Skip to main content

फेसबुक, राष्ट्रियता र हामीहरू

मलार्इ थाहा छैन मेरो कुराले यहाँहरूलार्इ कत्तिको छुन्छ वा छुँदैन, तर मैले एक नेपाली नागिरक भएको हैसियतले आफूलार्इ लागेको कुरो अर्को एक नेपाली नागरिकसँग बिसाउन मात्र खोजेको हुँ । यसलार्इ अन्य अर्थमा बुझिदिनु हुने छैन भन्ने मेरो अपेक्षा रहेको छ । हामीहरूले नेताहरूमा कहिल्यै राष्ट्रियताको छनक पाएनौं । र, उनीहरू राष्ट्रियताको मुद्दामा अति नै कमजोर रहेको आँकलन गर्दै आएका छौं । तर आज मलार्इ सम्पूर्ण नेपाली जनहरूमा एउटा प्रश्न गर्न मन लागेको छ (अझ विशेषतः फेसबुक संसारमा छाउनु भएका नेपाली मित्रहरूलार्इ) कि हामीमा राष्ट्रियता कति छ ? सायद मैले अब लेख्न लागेको कुराले राष्ट्रियता कसरी झल्कन्छ त ? भनेर यहाँको प्रश्न पनि रहला तर मलार्इ लागेको एउटै मात्र कुरा के हो भने साना कुराहरूमा हामीले आफ्नो परिचय लुकाएका हुन्छौं र त्यो हामीमा रहेको राष्ट्रियताको सानो झिल्को हो ।
मसँग विभिन्न १ दर्जन देशका व्यक्तिहरू फेसबुक संसारमा साथी छन् । उनीहरू मध्ये धेरैसँग मेरो प्रत्यक्ष कुराकानी पनि भएको छ । मैले उनीहरू अंग्रेजीमा अति नै कम बोलेको पाएँ । यदि आफ्ना देशका साथीहरूसँग छन र उनीहरूको भाषा नबुझ्ने कोही अर्को फरक देशको साथी उनीहरूसँग छ भने उनीहरू अंग्रेजीमा बोल्नै पर्ने कुरालार्इ अनिवार्यता ठान्दैनन् । उनीहरू मज्जासँग आफ्नै भाषामा बोल्दछन् र कोही एकजनालार्इ आफूहरू बीच भएको कुराकानीलार्इ अति संक्षेपमा ब्याख्या गर्न भन्दछन् । मैले पाएको छु, उनीहरू अधिकांश सबैले फेसबुकमा समेत आफ्नै भाषामा स्टाटस र कमेन्ट राख्ने गर्दछन् । यहाँहरूलार्इ मलार्इ शुरूमा लागे जस्तो उनीहरूको अंग्रेजी कमजोर भएर यसो गरेका हुन कि भन्ने लाग्ला तर कुरा त्यस्तो हैन । खासमा कुरो यो उनीहरूको आफ्नो राष्ट्रियता र भाषाप्रतिको सम्मान हो । तल केही उदाहरणहरू छन्, हेर्नुस ।
चित्र नं. १ मेरो एक नर्वेजियन साथीको फेसबुक प्रोफाइल


चित्र नं. २) मेरो एक रसियन साथीको प्रोफाइल जहाँ उनले आफ्नो नाम समेत आफ्नै लिपीमा राखेकी छिन । र, उनको एक जना साथीको टिप्पणी रसियन मै देख्न सकिन्छ ।



चित्र नं.३) यिनी मेरा रूवान्डानिज फेसबुक मित्र हुन । यिनले प्रायः रूवान्डानिजमै आफ्नो भित्ते लेखन र टिप्पणीहरू लेख्ने गर्दछन ।


चित्र नं. ४) यिनी मेरी इन्डोनेशिय फेसबुक मित्र हुन । यिनी पनि सधैं इन्डोनेशियन मै लेख्ने गर्दछिन ।

मेरो भन्नुको तात्पर्य, यि माथी दिइएका उदाहरणमा मेरा मित्रहरूले गरे जस्तै हामीले पनि आफ्नै भाषामा फेसबुकमा नाम लेख्ने र भित्ते लेखन वा टिप्पणी गर्नै पर्दछ भन्ने होइन तर कम्तीमा पनि राम्रा अभ्यासहरूले हामीले पछ्याउन सक्यौं भने त्यसले हामीलार्इ केहि हानी गर्दैन भन्ने मात्र हो । तपाइँ लाग्ला देवानागिरी लिपीमा आफ्नो नाम राख्दा साथीहरूले फेसबुकमा साथी बनाउन खोज्दा नाम नभेटिएला भन्ने डर तर विचलित हुनु पर्ने कारण नै छैन । तल चित्रमा प्रस्तुत गरिए झैं यहाँले आफ्नो फेसबुक खाताको व्यवस्थापन गर्न सक्नुहुन्छ ।
सबभन्दा पहिले आफ्नो फेसबुक खाता खोलेर दायाँतिरको माथिल्लो भागमा रहेको Account मा क्लिक गर्नुस र Account setting मा जानुहोस । त्यसपछि Language मा गएर Primary language मा गइ सबभन्दा अन्तिम रहेको नेपाली भाषालार्इ छनौट गर्नुस । उदाहरणको लागि तलको चित्र हेर्नुस ।

अब यति गरिसके पछि यहाँले आफ्नो देखिने नाम नेपालीमा र साथीहरूले खोज्दा सजिलोको लागी त्यहि नाम अंग्रेजीमा राख्न पनि सक्नुहुनेछ । जसको लागि तलको चित्रलार्इ ध्यानपूर्वक हेर्नुहोस र त्यहाँ देखाए अनुरूप गर्नुस ।
पहिलो नाम र थर नेपालीमा लेख्नुस साथै साथीले अंग्रेजीमा यहाँको नाम लेखेर खोज्दा यहाँलार्इ नै भेटोस् भन्ने हेतूले Alternate Name को बक्समा अंग्रेजीमा नाम लेख्नुस साथै आफूले गरेको परिवर्तनलार्इ सुरक्षित गर्नुस ।
र, अब राष्ट्रियताको सानो अंश आफूमा सुरक्षित रहेको र सधैं नेपाली भएर बाँच्ने कोशिस गरिरहेको एक नेपाली नागरिकको पहिचान फेसबुक दुनियाँका साथीहरूमाझ बाड्नुस ।
हुन्छ ???
यदि हजुरलार्इ नेपाली युनिकोडमा लेख्न आउँदैन भने तलको बक्समा रोमनमा टाइप गरी स्पेश हान्नु भयो भने कुनै पनि शब्द आफसेआंफ नेपाली युनिकोडमा बदलिन्छ । त्यसपछि त्यसलार्इ कपि गरि चाहेको स्थानमा लगेर पेस्ट गर्न सक्नुहुन्छ ।




Nepali Unicode
कृपया यहाँको प्रतिक्रिया मेरा लागि अक्सिजन हो भन्ने ठानी प्रतिक्रिया दिन नबिर्सनु होला । धन्यवाद ।
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…