अनलाइन लक्ष्मी जयन्ती

सम्भवतः नेपाली साहित्यको इतिहासमा पहिलो पटक याहु म्यासेन्जरको कन्फरेन्स कल मार्फत १०२औ लक्ष्मीजयन्तीका अवसरमा पहिलो पटक काव्य गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी शुक्रबार दिउँसो नेपाली समय अनुसार १ बजे शुरू भर्इ नेपाली समय अनुसार रातिको १ बजे सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका तर्फबाट १० महिनाका लागि युवा स्वयंसेवकका रूपमा छनौट भर्इ ट्रोम्स रेडक्रस नर्वेमा कार्यरत रत्नेचौर म्याग्दीका नीराजन थापा 'शिरीष' ले कार्यक्रमको संयोजन तथा सञ्चालन गरेका हुन । पहिलो र दोश्रो खण्ड गरी सञ्चालित गोष्ठीमा झण्डै पचास जना जति नेपाली साहित्यप्रेमीहरू जुटेका थिए । विदेशमा रहेका नेपाली भाषा र साहित्यप्रति सम्मान गर्ने साहित्यप्रेमीहरूलार्इ एकजुट पार्नका लागि कार्यक्रमको परिकल्पना गरि सफलतापूर्वक सम्पन्न गरिएको हो । कार्यक्रममा नर्वेबाट लोकगायक एवं संचारकर्मी कृष्ण जिसी, बेल्जियमबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रतिनिधित्व गर्दै विपिन खड्का, कतारबाट सन्तोष शर्मा, दुबर्इबाट प्रेम लामा साथै नेपालबाट धौलागिरि एफ.एम. बागलुङका कार्यक्रम संयोजक मोहराज शर्मा लगायत डेढ दर्जन साहित्यप्रेमिहरूले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा बेलायत, नर्वे, इजरायल, ओमान, पोल्याण्ड, पोर्चुगल, साउदी अरब, कतार, बेल्जियम र नेपाल लगायतका एक दर्जन देशहरूमा छरिएर रहेका नेपालीहरूले सहभागिता जनाएका थिए ।

Comments

Popular posts from this blog

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

नेताको छोरा १ - समाज, विकास र चुनाव

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा