Skip to main content

Posts

Showing posts from May, 2010

साइकल माथि चढेर, सपना चुम्ने मेरो साथी

जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको प्रभावलाई केहि हदसम्म भए पनि न्यूनिकरण गर्नु र परिवर्तित जलवायुमा अनुकुलन हुनु आजको विश्वका लागि यी सबभन्दा महत्वपूर्ण पहिलो दुई विकल्प हुन् । जलवायु परिवर्तनको मुद्दाले अहिले विश्वका सबै गरिव तथा धनी, विकसित तथा अविकसित सबै देशहरूलाई एउटै मञ्चमा उभ्याईदिएको छ । र, विश्वका प्रत्येक राष्ट्रहरूले प्रत्येक मञ्चमा यिनै दुई विकल्पका बारेमा भरपुर छलफल चलाउने र यीनको सफल कार्यान्वयनका लागि अति नै महत्व दिदैँ आएका छन् । तथापि, समस्या भने ज्यूँका त्युँ नै छ । जलवायु परिवर्तनका कारण उत्पन्न दुष्परिणामहरूबाट सबभन्दा बढी जोखिममा पर्ने मुलुकहरुको अग्रपंक्तिमा रहेको हाम्रो देशमा जलवायु परिवर्तनका प्रभावका कारण उत्पन्न हुने जोखिमलाई न्युनिकरण गर्ने आवश्यक श्रोत र साधनको टड्कारो खाँचो अवश्य नै छ । तथापि, यो समस्यालाई समस्याका रुपमा मात्र नहेरी समाधानका आवश्यक उपायहरूको अधिकतम खोजी गर्नु पर्ने हाम्रो दायित्व पनि हो । र, परिवर्तित जलवायुका क्षेत्रमा युवाहरूको भूमिका त झन उदाहरणीय हुनु आवश्यक नै हुने भो’ । यस्तै भूमिकालाई आत्मसाथ गरेका एक युवासँग मेरो मित्रता ह…

कल्पनाभन्दा केहि पर ः बेनीदेखि सोर्मार्कासम्म

चार पाच घण्टाको आराम पछाडि हन्सले हामीलाई हाम्रो गन्तव्य स्थल सोर्मार्कामा जाने समय भएको बताए । मनमा अनेकन जिज्ञासाहरू उठिरहेका थिए । एक प्रकारको कौतुहुलता मनमा जागिरहेको थियो । हवाई यात्राको सम्पूर्ण थकान ओश्लोका सडकमा हिडिरहँदा त्यहाँ भएको हिउँको दृश्यले सम्पूर्ण रुपमा नामेट भएको अनुभूति भैरहेको थियो । तथापि बादलले टम्म ढाकिएको आकाशबाट सूर्यको छिद्र ताप मात्र हामीसम्म आइपुगेको थियो । हामीलाई एकदम समयभित्र बस टर्मिनलसम्म पुग्नु आवश्यक थियो । तर हिउँले चम्किरहेका ओश्लोका सडक, पुल, भवन, उद्योग, स्टेडियम, मार्केट स्क्वायर अनि वनलाई पृष्ठभूमिमा राखेर तस्विर खिच्ने अवसरलाई मैले हतास मुडमा गुमाउन चाहिन । मेरो अनुरोध पछि हन्स र प्रजुहरु पनि तस्विर लिन राजी भए । त्यो जेब्रा क्रसिङ्ग थियो र म जेब्रा कसिङ्ग पार गर्नै लाग्दा एउटा कार आएको देखिएपछि टक्क रोकिए । कार आफ्नो गतिमा आइरहेको थियो । तर अचम्म कार रोकेर, चालकले पहिला मलाई बाटो पार गर्न इशारा दिए । म छक्क परेँ त्यहाँको सडक अनुशासन देखेर । हाम्रोमा सवारी हाक्नेहरू सडकका सर्वेसर्वा मानिन्छन् । मानौं सडक खाली नहुन्ज्याल वा ढुक्कसँग सडक पार गर…

यस्ता छन् आन्दोलनका सहभागीहरू

माओवादीहरुको आमहडतालको पहिलो दिन बैशाख १९ गते बेनीको र्‍यालीमा सहभागी यी व्यक्तिलाई देखेपछि मलाई लाग्यो – के साँच्चिकै यो आन्दोलन “के कस्का लागि” र “किन” भन्ने बुझेर आएका होलान् यिनी ?
बिचरा आफ्नै अन्यौल भविष्यका सम्बन्धमा बेखबर यिनीजस्तै युवाहरू कति भ्रामक छन् – आन्दोलनमा ? अब घरमै गएर आन्दोलनमा जानु पर्छ भन्ने ह्विप जारी भएपछि यिनीहरूको के लागोस् ?

मेरो आशिर्वाद छ, नेताहरूलाई

बेनीमा आयोजित प्रदर्शन
जागिर त गर्नैपर्‍यो ः प्रहरी टोलीआखिर माओवादीहरुको अनिश्चितकालिन आमहड्ताल शुरु भएरै छाड्यो । छिटफुट हिंसात्मक घटनाबाहेक आन्दोलन शान्तिपूर्ण नै रहेको छ । तर यसपालीको उनीहरुको आन्दोलन भने केही खुकुलो रहेको अनुभूति भएको छ । पानी ट्याङ्कर, एम्बुलेन्स, पर्यटक बोक्ने गाडीहरु चल्न दिने बताइएको छ । तेस्रो जनआन्दोलन भनेर नाम दिइएको यस आन्दोलनमा  गाउँ गाउँबाट मानिसहरु काठमाडौं झिकाइएको छ । आन्दोलन जतिसुकै शान्तिपूर्ण भनिएता पनि आन्दोलनमा सहभागी केही प्रदर्शनकारीहरुले सडकमा वितण्डा मच्चाउनकै लागि आएको झैं व्यवहार गरिएका घटनाहरु पनि सार्वजनिक भएका छन् । आम हडतालकै कारण अधिकांश स्थानमा कक्षा १२ को अन्तिम परिक्षा समेत स्थगन गरिएका छन् । नेपालमा यसरी हडताल, बन्द र आन्दोलनका कारण नागरिकको शिक्षा प्राप्त गर्ने हक, स्वास्थ्यको हक र विना रोकटोक शान्तिपूर्ण ढंगले एक ठाउँबाट अर्को ठाउँमा पुग्न पाउने जस्ता मौलिक हकहरु समय समयमा बन्धक बनाइएका छन् । जुन माओवादीहरुको यो आन्दोलनबाट समेत अछुतो रहन सकेको छैन् ।
अझ सबभन्दा महत्वपूर्ण विषय त आन्दोलन कहिलेसम्म लम्बिने हो भन्ने कु…