Skip to main content

यी दिशाहिन माउबादीहरू

करिब ८ महिनापहिले भदौंको दोश्रो हप्तादेखि “नागरिक सर्बोच्चता” को बहाली गर्ने एकमात्र आफ्नो उद्देश्य किटेर सडक र सदन आन्दोलन तताउन शुरु गरेको माओवादीको आन्दोलनले आजको मितिसम्म न त उसले दावी गरेको “नागरिक सर्बोच्चता” नै कायम गर्न सक्यो न त आन्दोलनले निर्णायक समाप्ती नै प्राप्त गर्‍यो । बरू हाँसो उठ्दो कुरो त उसको आन्दोलनले आजका दिन सम्म पाँचौ चरण पार गरिसक्दा उसले उद्देश्य किटेको “नागरिक सर्बोच्चता” को मु्द्दा समेत अहिले ओझेलमा पर्न गएको छ । अनि उसको नयाँ माग छ, स्वाधिनता !
हुन त “नागरिक सर्बोच्चता” भनेको के हो ? र, यसको कुन कुन क्षेत्रको व्याख्या गर्दछ ? भन्ने कुरा आम जनताले थाहा नपाउँदै उनीहरुले शुरु गरेको “स्वाधिनता” अर्थ र यसले समेट्ने क्षेत्रहरुको बारेमा जानकारी हासिल गर्न नपाउँदै फेरि कुन नयाँ शब्दको उदय हुने हो त्यो त आउने समयले नै बताउँला । राजनीतिक विश्लेषकहरुले माओवादी अब विस्तारै दिशाहिन हुन थालेको र ऊ आफ्नो अबको कार्यनीति जनसत्ता, जनविद्रोह वा संविधान निर्माण के रहने हो भन्ने कुरामा अलमलमा परिरहेको बताउँदै आएको बखतमा झण्डै २४ घण्टाको म्याद नगुज्रिदै बसेको स्थायी समितिको पछिल्ला निर्णयहरुले विश्लेषकहरुको विश्लेषण गलत नभएको पुष्टि गरेको छ । चैत्र १६ गते साँझ संविधान निर्माण आफ्नो पहिलो प्राथमिकता रहेको र सोही अनुरुप कार्यसम्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको निर्णय गरेको स्थायी समिति बैठकले भोलीपल्ट भने आफ्नो पार्टीको नेतृत्वको राष्ट्रिय सरकार पहिलो प्राथमिकता रहेको र सोही अनुरुप कार्यसम्पादन गर्नुपर्ने महत्वपूर्ण रहेको निर्णय गरेको छ । यो आफूलाई सबभन्दा बढी क्रान्तिकारी र जनपक्षीय पार्टीका नेता ठान्ने माओवादी नेताहरुको के चाला हो ? आम सर्वसाधारणमा अन्यौलता बढ्दै गएको छ ।
जेहोश, सरकारमा रहेर सबभन्दा बढी शान्ति अमनचयन कायम गरेको भ्रममा रहेका कांग्रेस र एमाले लगायतका दलहरु मात्र यो समय दिग्भ्रमित रहेनन् माओवादीहरुले समेत आफूले अप्नाउनु पर्ने उचीत मार्गको पहिचान गर्न नसक्दा नेपाली जनताहरुले अति व्यग्रताका साथ प्रतिक्षा गरेको गणतान्त्रिक नेपालको जनपक्षिय संविधान घोषणा हुने कुरामा समेत प्रशस्त शंका गर्ने ठाउँ रहेको छ ।
2 comments

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…