यो पो सक्कली परीक्षा हल !

साथीहरू, मानिलिनुस् तपाइँले एउटा संस्था खोल्नुभयो, र त्यो संस्थाका लागि आवश्यक केही सय पदका लागि विज्ञापन पनि गर्नुभयो । विज्ञापन त गर्नुभयो तर आवेदन चाँहि हजारौंको पर्यो । अब त्यस्तो बेलामा ती हजार विधार्थीहरूलार्इ लिखित परिक्षा लिन पर्नेभयो भने तपाइँले तीनलार्इ कहाँ राखेर परिक्षा लिनुहुन्छ होला ? एकछिन गम्भीर भएर सोच्नुस त । तपार्इ लाग्ला आफ्नो संस्था भएकै ठाउँतिर उपलब्ध विधालय वा कलेजमा राखेर लिने । तर त्यसो हैन, तपाइँले त्यसरी निर्णय गर्दा ती विधालय वा कलेजका अध्यापनकार्यमा अबरोध हुन सक्तछ । त्यसैले त्यो बकुम्फसे आइडिया हैन नेपाली सेनाको अर्हिदमन गण परासीको आइडिया नै उपयुक्त हुन सक्ला । सबभन्दा पहिले तलको फोटो राम्रोसँग हेर्नुस । र, प्रयास गर्नुस थाहा पाउन की भैरहेछ के ?
कुरो भएछ के भने, नेपाली सेनाको उक्त गणले सेनामा जवान पदका लागि भर्ना हुन आएका एक हजार एक सय दुर्इ जनाको परिक्षा स्थान अभाव भएको जनाउँदै भूमहि-भैरहवा सडक खण्डको झण्डै एक किलोमिटर लम्वाइ नै अबरूद्भ पारेर लिएछ । अब तपाइँ नै अनुमान गर्नुस भैरहवा क्षेत्रको त्यो टन्टलापूर घाममा ती परिक्षार्थी युवा/युवतीहरूले कति कसला भोगे होलान । त्यसदिन त्यस क्षेत्रको अधिकतम तापक्रम ३२ र न्यूनतम चाँहि २४ डिग्रि सेन्टिग्रेड रहेछ । अब तपाइँ नै भन्नुस्, गणको कति धेरै सुझबुछ यो? पहिलो कुरो त सेनामा भर्ती जो तोही मान्छे हुने कुरै भएन । त्यो मान्छेमा राप र ताप सहन सक्ने क्षमता कति रहिछ त भन्ने कुरोको पनि जाँच हुनु पर्यो ? अर्को एक घण्टा सम्म पीच सडकमा घुँडा टेकेर परीक्षा दिन लगाएपछि त्यो मान्छेको क्षमता त्यही जाँच हुनेभयो । झन अर्को कुरो रह्यो, प्रकृतिसँग साक्षात्कर भएर परिक्षा दिन पाउँदा परीक्षार्थीहरूले पनि राम्रोसँग प्रश्नहरूको हल गर्ने वातावरण । परीक्षाका लागि न सिट प्लानीङको झन्झट, न त निरीक्षक वा केन्द्राध्यक्ष नै चाँहियो । मलार्इ त बरू यो फोटो मात्र हैन गणसँग भिडियो पनि उपलब्ध भए धेरै जना मान्छे लामो लाइनमा बसेर सेनाको परीक्षा दिएको भनेर गिनीज बुक्स अफ वर्ल्ड रेकर्डसमा दर्ता गर्ने कि भन्ने पो मनमा खेलेको छ । तपाइँलार्इ चाँहि के लाग्यो नि ? धन्य गणका गणपतिज्यू ।
अब सिधा समाचार पढ्न तलको लिंक क्लिक गर्नुस ।
कृपया आफ्नो प्रतिक्रिया लेख्नुहोला ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)