हामी भिखारी

हामी सबै भिखारी
निरीह र विपन्न,
आस्थाका भिखारी
दयाका भिखारी
र, परिवर्तनका भिखारी

कृत्रिम आस्था घोकेर
सिद्धान्त रटेर
र, पिछलग्गु भएर
व्यवहार शुन्यः बनेका हामी
भिखारी आस्थाका ।

पिछडिएका अनि हुर्मत नभएका
चेतनाशून्यः
आत्मस्वाभिमान गुमाएका
दया नपाई नबाँच्ने
ओत नभइ बढ्न नसक्ने हामी
भिखारी दयाका ।

मुठ्ठी नकस्ने
संघर्ष वा आन्दोलन नहाँक्ने
नबुझ्ने, नसुन्ने अनि बोध नगर्ने
आशामा बाँच्ने तर केही नगर्ने
सधैं पछि, अन्तिम र ओरालो झरेका हामी
भिखारी परिवर्तनका ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)