नजित्ने चुनावमा १९ लाख खर्च ??


संविधान सभा भवनभित्र प्रधानमन्त्रीका एकमात्र प्रत्यासी रामचन्द्र पौडेलले नवौ पटक हार्ने कार्यक्रम चलिरहेका समयमा News 24 सँग सडकमा आफ्नो मत दिदैं गरेका एक स्कुले टिठाले अति गम्भीर ढंगले प्रतिक्रिया दिदै भने, “बाहिर बाहिर बेइज्जत भैसक्यो ।” मलार्इ लाग्योआफूलार्इ देशको सर्वेसर्वा ठान्नेहरूले गरिरहेको बेइज्जतीका विषयमा आफ्नो कुनै हैसियत नभएका तपाइँ हामीभन्दा पनि साना ती किशोरमा कति धेरै चिन्ता ?

देशको राजस्व खर्चको फेहरिस्त हेर्दानवौ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा झण्डै १९ लाख झ्वाम भैसकेछ त्यो पनि सभासदहरूलार्इ बैठक भत्ता र सवारी सुविधा वापतको खर्च  दिदा । बैठक भत्ता स्वरूप एउटा सभासदले २ सय रूपैयाँ पाउँदो रहिछ । जबकी हाम्रो देशको प्रतिव्यक्ति औसत आम्दानी दैनिक १ डलर भन्दा कम छ । जनताहरू भोकभोकै बस्ने सभासदहरू भत्ताचाँहि चपाउने तर प्रधानमन्त्रीको छनोट पनि गर्न नसक्ने ? कस्तो जात्रा होयो ? हुन त त्यसरी दुःखी भैहाल्नु पर्ने अवस्था पनि हैन । कम्तीमा पनि विश्व रेकर्डमा दुर्इ चार कुराहरू थप्न सकेका छौ । संसदीय निर्वाचनमा दुर्इ वटा निर्वाचन क्षेत्रबाट
हारेका व्यक्ति प्रधानमन्त्री भए । दुर्इ वटा निर्वाचन क्षेत्रबाट जितेको रेकर्ड राखेका प्रचण्ड कमरेड सात पटकसम्म प्रधानमन्त्रीको चुनाव हारे । अब धेरै बेइज्जति के सहनु भन्ने लागेर अहिले चाँहि हार्ने प्रतिस्पर्धा हात उठाउने चेतना उनमा ढिलाइ भए पनि आयो । तर अर्का नेतारामचन्द्र पौडेलले चाँहि अझै च्याँख मारेका छैन । उनको ब्रम्हले सोच्दो हो, “हारेँ त म हारेँ अरूलार्इ के भयो ? अझसम्म विश्वमा आफूमात्र एक्लो प्रतिस्पर्धी भएर कोही माइकिलाल छप्रतिस्पर्धा हारेको ? म भएँ । किन एक\दुर्इ चोटीको मात्र रेकर्ड राख्ने ? अब रेकर्ड राखिहाल्यो\७ चोटीको नै राख्ने नि ? भोली कसैले त्यो तोड्ने सम्भावना नै हुँदैन ।” उहिलेका रामचन्द्र त जित्नेहरूका आदर्श बनेका थिएपरास्त गर्नेमा माहिर मानिन्थे । अहिले चाँहि रामचन्द्र भनेको हार्ने मान्छे हो भन्दा पनि फरक नपर्ला । अब तपाइँहरू नै भन्नुस नौ\नौ पटकसम्म हारेर पनि नथाक्ने मान्छेलार्इ के नामले पुकार्ने ? खै सुन्छुइन्डियामा लखनउ हाइ कोर्टले बाबरी मस्जिद भएको ठाउँ रामचन्द्रको जन्मथलो भएको घोषणा गर्यो रेयो कुरो सुन्दा मेरो पनि एउटा ख्याल आएको छइ रामचन्द्र लगायत उनका चुनावमा भोट हाल्ने\नहाल्ने सबै खालका वानर सेनाहरूलार्इ उतैतिर धपाउँदा ठिक हुन्थ्यो कि ?


अब यो मन दुखाउने मात्र कुरा कति गरिराख्ने ? किन निराश हुने ? अब यस्सो मन बुझाउने कुरा पनि सुनौं न । एमालेका अध्यक्ष झलनाथ खनालले यो पालीको दशैंको उपाहार नेपाली जनतालार्इ प्रधानमन्त्री दिने नेताहरूको दाउ भएको खुलाएका छन, जनकपुरमा । एमाले भातृसंगठन अनेरास्ववियूको महाधिवेशन उद्घाटनका लागि गएका उनले जनकपुरमा पत्रकारहरूसँग यो कुरा भन्न भ्याए छन् । अब दशैं सिद्दे पछि फेरि तिहारको उपाहार दिने भन्नी हुन कि अहिल्यै केही थाहा त भएन । तर विकसित घटनाक्रमले भने यहि देखाउँछ । हेरौं हामी नेपालीको भाग्यमा कहिले सम्म काम चलाउ सरकार मात्र लेख्या रहिछ ।  

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)