहार शुन्यः बनेका हामी
भिखारी आस्थाका ।

पिछडिएका अनि हुर्मत नभएका
चेतनाशून्यः
आत्मस्वाभिमान गुमाएका
दया नपाई नबाँच्ने
ओत नभइ बढ्न नसक्ने हामी
भिखारी दयाका ।

मुठ्ठी नकस्ने
संघर्ष वा आन्दोलन नहाँक्ने
नबुझ्ने, नसुन्ने अनि बोध नगर्ने
आशामा बाँच्ने तर केही नगर्ने
सधैं पछि, अन्तिम र ओरालो झरेका हामी
भिखारी परिवर्तनका ।

अमान्छे

तिमी
आफू ठीक र अरू बेठीक
तिमी जान्ने अनि बाँकी नजान्ने
मात्र तिमी असल र अरू सबै खराब
भन्दैनौ र गर्दैनौ,
त्यसैले तिमी नयाँ प्राणी हौ
हो, तिमी अमान्छे !

यदि तिमी विश्वस्त हुँदैनौ,
चाकडी, चाप्लुसी र चम्चागिरीमा
जबसम्म तिमीलाई लागिरहन्छ,
सत्य, सत्य नै हो,
असत्य, सधैं झुटो नै हुन्छ
अब मलाई सन्देह लाग्दैन
तिमीलाई भन्नलाई – ए अमान्छे !

जतिखेर तिमीलाई लाग्दैन
तिमी बोल्यौ\बोलेनौ
अरूलाई पोल्यौ\पोलेनौ,
वा, त्यो पीडामा डुबिरहँदा
तिमीले खित्का छोड्न जानेनौ,
अब त साँच्चिकै प्रमाणित भयौ,
तिमी संसारकै एकमात्र  – अमान्छे !

नागरिक चित्कार

केही नागरिकहरु
आव्हान गर्दैछन् –
दण्डहिनताको हु्ँदै भएन अन्त्य,
आऔं नौला कुनै अपराध गरौं ।

केहि बु्रजुकहरु
अपिल गर्दैछन् –
अझै सुध्रिएन शासकहरुको व्योहोरा,
आऔं यिनलाई बहिष्कार गरौं ।

आम मान्छेहरु
सडकमा चिच्याई रहेछन् –
देश हाँक्नेहरु हुँडार निक्ले,
आऔं यिनलाई नैतिकता सिकाऔं ।

राष्ट्रवादीहरु
विच सडकमा उफ्रिरहेछन् –
देशप्रेमीहरु लोप हुन आँटे,
आऔं हाम्रा छातिमा, आफ्नै देश खोजौं ।

तर, युग–युगदेखि
म एक्लै भुत्भुतिरहेछु –
कति खप्नु यस्तो पीडा ?
आओ सबै पागल बनौं !

तरपनि जाति

काँडा हुन्छ गुलाफमा तरपनि जाति
फूल्छ प्रीत करकापमा तरपनि जाति

शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी
लुक्छ प्रीत तापमा तर पनि जाति

रित्तिएकी सम्झना तिम्रा छातिभरीका
दुख्छ प्रीत नापमा तरपनि जाति

कहाँ छुटे हातहरु थाहै नभएर
सुक्छ प्रीत रापमा तरपनि जाति

दशै

मेरो भित्तामा
उभिण्डो परेको पात्रोले
प्रत्येक शरदमा
एउटा दौडको आयोजना गर्दछ –
मेरो विवश नगरमा !

काठमाण्डु
घोर्ले खसीको पछि दौडन्छ,
बाजुरा
उसिना चामलका लागि
उछिट्टिन्छ ।
धरान
फेसनको एक श्रृङ्खला बनाउँछ ।

सोलु
हिउँको चीसो बतासमा
कठ्याङिग्रएर रोइदिन्छ,
दशगजा
साँघुरिएर आफैभित्र
थाहै नपाई बिलाईदिन्छ ।

सुनसान गल्लिहरुमा
कर्कश आवाजहरु सुनिन्छ,
भीडहरुमा
आवाज गुपचुप भैदिन्छ,
प्रत्येक शरदमा
एक दौड हुन्छ,
मेरो नगरमा ।

आशा लिएर आउने दौड
आशा बोकेर लैदिन्छ,
सफल होला कि भन्ने दौड
निरर्थक भैदिन्छ,
तथापी
युग–युगदेखि
प्रत्येक शरदमा
एक दौड हुन्छ
मेरो नगरमा ।
फगत
एक दौड हुन्छ,
मेरो विवश नगरमा !

खोला झै मान्छे

किनारामा बाँच्दै आइरहेको
एक मान्छे,
खोलाको अनियमित रफ्तारमा
जिन्दगी छाम्दै भन्छ –
छि ः यो जिन्दगी
कहिले उर्लन्छ खोला झैं
र, त सधैं पल्टिन्छ–
बगरको ढुंगा भै ।

हिजै त हो,
यहाँ माछाहरु भेटिन्थे
लेकबाट झर्दै, मुढा पल्टिन्थे
पानीका सतत् वेग देखिन्थे
त्यसैले, माछा टिप्ने मान्छेहरु
मुढा बटुल्ने मान्छेहरु
र, वेगसित अतालिने मान्छेहरु थिए –

खै, अचेल ?
ती सबै कहाँ हराए !

त्यस्तै पाउँछ ऊ
आफूलाई हिजाँल
न कोही, न केही
वर्षातमा उर्लेको खहरे
र, हिउँदको त्यसैको वेग झैं ।

काठमाडौमा

१. सबेरै
पशुपतिबाट
एउटा थालिभरी
फूल, चन्दन र आशिष लिएर
कुदेको हुन्छ, शिवराम
बस स्टपहरुमा ।
बेलुकी,
बस स्टपहरुबाट
त्यही थालिमा
दाम, गाली र घृणा भरेर
निस्केको हुन्छ, शिवराम
सोमरसको खोजीमा ।

२. बिहानै,
चिम्सा आँखा मिच्दै
कुर्ता सलवारमा
सीता झैं सजिएर
हिडेकी हुन्छे, मेनका
पाठशालामा ।
सम्साँझै
पाठशाला–घर–बजार
सबैतिरबाट फर्केर
सीर्फ छालाका कपडामा
नाचेकी हुन्छे, मेनका
नाँगा डान्सबारमा ।

३. रात ननिख्रिदै,
झिसमिसे मै
ठेलामा राखेर सामल
भोक बेच्नको लागि
निस्केको हुन्छ, कर्मसिंह
चोक, चौतारी र चौरस्ताहरुमा ।
धेरै अबेरसम्म
ननिख्रिन्जेल बटुवा बाटोहरुमा
निख्राएर आफ्नो ठेला
पसिनाको पाइ पाइ हिसाब राखेर
रमेको हुन्छ, कर्मसिंह
परिवारसित डेरामा ।

मेटाएर गईन

समीपमा आई मेरो, जिस्काएर गईन
माया दिन्छु भन्ने आशा, देखाएर गईन

आँशु मेरा झर्न दिइनन् उनी साथ हुँदा
आज एक्लै पारी मलाई, रुवाएर गईन

लाग्थ्यो प्रेम अदभुत छ, उनको अनि मेरो
अनायश दिलमा कतै, विझाएर गईन

राजीनामा जिन्दगीको गरिदिन खोज्दा
पीरतीको चीनो सारा मेटाएर गईन

शुभकामना

फलोस् फूलोस् तिम्रो जीवन मेरो छ यहि भावना
सुखी रहनु सधैं छ मेरो तिमीलाई शुभकामना

बिताएका पलहरु हामीले नसम्झनु प्रियसी तिमी कहिले
सपना ठान्नु आगमन मेरो बिन्ती आफ्नो नसोच्नु तिमीले

फलोस् फूलोस् तिम्रो जीवन मेरो छ यहि भावना
सुखी रहनु सधैं छ मेरो तिमीलाई शुभकामना

उदाश नबन्नु है तिमी आएछु भने म तिम्रो सम्झनामा
झस्केर नउठ्नु मीठो निद्रामा आएछु भने तिम्रो सपनामा

फलोस् फूलोस् तिम्रो जीवन मेरो छ यहि भावना
सुखी रहनु सधैं छ मेरो तिमीलाई शुभकामना

पौलस्त्य साहित्य समाजको अधिवेशन

बेनी, म्याग्दी
 म्याग्दी जिल्लामा करिब एक दशकदेखि क्रियाशिल रहेको पौलस्त्य साहित्य समाजले यहि वर्षको माघ महिनामा आफ्नो तेस्रो अधिवेशन गर्ने तयारी गरेको छ । समाजका अध्यक्ष भक्त कार्कीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । भक्त कार्कीको अध्यक्षतमा ११ सदस्यीय कार्यकारी समिति रहेको समाजको यहि माघ १६ गते बेनीबजारमा अधिवेशन हुने समाजका उपाध्यक्ष दिपक विर्खचीले    बताउनुभयो ।
 बिर्खचीका अनुसार कार्यक्रमको प्रमुख आतिथ्यताका लागि वरिष्ठ साहित्यकार सरु भक्त आउनु हुनेछ । कार्यक्रममा म्याग्देली तथा अन्य साहित्यकारहरूको व्यापक उपस्थितिका लागि आवश्यक चाँजोपाजो मिलाइएको समाजका एक क्रियाशिल सदस्य राजकुमार थापाले जानकारी दिनुभयो । समाजको अध्यक्ष पदका लागि दिपक बिर्खची सर्वसम्मतिले निर्वाचित हुने प्रबल सम्भावना रहेको श्रोतले बताएको छ ।

बितेका ती दिनहरु

बितेका ती दिनहरु मेरो सम्झनामा आई रहन्छन्
दिएर मीठा पीडा मलाई सधै झस्काइ रहन्छन्

हाँसेर त कहिलेकाही जिस्केका पलहरु
मौनतामा यदाकदा रिसाएका क्षणहरु
मेरा यी आँखामा सधैं नाचिरहन्छन्
दिएर मीठा पीडा मलाई सधै झस्काइ रहन्छन्

लिएर आँशु तिमीले रोएका ती क्षणहरु
छातिमा लुकाई तिमीलाई सँगै बसेका पलहरु
मेरा यी आँखामा सधैं नाचिरहन्छन्
दिएर मीठा पीडा मलाई सधै झस्काइ रहन्छन्

तिम्रो माया

तिम्रो माया धेरै भयो भुल्न खोज्दैछु
तिमी विना एक्लै बाँच्ने कोशिस गर्दैछु

रमाईला ती पलहरु बिर्सी जादैछु
तिमीसँग भेट नगर्ने अठोट गर्दैछु
आँशुहरु मेरै झरुन खुशी दिदैछु
तिम्रो माया धेरै भयो भुल्न खोज्दैछु

सपना ती मीठा हाम्रा छोडी जादैछु
माया सबै तिमीलाई दिई टाढा हुदैछु
दुःखहरु मलाई परुन सुख छाड्दैछु
तिमी विना एक्लै बाँच्ने कोशिस गर्दैछु

फिर्ता लेऊ

फिर्ता लेऊ प्रियसी अब आफ्ना सबै चिनोहरु
जलाईदेऊ मायालु अब मेरा प्रेमपत्रहरु

दिलाई देलान् याद तिम्लाई मेरा तस्बिरहरुले
जलाई देलान् मन तिम्रा मेरा प्रेमपत्रहरुले
त्यसैले जलाईदेऊ प्रियसी अब मेरा प्रेमपत्रहरु

साथ दिने आशा देखाई निराशा मात्रै दिलायौ
अमृत दिन्छु भनि मलाई विष मात्रै पिलायौ
त्यसैले जलाईदेऊ प्रियसी अब मेरा प्रेमपत्रहरु

नांगा हिमाल, जलबायु परिवर्तन र हाम्रो देश

[caption id="attachment_38" align="aligncenter" width="300" caption="केही बर्ष पहिले सम्म हिउले टम्मै ढाकिने गुर्जा हिमालको यही पौष पहिलो सातामा लिइएको तस्बिर । : फोटो : नीराजन "][/caption]

 विश्वभरी अहिले पृथ्वीको बढ्दो तापक्रम र यसले जलवायु परिवर्तनमा पार्न सक्ने असरका बारेमा चर्चा परिचर्चा चलिरहेकै सन्दर्भमा यो विषय पनि मेरो चासोको विषय बन्न पुग्यो । वैज्ञानिकहरूले निकट भविष्य मै (सम्भवतः सन् २०१२ भित्रैमा) हिमाली क्षेत्रमा रहेका ठुल्ठुला हिमतालहरू फुट्ने तथा हिमालमा रहेको हिउँ पग्लने दर अत्याधिक हुन गै समूद्री सतहबाट निकै होचा मानिने घना आवादीका क्षेत्रहरू माल्दिभ्स, न्यूयोर्क, सिड्नी र मुम्बई लगायतका विश्वप्रसिद्ध शहरहरूमा ठूलो क्षति पुग्न सक्ने पूर्वानुमानले यो एक दशक विश्व इतिहासमा कहिल्यै बिर्सन नसकिने प्रलयको दशक हुन सक्ने गम्भिर खतरा बढेर गएको छ ।
 यस अघि कहिल्यै लामखुट्टे नपाइने डोल्पामा लामो समयसम्म लामखुट्टे पाइन थाल्नु, जाडोको समयमा हिमाली भेगहरूमा पर्याप्त चिसोको महशुस नहुनु, शिशिर ऋतुमा हिमाली क्षेत्रमा हुने हिमपात कम हुनु, सगरमाथा…

पठाइदिनु

जन्माउन सक्ने सपुत कोख पठाईदिनु
माथि पुग्छौं मिलेर भन्ने सोच पठाईदिनु

सिंगार्नेछौं मेहनतले हाम्रो प्यारो देश यो
देश बन्न सघाउ पुग्ने जोश पठाईदिनु

देशलाई माया मारी कति डाँडा काटी गए
मेरो प्यारो नेपाल भन्ने ओठ पठाईदिनु

रोएन कि देश रुँदा कठोर हाम्रा मन
देश दुख्दा मलाई दुख्ने चोट पठाईदिनु

नांगा नाचहरू

डान्सबारमा
यौवनाहरूको नांगो तर
सुकोमल र पारदर्शी नृत्यप्रति
औला उठाउनेहरू हो
खबरदार ! बन्द गर –
ती बेफ्वाँकका आपत्तिहरू !
तिनले लुटेका छैनन्
गरिप जनताहरूलाई
तिनले लुछेका छैनन्
देशलाई !
त्यसैले,
खबरदार ! बन्द गर –
ती बेफ्वाँकका आपत्तिहरू !

बरू,
सक्छौ भने गर्न
सडक, सदन र सत्तामा
आफ्नो भद्दा अभिष्टहरूको
देखाईरहेछन् – जसले नांगा नाचहरू
सुस्वागतम् ! बुलन्द पार–
तीनका बिरूद्धमा आपत्तिहरू !
तिनले चुसेका छन्
गरिप जनताहरूलाई
तिनले लुटेका छन्
देशलाई !
त्यसैले,
सुस्वागतम् ! बुलन्द पार–
तीनका बिरूद्धमा आपत्तिहरू !

जय लोडशेडिङ !

"हत्तेरिका ! फेरी मर्‍यो यो टाउको लाउनी !" गृहलक्ष्मी राइसकुकरबाट चामलपानी प्रेसरकुकरमा खनाउदै भन्छिन । म सामाजिक बिषयको 'जलस्रोत' पाठको तयारी गर्दैछु। पाठमा टलक्क टल्किने अक्षरमा लेखिएको छ – जलस्रोतमा विश्वमा नम्बर दुई धनी देश, त्रियाशी हजार मेगावाट बिद्युत उत्पादनको अनुमानित गणितिय आकडा ! गृहलक्ष्मी मलाई आवाज दिन्छिन –'के नचाहिने धन्दा हो त्यहा ? आउनुस यो प्रेसरबाट चामलपानी राइसमा खन्याउनुस्, लाइन आयो !''ल आज चै भात छिट्टै पाक्ने भयो' मनमनै बिचार गर्दै म गृहलक्ष्मीको आदेश स्विकार्छु 'धत फेरी चट भयो' सबै चामलपानी राइसमा खन्याउन नपाउदै बिजुली कट ! भएन फसाद ! दुर्लभ ग्यासको खर्च ! मैले अरु सोच्न नपाउदै बिजुलिको पुनरागमन हुन्छ। गृहलक्ष्मी थन्थन गर्दै भात बसाल्न पुग्छिन। आज चै बिद्यालय टाईममा पुगिने भयो मैले हर्शित भावमा अभिब्येक्त गर्छु उनी खिसी गर्दै ओठ लेप्राउछिन – अहिले बिचैमा कट होला अनी !' पाँच सात मिनटसम्म पनि बिजुली कट नभएपछी म खुशी मुद्रामा भन्छु – डार्लिङ तिमी आफ्नो काम गर म मेरो तयारी तिर लागे। पाठमा नेपालको जलस्रोतको व्याख्या पद्ढ…

तरपनि जाति

काँडा हुन्छ गुलाफमा तरपनि जाति
फूल्छ प्रीत करकापमा तरपनि जाति

शुरु नभै सिद्धिएकी हाम्रा कुराकानी
लुक्छ प्रीत तापमा तर पनि जाति

रित्तिएकी सम्झना तिम्रा छातिभरीका
दुख्छ प्रीत नापमा तरपनि जाति

कहाँ छुटे हातहरु थाहै नभएर
सुक्छ प्रीत रापमा तरपनि जाति

अचेल मलाई

अचेल मलाई अन्धकार रात मीठो लाग्छ
मन बिझाउने तीता तीता बात मीठो लाग्छ

दुख्न पनि छाड्यो मन व्यथा बढ्न थालेपछि
हर गोधूली साँझहरुमा मात मीठो लाग्छ

धोखा खाँदै धड्केका हर धड्कनहरुलाई
हरेक पटक मायालुको लात मीठो लाग्छ

नराखेर आशा जो धाउछन् प्रेम मन्दिरमा
पिरतीको प्रसाद हो उही घात मीठो लाग्छ