छिःछिः लाज नभएका नकच्चराहरू !

हिला तलका दुर्इ तस्बीरहरूमा ध्यानपूर्वक हेर्नुहोस् । यी दुर्इ तस्बीरहरू हुन् – नेकपा एमालेका झलनाथ खनाललार्इ तोरीको फूल देख्ने गरी चड्कन लगाउने देबिप्रसाद बाजेको साहसिक कार्यका लागि नेपाली नागरिकहरूको समर्थन र ऐक्यबद्भताका प्रतिकहरू । नेपाली जनताहरू मध्येका हालसम्मकै सर्बाधिक आँटिला ब्यक्तित्वका रूपमा देविप्रसादलार्इ विश्वभरी छरिएर रहेका नेपालीहरूले सम्मान दिए । उनै देविप्रसाद हिजो जो आफ्नो गाउँमा साधारण खेतिपाति गर्थे र गुमनाम प्रायः थिए, एकाएक चर्चामा आए । उनको मुक्तकण्ठले प्रंशसा गर्नेको ओइरो लाग्यो । विशेषतः विश्व बिख्यात सामाजिक सञ्जाल फेसबुकमा त उनि यसरी चम्किए कि करिब ७ हजार फेसबुक प्रयोगकर्ताले उनका लागि बनाइएको पृष्ठ मन पारे । त्यो पनि कुनै बिज्ञापनको सहायता बिना ।
देबिप्रसादको नामको वेभपेजको तस्बीर, जहाँ उनलार्इ सहयोग गर्नेहरूको नामवली समेत छ ।

देविप्रसादको लागि फेसबुकमा सृजना गरिएको पृष्ठ, जसलार्इ ७ हजार भन्दा बढीले मन पारेका छन् ।

उनको एक झापडबाट प्रभावित भर्इ एक जना नेपाली युवाले त उनको नामको वेभपेज नै खोलिदिए । डब्लुडब्लुडब्लुडटदेबिप्रसादरेग्मीडटइन्फो नामक वेभपेज खोली सहयोग रकम समेत संकलन गर्ने काम भयो । प्रत्येक मिनेटमा उनका लागि सिर्जित फेसबुक पृष्ठमा फेसबुकका नेपाली प्रयोगकर्ताहरूले उनलार्इ बधार्इ तथा शुभकामना छाडे ।
र, कतिले त देशमा यस्तै अरू पनि धेरै देविप्रसाद जन्मनु पर्ने आवश्यकता भएको समेत लेखे । कोही फेसबुक प्रयोगकर्ताहरूले त अब अर्को नेताको गाला फुटाल्नेलार्इ आकर्षक धनराशीको पुरस्कार दिने समेत घोषणा गरे । यसरी सुनसरीको भरौलबाट शुरू भएको उनको यश नेपालहुँदै बिश्वभरी छरिन पुग्यो । देशको राजनैतिक परिस्थितीका बारेमा जान्न इच्छुक प्रत्येक नेपालीहरूलार्इ जुरूकजुरूक पारिदियो- देबिप्रसादको निडरताले ।
उनको यो एक झापडको यश यसरी फैलिनु आवश्यक थियो थिएन त्यो मलार्इ थाहा छैन । उनको यो एक झापडका लागि हामीहरूले यति धेरै सम्मान र सहयोग उनिप्रति देखाउनु जरूरी विषय थियो वा थिएन त्यसका बिषयमा पनि म केहि लेख्दिन । तथापि उनले चड्कन फुट्ने गरी दिएको झापडले खनालको मात्र हैन सम्पूर्ण राजनैतिक दलका नेताहरूको गिदी खल्बलिनु पर्ने हो तर त्यसो भएन । घटना विवरणले हामीलार्इ प्रष्टै पारेको छ । देबिप्रसादको झापडले नेताहरूमा दिव्य चेतना आउँछ भन्ने भ्रममा हामी परेछौ । नत्र यसरी उनका हस्ताक्षरमा विज्ञप्ती प्रकाशित भर्इ १ हजार रूपैयाँ धरौटीमा उनको रिहा हुने थिएन । मलार्इ त लागेको छ, एमाले अध्यक्ष खनालले आफ्नो राजनैतिक इतिहासको यो एउटा अवसरलार्इ नराम्ररी गुम्न दिए । उनले हातमा आएको अवसरलार्इ त्यसै खेर जान दिए । अझ यसो भनुँ, कि उनले यसको दुरूपयोग गरे र गर्न लगाए । मैले यो यस अर्थमा लेखिरहेछु, सायद त्यो चड्कन खाइसकेपछि, झलनाथले खुल्ला मञ्चमा उद्घोष गर्न सकेको भए – म आज निकै गम्भीर भएको छु । र, खुशि पनि । गम्भिर यस अर्थमा कि आज एक किसानले अझ हाम्रै दलका पूर्वकार्यकर्ताले मलार्इ प्रतिकात्मक रूपमा यसरी झापड हानेर म लगायत अन्य ठूला दलका शिर्षस्थ नेताहरूलार्इ निन्द्राबाट जगाउनु पर्यो । उहाँले हामीलार्इ हाम्रो जिम्मेवारी बहनका विषयमा गहन बिचार गर्न यसरी प्रस्तुत हुन पर्ने अवस्था बनाउनमा मेरो ठाउँबाट पनि अवश्य कमजोरी भएको छ, त्यसका लागि म समस्त नेपाली जनताहरूप्रति क्षमा प्रार्थि छु । र, खुशि यस अर्थमा कि उहाँले तन्द्राबाट ब्युझाउनका लागि मेरै गाला रोज्नुभयो । वा, यसो भनूँ कि अरू ठूला दलका शिर्षस्थ नेताहरूले तन्द्राबाट ब्युझाउन सामर्थ्य राख्ने एउटामात्र नेता उहाँले मलार्इ देख्नुभयो । म उहाँप्रति धेरै आभारी छु, तथापि यसरी भौतिक प्रहार गर्नु राजनीतिक संस्कारको कुनै सभ्य पक्ष होइन । तैपनि म आजबाट अझ बढी उर्जाशिल भएर राजनैतिक निकास दिनका लागि अझ अरू तत्परता देखाउने प्रतिबद्दता देखाउँछु । भनेर मात्र बोलिदिएको भए! अनुमान गर्नुस् त खनालको ब्यक्तित्व कहाँबाट कहाँ पुग्थ्यो होला ? तर दुःख लाग्दो विषय, अलिकति त्याग सम्म देखाउन सकेनन् उनले ।
देबिप्रसादको हस्ताक्षरमा प्रकाशन गरिएको विज्ञप्ती
के नेपाली जनताहरू यति सोझा छन् र ? कि जेजे घटनाहरू विकास गर्दै लगिन्छ त्यसलार्इ सिधैं समर्थन गर्ने ? जसरी नेपाली जनताहरूले मदनकुमार भण्डारीको हत्याकाण्डमा एमाले भित्रकै विदेशी दलालहरूको हात छ भन्ने कुरालार्इ इन्कार गर्न सक्दैनन्, जसरी कुनै पनि नेपाली जनताहरूले एउटा ठूलो पारिवारिक जमघटमा कुनै पनि बन्दुक एउटै निश्चित ब्यक्तिको परिवारका सदस्यहरूको छानी छानी हत्या गरेर पड्कन बन्द हुन्छ भन्ने कुरालार्इ मान्न तयार छैनन् । ठिक त्यसरी नै, तिनै नेपाली जनताहरूले- देशमा व्याप्त बेरोजगारी समस्या, अबिकास, अस्थिर राजनीति र देशको अविनतिको पर्याय नेता भएकाले सम्पूर्ण नेपाली जनताहरूको हितका लागि खनालको गाला पड्काएको हुम भन्ने एक गाउँले किसान देविप्रसादले दुर्इरात हिरासतमा बस्नु पर्दैमा आफूले गल्ती गरेको, अज्ञानताबस कुकार्य गरेको, क्षमा चाहन्छु भनेर बिज्ञप्ती प्रकाशित गर्छ भन्ने कुरा मान्न तयार हुँदैनन् भन्ने किन बुझेनन् एमालेहरूले ?
सच्चिएर राजनीतिको ठिक ट्रयाकमा आउन सम्पूर्ण नेताहरूका लागि यो महत्वपूर्ण पाठ थियो । तर यसको मर्म कसैले बुझे जस्तो लागेन । एमालेकाहरू किन यसरी गिरे ? किन यसरी नांगेझार हुन खोजे ? मलार्इ चिन्ता लागेको बिषय हो यो । अर्ध कम्यूनिष्ट चरित्र बोकेको यो पार्टी नेपाली भूराजनैतिक अवस्था अनुरूपको दलमा बिकास हुन सक्ने प्रचुर सम्भावना थियो तर यसले एउटा महत्वपूर्ण अवसर गुमाएको छ यतिखेर । हुनसक्छ, सुनसरी जिल्ला कमिटिमा बसेर आफ्नो सुनौलो राजनैतिक भविष्य देखेका एमालेका कामरेडहरूले आफ्ना अध्यक्षको चाप्लुसी गरेर मौकामा चौका उठाउन खोजिरहेछन् । तर तिमीहरू निरीह देबिप्रसादको निरीहताको फाइदा उठाएर, यसरी जनताका अगाडि प्रस्तुत हुन्छौ होला भन्ने सायद तिम्रा शुभचिन्तकहरूलार्इ समेत एक रत्ति थिएन । तिमीहरूले उनीहरूको विश्वासलार्इ चकनाचूर पारिदिएका छौ ।
हिजो जनआन्दोलन दबाउने, आन्दोलनकारीका छातिमा बुट बजार्ने, गोली ठोक्नेहरूलार्इ केहि कारबाही गर्न सक्यौ, ए दलका नेताहरू तिमीले ? के नेपार्न सक्थ्यौ तिमी नाथेहरूले ? तर आज जसले तिमीलार्इ तन्द्राबाट ब्युझाउने प्रयास गर्यो उसैलार्इ यस्तो निकृष्ट विज्ञप्तीमा हस्ताक्षर गर्न लगाएर अरू देविप्रसादहरू जन्मदैन भन्ने आत्मरतीमा लिन छौ, हगी ? यो त सानो शुरूवात थियो, तिमीहरू सच्चिएर अगाडि बढ्नलार्इ अवसर पनि थियो तर समयलार्इ चिन्न सकेनौ, तिमीहरूले ! बल्खु दरबारमा विज्ञप्तीको ड्राफ्ट (सम्भवतः ओलीले होला, यस्ता काममा भरसक उनी अगाडि सर्छन रे) तयार पारेर देविप्रसादको रेडिमेड हस्ताक्षर राखेर यो कस्तो नाटक देखाएको हँ ? छिःछिः लाज नभएका नकच्चराहरू !
खबरदार नेताहरू ! तिम्रा रेडिमेड विज्ञप्तीहरूले अझ अरू देविप्रसादको सृजना हुने वातावरण तयार पार्दैछ । एउटा कुरा दिमागमा राखे हुन्छ, सुनसरीमा थप्पड हान्ने एउटा देविप्रसाद भेट्यौ, अब देशका कुनाकुनामा आत्मघाती आक्रमणकारीहरू भेट्न बेर छैन । देबिप्रसादले त थप्पड हाने, तिमीहरूले हिरासतमा पठायौ र यो नाटक गरेर फेरि हिरासत मुक्त गर्यौ । तर, तिमीहरूको अकर्मण्यताले जनतामा निम्तेको तिमीहरूप्रतिको वितृष्णा त्यत्तिकै मरेर जाला भन्ने पूर्व अनुमान नगरे कै वेश होला ! यस्तै हविगती दोहोरिदै जाने हो भने, भोली आफू मरेर तिमीलार्इ मार्न सक्ने अरू देविप्रसादहरू जन्मन कत्ति बेर लाग्दैन  ! होश पुर्याउ है समयमै !

साथीहरू, यो लेखलार्इ विश्वभरी छर्न यहाँहरूले सहयोग गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । कृपया यो कार्यमा मलार्इ सहयोग गर्नुहोला । लेखको ठिक मुनीरहेको शेयरिङ बटनबाट यो लेखलार्इ यहाँले फेसबुक, टिवटर, गुगल बुज वा याहु बुज मार्फत बाड्न सक्नुहुनेछ । साथै विशेष ब्यक्तिहरूलार्इ मेल पनि गर्न सक्नुहुन्छ ।

Post a Comment