Skip to main content

Posts

Showing posts from July, 2010

एक विवश नागरिक र उसको दैनिकी

आज मैले बढो दुःखको साथ यहाँहरूले जानकारी पाइसकेको कुरोलाई मेरो आफ्नो बुझाइका आधारमा केहि लेख्ने कोशिस गरेको छु । शुरूमा त मलाई हाम्रो देशको यो फोहोरी राजनीतिका विषयमा टिकाटिप्पणी गर्न के आवश्यक छ र भन्ने महशुस भयो । तर एक सचेत नेपाली नागरिक भएको महशुस भएपछि मैले आफूलाई रोक्न सकिन र मेरा औलाहरू कि–बोर्डमा एकतमास नाच्न शुरू गरे । यतिखेर रात्रीको नौ बजेर २५ मिनेट गैसकेको छ । भोली बिहान सबेरै उठेर बिहानी कक्षाका लागि कलेज जाने श्रीमतीको कामलाई सम्हाल्नु र छोरीलाई हेर्नु मेरो नियमित जिम्मेवारी नै हो । अहिले ढिला गरेर सुते भने भोली उठीसक्दा मेरो निद्रा पुग्ने छैन र मलाई आफ्नो कार्यसम्पादनमा निकै नै अप्ठ्यारो हुनेछ भन्ने थाहा हुँदाहुँदै पनि मैले आफ्नो भावनालाई यहाँ रोक्न सकिरहेको छैन् ।  शुरु कहाँबाट गरूँ ? जब लेख्नका लागि एउटै विषयका थुप्रै उपविषयहरू प्राप्त हुन्छन् अनि म जस्ता भर्खर लेख्न थालेका मान्छेहरूलाई विषयप्रवेश सबभन्दा ठूलो चूनौती बनिदिदों रहेछ । मलाई यसबखत झल्झल्ती याद आइरहेको छ त्यो बखत जतिखेर निरंकुश भनिएको राजतन्त्रको समाप्तीका लागि छाति खुल्ला राखेर म सडकमा चिच्याईरहेको थियो …

पाइला – पाइलामा समस्या

पहाडी क्षेत्रका अझ त्यो पनि कच्ची बाटोमा यात्रा गर्दाका अनुभव प्रत्येक पल्ट ती यादगार क्षणहरू बन्न पुग्दछन् । कतिपय अवस्थामा ती ज्यानै जानसक्ने जोखिमयुक्त पनि हुन सक्दछन् भने कहिलेकाही ती यात्रुहरूका लागि रमाईलो र फ्रेश बन्ने अबसरका रूपमा पनि प्रयोग गर्न सकिने स्तरका हुन्छन् । तस्बिरमा देखिएको दृश्य चाहिँ केहि हप्ता अगाडि म ताकम क्षेत्रमा फिल्ड गएर बेनी फर्कदा हो । दरबाङ सबेरै सबभन्दा शुरूको क्युमा रहेको यो बसमा म ५ दिन पछाडी मेरी प्रिय सानुको हातबाट बनेको खाना खान लालयित भएर अति उत्साहित भएर चढेको थिएँ । जति जति यो दरबाङबाट टाढिदै थियो उति उति म मेरी सानु र प्यारी छोरी एन्जिलसँगको भेटलाई नजिकाउँदै थिएँ । तर दुर्भाग्य यो गाडी कम्तिमा डेढ घण्टासम्म डम्मरा (बेनी मंगलाघाटदेखि पैदल २० मिनेटको बाटो) मा आएर फसिरह्यो । म चढेको गाडिको ड्राइभर आफू नै उक्त सवारीको धनी भएको नाताले पनि हुनुपर्छ अति नै सम्बेदनशिल भएर त्यहाँबाट बाहिर निकाल्दै थियो । तर ऊ सफल हुन सकिरहेको थिएन । म लगायत बसमा सवार प्रायः यात्रुहरूले उसलाई विभिन्न संज्ञा दिन थालिसकेका थियौं । छेराउटे, कायर, डरछेरुवा, मख्खीचुस आदि इत्…

कल्पनाभन्दा केहि पर : बेनीदेखि सोर्मार्कासम्म

विभिन्न बस स्टपहरूमा निर्धारित समयमा रोकेर, यात्रुहरू झराल्दै र उकाल्दै हामी सवार बस सोर्मार्काको बस स्ट्याण्डमा आएर रोकियो । क्याथ्रिन, एलि, हन्स, प्रजु र म क्रमशै ः बसबाट ओर्लियौं । हन्सले हामीलाई कार्यक्रम स्थलमा लगे । साँझको करिब सात बजेको समयमा हामी तालिम स्थलमा पुग्यौं । केन्याका लागि युवा स्वयंसेवक रहिसकेकी रेग्नल्ड स्टाधिम र कार्यक्रम संयोजक लट्टा क्याटबग म्याडसेनले हामीलाई न्यानो स्वागत गरे । र, काउण्टरमा रहेकी एक अधवैशेंले हामीलाई आ–आफ्ना कोठाहरूको कि–कार्ड दिइन्, तत्पश्चातः हामी केहिबेर आरामका लागि आफ्नो कोठातिर लाग्यौं । एक थान टिभि र आरामदायी दुईवटा विस्तराको साथमा रहेको एक थान दराज भएको एट्याच बाथरुम सहितको कोठाभित्र पस्दा बित्तिकै मन पुलकित भएर आयो । अहा ! म त्यो क्षणको बयान यहाँ शब्दमा कसरी गर्न सकुँ ? त्यो भब्य कोठाबाट फुसफुस परिरहेको हिउँलाई झ्यालबाहिरको होचा रुखहरुको सानो वनमा मैले अविछिन्न हेरिरहेँ ! प्रणयदिवसको त्यो दिन मैले मेरी धर्मपत्नीलाई एकतमास सम्झिराखेँ । अझ साँच्चिकै भन्नुपर्दा त्यो फुस्फुसाईरहेको हिउँले मलाई मेरी धर्मपत्नीको याद दिलायो । कल्पनामा मैले मे…