नबिर्स फ्रान्सेली राज्य क्रान्ति !

झापड खाए पनि जे खाए पनि राजनैतिक दलका बज्रस्वाँठ नेताहरूमा कहिल्यै चेत पलाएन । देश र जनताको लागि भन्दै फलाक्दै हिड्ने तथापि आफू र आफ्ना आसेपासेहरूका बारेमा बाहेक अरूका पक्षमा केहि सोच्न नसक्ने र्इ हराम नेताहरूलार्इ अब गोली हानेर मार्नु बाहेक अर्को केहि बिकल्प छैन । यिनले राम्ररी बुझेका छन् कुनै पनि किसिमको निरंकुशता र स्वेच्छाचारी शासन ब्यवस्था विश्वमा कहि पनि टिकेन र टिक्ने पनि छैन । तर, यिनले यो किन बुझ पचार्इरहेका छन् ? बिषय अत्यन्तै गम्भीर छ !
नेपालकै इतिहासलार्इ फर्केर हेर्ने हो भने, हामी यस्ता थुप्रै उदाहरणहरू पाउँछौ । शस्त्रअस्त्रादी र पैसाको शक्ति हुँदा हुँदै पनि १०४ वर्ष पछि राणाहरूको निरंकुशता र स्वेच्छाचारी शासन किन निर्मुल भयो ? उत्तिकै धेरै समर्थन र शक्ति प्राप्त पञ्चायति ब्यवस्था किन नामेट भयो ? किन २४० वर्षे राजतन्त्रको अन्त्य भयो ? यसलार्इ दलका नेताहरूले गम्भीरता पूर्वक विश्लेषण गर्नु आवश्यक छ ।
सयौं बर्ष पहिलेदेखि हाम्रा पुर्खाहरूले साँचेको आफ्ना लागि आफैले निर्क्यौल गर्न पाउने शासन ब्यवस्थाको सपनालार्इ पूरा गर्ने सुनौलो अवसर प्राप्त गर्दा पनि हामी किन यसरी अल्मलिरहेका छौं ? किन हाम्रा नेताहरूमा आफ्ना काँधमा आएको जिम्मेवारी पूरा गर्ने उत्कट चाहना भएन् ? के जनआन्दोलनका नाममा दशौं नेपालीहरूको शहादता, जनयुद्दका नाममा हजारौं नेपालीहरूको बलिदानी नेताहरूलार्इ सत्तामा पुर्याउने भर्याङ् बाहेक अर्थोक केहि होर्इन त ? यसरी नेताहरूले आफ्ना जनताहरूको मौनतालार्इ कहिलेसम्म आफ्ना गल्तीहरूको समर्थन हो भनेर भ्रममा परिराख्ने हुन ? मलार्इ आश्चर्य लाग्छ, विश्व राजनैतिक परिवेशमा भैरहेको परिवर्तनलार्इ किन बुझ्ने प्रयास गर्दैनन् नेताहरू ? दशकौं देखि इजिप्शियन राजनीतिमा हालिमुहाली गरिरहेका सर्वशक्तिमान इजिप्सियन राष्ट्रपति मुबारकले किन जनताको सामु घुँडा टेक्न पुगे ? यि तथ्यहरूको सहि समयमा विश्लेषण गरि उचित शिक्षा लिनु आवश्यक छ, नेपाली नेताहरूले !
बिष्णुका अवतार मानिने, आफ्नो प्राण भन्दा प्यारो ठानिने नेपाली जनताहरूले आफ्नो एकताका प्रतिक मानिदै आएका राजालार्इ सत्ता च्युत गर्न पछि परेनन्, तिमी मुला नेताहरू भनेका त हिजोका चल्लाहरू नै हौं नी गाँठे ! कुरा यहि हो बुझे भैगयो । नत्र, भोली जनताले गर्नेछन् तिम्रा एकएक हिसाब ! सम्झ, फ्रान्सेली राज्यक्रान्ति जहाँ बिचसडकमा जनताले काटेका थिए- आफ्नो राजाको टाउको !
कृपया यसलार्इ फेसबुकमा बाँडिदिनुहोला, अब त अत्ति भयो !

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)