Skip to main content

Posts

Showing posts from March, 2011

देश, खनाल र चौधरीहरु

देश हाँक्ने ठेक्का पाएकाहरुका गलत अभ्यासका बारेमा धेरैले थुप्रै मसि बगाए, मैले पनि जानी नजानि केहि लेख्ने प्रयास गरे हुँला । तर लाग्दैछ, जति लेखे पनि शासकहरुको मति बिग्रेपछि इन्द्रेको बाउ चन्द्रेको पनि केहि नलाग्दो रै’छ ! चित्त बुझ्ने काम फिटिक्कै गर्दैनन् गाँठे, बाहिर सपाट चरित्र देखाउन खोज्छन् भित्र सर्वाङ्ग नांगा छन् । यिनको यो गतिछाडा र टीठलाग्दो व्यवहार देख्दा म आफैदेखि उदेक लाग्न थाल्छ । अनि यसो सोच्छु, यी हुँडारहरु हुन् यीनले हामी निम्छरा जनताहरुलाई प्रजाबाट उठेर स्वाभिमानी नेपाली नागरिक भएर उठ्न कहिल्यै नदिने भए । न आफू गर्छन, न केहि सपार्न चाहनेलाई काम गर्ने वातावरण बनाइदिन्छन् । हुँदा हुँदा पत्रकारिताका नाममा मुखपत्र चलाइरहेका केहि बज्रस्वाँठहरु तीनका गलत काम सहि हो भनि प्रमाणित गर्न भगिरथ प्रयासमा समेत लागिपर्छन । प्रसंग रामेश्वर खनालका बारेमा उठाउन खोजिरहेछु म । उनका कामका बारेमा म हिजोसम्म बेखबर थिएँ । केहि उल्लेखनीय र सबल उनका कदमका बारेमा मैले आजभोली सुन्न पाइरहेको छु । हिजो उनका असल कदमका बारेमा पत्रिकाहरुले आवश्यक कभरेज गरेनन त्यसैले म बेखबर थिएँ, अकस्मात उनको राजीनामा…

एस.एल.सी, ब्यापार र हरिलठ्ठकहरु

एस.एल.सी अर्थात प्रवेशिका, एउटा बिधार्थीका लागि बिधार्थी जीवनमा आउने एउटा महत्वपूर्ण खुड्किलो । कति यसलाई महत्वपूर्ण अवसर मान्छन् त कति बिधार्थीकालकै सबभन्दा ठूलो घाँडो । तथापि यसलाई महत्व नदिने सायदै कोही होला । अझ यो शैक्षिक राजनीतिमा लागेका केहि शिक्षक नामका राजनैतिक दलका कार्यकर्ताहरुलाई त आफ्नो महत्वलाई ह्वात्तै माथि उकास्ने खास चाड पनि । अरु त अरु राम्रो र गुणस्तरीय शिक्षा दिन्छौं भनी फलाक्ने नीजि बिधालयका संचालकहरुका लागि त आफूले भने अनुसारको शिक्षाको फगत नारालाई प्रमाणित गर्न प्राप्त हुने यो यस्तो एउटा अवसर कि, यसमा उनीहरुको खास केहि “ट्रिक” चलेन भने प्रवेशिकाको नतिजा प्रकाशित भएपछिको एक वर्ष दुनियाका माझ आफ्नो शान शौकत करिब करिब सबै ध्वस्त हुने मनोबिज्ञानले खेदिरहन्छ । कतिले प्रवेशिकामा ग्यारेन्टी पास गराउन सक्ने स्तरको ट्युशन सेवा दिन सक्ने आफ्ना आकर्षक विज्ञापनहरुले खास ब्यवसाय पनि गरे होलान । कोहीले भातका ब्यापार गरे सायद त कतिले रातका पनि ब्यापार ! यिनै तीता यथार्थहरुका बिचबाट यसपालीको प्रवेशिका पनि शुरु भैसक्यो । तथापि म्याग्दीमा प्रवेशिका परीक्षा सञ्चालनमा प्रयोग हुदैँ आ…

छोरी जन्मिदाको त्यो दिन !

आज हाम्री प्राणप्रिय छोरी एन्जील तीन वर्ष पूरा पुगेर चौथो वर्षमा लाग्दैछिन् । हिजो झैं लाग्छ, उनी जन्मेको, कति छिटो तीन वर्ष पार गरि सकिन सम्झेर ल्याउँदा अनौठो अनूभुति हुन्छ । मलार्इ सम्झना छ, उनको पहिलो वर्षको जन्मदिनको खास उत्साहप्रद रहेन, सायद म र श्रीमतीबिच केहि त्यस्तै असमझदारी रहेको हुनुपर्छ । तर दोश्रो वर्ष पार गरि तेस्रो वर्षमा लाग्दा भने छोरीको जन्मदिन भने जसरी मनाउने ब्यवस्था गरेका थियौं । र, यो उनको जन्मदिनको तेस्रो उत्सब म उनीसँग छैन, मन भरिएर आएको छ । जेहोस छोरीसँगका केहि पलहरू सम्झेर उनको जन्मोत्सब मनाउने प्रयास गरेको छु । ठिक तीन बर्ष पहिले आजकै दिन बिहानीपख १ बजेतिर मलार्इ श्रीमतीले कोट्याउँदै भनिन् – सुन्नुन मलार्इ त पेट दुख्न थाल्यो । मैले उनलार्इ पहिले नै सजग गराएको थिएँ कि हल्का पेटमा केहि पीडा भयो भने मलार्इ भनि हाल्नु, बागलुङ्बाट गाडी मगाउन सजिलो पर्छ । सायद त्यही भएर होकी सानुले मलार्इ कोट्याएको ! म बिस्तराबाट बिध्यूतिय गतिमा उठेँ र झटपट आमालार्इ उठाएँ । आमा अलि बिरामी भएका कारण हामीसँग बागलुङ जाने अवस्था नरहेकाले म ठूली आमालार्इ बोलाउन ठूली आमाकोमा गएँ । ठूलीआमा…

पत्रकारहरू पनि गर्छन भ्रष्ट्रचार !

दुर्इचार वर्ष पहिलेको कुरा हो, म्याग्दीमा एउटा यस्तै घटना भयो । नेपालसमाचार पत्रका लागि म्याग्दी संबाददाता ध्रुबसागर शर्माले पुनहिल (म्याग्दीको पर्यटकिय क्षेत्र) को भनेर एउटा तस्बीर पत्रिकामा पठाउनुभएछ । तर छापिएर आएपछि ठूलो हल्ली खल्ली भयो, त्यो तस्बीर त पुनहिलको परेनछ । शर्माले गुगलमा राम्रो फोटो देखेर कम्प्यूटरमा केहि समयपहिले राखेको फोटो पुनहिलको भनेर पठाएछन् । आखिर फोटो परेछ स्वीटजरल्याण्डको ! ल हेर्नुस् त कन्तबिजोग ! एउटा जिल्लाको संबाददाताले कुन ठाउँको फोटो भन्ने कुरा निर्क्यौल नै नगरि ढ्याङ्ग जुन पायो त्यो फोटो पठाउनु हुन्छ त ? ल पठाउनेले त पठाए रे फेरि त्यो पत्रिकामा भएका कला सम्पादकहरूको काम चाँहि के हो कुन्नी ? फोटो आए भयो, जहाँसुकैको होस् पठाउनेले पठाएपछि छाप्नलार्इ के ? आखिर, पत्रिकाको विश्वसनीयता माथि प्रश्न त उठ्यो नी ? हैन र ? जैरे एउटा फोटो नचिन्ने पत्रिकाका मान्छेहरूले समाचार के चिन्लान र ? हैन र ? एकपटक मैले यहि ब्लगमा उल्लेख गरेको थिएँ, बेनीमा एउटाको नाममा प्रकाशित समाचार पोखरामा अर्कैको नाम दुरूस्तै छापिएको हुन्छ । र, झन अर्काको नाममा त्यो खबर राष्ट्रिय पत्रिकाहरूम…

नकाबधारी, चोरीकाण्ड र एउटा मान्छे

बेनी सानो ठाउँ, सानै खबरले पनि खुब तात्तिने गर्छ, मेरो अनुभवले यहि भन्छ । यो त घटना नै गम्भीर छ । घटनासँग सम्बन्धित भनिएका पात्रहरुको बारेमा एकखालको चर्चा बाहिर आएपछि मैले यो घटनालाई गम्भीर हैन भनेर ठोकुवा गर्न चाहिनँ । विषय जति गम्भीर छ, विषयसँग सम्बन्धित उत्प्रेरकका विषयमा भएको चर्चाले मलाई थुप्रै प्रसंगहरु उठान गर्न मन लाग्यो ।  चोरी सानो होस् वा ठूलो त्यो चोरी नै हो । र, यो एक सामाजिक अपराध पनि । पछिल्लो समय, बाबियाचौर चोरी काण्डले चोरीकाण्डमा जुन संस्थागत संलग्नता समेत रहन आएको कुरा खुलासा गरेको छ, त्यसले पक्कै पनि आम मानिसहरुको एउटा जिम्मेवार पार्टी पंक्तीप्रति नै नकारात्मक धारणा विकाश हुन गएको छ । घटनाको सतही जानकारीबाट नै एक सचेत नागरिकले निक्र्यौल गर्न सक्दछ कि लाखौंको धनमाल लुटपाट गर्नमा सानो वा कमजोर समूहले आँट गर्न सक्दैन । पक्कै पनि त्यो समूह पेशेवर हो र एउटा सशक्त समूह पनि । चोरीमा कसको के कस्तो संलग्नता थियो वा छ त्यो विषयमा भन्दा पनि घटनामा संलग्न ब्यक्तिले किन एक जिम्मेवार दलका जिम्मेवार नेताको संलग्नता समेत थियो भनेर बयान दिए सन्दर्भ बिचारणीय छ । खैर, यो विषयलाई यहाँ …

नारीहरूलार्इ केहि पुरूष प्रश्नहरू

आज दिनभरजसो देशका सडकहरूमा नारी आवाज एकसाथ घन्केका थिए होला । गगनभेदी नाराहरू, सडकभर नारीहरू र हातमा थुप्रै प्लेकार्डहरू यस्तै हुनुपर्छ आज दिनभरको बस्तुस्थिती । कतिपय नारी उत्थानका लागि भनि खोलिएका संघसंस्थाहरूले त विशेष रकम खर्च गरेर विशेष खालकै कार्यक्रमहरू पनि गरे होलान । नगरून पनि किन ? आखिर वर्षमा एकपटक आउने विशेष दिन जो पर्यो । र, सायद यतिखेर त नेपालका सडकहरू शुन्य पनि भैसके होलान् ।सडकमा पुगेर नारी अधिकारका बारेमा चर्का चर्का नारा लगाएर घर फर्केका आमा, दिदीबैनी, भाउजु, फुपु र श्रीमतीहरू थकित थकित र चकित चकित भएर निदार्इसके पनि होलान । तथापि मेरो मनोकामना ननिदाओस् उनीहरूको नारी उन्मुक्तिको अभिलाषा, नथाकोस् पुरूष बराबर महिलाहरू पनि हुन भन्ने उनीहरूको चेतना भन्ने नै हो ।
एउटी नारी आमा पनि हुन् र जीवन संगिनी पनि । यस अर्थमा मैले लेख्नुपर्छ नारी दिवसको पावन घडिमा मेरी आमा सडक सम्म पुगिन होला र मेरी श्रीमतीले पनि सायद नारी अधिकार, नारीको स्वाभिमानप्रतिको सम्मान र पुरूष बराबरको हकहित र सामाजिक सम्मानको ग्यारेन्टीका प्लेकार्डहरू बोकिन होला । दिनभर कार्यक्रममा ब्यस्त भएको हुनुपर्छ  मेरा …

हत्तेरि एकछिन पर्खनुस न !

युवा स्वयंसेवकका रुपमा नर्वे आएपछि मैले धेरै कुराहरु सिक्ने मौका पाएको छु । बाटोमा हिड्दा होस या कुनै सभामा सहभागी हुँदा, चाहे पसलमा सामान किन्न जाँदा होस या बसमा चढ्दा । प्रत्येक पल्ट नयाँ कुराहरु अनुभव गर्ने अवसरहरु मिल्दै आएको छ, मलाई । त्यसैले, आफूले अनुभूत गरेका दुईचार कुराहरुलाई यस  ब्लग मार्फत बाड्न मात्र खोजेको हुँ । मलाई अचम्म लागिरहेको छ, मान्छेको संस्कार भन्ने कुरो । यो हत्तपत्त त्यसै नभूलिने विषय रहेछ । हरेकपल्टक कुनै पनि कार्यसम्पादन गर्दा मैले अनुभूत गरेका थुप्रै त्यस्ता अनुभूतीहरु छन् मसँग जसमा सगैँ मैले मेरो समाजमा सिकेको संस्कार जोडिएर आउँछ । अनि जब गल्ती महशुस हुन्छ म भुतुक्कै हुन्छु । तत्काल त्यो गल्तीलाई म सच्याउने प्रयत्न गर्दछु । र, प्रतिज्ञा पनि कि त्यही गल्ती म पटक पटक दोहोर्याउने छैन । तर ती त्यसरी नै त्यही रुपमा घटिरहेकै हुन्छन । सायद यसैले नै होला हामी नेपालीहरुले धेरै पहिले देखी भन्दै आएको, नानीदेखि लागेको बानी सिस्नोपानी लाउँदा नी नजानी । नर्वे आएको पहिलो हप्ता चल्दै थियो । रुवान्डा, सुडान र नेपालबाट आएकी युवा स्वयंसेवक प्रजु गुरुङ गरी हामी छ जना युवा स्व…

बुझ्नै नसकिने दूर्बोध्य पत्रकारहरू

सबैभन्दा दुर्बोध्य विशेषता बोकेका मानिसहरू कुन पेशामा हुन्छन् भनेर कसैले मलार्इ प्रश्न गर्यो भने मेरो जवाफ हुनेछ, पत्रकारिता ! जुन वयदेखि म यो पेशासँगको सानिन्ध्यताबाटै गुज्रिएर आउने मौका पाएको छु, त्यतिञ्जेलदेखि मैले बुझ्नै नसकेका मानिसहरू भेला हुने ठाउँ भनेकै सञ्चार गृह हो । खासगरि यहाँ मैले यस्ता मान्छे भेटेको छु, जसको नजरमा आज एउटा कुरा अति सत्य हुन्छ, र त्यही विषय वा प्रसङ्ग भोली अत्यन्तै असत्य बन्न सक्दछ । यो यस्तो चौरस्ता हो जहाँ विषयको विश्लेषण गर्न सक्ने कसिलो क्षमता भएका मानिसहरू भेला हुन्छन् र आफ्ना स्वार्थ अनुकुलका विश्लेषणमा रमाउँछन् । अरूलार्इ पनि उसै अनुकुलको बुझार्इका लागि उत्प्रेरित गर्दछन् । यो पेशासँग आबद्द ब्यक्तिहरूबीच सर्वाधिक प्रतिस्पर्धा हुन्छ । एकले अर्काको प्रगति देख्न वा स्वीकार्नै नसक्ने खतरनाक प्रवृती यसमा संलग्न ब्यक्तिहरूमा नै हुन्छ । सिधा अर्थमा भन्दा, जसरी हुन्छ एक भन्दा अर्को विशेष देखिनै पर्ने वा 'आफ्नो सहकर्मीभन्दा उच्चकोटीको पत्रकार मै हुँ भन्ने' वातावरण तयार पार्न उल्टो, सुल्टो, थ्याप्चो वा च्याप्टो जस्तो सुकै काम गर्न पनि कसर नराख्ने भयानक…

केहि हाइकुहरू

असफल प्रेमी ....
१. किन तिमीले
नबुझेको पिरती
दिएको मैले ?
नटुटेको गल्ती ....
२. छाड्ने कसम
जति गरेनी चल्छ
हस्तमैथुन !
कस्तो माग ?
३. ‎'गाँजा चाहियो'
माग राख्छ छोराले
शिबरात्रीमा ......!
आधार
४. ज्यूने आधार
जिन्दगीभरलार्इ
तिम्रो अंगालो .....! ‌