Skip to main content

माधवको राजीनामाले दिन सकोस् राष्ट्रलाई उचीत निकास

अन्तत : प्रधानमन्त्रीको कुर्सीमा बसेको लगभग १३ महिना पुग्नै आँटेपछि नेपाली राजनीतिमा सर्बाधिक विवादास्पद प्रधानमन्त्रीका रुपमा चित्रित २२ दलीय संयन्त्रका साझा उम्मेदवार बनि प्रधानमन्त्रि बन्न सफल माधवकुमार नेपालले आज राजीनामा दिएका छन् । २२ दलीय संयन्त्रमा गठित आफ्नो नेतृत्वको सरकारलाई टिकाइराख्न माधवकुमार नेपालले जीवनमा सर्वाधिक तनावका दिनहरूका रूपमा बिताए भन्नेमा सहजै अडकल काट्न सक्तछौं । विभिन्न मितिमा गरी बितेका १३ महिनामा उनले मन्त्रिपरिषदलाई ८ पटकसम्म बिस्तार गरी ४३ सदस्यीय बनाएका थिए । हालसम्मकै दोश्रो ठूलो आफ्नो नेतृत्वको सरकारलाई टिकाइराख्न उनले विभिन्न कसरतहरू गरिराख्न विवश बने । प्रत्येक बिहान भारतीय राजदुत राकेश सुदलाई भेट दिनु र भेट्नु, तथा गठबन्धनमा रहेका हरेक नाम मात्रका दलहरूको संयुक्त बैठक डाकिराख्नु र छलफल गर्नु तथा गराउनु उनका नियमित कामका रूपमा देखिए । संविधानसभाको निर्वाचनमा दुई फरक जिल्लाका दुई फरक निर्वाचन क्षेत्रहरूबाट निर्वाचन लडेपनि चुनाव हारेका उनी सम्भवत निर्वाचन हारेपनि प्रधानमन्त्री बन्न पाउने विश्वकै अहिलेसम्मका एक मात्र र सायद अन्तिम व्यक्ति हुन सफल भए । सरकार टिकाउनकै लागि प्रमुख जिल्ला अधिकारीलाई हातपात गर्ने राज्यमन्त्री करिमाबेगमलाई कारबाही गर्न नसक्नु र परराष्ट्रमन्त्री सुजता कोइरालाको भारतीय प्रभावमा आउने वक्तव्यबाजीलाई नियन्त्रण गर्न नसक्नु उनको सबभन्दा ठूला लाचारीका नमुनाहरू बन्न गए । अरू त अरू आफ्नै पार्टीका तर्फबाट प्रतिनिधित्व गरी मन्त्री बनाइएकी रक्षामन्त्री विद्या भण्डारीले आफैलाई ठाडो चूनौती दिदाँ समेत उनी निरीह पूर्वक हेर्न विवश रहे । “आकाशवाणीका भरमा चल्ने” “कठपूतली” “हरूवा” “विषवृक्ष” जस्ता विभिन्न उपनामहरू दिएर प्रतिपक्षले खिल्ली उडाइएका उनी आफ्नै प्रहरी सहकर्मीहरूबाट बलात्कृत महिला प्रहरी सुन्तली धामीलाई न्याय दिन समेत चुके । उनकै नेतृत्वको सरकार हुँदा राजधानीका व्यस्त र अति सुरक्षित स्थानहरूमा समेत गोली चल्न थाले । दिउँसै मान्छे मारिए । “शान्ति र संविधान” भन्ने नारालाई भर्‍याङ बनाएर प्रधानमन्त्रीको पदमा चढेका उनले उक्त पदबाट ओर्लदा त्यसको गुञ्जायस समेत देशवासीलाई दिन त सकेनन् तर राजीनाम दिदाँदिदै उनले चाहेको असहयोग र निषेधको राजनीतिको अन्त्य हुँदै अब बन्ने सम्भावित सहमतिको राष्ट्रिय सरकारले देशलाई अनिर्णयको बन्दीबाट मुक्त पार्न तथा शान्ति र संविधानको ग्यारेन्टि दिन सकेमा मात्र उनको राजीनामले सार्थकता पाउने छ ।
Post a Comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।
उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोड…