Skip to main content

Posts

Showing posts from February, 2011

नबिर्स फ्रान्सेली राज्य क्रान्ति !

झापड खाए पनि जे खाए पनि राजनैतिक दलका बज्रस्वाँठ नेताहरूमा कहिल्यै चेत पलाएन । देश र जनताको लागि भन्दै फलाक्दै हिड्ने तथापि आफू र आफ्ना आसेपासेहरूका बारेमा बाहेक अरूका पक्षमा केहि सोच्न नसक्ने र्इ हराम नेताहरूलार्इ अब गोली हानेर मार्नु बाहेक अर्को केहि बिकल्प छैन । यिनले राम्ररी बुझेका छन् कुनै पनि किसिमको निरंकुशता र स्वेच्छाचारी शासन ब्यवस्था विश्वमा कहि पनि टिकेन र टिक्ने पनि छैन । तर, यिनले यो किन बुझ पचार्इरहेका छन् ? बिषय अत्यन्तै गम्भीर छ ! नेपालकै इतिहासलार्इ फर्केर हेर्ने हो भने, हामी यस्ता थुप्रै उदाहरणहरू पाउँछौ । शस्त्रअस्त्रादी र पैसाको शक्ति हुँदा हुँदै पनि १०४ वर्ष पछि राणाहरूको निरंकुशता र स्वेच्छाचारी शासन किन निर्मुल भयो ? उत्तिकै धेरै समर्थन र शक्ति प्राप्त पञ्चायति ब्यवस्था किन नामेट भयो ? किन २४० वर्षे राजतन्त्रको अन्त्य भयो ? यसलार्इ दलका नेताहरूले गम्भीरता पूर्वक विश्लेषण गर्नु आवश्यक छ । सयौं बर्ष पहिलेदेखि हाम्रा पुर्खाहरूले साँचेको आफ्ना लागि आफैले निर्क्यौल गर्न पाउने शासन ब्यवस्थाको सपनालार्इ पूरा गर्ने सुनौलो अवसर प्राप्त गर्दा पनि हामी किन यसरी अल्मलिरहेका …

बाल सैन्य भर्ना बन्द गर !

आमा बजार गएर आउँदाको दिन एक पोका पाउरोटी नलिइकन आउँदा म आमासँग २ दिनसम्म घुर्कि लाएर नबोलीकन बस्थेँ । मलार्इ अझै याद छ, बाबाले चाइनिज फाउन्टेन कलम ल्याइदिन्छु भनि बिर्सेर नल्याइकन आउँदाका दिन म उहाँसँग झगडा गरेको थियो । भार्इलार्इ अलिकति बढी माया गरेको जस्तो लाग्यो भने म पस्केको खाना छाडेर उठ्थेँ । र, मलार्इ राम्ररी याद छ- स्कुलबाट एक बजे छुट्टीको बेला मामाघर जाँदा बोर्इले भातसँग खाने दुधको तर (कतै कतै मलाइ पनि भन्छन् सायद) नराखिदिदा, हजुर मेरो बोर्इ नै हैन भनि ३/४ दिनसम्म बोर्इको घरमा पस्दा पनि पस्ने थिइँन । अर्थात म सानो छँदा मेरो बाल्यकाल थियो । म सँग सुरक्षित थियो- मेरो बाल्यकाल ! म रूँदा फकाउने मेरा बाबाआमा र आफन्तहरू थिए । खेल्नलार्इ साथीहरू थिए । साथीहरूसँग खेलेको र बनभोज गएको मैले कसरी बिर्सन सक्छु ? मेरो छुट्टै संसार थियो । प्रायःजसो खुशीले भरिपूर्ण थियो, मेरो बाल्यकाल !

कति सहने हो अन्याय ?

पैसा नदिदाँ पिटिने यो क्रमको अन्त्य कहिले हुन्छ ?
यी भारतीय सुरक्षाकर्मीहरू र भन्सारका कर्मचारीहरूद्भारा पिटिने र लुटिने क्रमको अन्त्य किन हुँदैनन् ?

प्रधानमन्त्री चुनाब र मेरो स्किङ

हिजो जीवनमा पहिलो पटक स्कीको अनुभव लिएँ । टि.भी स्क्रिनमा स्कीका खेलाडीहरूले स्की गरेको देख्दा सारै आहरिश लाग्ने गर्थ्यो । तिनले जस्तै गर्न पाए हुन्थ्यो नी भन्ने लागिरहन्थ्यो । तर हिजो स्की गर्न गए पछि थाहा लाग्यो । यो काम त्यति सजिलो भने रहिन्छ । स्की बोर्डमा जुत्ता फिट गरेर हिड्न के थालेको थिएँ, लडि हाले । तैपनि सम्पर्क ब्यक्ति हन्नाको प्रेरणाबाट जसो तसो स्की बोर्ड लगाएर हिड्न भने सिकेँ त्यो पनि दशौं पटक लडेर मात्र । लड्यो अनि उठ्यो । उठ्यो, थोरै हिड्न थाल्यो अनि फेरि थचक्कै ! भगवान कसम, नेपालको प्रधानमन्त्रीको चुनावभन्दा पनि बढी पटक लडेँ म । आखिरीमा, नेपालको प्रधानमन्त्रीको चुनाव १७ औ पटकमा सफलतापूर्वक सम्पन्न भए जस्तै मैले पनि ५० औं पटक लड्दै, उठ्दै गरेपछि केहि छोटो दुरी सम्म स्किङ् गर्न सफल भएँ । अर्को हप्ता अलि बढि लामो दुरी तय गर्न सक्छु भन्ने लागेको छ । हेरम के हुन्छ । मैले विश्वास गर्छु, प्रसिद्द अमेरिकी कवि राल्फ वाल्डो इमर्शन  को भनार्इमा, “Our greatest glory is not in never falling, but in rising up every time we fall!”

दिने हैन त प्रधानमन्त्रीलार्इ सुझाब ?

ब्लगप्रेमी मित्रहरू, मैले आजमात्र हाम्रा ३४ औं प्रधानमन्त्री झलनाथ खनालको ब्यक्तिगत वेभसाइट छ भन्ने थाहा पाएँ । यस्सो हेरेको वेभसाइट ब्यवस्थित र अपडेटेट पाएँ । बायाँ पट्टी सुझाब बाकस पनि रहिछ । कति उनीहरूलार्इ गालि मात्र गर्ने यस्सो दुर्इचार सुझाबहरू हामी पनि राखि हेरौंन भन्ने लागेर केहि सुझाबहरू पनि खसाले । मेरा सुझाबहरू तल उल्लेख गरेबमोजिम छन्, कृपया यहाँहरूले पनि ५/७ मिनेट फुर्सद निकालेर केहि सुझाबहरू राखिदिनुहोला, आफ्नो बास्तबिक पहिचान खुलाएर ! मेरा सुझाबहरू तल उल्लेख गरे बमोजिम छन् ।

प्रधानमन्त्री ....प्रधानमन्त्री ......प्रधानमन्त्री .......!

अन्ततः केहि घण्टा पश्चातः नेपालले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ । माधबकुमार नेपालले प्रधानमन्त्री पदबाट राजनीमा दिएको दुर्इ दिनमा सहमति निर्माण हुने जिकिर गर्दै आएको एकिकृत नेकपा माओवादी र एमाले अध्यक्ष खनालसहितका केहि एमाले हस्तीहरूले २ दिनमा त के २ महिनासम्म पनि भनेजस्तो सहमतिको बाताबरण निर्माण गर्न नसकेको त हाम्रा माझ छर्लङ्गै छ । यसरी ५ महिनासम्म देशलार्इ पेन्डुलम गरार्इ प्रधानमन्त्रीको निर्वाचनमा रनभूल्ल परेका दलहरूले प्रधानमन्त्री निर्वाचनको नियमावलीमा संशोधन गरी प्रधानमन्त्री निर्वाचनको दोश्रो खण्ड शुरू गरेका थिए । आज, प्रधानमन्त्री निर्वाचनको दोश्रो खण्ड शुरू हुँदा यसले फेरि नाटकिय रूप लिएको छ । सधैं सहमतिको रटान दिदैँ आएका दलहरू मध्ये एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिइ प्रधानमन्त्रीमा दाबेदारी राखेका एमाले अध्यक्ष झलनाथ खनाललार्इ सहमति गरेको औपचारिक घोषणा गरेपछि यसपालीको प्रधानमन्त्री निर्वाचनले नाटकिय रूप लिएको हो । देशले पाँच महिनाको कठोर तपस्या पश्चातः नयाँ प्रधानमन्त्री त पाउने निश्चित भयो तर यसले शान्ति प्रक्रियालार्इ तार्किक निश्कर्ष…

के देशले प्रधानमन्त्री पाउने भयो त ?

अन्ततः दुर्इ ठूला कम्युनिष्ट पार्टीहरूले आफूहरूलार्इ एउटै स्थानमा उभ्याएर देशमा प्रधानमन्त्री चुन्ने आधार सम्म निर्माण गर्न प्रयास गरेका छन् । तथापि यिनीहरूको यो मिल्ती जेठ १४ सम्म संविधान बनाउनु भन्दा पनि त्यसपछि थप ६ महिनाका लागि अन्तिम पटक संविधानसभाको म्याद थप्नका लागि मात्र हो भन्नेमा म विश्वस्त छु । हामी यी दुर्इ दलको मिल्तीको पृष्ठभूमिलार्इ विश्लेषण गर्न सक्छौं । हिजो छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेर आज एक्कासी प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता घोषणाको मुख्य उद्देश्य के हुन सक्छ त ? अझ यो भन्दा पनि गम्भीर कुरो त प्रचण्डले पार्टिभित्रका आफ्ना केहि तर महत्वपूर्ण नेताहरूको उम्मेदवारी फिर्ता नगर्न गरेको आग्रहको पूरापूर बेवास्ता गरि उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । यसलार्इ हामी प्रचण्डको उदारता मान्न सक्छौं कि प्रपञ्च ? कुरो गम्भीर छ, तैपनि हेर्दै जाउ प्रधानमन्त्रीको निर्वाचनमा के हुन्छ ? बाँकि कुरा प्रधानमन्त्रीको रिजल्ट पछि !