राजा आऊ देश बचाऊ !

संविधान घोषणाका दिनहरू नजिकिदै गर्दा मलाई थुप्रै कुराहरुले पिरोल्न थालेका छन् । मुख्य भनौंदा दलहरूले एक अर्काको विचार र मान्यतालाई सम्मान गर्न नजान्दा देशमा ठूलै दुर्घटना होला कि भन्ने पिरलो नपरेको पनि होइन् तर मनको कुनै कुनामा देशमा अब राम्रो हुन्छ कि भन्ने झिनो आशा कायमै छ, जसले मजस्तै थुप्रै नेपालीहरुलाई निराश हुनबाट बचाउँदै आएको छ । आज मलाई लागेको छ, साँच्चिकै जेठ १४ गते यो देशमा कस्तो परिस्थीति निर्माण हुन्छ होला ? संविधान सभाको महत्व बिर्सिएका नेताहरुले आफ्नो सम्पूर्ण ध्यान सत्ता र सरकारमा मात्र केन्द्रित गर्न थालेको यो घडिमा आपराधीक समूहहरुलाई जे पनि गर्न सकिन्छ भन्ने परेको हामी सजिलै अड्कल काट्न सक्छौं । प्रत्येक दिन कहिं न कहिं गोली नचलेको, चन्दा र अपहरणको आतंक नभएको रेकर्ड नै छैन् । देशको सबभन्दा सुरक्षित ठानिने राजधानी अझ त्यसको पनि झन सुरक्षित मानिने राष्ट्रपति निवास सहित विभिन्न देशका राजदुतावास रहेको क्षेत्र (लाजिम्पाट) मा दिनदहाडै गोली चल्छ, प्रहरीकै आँखा अगाडिबाट अपराधी भाग्छ अनि गृहमन्त्री भिम रावल कुनै सार्वजनिक समारोहमा जनताहरुलाई अनुभूत गराउन खोज्दै बोल्नुहुन्छ – सरकारको विशेष सुरक्षा योजनाका कारण एक दुई फाट्टफुट्ट घटना बाहेक शान्ति सुरक्षाको स्थिती राम्रो भएको छ । यो कस्तो व्यङ्गय हो ? गाईजात्राको समय त होइन यो ? म तिन छक्क परेको छु !नागरिकको व्यक्तिगत तथा राष्ट्रिय सूचनाको गोप्यता भंग हुन सक्ने सम्भावनालाई टढ्कारो रहेको परिस्थितीमा सबै पक्षबाट एमआरपी (मिसिन रिडेबल पासपोर्ट) भारतमा छाप्न दिनुहुदैंन भनेर सर्वत्र बिरोध चलिरहेका बेला, परराष्ट्रमन्त्री सुजता जोष्ट भन्नुहुन्छ – सरकार स्तरमा कुरा चलिसकेकाले एमआरपी भारत मै छाप्नु पर्छ ? यो उहाँको भारतप्रतिको कस्तो बफादार !के कुरा गर्नु ? के कुरा नगर्नु ? रनभुल्ल छन् जनताहरु ? अब त मलाई लाग्न थालेको छ, जेठ १४ लाई हटाईदिनु पर्छ अब आउने नववर्षको पात्रोबाट ! अनि फेरि सडकमा आउनु पर्छ कि भन्नलाई – ए राजा ! आऊ देश बचाऊ ! किनकी मैले यो देशमा ६०१ राजा फाप्ने छाँट देखेको छैन ! तपाइँले नि ?

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)