प्रधानमन्त्री चुनाब र मेरो स्किङ

यो फोटो म १९ औं पटक थचारिँदाको हो । फोटोः हन्ना होभ्दे बार्इ

हिजो जीवनमा पहिलो पटक स्कीको अनुभव लिएँ । टि.भी स्क्रिनमा स्कीका खेलाडीहरूले स्की गरेको देख्दा सारै आहरिश लाग्ने गर्थ्यो । तिनले जस्तै गर्न पाए हुन्थ्यो नी भन्ने लागिरहन्थ्यो । तर हिजो स्की गर्न गए पछि थाहा लाग्यो । यो काम त्यति सजिलो भने रहिन्छ । स्की बोर्डमा जुत्ता फिट गरेर हिड्न के थालेको थिएँ, लडि हाले । तैपनि सम्पर्क ब्यक्ति हन्नाको प्रेरणाबाट जसो तसो स्की बोर्ड लगाएर हिड्न भने सिकेँ त्यो पनि दशौं पटक लडेर मात्र । लड्यो अनि उठ्यो । उठ्यो, थोरै हिड्न थाल्यो अनि फेरि थचक्कै ! भगवान कसम, नेपालको प्रधानमन्त्रीको चुनावभन्दा पनि बढी पटक लडेँ म ।
आखिरीमा, नेपालको प्रधानमन्त्रीको चुनाव १७ औ पटकमा सफलतापूर्वक सम्पन्न भए जस्तै मैले पनि ५० औं पटक लड्दै, उठ्दै गरेपछि केहि छोटो दुरी सम्म स्किङ् गर्न सफल भएँ । अर्को हप्ता अलि बढि लामो दुरी तय गर्न सक्छु भन्ने लागेको छ । हेरम के हुन्छ । मैले विश्वास गर्छु, प्रसिद्द अमेरिकी कवि राल्फ वाल्डो इमर्शन  को भनार्इमा,Our greatest glory is not in never falling, but in rising up every time we fall!”

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)