अडियो स्तम्भः हामी युवा

शिर्षक: उसको असफल प्रेम
यसपालीको श्रुङ्खलामा समावेश प्रेमकथा केहि वर्षपहिले मसँगै काम गर्ने एकजना साथीको हो ।
कथाका केहि अंशहरूः

  •  “साँच्ची मित्र पहिलो माया बिर्सन गाह्रो हुँदो रहेछ हैं !” मेरो मनभित्रको आवाज उसले बोलिदिएको महशुस भयो मलाई । मैले उसलाई भन्न कर लाग्यो – “होइन् मित्र, बिर्सनु र सम्झनु समयले निक्र्यौल गर्दछ । कहिलेकाही बिर्सेर घाटा हुन्छ जीवनमा त कहिलेकाही सम्झेर पनि फाइदा हुँदैन जिन्दगीमा ! तसर्थः फाइदा जे गर्दा हुन्छ, त्यही गर्ने बानी बसाल्नु पर्छ । सबै ठीक हुन्छ ।”
  • “ऊ कति साधारण थिई, खासमा । उसको साधारण पहिरन, साधारण मेकअप अनि साधारण र प्राकृतिक फेशनले मलाई लोभ्याएको थियो । उसको साधारण पहिरनले गर्दा मैले सोचेको थिएँ – यत्तिको केटी पाएँ भने मेरो जीवन राम्ररी चल्छ !” उसले अति भावुकतापूर्वक बतायो । “बिचरा उसले अघिपछि भेट्नलाई समय पाउँदिन भनेर सबेरै ४ बजे म उसलाई लिन जान्थेँ, ऊ व्यग्रतापूर्वक मलाई नै पर्खेर बसेकी हुन्थी ।”
अडियो क्लिप सुन्नुस् 


यदि यहाँसँग प्रेम वा अन्य कुनै पनि विषयसँग सम्बन्धित आफ्ना अनुभवहरू छन् र उक्त सत्यता साथीहरूसँग बाड्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना tpnir1@gmail.com मा सम्पर्क गर्नुहोला । साथै आफूले सुन्न चाहेको गीतको अनुरोध गर्न सक्नुहुनेछ । यदि यहाँसँग कुनै गीतहरू छन् पनि हामीलार्इ इमेल गर्न सक्नुहुनेछ ।
र, अन्त्यमा यहाँहरूको सुझाव, सल्लाह र प्रतिक्रियाले नै यो स्तम्भको निरन्तरता र उत्कृष्टताको तय गर्ने भएकाले कृपया कार्यक्रम सुनिसकेपछि प्रतिक्रिया ब्यक्त गर्न नबिर्सदिनुहोला ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)