Skip to main content

गिरिजाप्रसाद, पुत्ला र महाप्रस्थान

मलाई बच्चाहुँदैदेखि हाम्रा थुप्रै नेपाली संस्कृतीहरू भिन्न र अचम्मलाग्दो लाग्दै आएका छन् । जस्तो कि हाम्रो कामभन्दा कुरा बेशी गर्न रुचाउने स्वभाव, दुईजना व्यक्ति जुटेर तेस्रो व्यक्तिको सकारात्मक भन्दा धेरै नकारात्मक टिकाटिप्पणीमा देखाइने अभिरुची, अरुको प्रगतिको आहरिश गर्ने प्रवृती अनि मरेर गएपछि मात्र हरेक व्यक्तिको व्यक्तित्वको उच्च कदर गर्ने हामी नेपालीहरूको स्वभाव । मलाई लाग्छ, संसारको अर्को कुनै भुगोल र गोलार्द्धमा नपाईने यी स्वभावहरू हामी नेपालीहरुका मौलिक पहिचान हुन् । र, यी कालान्तरसम्म यसरी नै पूर्ववत ः आफ्नो गतिमा चलिनै रहनेछन ।

०४६ अगाडि स्वर्गीय गिरीजाप्रसाद कोइरालालाई उनको नेतृत्वदायी भूमिका र जस्तो खाले चूनौतीका समयमा पनि आफ्नो विचारमा अटेस्मटेस् नभै अडिग रहने लोकप्रिय स्वभावका लागि जति सम्मान गरिन्थ्यो, बहुदल पश्चात ः आफू शक्तिमा पुग्नका लागि कुनै कसर बाँकी नराख्ने उनको स्वभाव, पार्टी तथा राज्यका श्रोतहरुको पहुँचमा परिवारबाद हावी गराईराख्ने उनको निकृष्ट अभिरुची साथै सत्ता र शक्तिको दुरुपयोग गरेका थुप्रै आरोपहरु उनलाई लगाउन थालियो । हुन पनि कुनै पनि व्यक्ति ५\५ पटक सम्म प्रधानमन्त्री बन्नुका पछाडि उसका थुप्रै व्यक्तिगत स्वार्थगत स्वभावको झल्को हामी पाउन सक्छौं । आफ्नै पार्टीका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईलाई एकल बहुमतको सरकारको प्रधानमन्त्रीबाट राजिनामा दिन बाध्य पारी आफू उक्त पदमा पुग्न कुनै कसर बाँकी नराख्ने गिरीजाप्रसादको त्यो कदमलाई अहिले हामी कस्तो राजनीतिक इमान्दारीताका बारेमा व्याख्या गर्न सकौंला र ? पछिल्लो समयमा, पार्टीभित्र पनि आफ्नो पहुँच बिस्तारै कमजोर महशुस गर्दै आएका कोइरालाले आफ्नो समग्र राजनीतिक प्रतिष्ठालाई दाउमा राखी छोरी सुजतालाई जुन रुपमा नेपाली राजनीतिमा ल्याउन खोजे त्यसले उनभित्र रहेको परिवारवादलाई स्पष्ट पार्ने काम गरेकै हो । तथापि आफ्नो अवसानको उत्तराद्र्धमा सरकार भित्र वा बाहिर रहेका मुख्य दलका शिर्षस्थ नेताहरूलाई जारी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नयाँ संविधान समयसीमाभित्रै जारी राख्न उच्च योगदान पु¥याउनलाई उनले गरेको आग्रहले उनीप्रति राष्ट्रप्रेम भन्दा परिवारबाद हावी छ भन्नेहरुलाई नतमस्तक बनाइ छाड्यो ।

सत्तामा एकपटक पुग्दा एउटा राजनेताले थुप्रै पटक राष्ट्रघाति चालबाजीमा प्रत्यक्ष वा परोक्ष रुपमा आफूलाई संलग्न गरेको हुन्छ वा कतिपय पटक ऊ त्यसो गर्न विवश या लाचार पनि हुनसक्छ । उनी त १ पटक होईन् २ पटक होईन् पूरापुर ५ पटकसम्म सरकारप्रमुख बन्न सफल भए, त्यतिमात्र होइन् बहुदलीय व्यवस्थाको आगमनसँगै मृत्युपर्यन्त हरेक हिसाबले नेपाली राजनीति र शक्तिको केन्द्रबिन्दुमा रहिराखे, अब त्यतिधेरै समयसम्म शक्तिको केन्द्रबिन्दुमा रहेको व्यक्तिका तर्फबाट छुटफुट हुने गल्तीलाई स्वभावत ः आममाफि हुन्छ भन्ने कुरो उनको शबयात्रामा सामेल हजारौं जनसाधारणको उपस्थितीले प्रष्ट्याएकै हो । अझ मलाई गिरीजाप्रसाद यो देश, जनता र हरेक राजनैतिक दलका नेताहरुका लागि निर्विकल्प अभिभावक थिए भन्ने कुरो त्यतिखेर महशुस भयो, जतिखेर थुप्रै पटक हिजो सडकमा उनको पुत्ला दहनका लागि लामबद्ध भएकाहरुले आफ्नो मनको बह पत्रिकामा पोखे, दुःखी भए र भन्न छुटाएनन् –“अश्रुग्याँस, कटबाँस र फोहोर पानीको प्रहारको पर्वाह नगरी गिरिजाबाबु जब सडकमा आउँथे, हामीलाई साहस र ढाडस सञ्चार गर्ने देवदूत आएझै लाग्थ्यो ।” हिजो थुप्रै पटक उनका गलत कदमका बारेमा बढी र जनतावादी छलाङ्मा कम बोल्ने, लेख्ने र सुनाउनेहरुले उनको महाप्रस्थानसँगै मुक्तकण्ठले प्रशंसा गर्नुलाई मैले स्वभाविक नेपाली विशेषता मात्र ठानेको छैन्, यसलाई मैले गिरिजाप्रसादको सर्वोत्कृष्ट राजनैतिक विजयका रुपमा लिएको छु ।

हुँदा हुँदा, हिजो आफ्ना जनवादी कार्यकलापका विरुद्ध “किलो शेरा टु” अप्रेशन थालेर गिरिजाप्रसादले सबभन्दा ठूलो जनविरोधी कदम चालेको ठान्ने माओवादीका शिर्षस्थ नेताहरुले समेत अब गिरिजाप्रसादको अवसानसँगै शान्तिप्रक्रियाले लिने दिशा र नयाँ संविधान जारी हुने कुरामा प्रशस्त शंका रहेको बताउनुले साँच्चिकै गिरिजाप्रसाद एकमात्र सफल राजनेता हुन् भन्ने कुरामा कुनै पनि द्धिविधा रहदैन् ।हिजो शान्तिप्रक्रियालाई शुरुवात गर्ने काममा उनले खेलेको महत्वपूर्ण भूमिकालाई आज सम्पूर्ण नेपाली जनताहरु र राजनेताहरुले हृदयङ्गम गरी उनले देखेको शान्त, समृद्ध र सफल नेपालको सपनालाई पूरा गर्ने दिशातर्फ उन्मुख हुन सक्यौ भने मात्रै उनीप्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…