गान्धीको त्यो अर्धकदको मुर्ति र हाम्रा नेताहरु

नर्बेको यो सानो तर भव्य उत्तरी शहरको आधुनिक विश्वबिधालयमा गान्धीको मूर्ति अडिग देखे पछि मलाई, मूर्तिलाई अंगालेर फोटो खिच्न मन लाग्यो र खिचाएँ पनि । म सानैदेखि महात्मा गान्धीको देशभक्ति र शान्तिप्रतिको निष्ठालाई हरतरहले पछ्याउने प्रयासमा छु । हुन त उनी मेरो देशसँग सम्बन्धित नेता होइन् । तर उनीप्रति म यति धेरै कृतज्ञ किन छु ? जबकी हाल विद्यमान नेपालका नेता भनौंदाहरुको रगत चुस्न लालयित छु, म । सायद यिनी यो भौतिक संसारमा नभएकाले पनि हुनसक्ला । जेहोस्, म उनको सच्चा अनुयायी बन्ने प्रयत्नमा छु ।
ट्रोम्सो विश्वविद्यालयको पिस स्टडिजको भवन अगाडि रहेको उनको अर्धकदको मूर्ति देखेपछि मलाई लाग्यो, सधैं देशद्रोह, भष्ट्रचार, सत्तालोलुप र हिंसाप्रिय मेरा देशका नेताहरुको पनि के कुनै दिन यसरी नै ब्रहमाण्डको कुनै छेऊमा मूर्ति ठडिएला ? ई ः किन सधै राजनीतिलाई दुरुपयोग गर्न मात्रै लालयित हुन खोज्छन् ? यी किन राजनीतिको सदुपयोगिताले देशले विकाशमा द्रुत गति लिन्छ भन्ने तथ्यलाई हृदयंगम गर्न चाहँदैनन् ? यिनले किन राजनीतिलाई जनताको सेवा हो भनेर बुझेका छैनन् । किन राजनीतिलाई पेशाको रुपमा हेर्छन र फाइदा लुट्न खोज्छन् ? मेरा मनमा यस्ता थुपै्र अनुत्तरित प्रश्नहरु छन् ।
“हामीले महान जनआन्दोलनको आँधिबेहरी निकाल्यौं र राजालाई राजदरबारबाट फ्याक्यौं अनि देशलाई गणतान्त्रिक बनायौं ।” सार्बजनिक भाषणहरुमा यी र यस्तै थुप्रै लाईनहरु फर्रर बोलिदिन्छन्, हाम्रा तथाकथित नेतागणहरु । अनि तालि कमाउँछन् । दुई चार घण्टा पछि यो पनि बिर्सिन्छन् अनि फेरि सामेल हुन्छन् – महाराजा बन्ने तछाडमछाडमा ।
आफूलाई यिनीहरु भगवान ठान्छन् तर यी कुकुरसँग पनि तुलना गर्न नमिल्ने अनौठा जन्तुहरु हुन । कम्तिमा पनि कुकुरले आफूलाई पाल्ने मालिक र त्यसका परिवारका सदस्यहरुलाई सुरक्षा त दिन्छन् । तर यिनले कहाँ दिन सकेका छन् — जनताहरुलाई शान्ति, सुरक्षा र
अमयनचयन ? यिनहरुले कस्तो राज्यव्यस्था अंगालेका हँ ? म सोचमा डुब्छु – दिउँसै नागरिक चौबाटोमा सुरक्षाकर्मीकै अगाडि गोली खान्छ । र, निस्तेज हुन्छ !
हे ! प्रभु !, अल्लाह !, जिसस !, बुद्ध ! सबै मिलेर यिनीहरुलाई विवेक देऊ र कम्तिमा पनि मेरी छोरीले आफ्नो युवाकालमा यिनका मूर्तिहरुलाई अंगालेर फोटो खिच्न प्रेरित हुन । र, खुशि व्यक्त गर्न सकुँन कि उनको बाबाले कति योग्य र असल नेताहरुको शासन व्यवस्था भोग गर्न पाएको थियो भनेर !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)