अगस्टको एकदिन-वश्लोको पुलमुन्तिर

अगस्टको मध्यतिरको समय थियो त्यो । मित्र रामचन्द्रले सम्पर्क गरेर मलार्इ एक अर्का मित्रलार्इ भेट्ने बन्दोबस्त गरेको बताए पछि म हुत्तिएर त्यहाँ पुगेको थियो । नर्वे आउनु भन्दा पहिले नै र्इ-वार्तालाप गरेको थिएँ उनिसँग । तसर्थः मित्र रामचन्द्रले आमन्त्रण गर्दा साथ म त्यसरी हुत्तिएर त्यहाँ पुगेको थिएँ । वश्लोको केन्द्रमै रहेको म बस्दै आएको थोन होटलबाट उनले दिएको लोकेशन ग्रोनल्याण्डमा पुग्न मलार्इ दुर्इ मिनेट पनि लागेनपैदलै । मैले टाढाबाट देखेँ रामचन्द्र लगायत चार जना नेपाली मित्रहरू मेरै पर्खाइमा हुनुहुन्थ्यो । खासमा बिदेशी भूमीमा नेपाली बन्धुलार्इ भेट्नुको आनन्द नै बेग्लै हुने गर्छ । अझ त्यसमा पनि आफ्नो मनमिल्ने मित्रलार्इ त्यसरी भेट्न पाउनुको मज्जा नै छुट्टै हुने मैले त्यतिखेर महशुस गर्न पुगेँ । जतिखेर मैले बिस्तारै वश्लोविकशित युरोपेली मुलुक नर्वेको सम्भ्रान्त राजधानीलार्इ नजिकैबाट बुझ्न खोजे । जहाँ एउटा नेपाली अनुहारलार्इ देखेर प्रशन्नता ब्यक्त गर्दैदार्इ हजुर नेपालबाट ? भन्ने प्रश्नको जवाफमा "हैनभन्ने जबाफ पाउन बेर लाग्दैन । त्यो पनि नेपालीमै । यो यस्तो शहर जुन ठाउँमा भेट भएपनि एउटै गाउँमा हुर्केका र सँगै खेलेका साथीहरूले एकअर्कालार्इ चिन्नु त परै जाओसमानवीय संवेदनाको एक औश व्यक्त गर्न पनि कन्जुस्यार्इँ गर्न सक्तछन् । 


यो माहोलमा आफ्नो नजिकका मान्छेहरूलार्इ भेटेर अनुभवहरू आदनप्रदान गर्दा अत्यन्तै सुखानुभूति हुँदो रहेछ । मैले त्यहि कुरा बुझेँ जतिबेला ग्रोनल्याण्डको ‍मोटर गुड्ने आकाशे पुलको ठीक मुनी रामचन्द्रसहित बिष्णु (बागलुङ) र धौलागिरि एफ.एम.का भू.पु कार्यक्रम संयोजकसंचारकर्मी तथा लोकदोहोरी गायक कृष्ण जि.सि. लार्इ भेटने अवसर पाएँ । धेरै लामो कुरा त हुन पाएन त्यो दिन तर जति भए ति अति भावुक र संवेगपूर्ण कुराकानी भए । भर्खर मात्र नर्वेमा केहि लामो बसार्इका लागि पाइला टेकेको मलार्इ उनीहरूको कुराकानी सुन्दै गर्दा मुटुमा तिब्र बेग उत्पन्न भएको अनुभव गर्दै गएँ । जति कुराहरू बढ्दै जान थाले उति नै पीडाको महशुस गर्दै जान थाले । विदेशी भूमिमा पहिलो पटक सानै भएपनि साथीहरूसँगको सामूहिक भेटघाटमा मैले यति पीडा महशुस गर्नुपर्ला भनेर सोचेकै थिइँन । मलार्इ त्यतिखेर अत्याधिक पीडा महशुस भयोजतिखेर तीनैजना प्रवासी साथीहरूले वश्लोमा नेपालीहरूबीच १ क्रोनर भएपनि एकले भन्दा अर्कोले बढी कमाउने अस्वस्थ प्रतिस्पर्धा चलेकोमा एक स्वर भए । उनीहरूले बताएमान्छे कमाउने लोभमा यो युरोपेली मुलुकमा नेपालमा गरिने कतिपय असभ्य र नाजायज हर्कत गर्दछन् । अर्थात सब वे वा ट्रिकमा यात्रा गर्दा २५/३० क्रोनर बचाउने लोभमा टिकट नकाटि यात्रा गर्ने जोखिम मोल्छन् । नर्वेका सरकारी वा संस्थागत अधिकारी आफ्ना जनताहरूको इमानदारिता प्रति अति विश्वस्त छन् । रनर्वेजियनहरू छन् पनि त्यस्तै । उनीहरूलार्इ राज्यका नीति नियमको उल्लघंन गर्नु मानवीय चरित्र गुमाउनु हो भन्ने राम्ररी हेक्का छ । तर उनीहरूकै देशमा दुर्इचार पैसा कमाउन आइपुगेका हाम्रा कतिपय नेपाली दाजुभार्इहरू केही भएपनि बढी कमाउने लोभमा यसरी यहाँको नियमको बर्खिलाप गरि हिड्ने प्रयास गरेको सुन्दा दिक्क पनि लाग्योमलार्इ । यहाँ काम गर्न आएका सबैलार्इ थाहा छनियम उल्लघंन गर्नु जोखिम मोल्नु हो तर पनि वीर गोर्खालीका सन्तानहरू त्यो जोखिम उठाउँदै आइरहेका छन् । एकदिनमै सामान्यतयाः १२/१३ सय क्रोनर कमाइ हुने ठाउँ हो नर्वे । १ महिनाभर चौबिसै घण्टा असिमित यात्राका लागि ५७० क्रोनर खर्च गरे एउटा टिकट खरिद गर्न सकिन्छ । सब-वेट्रिक वा बस जुनमा पनि यात्रा गर्न मिल्छ त्यो कार्डले । तरपनि आफ्नो पहिचानलार्इ दुर्नाम हुने तर्फ समेत ध्यान पुर्याइरहेका छैनन हाम्रा नेपाली दाजुभार्इहरू ।

हामीबिच कुराकानी हुने क्रम केहि समय मात्र चल्यो । कारणसबैजनाको व्यस्तता उस्तै । सायद २० मिनेट भन्दा बढी कुराकानी हुन पाएन त्यो समय । रात्रीको साढे नौ बज्नै आँटेको त्यो समयमा मैले चम्किलो सूर्यको प्रकाशमा कृष्ण जि.सि. सरको हात सेतो प्लाष्टरमा झुण्डिएको प्रष्टै देखिरहेको थिएँ । तर के भयो भनेर प्रश्न गर्न समेत पार्इरहेको थिइँन । हामिबिचको वार्तालापले उत्तर्राद्धतिर प्रवेश गर्नै लाग्दा मैले झटपट प्रश्न गरेँ  साँच्ची सरहातमा चाँहि के भयो ? उनले छोटो जवाफ दिएँ  हातमा हैन औलामा होसामान्य । मलार्इ उनले केही कुरा लुकाए जस्तो लाग्यो । मैले अति अनुनय गरेपछि उनले मात्र भनेभार्इ यसको कथा लामो छफुर्सदमा बताउँला । मेरो मनमा खुल्दुलि बढिरहने क्रममा घट्नै सकेन । रउनले पनि कुराखुलस्त पार्नै चाहेनन । अन्त्यमा उनले मलार्इ फुर्सद मिलाएर आफूबस्ने ठाउँमा आउन निम्त्याए । रमैले फुर्सदमा जरूर पाल्ने बताएपछि त्यो दिनको हाम्रो भेट त्यहि अन्त्य भो । 

Post a Comment

Popular Posts