वाह सभासदहरू वाह !

सरकार काम चलाउ भयो, शान्ति प्रक्रियाले उचित गति लिन सकेन, संविधान लेखन कार्यले बिश्राम लिएको लिर्इ भयो, बजेट नआउँदा आर्थिक कृयाकलापमा महत्वपूर्ण असर भयो भन्ने जिकिर गर्दै, मुख्य भनिएका तीनवटा भाले दलहरूबीच चरणचरणौ गरेर कहिले हात्तिबन त कहिले गोकर्ण, कहिले बालुवाटार त कहिले सिहंदरबार गरी विभिन्न मितिमा बैठक नभएका पनि हैनन् । ती कुनै पनि ठोस निर्णय नभएका बैठकहरू मात्र भए । देशको राजस्वबाट रिसोर्टमा पाकेका मीठा परिकार भोजन गर्ने र आरामदायी खाटमा सुत्ने बाहेक तिनले केहि लछारो पटारो लगाउन सकेनन । मंसिर ३ गतेको रातीको संसद भवनभित्रको बजेट निर्णायार्थ प्रस्तुत हुँदाको ब्यवस्थापिकाको बैठकमा जे देखियो त्यसले के प्रमाणित गरिदिएको छ भने, राजनैतिक दलबीच एकले अर्कोलार्इ निषेध गर्ने, देखार्इदिने (?) प्रवृति अझ बढेर गएको छ । जनताहरूका अगाडि जतिसुकै आशावादी कुरा गरे पनि यिनमा मिल्ति नै छैन भन्ने कुरो छर्लङ्गै भएको छ ।
 यो घटना घट्नुको मुख्य दोषी सबैले माओवादीलार्इ माने पनि मेरो बुझाइमा चाँहि कांग्रेस र एमालेको पनि उत्तिकै दोष छ । संसदको सबभन्दा ठूलो दललार्इ एक्ल्याएर जे पनि गर्न सक्छौ भन्ने भ्रममा रहेका कांग्रेस र एमालेका शिर्षस्थ नेता भनौंदालार्इ यो घटनाले लोप्पा ख्वाइदिएको छ । हुन पनि सहनुको पनि एउटा हद हुन्छ नी । अहिले देशमा महत्वपूर्ण कुरो बजेट भन्दा पनि सहमति हो । पहिला सहमति गर्नु पर्यो । जनताबाट निर्वाचित प्रतिनीधिहरूको सरकारमा उपस्थित हुनुपर्यो । अनि बल्ल बजेटका कुरा आउँछन् । यससम्बन्धी बाँकी कुरा पछि गर्दै गरौंला । अहिलेलार्इ तलको भिडियो हेरेर मनोरन्जन लिनुस । यो त शुरूवात मात्र हुनुपर्छ । यस्ता भिडियो अझ धेरै आउनु पर्छ । अब नेपाली जनताहरू भ्रममुक्त हुनु आवश्यक छ । यहाँ कसैले कसैलार्इ निषेध गर्नुको परिणाम यस्तै आउँछ । संसदबाट कुनै पनि हालतमा बजेट ल्याउन नसकिने अवस्था देखेपछि यो कामचलाउ सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी पनि गर्दैछ रे । अब तपार्इँहरू नै भन्नुस हिजो राजा ज्ञानेन्द्र शाहले अध्यादेश मार्फत बजेट ल्याउँदा चर्को बिरोध गरेका र्इ कांग्रेसी र एमालेहरूको चाला ! माओवादीले हैन यिनले संसदिय ब्यवस्थाको खिल्ली उडार्इरहेका छन् । म अहिले राजनीतिक दृष्टिकोण दिर्इरहेको छैन । वास्तवमा म आफू नै माओवादीको हिंसात्मक गतिविधी र अधिनाकत्व लाद्न खोज्ने चरित्रको बिरोधी मान्छे हुँ । तर पछिल्ला दिनहरूमा कांग्रेस र एमालेले विदेशीप्रभुको र्इशारा माओवादीहरूलार्इ एक्लाएर जे गर्न खोजिरहेका छन् म त्यसको घोर बिरोध गर्न चाहन्छु । 
बजेट प्रस्तुत गर्न नदिएर माओवादी सभासदहरूले ताण्डवता देखाएका होइनन् बरू राष्ट्रियता र दीगो शान्तिप्रति प्रतिबद्द रहन चेतावनी दिएका हुन भन्ने मेरो आफ्नो सापेक्ष बुझाइ मात्र हो । बजेट पास नहुँदा देश मात्र ठप्प हुने हैन, उनीहरूको पनि तलब भत्ता र सुविधा ठप्प हुने हो । आदर्शका गफ गरेर मात्र हुँदैन । अहिलेको तत्कालको आवश्यकता बजेट नभएर सहमति हो । संसदभित्रको यो पछिल्लो घटनाले कम्तिमा पनि सहमति बाहेक विकल्प नभएको जनाउ दिएको छ । यसपट्टी नेताहरूको ध्यान जानु जरूरी छ । म त भन्छु जे गरे माओवादी सभासदहरूले धेरै राम्रो गरे । वाह सभासदहरू वाह !


Comments

Anonymous said…
Nirajan ji ma hajurko kurama 100% sahamat 6u tapaiko yo lekh ma daam cha,,nirantarta dinu hola,,,Sundar
amar spandan said…
yastai ho dai achel ta yo raajnini ko khasai intrest launai chhodyo bhanya hernuna hamro desh ma chiniko mulya 1 rupee badda ufranchhan aaja yatibidhi huda sabai chup k garne .............amar spandan..
amar spandan said…
yastai ho dai achel ta yo raajnini ko khasai intrest launai chhodyo bhanya hernuna hamro desh ma chiniko mulya 1 rupee badda ufranchhan aaja yatibidhi huda sabai chup k garne .............amar spandan..
Anonymous said…
Nirajan ji ma hajurko kurama 100% sahamat 6u tapaiko yo lekh ma daam cha,,nirantarta dinu hola,,,Sundar

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)