Skip to main content

Posts

Showing posts from July, 2011

राजनीति बिग्रेको देश, हामी युवा, हाम्रा चूनौती र सम्भावनाहरु

मैले धेरैपटक सुन्दै आएको छु – युवाहरु परिवर्तनका संवाहक हुन । यी उर्जाशील शक्ति हुन । युवा शक्तिको समुचित प्रयोगमा घगडान परिवर्तनहरु सम्भव छन । यी सो¥है आना सत्य छन । तथापी यी पेचिला सत्य कुराहरु हाम्रो देशमा कहिल्यै वास्तविकतामा परिणत हुन सकिरहेका छैनन् । सार्वजनिक सभाहरुमा नेताहरुको भाषणमा उच्च प्राथमिकतामा पर्ने युवा सम्बन्धी उनीहरुका यी बुझाईहरु, कार्यान्वयनका बखत कहिल्यै प्राथमिकतामा पर्न सकिरहेका छैनन् ।
गल्कोट साप्ताहिकले आफ्नो रजत जयन्तीको उपलक्ष्यमा २५ औं अंक तयार पार्दै गर्दा, मित्र दिल शिरीषले युवाहरुका चूनौती र सम्भावनाका विषयमा लेख तयार पार्न गरेको आग्रहपछि मैले अनुभूत गरेको हामी युवाहरुका लागि सबभन्दा ठूलो चूनौती नै हामी युवाहरुका संभावनाका विषय भाषणमा मात्र सिमित पारिनुमा देखेको छु । कतिपय राजनैतिक युवाहरुर्लाइ लाग्ला, यसले फगत कुरा गरिरहेछ । हुनसक्छ, यी राजनीतिमा अभ्यस्त युवाहरुका लागि फगत कै कुरा हो । गलफती नै हो । तर एक आम नेपाली युवा भएर देशमा विद्यमान गञ्जागोल र राजनैतिक हठताका बीचमा कुन नेपाली आम युवाले सम्भावनाका स्वर्गीय स्वप्न देख्न समर्थ होला र ? सधैं भाषणमा …

भानु जयन्ती विशेषः अन्तरबार्ता म्याग्दी काली एफएम ८८.२ मेघाहर्जमा

१९८ औ भानु जयन्तीका अवसर पारेर म्याग्दी काली एफएम ८८.२ मेघाहर्जका गजलप्रहरका कार्यक्रम संचालक सहपाठी इन्द्र बरूवाल वियोगी ले म्याग्दीका अग्रज साहित्यकार ध्रुबलाल शर्मा र मलार्इ निम्ता गर्नु भएको थियो - केहि साहित्यिक विषयहरूमा चर्चा गर्नका लागि । करिब एक घण्टा लामो बहस यहाँले सुन्न सक्नुहुनेछ । जसका लागि तलको अडियो स्ट्रिमिङ आइकनमा 'play' बटन थिच्नु पर्ने हुन्छ । कृपया सुनिसकेपछि आफ्नो प्रतिक्रिया पनि राखिदिनुहोला ।

बग्रेल्ती साहित्यिक समाज, भानु जयन्ती र साहित्यकारहरु

नेपाली साहित्यमा आदिकवी भनेर चिनिने भानुभक्तको जन्मजयन्ती प्रत्येक वर्ष आषाढ २९ गते पर्दछ भन्ने कुराको हेक्का म्याग्दीका थुप्रै साहित्यकारलाई थाहा रहेनछ भन्ने तथ्य मैले त्यतिखेर थाहा पाएँ, जतिखेर १९८ औं भानु जयन्तीका अवसर पारी तय गरिएको कार्यक्रमको निमन्त्रणाका लागि उनीहरुसँग मैले फोन सम्पर्क गर्नु प¥यो । हुन त यस सम्बन्धमा मेरो केहि ब्यक्तिगत गुनासो छैन । र, मलाई यो पनि थाहा छैन कि भानुजयन्ती, लक्ष्मीजयन्ती र भुपीजयन्ती जस्ता दिवसहरु साहित्यकर्ममा लागेकाहरुका लागि महत्वपुर्ण हुन वा हैनन तर मलाई राम्ररी के थाहा छ भने साहित्यकर्ममा लागेकाहरुले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका माथि उल्लेखित मूर्धन्य साहित्यकारहरुका जन्मजयन्तीका सम्बन्धमा समेत हेक्का नराख्नु लाजमर्दो बिषय चाँहि अवश्य हो । हुन त भानु जयन्ती मनाउने सन्दर्भमा पनि म्याग्दीमा छन भनिएका आधा दर्जन कुनै पनि साहित्यिक संस्थाहरुको संस्थागत निर्णयबाट भने भएको हैन । म्याग्दीका क्रियाशिल साहित्यकारद्धय ध्रुबलाल शर्मा र अजयमिलन श्रेष्ठसँग यस पंक्तिकारले बिशेष सम्पर्क र समन्वय गरे पश्चात उक्त कार्यक्रम सम्भव भएको हो । हुन त त्यस…

खोज्ने किन हो ?

भो पुग्यो अब पिउँदिन भन्दा पनि, पिलाउन खोज्ने किन हो ?
चाहिँदैन केहि भन्दा पनि अझ अरू, दिलाउन खोज्ने किन हो ?
एक्लै एक्लै छाडिदेउ मलार्इ निम्ता नदेउ भिडमा हराउने,
पर्दैन कोही साथीहरू भन्दा पनि, मिलाउन खोज्ने किन हो ?

पहिलो प्रेम

खोज्दा बिर्सन पनि नसकिने, कस्तो यो पहिलो प्रेम
छैन मतलब भन्दा पनि नहुने, सस्तो यो पहिलो प्रेम
आए कति गए जीवनमा, रहेन कसैको केहि महत्व
तर नहुने स्मरणीय अरू किन,जस्तो यो पहिलो प्रेम