दुर्इ फरक पात्रहरूः देबिप्रसाद र रूद्रप्रसाद

भरौल ३ का एक पूर्व एमाले कार्यकर्ता देविप्रसाद रेग्मीले झापड हानेको समाचार संचार माध्यमहरूमा प्रसारण भैरहदा मैले यहाँहरूसँग बाड्न खोजेको सन्दर्भ चाँहि अलि फरक छ । देविप्रसाद रेग्मीले त झलनाथ खनालको गाला मात्र चड्काए, तर म्याग्दी सदरमुकाम बेनीमा लामो समयसम्म छापाखाना मजदुरका रूपमा काम गरि पछाडि आफ्नै छापाखाना समेत सञ्चालन गर्दै आएका एक मजदुर तथा ब्यवबासी रूद्रप्रसाद शर्माले त देशको बिग्रदो परिस्थतिको एउटै मात्र दोषी राजनैतिक दलका शिर्षस्थ नेताहरू मात्र नभर्इ तीनमा संलग्न प्रत्येक नेता तथा सभासदहरू भएको जिकिर गर्दै आफू संलग्न छापाखाना मजदुर महासंघबाट राजीनामा दिएको बक्तब्य एक स्थानीय पत्रिकामा रकम खर्च गरेर विज्ञापनको स्वरूपमा नै प्रकाशित गरेका छन् ।
लामो संघर्षबाट एक स्थापित छापाखाना ब्यवसायी बनेका रूद्रप्रसाद शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् - विशेष परिस्थिति (आन्दोलनको भूमरी) अथवा चुनावी ऋतु बाहेक नेताहरुले हामी सर्वसाधारण मजदूर, किसान, विद्यार्थी आदि पेशागत नागरिकलाई कुनै वास्ताको विषय बनाउँदैनन् । विशेष परिस्थिति जस्तो आन्दोलन वा ढुंगामुढा गर्नु पर्दा यी दलहरुको मुख्य हतियार मजदूर, किसान र विद्यार्थीहरु जस्ता सर्वसाधारण पंक्तिलाई भकुण्डोमा हावा भरेर खेलाडीले प्रयोग गरे झैं प्रयोग गरिरहेका छन् । लाग्छ, विज्ञप्तीमा उनले दल र तीनका नेताहरूप्रति आम नागरिकहरूको वितृष्णा, अविश्वास र आक्रोशलार्इ समेटेका छन् । देशका प्रत्येक राजनैतिक दलहरू र तीनका नेताहरूले देश र जनताका विषयमा कहिल्यै पनि भलो नचिताएको तीतो यथार्थलार्इ उप्काउँदै शर्माले यस्ता देशद्रोहीहरूको पिछलग्गु नहुनका लागि सम्पूर्ण नागरिकहरूलार्इ आव्हान गर्दै लेखेका छन् - तस्करी, भ्रष्टचारी, जन गद्दारी, विभिन्न किसिमका (जल, भू, हवाई आदि) माफिया,  देशद्रोही संरक्षकको पछाडी हामी कोही नलागौं । उनको विज्ञप्ती हेर्न यहाँ क्लिक गर्नुस् । 
उता देविप्रसादको चड्कन खनालले भेटे र प्रतिक्रिया दिएछन् – यी भुसुनाहरू हुन्, त्यस्ता विषयलार्इ महत्व दिन्न । सायद रूद्रप्रसादको विज्ञप्तीलार्इ पनि सम्बन्धित दलले महत्व नदिएकै होला, भुसुनाको घुर्की ठानेर ! यी दुर्इ पृथक घट्नाले पुष्टि गरेको एउटै तथ्य के हो भने – होशियार नेताहरू, जनतामा तिमीप्रति असाध्यै वितृष्णा छ, यो घृणाको आँधिबेहरी उठ्यो भने तिमीहरूलार्इ नबढारी रोकिनेवाला छैन ।
कृपया आफ्नो प्रतिक्रिया ब्यक्त गरिदिनुहोला ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)