शरणार्थी भएर बिताएका ती कठीन २४ घण्टाहरू (दोश्रो भाग)

यो भन्दा पहिले मैले पहिलो भाग  लेखेको थिएँ । यो त्यसैको दोश्रो खण्ड लेख्दैछु । कृपया यसलार्इ दिमागले हैन मुटुले पढ्ने कोशिस गर्नुहोला ।

सुरक्षाकर्मीहरूले शरणार्थीहरूलार्इ धपाउँदै गरेको दृश्य
अब हामीले धेरै हिड्नु पर्ने भएको थियो । हामी लगातार हिडिरह्यौ । गन्तब्यका विषयमा केही थाहा थिएन सिवाय पुग्नुपर्ने ठाउँ नर्वे हो भन्ने बाहेक । बाटोमा निकै खासखुस भर्इरहेको थियो । लगातारको हिडार्इले हामी अति थकित थियौ । एकछिन रोकिएर थकान मेट्ने कुरा कसैले गर्देनथे । एकछिन रोकिए मात्र यात्रामा पछि परिने भय थियो सबैमा । हामी हिडिमात्र रह्यौ । केहि घण्टा हिडेपछि रेडक्रसको ठूलो झण्डा हाम्रा आँखा अगाडि फरफरार्इरहेको देख्यौ । जति नजिक पुग्दै थियौ, त्यति नै त्यहाँ मान्छेहरूको चहलपहल बढिरहेको पायौ । सुनेको थिएँ रेडक्रसले असहाय र पिडितहरूलार्इ सहयोग गर्ने गर्दछ । त्यसैले मन ढुक्क भयो । मनमा धेरै घण्टा पछिको भोक मेटाउन पाइँदैछ भन्ने खुशी थियो । त्यतिनखेर सम्म अन द रन नामक त्यो २४ घण्टे अभ्यासको झण्डै ८ घण्टा बितिसकेको समय हुनु पर्छ । रेडक्रसका स्वयंसेवकको भूमिकामा भएका हरूले हामी शरणार्थीहरूको भूमिकामा भएका हरूलार्इ केहिबेर आराम गर्न भने । हामीहरू सुत्ने तरखरमा लाग्यौ । सबैजना आराम गर्ने शुरसार गरिरहेका थिए । 
रेडक्रसले बाँडेको खाना खाँदै शरणार्थीहरू
लगातारको ८ घण्टासम्म शरणार्थीको भूमिका निर्वाह आफैमा कठिन काम थियो । हिडार्इ, दुगुरार्इ र तनावका बिच त्यती धेरै समय पछि थकान मेट्न पाएकाले म मस्त निन्द्रामा परेँ । मान्छेहरू खासखुस गरेको सुनेपछि म उठेँ । खासमा मेरो बहिनी मोबिताको भूमिकामा भएकी दिक्षीले मलार्इ उठाएकी थिर्इन । रेडक्रसका स्वयंसेवकहरूले हामीलार्इ खाना ल्याएर बाँडे । त्यहाँ हामीले अपेक्षा गरे अनुसारको खाना थिएन । उनीहरूले निश्चित परिमाणको खाना खान मात्र दिए । त्यो भएपनि लिन पाउनु हाम्रो लागि भाग्यको कुरो थियो । रेडक्रसका स्वयंसेवकहरूले हामीलार्इ भने‑ तपाइँहरूले कम्तीमा पनि हाम्रो शिविर भेट्नु भयो, जोखेर वा नापेर दिर्इएको भए पनि खाना खान पाउनु भयो । पानी पिउन पाउनुभयो । सायद तपार्इँहरूलार्इ आवश्यक आराम पनि पुग्यो होला तपार्इँहरू जान सक्नुहुन्छ । हामी त्यहाँबाट फेरि हिड्यौ । मेरा परिवारका सदस्यहरू भन्दै थिए, हामीहरू बल्ल साउदी अरबबाट हिड्यौ । अझ हामीहरूले धेरै हिड्नु थियो । समय थाहा पाउनलार्इ हामीसँग घडि पनि थिएन । हामीहरू चुपचाप हिडिरहेका थियौ । मेरा मनमा अनेकन प्रश्नहरू उब्जिन थाले । शरणार्थीको भूमिका २४ घण्टासम्म मात्र निर्वाह गरिहेको यो वीचमा मलार्इ यति धेरै छटपटी भैरहेछ भने वास्तविक शरणार्थीहरूको झन के हालत हुन्छ होला ? हिडेको हिडै छ, बिसाउने ठाउँ आउने हैन । यस्सो आकाशतिर हेरेँ र अनुमान लगाएँ, सायद ११ जति बजेको हुनुपर्छ । विभिन्न देशका सिमाहरू पार गर्ने बेलामा थुप्रै खाले यातना सहनु पर्यो । शारीरिक भन्दा पनि मानसिक यातना बडो दुखदायी हुँदो रहिछ । जबजब हामी सीमामा आइपुग्थ्यौं, तबतब हाम्रो मुटुको धड्कन अझ बढी बढेर जान्थ्यो ।
सीमामा शरणार्थीहरूलार्इ थर्कमान पार्दै एक सुरक्षाकर्मी
सिमामा सुरक्षाकर्मीको भूमिकामा भएकाहरू हामीलार्इ नानाथरी कुराहरू सोध्दथें । र, खेल शुरू हुनुभन्दा पहिले हामीलार्इ दिइएका पैसाहरू मध्ये केही माग्थे पनि । पैसा हाता नपरिन्जेल उनीहरूले सीमा पार गर्नै दिदैनथें । यसरी ७/८ घण्टा भन्दा बढी समय हिडेपछि हामी अगाडि खेल शुरू भएको ठाउँमै फर्कयौ । सायद बिहानपखको ३ वा साढे तीन जति भएको हुनुपर्छ । नर्वेमा आइपुगेको भन्दै उनीहरूले हामीहरूलार्इ केही फर्महरू भर्नका लागि अनुरोध गरे । हामीहरूले ती फर्महरू भर्यौ । ती फर्महरू नर्वेमा शरणार्थी भएको आधार पेश गरी नर्वेमै स्थार्इ रूपमा बस्नका लागि भरिने आवेदन फर्महरू रैछन् । वास्तविक जीवनमा पनि विश्वका विभिन्न ठाउँबाट शरणार्थीका रूपमा नर्वे प्रवेश गर्नेहरूले असार्इलम सेन्टरहरूमा पुगेपछि त्यस्ता आवेदनहरू भर्दा रहेछन् । आवेदनमाथि गहन अध्ययन गरिएपछि मात्र आवेदक साँच्चीकै शरणार्थी हो वा हैन भन्ने कुराको जाँच पनि हुँदोरहेछ । हामीलार्इ बताइए अनुसार, यस्ता आवेदनहरूमा गम्भीर अनुसन्धान हुने गर्दछ, यदि आवेदकलार्इ आफ्नो देशमा बस्न असुरक्षा छैन भन्ने कुराको ग्यारेन्टी सम्बन्धित राज्यले स्वीकार गरेमा आवेदकले नर्वेमा आवसीय स्वीकृति नपाउँदो रहिछ ।  
विहान उठ्दा मेरो हालत
फर्महरू भरिसके पछि हामीलार्इ सुत्नका लागि भनियो । हामीहरू सुत्यौ । त्यति लामो हिडार्इ पछिको सुतार्इ भएर होला सुतार्इको मज्जा नै बेग्लै महशुस भयो, मलार्इ । म एकैछिनमा नै भुस परेँ ।
भोलीपल्ट बिहान ९ बजेतिर हामीहरूलार्इ उठ्न भनियो । हामीहरू उठ्यौ ।  हामीहरूलार्इ विभिन्न जाँच, अन्तरवार्ता लिने काम गरियो । धेरै कुराहरू सोध्ने कामहरू भयो । हामीहरूले पनि त्यसै गर्यौ । केहि समय फेरि हामीहरूलार्इ आराम गर्नका लागि भनियो । हामीहरूले त्यसै गर्यौ । लगभग अब हामीहरू २४ घण्टे खेलको अन्त्य अन्त्य तिर आईपुगेका थियौ । उनीहरूले एउटा खामभित्र केही ल्याएर हामी सबैजनालार्इ दिए । र, भने अब तपार्इँहरू नर्वे बस्ने अनुमति छ वा छैन भन्ने त्यो खामभित्रको पत्रले खुलस्त पार्दछ । हामीहरूले आ-आफ्ना खामहरू खोलेर हेर्यौ, हाम्रा परिवारका सदस्यहरूको कसैको पनि आवेदन स्वीकृत भएको थिएन । त्यहाँ शरणार्थीको भूमिकामा रहेका हामीजस्तै अरू दुर्इ परिवारहरू पनि थिए । जसमध्ये जम्मा एक परिवारको त्यो पनि एक जनाको मात्र नर्वे बस्ने आवेदन स्वीकृत गरिएको थियो । अब फेरि हामीहरूलार्इ आफ्नो देश सोमालिया फर्कन लागि तयार हुन भनियो । हामीहरू सबैले चुपचाप आफ्ना गुण्टाहरू बोक्यौं र त्यहाँबाट हिड्यौ ।
सोमालियाबाट निस्कने एक शरणार्थीको यात्रा रूट
यसरी हाम्रो २४ घण्टे शरणार्थीको भूमिका निभाउने खेल सकिएको थियो । खेल सिद्दिएपछि समिक्षाका लागि हामीहरू एकै स्थानमा भेला भयौं । र, समीक्षाको काम शुरू हुन थाल्यो । प्रशिक्षकहरू मध्येको एकले खेलमा सफलतापूर्वक भाग लिएकोमा बधार्इ दिदै भन्न थाले – तपार्इहरू जम्माजम्मी ७ घण्टा हिड्नुभयो । तर वास्तविक जीवनमा एकजना शरणार्थीले एकदिनमा कम्तीमा १४ घण्टासम्म हिड्नु पर्ने हुन्छ । सोमालियाबाट हिडेको एउटा शरणार्थीले उसले सोचे भन्दा धेरे देशहरू भएर हिड्नु पर्ने हुन्छ । विभिन्न देशका सीमारेखा पार गर्नु पर्ने हुन्छ । उसलार्इ सीमा पार गर्दा तपार्इँ हामीले खेलमा खेले झैँ सजिलो हुँदैन । कतिपय शरणार्थीहरूको ज्यान समेत जाने गर्दछ सिमाहरूमा । सोमालियाबाट हिडेको उक्त शरणार्थीले एडन खाडी पार गरेपछि यमन पुग्दछ । त्यसपछि साउदी अरब हुँदै उसको यात्रा इराक, सिरिया, टर्की, बुल्गेरिया, रूमानिया, हंगेरी, स्लोभाकिया, चेक गणतन्त्र हुँदै पोल्याण्डमा पुग्दछ । बाल्टिक सागर पार गरेपछि मात्र उ स्वीडेन आइपुग्छ । यसरी स्वीडेन हुँदै नर्वे आउने एक जना सोमालियन शरणार्थीले एक दर्जनभन्दा बढी देशको सीमाहरू पार गरेर नर्व आइपुग्दछ । उ नर्वे त आउँछ तर यहाँ आएर पनि उसले आवासिय अनुमतिका लागि दिएको आवेदन स्वीकृत हुन्छ नै भन्ने छैन । प्रतिवर्ष जम्मा आवेदन दिएकाहरू मध्ये औसतमा १० प्रतिशतको आवेदनलार्इ मात्र स्वीकृत प्रदान गरिने अवस्था हुन्छ । अब तपाइँहरू नै अनुमान गर्नुस कि नर्वे बस्ने सपना सजाएर आएको एक शरणार्थिले यहाँ बस्न पाउने अधिकार प्राप्त नगरेपछि उसलार्इ कति पीडा हुन्छ होला ?
खेलको दौरानमा यहाँहरूले रेडक्रसको शिविर भेट्नु भयो । कम्तीमा पनि केहि घण्टाको हिडाँइ पश्चातः तिर्खा मेटाउन पाउनुभयो । अलिकति भए पनि खान पाउनुभयो । त्यसमा तपार्इँहरू निकै भाग्यमानि हुनुहुन्छ । तर वास्तविक जीवनमा लाखौं शरणार्थीहरूले रेडक्रसको शिविर भेटिरहेका हुँदैनन् । अब तपाइँहरू अनुमान गर्नुस उनीहरूको पीडा कस्तो हुन्छ । 
बाँयाबाट क्रमशः मेरो आमा, बाबा, सौतेनी आमा, बहिनी, सौतेनी बहिनी, म, बहिनी र काका
उनले अझै भन्दै गए, "तपार्इँहरूले सीमामा के दुख झेल्नु भयो र ? सुरक्षाकर्मीको भूमिकामा भएको एकजना व्यक्तिले शरणार्थीको भूमिकामा भएको अर्कोजना व्यक्ति तपाइँहरूलार्इ देखाएको त्यो एउटा सामान्य व्यवहार मात्र थियो । बास्तबिक पीडालार्इ न त अभिनय गर्न सकिन्छ न त अभिनयबाट अनुभूति गर्न नै । हामीले यो पनि बिर्सनु हुँदैन कि शरणार्थीहरूले सुरक्षित जीवन यापनको लालशामा गर्ने यो भागदौडमा कतिपय उनीहरूले आफ्नो ज्यान पनि गुमाउनु पर्ने हुन्छ ।
यो खेल खेलेपछि मेरो मनमा लाग्यो, यसरी नै मेरो देशको हालत बिग्रदै जाने हो र द्भन्दले ठाउँ लिइराख्ने हो भने हामी धेरै नेपालीको भविष्य मैले २४ घण्टामा खेलेको झै वास्तविकतामा भोग्नु पर्ने त हैन् । हे भगवान, जतिसुकै दुख दिन सक्छौ मलार्इ देशभित्र नै देउ तर बिन्ती शरणार्थी नबनार्इदेउ । यस चौविस घण्टे खेलका तस्वीरहरू हेर्न यहाँबाट भित्र छिर्नुस ।
6 comments