दिने हैन त प्रधानमन्त्रीलार्इ सुझाब ?

ब्लगप्रेमी मित्रहरू, मैले आजमात्र हाम्रा ३४ औं प्रधानमन्त्री झलनाथ खनालको ब्यक्तिगत वेभसाइट छ भन्ने थाहा पाएँ । यस्सो हेरेको वेभसाइट ब्यवस्थित र अपडेटेट पाएँ । बायाँ पट्टी सुझाब बाकस पनि रहिछ । कति उनीहरूलार्इ गालि मात्र गर्ने यस्सो दुर्इचार सुझाबहरू हामी पनि राखि हेरौंन भन्ने लागेर केहि सुझाबहरू पनि खसाले । मेरा सुझाबहरू तल उल्लेख गरेबमोजिम छन्, कृपया यहाँहरूले पनि ५/७ मिनेट फुर्सद निकालेर केहि सुझाबहरू राखिदिनुहोला, आफ्नो बास्तबिक पहिचान खुलाएर ! मेरा सुझाबहरू तल उल्लेख गरे बमोजिम छन् ।

क) एमाले वा आफूलार्इ समर्थन गरेको दलहरूको मात्र नभै सबै दलको साझा प्रधानमन्त्री हो भन्ने कुरालार्इ आत्मसाथ गर्नुहोला ।
ख) पूर्व प्रधानमन्त्रीहरूले जे जे गरेर आलोचित भए त्यो त्यो गर्ने दुस्साहस नगर्नुहोला ।
ग) प्रधानमन्त्री पद आफूलार्इ चिठ्ठा परेको हो भन्ने नसम्झि देश र जनताको लागि साँच्चै केहि महत्वपूर्ण र स्मरणिय काम गर्ने अवसर प्राप्त भएको छ भनेर बुझ्नुहोला ।
घ) कसैको करकाप वा दबाबमा आएर राष्ट्रिय हितबिपरित कुनै पनि काम नगर्नुहोला ।
ङ) बोल्दा झलनाथ भएर हैन वा एमालेको अध्यक्ष भएर हैन सार्वभौम नेपालको प्रधानमन्त्रीको हैसियतमा बोल्नुहोला ।
च) मिल्छ भने यसलार्इ ब्यङ्ग्य नठानिदिनुहोला – एकपटक देविप्रसादलार्इ भेट्नुहोला र एक राजनेताको असल उदाहरण पेश गर्नुहोला । उहाँसँग देश र जनताका लागि केहि प्रतिबद्दताहरू ब्यक्त गर्नुहोला र समयमै ती प्रतिबद्दताहरू कार्यान्वयन गर्नुहोला । मलार्इ लाग्छ, यसो गर्न सक्नुभयो हजुरसँग विश्वको कुनै पनि नेताको तुलना हुन सक्दैन ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)