Skip to main content

Posts

Showing posts from October, 2010

उनी, चुडिएको औला र दुखेको मन

मैले एकदिन एउटा ब्लग पोष्ट लेखेको थिएँ । स्टोभनर, वश्लोमा रहेका मेरा एक अनन्य मित्र (म भन्दा धेरै अग्रज हुनुहुन्छ तर मित्रवत व्यवहार गर्नुहुने भएकाले) कृष्ण जि.सि. को निवासमा पुगि उहाँसँग भएका कुराकानी र धेरै दिनको न्याश्रो मेट्ने मेरो धोकोको बारेमा । र, आज त्यो दिनको मेरो प्रतिज्ञालार्इ लेख्ने जमर्को गरेको छु । केहि त्रुटीहरू देखिए भने वा म बढि भावनामा बगेको पाउनु भयो भने वा केहि बढि आदर्श मैले व्यक्त गरेको जस्तो लाग्यो भने म क्षमाप्रार्थी छु त भन्दिन तर निवेदन चाँहि गर्न सक्तछु – यसलार्इ स्वभाविक ढंगले बुझ्ने यत्न गरिदिनुहोला । वा, यसलार्इ दिमागले हैन दिलले पढिदिनु होला ।नर्वे आइपुगेको करिब १ महिना पुग्नै लागेको बखत सेप्टेम्बरको पहिलो शनिवारको दिन थियो त्यो । म मित्र रामचन्द्रसँगै नेपाली खाना दालभात र तरकारी खाने पूरा योजनाकासाथ उहाँको कोठामा पुगेका थिएँ । सातबजे उहाँको निवासमा पुग्ने पूर्वतयारीका साथ म आफू बस्दै आएको होस्टेल छाडेर रामचन्द्रलार्इ भेट्न त्यही आकाशे पुल मन्तिर पुगेको थिएँ । उनि कामबाट मुक्त नभइन्जेल मैले उनले गरिरहेको मेहनतलार्इ नजिकबाट नियालीरहेँ । मनमा कुनबेला जि.सी…

अगस्टको एकदिन-वश्लोको पुलमुन्तिर

अगस्टको मध्यतिरको समय थियो त्यो । मित्र रामचन्द्रले सम्पर्क गरेर मलार्इ एक अर्का मित्रलार्इ भेट्ने बन्दोबस्त गरेको बताए पछि म हुत्तिएर त्यहाँ पुगेको थियो । नर्वे आउनु भन्दा पहिले नै र्इ-वार्तालाप गरेको थिएँ उनिसँग । तसर्थः मित्र रामचन्द्रले आमन्त्रण गर्दा साथ म त्यसरी हुत्तिएर त्यहाँ पुगेको थिएँ । वश्लोको केन्द्रमै रहेको म बस्दै आएको थोन होटलबाट उनले दिएको लोकेशन ग्रोनल्याण्डमा पुग्न मलार्इ दुर्इ मिनेट पनि लागेन, पैदलै । मैले टाढाबाट देखेँ रामचन्द्र लगायत चार जना नेपाली मित्रहरू मेरै पर्खाइमा हुनुहुन्थ्यो । खासमा बिदेशी भूमीमा नेपाली बन्धुलार्इ भेट्नुको आनन्द नै बेग्लै हुने गर्छ । अझ त्यसमा पनि आफ्नो मनमिल्ने मित्रलार्इ त्यसरी भेट्न पाउनुको मज्जा नै छुट्टै हुने मैले त्यतिखेर महशुस गर्न पुगेँ । जतिखेर मैले बिस्तारै वश्लो, विकशित युरोपेली मुलुक नर्वेको सम्भ्रान्त राजधानी, लार्इ नजिकैबाट बुझ्न खोजे । जहाँ एउटा नेपाली अनुहारलार्इ देखेर प्रशन्नता ब्यक्त गर्दै, दार्इ हजुर नेपालबाट ? भन्ने प्रश्नको जवाफमा"हैन' भन्ने जबाफ पाउन बेर लाग्दैन । त्यो पनि नेपालीमै । यो यस्तो शहर जुन ठाउँमा…

बाहुनक्षेत्री, जनजाती र दशैं ।

म सानो छँदा दशैं नेपालीहरूको महान पर्व हो भन्ने सुन्ने गर्थे । अलि बुझ्ने भए पछि यसलार्इ हिन्दुहरूको पर्व हो भन्न थालेको सुन्न पाएँ । र, पछि जब पञ्चायत कालमा जन्मेर, बहुदल कालमा माध्यमिक तहको पढार्इ सिध्याएर संघिय लोकतान्त्रिक गणतन्त्रिक देश नेपालको राज्य व्यवस्थामा प्रवेश गरेँ तब आदिवासी जनजातीहरूले यो विशुद्भ हिन्दुहरूको मात्र पर्व भएकाले त्याग्ने प्रचलन नै शुरू हुन थाल्यो । चर्चित समाजशास्त्री डा. कृष्ण भट्टचनले त दशैं आदिबासीहरूको पर्व नभएकाले यसलार्इ बहिष्कार गर्नुपर्ने आदिवासी जनजातीको लागि अपरिहार्य रहेको बताउँदै आएका छन् । उनको जिकिर छ, यदि दशैं मान्नेहरूले आदिवासीहरूका चाड पर्वमा सार्वजनिक विदा तथा कर्मचारीहरूलार्इ त्यही अनुरूपको सुविधा उपलब्ध नगराउने हो भने दशैं मान्दै आएका आदिवासी जनजातीहरूले त्यसलार्इ तुरून्तै परित्याग गर्नु उत्तम रहेको समेत विचार व्यक्त गरेका छन् ।यस्ता भनार्इ राख्छन हाम्रा समाजशास्त्री हेर्नुस भिडियो। म बुझ्ने भएदेखि नै दशैं र तिहारको नाममा हुने लामो सरकारी बिदा र अनावश्यक खर्चको बिरोधमा उभ्भिदै आएको मान्छे हो । बिकट हिमाली जिल्लामा खाध्यन्नको अभावमा छटपट…

यो दादागिरी कहिले सम्म सहने ?

तपाइँ हामीलार्इ थाहा भएकै कुरा हो, सुदुरपश्चिमका हजारौं बेरोजगार नेपाली दाजुभार्इहरू कामको खोजीमा भारतका विभिन्न शहरहरूमा पुगेका हुन्छन् र पुगिरहेकै छन् । नेपाली माटोमा श्रम गर्न लाज लाग्ने भएकाले आफ्ना छरछिमेकी र नातापाताले आफूले भारी बोक्ने र चौकीदार गर्ने काम ती भारतीय अन्जान शहरहरूमा नदेख्ने भएपछि हाम्रा थ्रप्रै नेपाली दाजुभार्इहरू त्यसरी भारतीय भुमिमा गएर पसिना चुहाउन बाध्य छन् । मैले अस्ती एकपटक लेखिसके एउटा भारतीय टि.भी सोमा काठमाडौमा डिप्लोमा गरेको पात्रलार्इ भारतमा चौकीदारको जागिर खोज्दा पनि नपाएको एउटा कमेडी सो बनाएर हामी नेपालीहरूलार्इ गरेको उनीहरूको अपमान । अब शिक्षितहरूलार्इ हेर्ने त त्यस्तो छ, उनीहरूको नजर भने साँवा अक्षर नचिनेका अनपढ नेपालीहरूलार्इ उनीहरूले कस्तो व्यवहार गर्छन् होला ? हुन त भारतीयहरूको हेर्ने दृष्टिकोण नै खोटो छ । कतिपय भारतीयहरूले हाम्रो नेपालमा आएर भाँडा माझ्ने, जेरी पकाउने, दार्ही कपाल फाल्ने र कबाडी संकलन गर्ने गर्छन् तर हामीहरू उनीहरूलार्इ राम्रै ब्यबहार गर्छौ किनकी हाम्रो संस्कार राम्रो छ, सबै मान्छेहरूलार्इ असल नजरले हेर्ने । हुन त यो उनीहरूको संस…

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन ।
भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालार्इ कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीलार्इ यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसलार्इ सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन थाल्छन्, मान्छेहरू । उसप्रति हेर्ने नजरमा परिवर्तन गर…

माओवादीले कुटे कांग्रेसीहरूलार्इ

माओवादीहरूको उदण्डतालार्इ धेरै नै राजनीतिकरण गरिएको मेरो ठम्मार्इले भने कताकता फेल खान थालेको जस्तो लागेको छ । आजभोली उनीहरूमा उदण्डता निकै बढ्न थालेको छ । नत्र किन उनीहरू कुनै पनि राजनैतिक संघ/संगठनको निर्बाध रूपमा कार्यक्रम चलाउन पाउने अधिकार माथि कोपभाजन गर्दैछन् ?
नेपाली राजनैतिक दलहरूबीचको समन्वयमा देखिएको कमजोरीको फार्इदा उठाउँदै भारतीय शासकहरूले फार्इदा उठाउन लागिरहेको कुरालार्इ कहिल्यै पनि बुझ्ने क्षमताको बिकास हुने भएन हाम्रा राजनैतिक दलका नेता र कार्यकर्ताहरूमा । सधैं झगडा र लफडा गर्नमै दिन बित्ने भयो यिनीहरूको । किन गए माओवादीहरू कांग्रेस समर्थित ट्रेड युनियनको कार्यक्रममा ? किन उनीहरूले त्यो जंगली ब्यबहार प्रदर्शन गरे ? भिडियो हेर्न यहाँ क्लिक गर्नुस

राजदुत सुद र उनलार्इ हानिएको जुत्ता

विश्वमा रहेका प्रायः ठूला र धनी भनिने देशले आफ्ना साना र गरिप छिमेकी राष्ट्रलार्इ सधैं पेलानमा पार्ने र माथि उकासिन नदिने प्रचलन हाम्रा लागि नौलो विषय होइन । आफूले विकाशमा आँकाशिदो गति पकड्न थालेपछि त झन त्यो पेलानको चापमा अझ बढी बृद्भि हुन पुग्छ भन्ने तथ्य हामी नेपालीहरूका लागि अज्ञात विषय हुनै सक्दैन । यो तथ्य हाम्रा अगाडि त्यतिखेरदेखि पुष्टी हुँदै आयो जब भारतले बेलायती उपनिवेशबाट उन्मुक्त हाँसो हाँस्न शुरू गर्यो । कहिल्यै पनि कुनै पनि शक्ति राष्ट्रको हातमा नपरेको वीर गोर्खालीहरूको यो पावन भूमीमा पछिल्लो समयमा यहाँको राज्य व्यवस्था र विकाशका कार्यक्रममा भारतीय शासकहरूको बढ्दो हस्तक्षेप सोचनीय विषय बनेको छ ।जब जब मानिसले आफूलार्इ दमित हुँदै गएको महशुस गर्दछ, तबतब उ त्यसको प्रतिकारमा उत्रिन पुग्दछ । पछिल्लो समय नेपालका लागि भारतीय राजदुत राकेश सुदमाथि नेपाली जनताहरूले देखाएको प्रतिकारको उदाहरण त्यसैको प्रतिबिम्ब हो । नेपालमा राजदुत भएर आइसकेपछि सुद सधैं विवादमा आइनै रहेका छन् । यहाँ सम्मकी उनले राजनैतिक निर्णयहरूमा समेत हस्तक्षेप गर्ने दुस्साहस गर्दै आएका छन् । आफ्नो कुटनैतिक मर्यादाल…

शरणार्थी भएर बिताएका ती कठीन २४ घण्टाहरू (दोश्रो भाग)

यो भन्दा पहिले मैले पहिलो भागलेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलार्इ दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला ।
अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भर्इरहेको थियो । लगातारको हिडार्इले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफरार्इरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलार्इ सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा भएका हरूलार्इ केहिबेर आराम गर्न भने । हामीहरू सुत्ने तरखरमा लाग्…

यिनका नौटंकीले कम पीर पार्‍या छ ?

गत वर्ष फाल्गुणको चीसो ठिहीलाग्दो समय ताका आधारभूत युवा तालिम लिन आउँदा उक्त तालिममा सहभागी एकजना नर्वेजियन साथीसँग कुरा हुँदै गर्दा मैले उसलार्इ सोधेको थिएँ - हैन तिमर्का कतिवटा राजनैतिक पार्टि  छन् हँ ? उसको पालो उसले भन्यो ‍- नर्वेजियन लेवर, प्रोगेश, कन्जरभेटिभ, सोसलिष्ट लेफ्ट, सेन्टर, क्रिश्चियन डेमोक्रेटिक र लिवरल पार्टी एकै सासमा सात वटा पार्टीको नाम भनि सिध्यापछि उसले मलार्इ सोध्यो - मेरो त थाहा पार्इहालिस तेरो देशको भन्न कति छन् ? लौ, अब धर्म संकटमा पारिहाल्यो नी बजियोले । अब क्यार्नी होला ?  अनि मैले शुरू गरेथेँ - "माओवादी, कांग्रेस, एमाले, मधेसी जन अधिकार फोरम, मधेसी जन अधिकार फोरम (लोकतान्त्रीक), तरार्इ मधेस लोकतान्त्रीक पार्टि, ने.क.पा. (माले) सदभावना, ने.क.पा. संयुक्त, नेपाल मजदुर किसान पार्टी ........"  नाम भन्दै जाँदा मेरो पसिना चुहिन थालेपछि उसले मलार्इ रोक्दै सोधेथ्यो - "हैन् खास कतिवटा छन् तेरा देशमा पार्टी ?" अब कतिवटा भन्ने ? मलार्इ यति आपद परेको थियो कि त्यतिबेला मैले सानो स्वरमा उसलार्इ भनेथेँ ‌- "सरकार मात्र २२ दलको छ हाम्रो, तेराँ जस्तो दु…

के.पी.को सनसनीपूर्ण अन्तरवार्ता

खड्गप्रसाद ओली उर्फ के.पी ओली, नेपाली राजनीतिमा सबभन्दा बढी सुनिने, तीखा कुरा गर्ने र अरूको बिल्ला गर्नमा नम्बर एक माहिर नेता । मलार्इ यिनका प्रायः सबै कुराहरू अचम्मका र अविश्वसनीय लाग्ने गर्दछन । आफू बाहेक अरू त नेतै हैनन् भन्ने सोचले यिनलार्इ यतिसम्म गाँजेको छ कि कुनै पनि कुरा उनको बाहेक अरूको सत्य नै हुँदैन । कहिले के भन्या छन् कहिले के ? एकनाशले कुरा सुन्दै जाने हो भने उस्तै मान्छे यिनकै सामुन्ने ठहरै हुन बेर लाग्दैन । एक महिना लामो क्यारेबियन क्षेत्र, अमेरिका र युरोप भ्रमणमा जानुभन्दा अगाडि कान्तिपूर दैनिकमा उनले दिएको अन्तरवार्ता पढ्दा, उनको अन्तरवार्ता पढ्ने जो सुकै नेपालीलार्इ लाग्न सक्छ कि नेपालको विद्ममान शान्ति प्रकियाको एकमात्र कुशल विश्लेषक तथा जानकार उनी मात्र हुन् ।
देशको बिग्रदो राजनैतिक स्थितीमा गहिरो चिन्ता ब्यक्त गर्दै जनताले आफूलार्इ पनि अरू नेतालार्इ जस्तो बकम्फुसे मान्ने हुन कि भन्ने ठूलो डर रहिछ बिचरा ओलीको । प्रधानमन्त्री चयन प्रकियाका विषयमा आफू निर्णय गर्ने महत्वपूर्ण हैसियतमा नरहेको बताउँदैसही ढंगले राष्ट्रिय राजनीति अगाडि बढोस्, अन्य सामाजिक मुद्दा टुंगो लाग…

यो पो सक्कली परीक्षा हल !

साथीहरू, मानिलिनुस् तपाइँले एउटा संस्था खोल्नुभयो, र त्यो संस्थाका लागि आवश्यक केही सय पदका लागि विज्ञापन पनि गर्नुभयो । विज्ञापन त गर्नुभयो तर आवेदन चाँहि हजारौंको पर्यो । अब त्यस्तो बेलामा ती हजार विधार्थीहरूलार्इ लिखित परिक्षा लिन पर्नेभयो भने तपाइँले तीनलार्इ कहाँ राखेर परिक्षा लिनुहुन्छ होला ? एकछिन गम्भीर भएर सोच्नुस त । तपार्इ लाग्ला आफ्नो संस्था भएकै ठाउँतिर उपलब्ध विधालय वा कलेजमा राखेर लिने । तर त्यसो हैन, तपाइँले त्यसरी निर्णय गर्दा ती विधालय वा कलेजका अध्यापनकार्यमा अबरोध हुन सक्तछ । त्यसैले त्यो बकुम्फसे आइडिया हैन नेपाली सेनाको अर्हिदमन गण परासीको आइडिया नै उपयुक्त हुन सक्ला । सबभन्दा पहिले तलको फोटो राम्रोसँग हेर्नुस । र, प्रयास गर्नुस थाहा पाउन की भैरहेछ के ? कुरो भएछ के भने, नेपाली सेनाको उक्त गणले सेनामा जवान पदका लागि भर्ना हुन आएका एक हजार एक सय दुर्इ जनाको परिक्षा स्थान अभाव भएको जनाउँदै भूमहि-भैरहवा सडक खण्डको झण्डै एक किलोमिटर लम्वाइ नै अबरूद्भ पारेर लिएछ । अब तपाइँ नै अनुमान गर्नुस भैरहवा क्षेत्रको त्यो टन्टलापूर घाममा ती परिक्षार्थी युवा/युवतीहरूले कति कसला भोग…

थुक्क ! उपाधीकै बेइज्जत !

बाँया तस्वीरमा लहरै बसेकाहरूलार्इ चिन्नु भयो ? सायद चिन्नु भयो होला । नचिनेको भए पख्नुस्, बिस्तारै चिन्दै गर्नुहोला । तस्बिरको बाँया छेउका दुर्इ जनालार्इ तपाइँहामीले नचिन्ने कुरै भएन । यी त हाम्रा मन मस्तिष्कबाट कहिल्यै पनि बाहिर निकाल्न नसकिने दुर्इ आदरणीय नेताज्यूहरू हुनुहुन्छ । देशका विकासमा उहाँहरूको योगदानलार्इ हामीले यहाँ शब्दमा व्यक्त गर्न सक्तैनौ । अनि साँच्ची यता दायाँ छेउका अर्का दुर्इ बेबकुफहरूलार्इ पनि चिन्नुभयो । ल चिन्नुभएन ? यि त हाम्रा देशका मात्र हैन यो धर्तीकै बोझ हुन । मलार्इ यी चारजना नेपाली पुत्रहरूले हालै हासिल गरेको विधावारिधी उपाधीले निकै खुशि तुल्याएको थियो । तर जब मैले थाहा पाएँ त्यो उपाधी त यी दायाँ पट्टी बसेका बेबकुफहरूलार्इ पनि दिइएको रहेछ । मलार्इ भाउन्न छुटेको थियो के खास लायकको गरेका छन् र यी बेबकुफहरूले ? खाल्लि सूचना प्रदान भनेर ताँइनतुँइका श्रृङ्खला बनाउने बाहेक ? अनि गार्इजात्राका अवसर पारेर हाम्रा महान नेताहरूको हुर्मत लिने बाहेक ? बन्द हडताल गर्नुहुन्न । देश विकास गर्नुपर्छ । नेपालमै बसेर इलम गर्न पर्छ । समयै संविधान बन्नुपर्छ आदि र्इत्यादि भनेर हा…

ज्ञानेन्द्र र यिनमा आखिर फरक के ?

विश्वका गरिव देशहरूको सूचीमा दोश्रो रोल नं. भएका हामी नेपालीका पूर्व राजा ज्ञानेन्द्रले तत्कालिन परिस्थितीमा तल उल्लेख गरे बमोजिम तलब भत्ताको सुविधा लिँदा रहेछन । चिनका राष्ट्रपतिले भन्दा २,४२६ गुणाबढि रकम भारतीय राष्ट्रपतिले भन्दा ३१८ गुणाबढि रकम बेलायतका राष्ट्रपतिले भन्दा १५ गुणा बढि र अमेरिका राष्ट्रपतिले भन्दा १० गुणा बढि रकम राजाका हैसियतमा उनले तत्कालिन अवस्थामा बार्षिक रू. ६१ करोड ९१ लाख लिने गर्दथे । आफ्नो ६ सदस्यीय परिवारका लागि उनले सन् २००३ देखि २००५ को ३ वर्षको अवधीमा १ अरब ६ करोड ४५ लाख रकम राज्यको ढुकुटीबाट लिएका थिए । त्यति छोटो अवधीमा त्यत्रो रकम लिने राजालार्इ पालिरहेका हामी नेपालीका टाउकोमा टेकेका ज्ञानेन्द्रलार्इ ६२\६३ गुराँश आन्दोलनले बढार्यो । तर साधारण नागरिकको हैसियतमा रहेका भनिएका उनलार्इ अझै राज्यले विशेष सुरक्षा प्रदान गरिरहेको छ । यो सब हाम्रा निकम्मा नेताहरूले गरिरहेछन् भन्दा अत्युक्ति नहोला । यसरी हामीले हाम्रा ढुकुटी रित्याएका ज्ञानेन्द्रलार्इ त हटायौं तर अझै खास उद्देश्यका लागि निर्वाचित गरि पठाइएका छोटे राजाहरूलार्इ पनि हटाउनु पर्ने अवस्था आएको हो कि ? भन्…