खोला झै मान्छे

किनारामा बाँच्दै आइरहेको
एक मान्छे,
खोलाको अनियमित रफ्तारमा
जिन्दगी छाम्दै भन्छ –
छि ः यो जिन्दगी
कहिले उर्लन्छ खोला झैं
र, त सधैं पल्टिन्छ–
बगरको ढुंगा भै ।

हिजै त हो,
यहाँ माछाहरु भेटिन्थे
लेकबाट झर्दै, मुढा पल्टिन्थे
पानीका सतत् वेग देखिन्थे
त्यसैले, माछा टिप्ने मान्छेहरु
मुढा बटुल्ने मान्छेहरु
र, वेगसित अतालिने मान्छेहरु थिए –

खै, अचेल ?
ती सबै कहाँ हराए !

त्यस्तै पाउँछ ऊ
आफूलाई हिजाँल
न कोही, न केही
वर्षातमा उर्लेको खहरे
र, हिउँदको त्यसैको वेग झैं ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)