Skip to main content

यो दादागिरी कहिले सम्म सहने ?

यो भारतीय दादागिरी कहिले सम्म ? ए भातमारा नेता डाँकाहरू ?

तपाइँ हामीलार्इ थाहा भएकै कुरा हो, सुदुरपश्चिमका हजारौं बेरोजगार नेपाली दाजुभार्इहरू कामको खोजीमा भारतका विभिन्न शहरहरूमा पुगेका हुन्छन् र पुगिरहेकै छन् । नेपाली माटोमा श्रम गर्न लाज लाग्ने भएकाले आफ्ना छरछिमेकी र नातापाताले आफूले भारी बोक्ने र चौकीदार गर्ने काम ती भारतीय अन्जान शहरहरूमा नदेख्ने भएपछि हाम्रा थ्रप्रै नेपाली दाजुभार्इहरू त्यसरी भारतीय भुमिमा गएर पसिना चुहाउन बाध्य छन् । मैले अस्ती एकपटक लेखिसके एउटा भारतीय टि.भी सोमा काठमाडौमा डिप्लोमा गरेको पात्रलार्इ भारतमा चौकीदारको जागिर खोज्दा पनि नपाएको एउटा कमेडी सो बनाएर हामी नेपालीहरूलार्इ गरेको उनीहरूको अपमान । अब शिक्षितहरूलार्इ हेर्ने त त्यस्तो छ, उनीहरूको नजर भने साँवा अक्षर नचिनेका अनपढ नेपालीहरूलार्इ उनीहरूले कस्तो व्यवहार गर्छन् होला ?
हुन त भारतीयहरूको हेर्ने दृष्टिकोण नै खोटो छ । कतिपय भारतीयहरूले हाम्रो नेपालमा आएर भाँडा माझ्ने, जेरी पकाउने, दार्ही कपाल फाल्ने र कबाडी संकलन गर्ने गर्छन् तर हामीहरू उनीहरूलार्इ राम्रै ब्यबहार गर्छौ किनकी हाम्रो संस्कार राम्रो छ, सबै मान्छेहरूलार्इ असल नजरले हेर्ने । हुन त यो उनीहरूको संस्कारमा भएको खोट पनि हो । तर यो पल्ट मैले लेख्न खोजेको विषय चाँहि अलि फरक छ - भारतीय सीमा प्रहरी एसएसबीको दादागिरी ।
नेपालको सिमापार गरी उनीहरूले सीमा क्षेत्रमा बस्ने नेपाली जनताहरू माथि पटकौ सम्म ज्यादति गरिसकेका छन् । त कहिले अनुमतिविना हतियारसहित प्रवेश गर्छन । अब यसरी उनीहरू नेपाली सीमा पार गरी आफ्नै जनताहरूलार्इ समेत दुरव्यवहार गर्दा समेत नेपाल सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले कानमा बुझो हालेर बसिरहेको पनि हामीले देख्दै आएका छौ । त्यतिमात्र हैन, प्रधानमन्त्री माधबकुमार नेपाल र परराष्ट्रमन्त्री सुजाता जोष्टले त भारतले नेपालको सीमा मिचेको छैन भनेर पटकपटक भन्दै पनि आएका छन् । अब सारा नेपालीहरूले भारतले ५८ भन्दा बढी ठाउँमा सीमा मिचेको भनिरहेका बेला यी दुर्इ नमुनाहरूले नेपालको सीमा मिचेकै देखिएन । अब यिनले बर्षा मौसममा हुने तरार्इ डुबान देख्ने कुरै भएन । अझ एसएसबीको दादागिरी त यिनले के भेउ पाउन ?
मैले यूटुबमा एउटा ताजा भिडियो हेरेँ, जहाँ भारतमा काम गरी दुखसुख बचाएको २,४ हजार दाममा समेत महाकालीको बनबासा र धनगढीको गौरीघण्टा नाकास्थित भारतीय सीमा प्रहरी बल एसएसबीको आँखा गड्न पुग्यो । गरिप नेपालीहरूले कति कष्ट खपेर ल्याएको उनीहरूको श्रमको मूल्यमा एसएसबीहरूको गिद्देदृष्टिका बारेमा सरकारले बोल्नु पर्छ कि पर्दैन ? तर मलार्इ लाग्दछ, यिनले बोल्ने हिम्मत गर्नै सक्दैनन् । भिडियोमा सीमा पार गरी फर्किएका नेपाली मजदुरहरूले गुनासो गरेका छन् – 'भारतीय सीमा सुरक्षा बलका प्रहरिहरूले उनीहरूका गोजीमा हात हाले र ५ सय तथा १ हजारका नोट निकालेर नक्कली भएको भन्दै उनीहरूलार्इ ताने ।' तर साथीहरू ती त नक्कली नोट बोकेको अभियोगमा नेपाली दाजुभार्इहरूलार्इ कस्टडीमा हाल्ने धम्की दिदै उनीहरूबाट पाँच सात सय रूपैयाँ फुस्काउने दाउ रहेछ । अब एक ठाउँमा मात्र भएपनि तिनका मुखाँ बुझो लाउथेँ होला नेपाली दाजुभार्इहरू तर चारपाँच ठाउँमा भन्दा बढि ठाउँमा पाँच सयकै दरले मात्र बुझाउँदा पनि ती नेपाली श्रमीकहरू नेपाली करिब ५००० बुझाउनु पर्नेहुन्छ । यसरी दशैं मान्न आएका नेपाली दाजुभार्इहरूलार्इ भारतीय प्रहरीले धम्काएर पैसा लुटिरहँदा पनि नेपाल सरकारका अधिकारीहरू कानमा बुझो हालेर बसेका छन् । भिडियो हेर्नुस
Post a Comment

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।
उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोड…