Skip to main content

राजनीति बिग्रेको देश, हामी युवा, हाम्रा चूनौती र सम्भावनाहरु

मैले धेरैपटक सुन्दै आएको छु – युवाहरु परिवर्तनका संवाहक हुन । यी उर्जाशील शक्ति हुन । युवा शक्तिको समुचित प्रयोगमा घगडान परिवर्तनहरु सम्भव छन । यी सो¥है आना सत्य छन । तथापी यी पेचिला सत्य कुराहरु हाम्रो देशमा कहिल्यै वास्तविकतामा परिणत हुन सकिरहेका छैनन् । सार्वजनिक सभाहरुमा नेताहरुको भाषणमा उच्च प्राथमिकतामा पर्ने युवा सम्बन्धी उनीहरुका यी बुझाईहरु, कार्यान्वयनका बखत कहिल्यै प्राथमिकतामा पर्न सकिरहेका छैनन् ।
गल्कोट साप्ताहिकले आफ्नो रजत जयन्तीको उपलक्ष्यमा २५ औं अंक तयार पार्दै गर्दा, मित्र दिल शिरीषले युवाहरुका चूनौती र सम्भावनाका विषयमा लेख तयार पार्न गरेको आग्रहपछि मैले अनुभूत गरेको हामी युवाहरुका लागि सबभन्दा ठूलो चूनौती नै हामी युवाहरुका संभावनाका विषय भाषणमा मात्र सिमित पारिनुमा देखेको छु । कतिपय राजनैतिक युवाहरुर्लाइ लाग्ला, यसले फगत कुरा गरिरहेछ । हुनसक्छ, यी राजनीतिमा अभ्यस्त युवाहरुका लागि फगत कै कुरा हो । गलफती नै हो । तर एक आम नेपाली युवा भएर देशमा विद्यमान गञ्जागोल र राजनैतिक हठताका बीचमा कुन नेपाली आम युवाले सम्भावनाका स्वर्गीय स्वप्न देख्न समर्थ होला र ? सधैं भाषणमा मात्र युवाहरुलाई उर्जाशील शक्ति भन्नेहरुले विकास निर्माणको कुन उपयुक्त ठाउँमा युवाहरुको प्रयोग गर्न सकेका छन ?
हाम्रा राजनैतिक दलका नेताहरुले आफ्ना तुच्छ राजनैतिक अभिष्ट पूरा गर्न युवाहरुलाई हिंस्रक बन्न उद्यत पारिरहेका थुप्रै बलिया प्रमाणहरु अहिले मेरा आँखामा नाचिरहेछन – बिझाउने दृश्य बनेर । सडकमा इट्टा युद्द गर्न र रेलिङ भाँच्ने बाहेक कुन रचनात्मक कार्यमा सहभागी हुन उत्प्रेरित गरेका छन– हाम्रा राजनैतिक दलका नेताहरुले आफ्ना भातृसंगठनका युवाहरुलाई ? म देख्तिन – कुनै असल उदाहरणहरु । हुन त देश निर्माणका लागि राजनीतिको महत्वपूर्ण भूमिका रहेको मेरो दुईचार थान विकसित मुलुकहरुको घुमाइको सिकाई हो । तर, मैले मेरो देशको राजनीतिबाट हामी युवाहरुले प्राप्त गरेका खास त्यस्ता कुनै उपलब्धीहरु छैनन, जसमा म गर्व गर्न सकुँ । राजनीति बिग्रेको देशको एक जिम्मेवार युवा भएका नाताले मेरो देशका युवाहरुका अगाडि थुप्रै चूनौतीहरु मात्र म देख्तछु । तर सम्भावनाका अति मिहिन उज्याला प्रकाशहरु पनि हाम्रा अगाडि ज्वाजल्यमान प्रदिप्त भएको म नकार्न चाँहि सक्दिन ।
पैंतालिस प्रतिशत बेरोजगार युवाहरु रहेको तथ्याङ्क पढिरहँदा मैले ५५ प्रतिशत रोजगार युवाहरुलाई सम्झेँ । र, मलाई अचम्म लागिरह्यो – यो ५५ प्रतिशतको हिसाबभित्र पिसाब फेर्ने राम्रो शौचालय निर्माण गर्ने सपना सजाएर खाडीको ५० डिग्री सेन्टिगे्रडको तापक्रममा रगत छाद्न बिबश मेरा दाजुदिदी, भाईबहिनीहरु अटाए हुनन कि ? यदि बिदेश बाहिर रोजगारीका लागि गएकाहरु पनि रोजगार भएकाहरुकै आँकडा भित्र अटाएका भए त हामी सजिलै अनुमान गर्न सक्दछौ्र कि हाम्रो देशमा बेरोजगारिताको क्षेत्र कति बिकराल छ । हुन पनि केहि हप्ताअगाडि कोरियामा श्रमीकका रुपमा जान तम्तयार भै भाषा परिक्षामा संलग्न ७० हजार युवाहरुको उपस्थितीले पनि त प्रमाणित गर्दछ, कि हामी युवाहरुका लागि सबभन्दा ठूलो चूनौती देशभित्रै रोजगारीको सृजना हुन नसक्नु हो । र, महत्वपूर्ण चूनौती त स्वदेशमा हामी केहि पनि गर्न सक्दैनौ भन्ने हाम्रो हतोत्साही मानशिकता नै हो ।
हाम्रा अगाडि “रोजगारी हुन नसक्नु वा रोजगारीताको सृजना गर्न नसक्नु” बाहेक पनि कैंयन अरु चूनौतीहरु पनि छन । जस्तो कि हामी युवाहरुले प्राप्त गरिरहेका विद्यालय तथा विश्वबिद्यालयका शिक्षाहरु पनि त विश्वका अरु देशहरुको शैक्षिक प्रणालीहरुको दाँजोमा बैज्ञानिक, सृजनात्मक र पेचिला छैनन । त्यसैले त विकसित समाजका युवाहरुको सोच्ने शैली र हाम्रा सोचहरुमा ठूलो भिन्नता छ । के शिक्षाले ब्यक्तिको सृजनशीलता निर्दिष्ट गर्दैन त ? सिकाइ सिर्जनशील भए पो सोचाईहरु रचनात्मक बन्न सक्दछन् ।
प्रविधीको जानकारी र प्रयोग पनि त हामी नेपाली युवाहरुका लागि अर्को महत्वपूर्ण चुनौती हो । मलाई स्मरण छ – केहि दिन अगाडि, म्याग्दीको एउटा कलेजमा “इमेल, इन्टरनेट प्रयोग” का सम्बन्धमा गरिएको सर्भेक्षणमा कक्षा ११ मा अध्ययन गर्दै गरेका युवाहरु मध्ये ८० प्रतिशत युवाहरुलाई त इमेल इन्टरनेट भनेकै के हो भन्ने पत्तो रहेनछ ! यहि उदाहरणबाट प्रष्ट हुन्छ, हामी नेपाली युवाहरु विश्वमा विकास भएका पछिल्ला उन्नत प्रविधीको पहुँचभन्दा कति बाहिर छौं ! यहि तीतो यथार्थबिच, विश्वका अन्य मुलुकका युवाहरु झैं अब कुन आधारमा हामी पनि उत्तिकै प्रतिस्पर्धी र परिष्कृत छौं भन्ने ? अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कसरी एक सक्षम र उपयुक्त उम्मेदवारका रुपमा हामी आफूलाई उभ्याउन सक्छौं होला ?
चूनौती सँगसँगै हामीसँग थुप्रै सम्भावनाहरु पनि छन । त्यसकारण पनि हामीसँग चूनौतीहरु मात्र छन भनि सम्भावनका अति उज्याला पक्षहरुलाई इन्कार गर्ने भूल गर्नु हुँदैन । रोजगारीका लागि विदेशीका शौचालय सफा गर्न नहिच्किचाउने हामीहरुले हाम्रै माटोमा ब्यवासायिक तरकारी खेती शुरु किन नगर्ने ? पुष्पखेती, पशुपालन, होटल ब्यवसाय, पर्यटनसम्बन्धी ब्यवसाय, जडिबुटी संकलन र प्रशोधन सम्बन्धी उद्यम, सौन्दर्य सम्बन्धी ब्यवसायहरु र सूचनाप्रविधी सम्बन्धी उद्यमशिलता के हामीहरु सञ्चालन गर्न सक्दैनौं होला र ?
थोरैमा पनि सन्तुष्ट हुने, आत्मनिर्भरताका लागि अधिकतम प्रयास गर्ने र श्रम सबै समान हुन भनि श्रमका सबै पक्षलाई बराबर सम्मान गर्ने संस्कारको विकास गर्न सक्यौं भने हाम्रा अगाडि थुप्रै सम्भावनाहरु छन । ती यस्ता सम्भावनाहरु छन जसले हाम्रो क्षमता विकास मात्र गर्दैनन, हामीले मनग्गे आम्दानी गर्न सक्ने अवसरका ढोकाहरु पनि उघार्ने छन । नबिर्सौ – स्वदेशमै श्रम गर्ने हाम्रो अठोटले हामीलाई मात्र सम्पन्न बनाउँदैन, राष्ट्रलाई समेत सभ्य र समुन्नत बनाउँदछ ।
बागलुङबाट प्रकाशित हुने गल्कोट साप्ताहिकका लागि सुरक्षित गरिएको ।

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

डा. केसी, उनको अनशन अनि एउटा झुम्रे नागरिक

डा. गोविन्द केसीका शुरूवात तिरका अनशनहरूमा मेरो पूर्ण समर्थन थियो । मैले पनि आफ्ना सामाजिक संजालका भित्ताहरूमा निकै खरा खरा वाक्यहरूसहित तीनका पुछारमा ह्यासट्याग आइएमवीथडाकेसी लेखेकै हुँ । मलाई लुकाउनुपर्ने केहि छैन । डा. केसीका शुरूवाती मागहरू भनेका चिकित्सा क्षेत्रमा बढ्दो राजनैतिक हस्तक्षेप अनि तीसँगै यस क्षेत्रमा बढ्दै गएका विकृती विसंगतीहरूको अन्त्य हुनुपर्छ भन्नेमा केन्द्रित हुन्थे ।तर डा. केसी जति नै निष्ठावान, त्यागी या देवरूप नै किन नहोस उनको, उनका काँधमा बन्दुक राखेर आफ्ना विभिन्न खालका अभिष्ट पूरा गर्न खोज्नेहरूको एउटा ठूलो जमातबाट उनी घेरिएका छन । यो मिथ्याको आरोप हैन । निसन्देहः डा. केसी अनशन बस्नुपूर्व उनले अनशन बस्न थालिसकेपछि स्वास्थ्य क्षेत्रमा महशुस हुनेगरी परिवर्तन भएकै हुन । त्यसको जस पूरापूर उहाँलाई जान्छ । तर यसको अर्थ यो हैन कि स्वास्थ्य क्षेत्र सुधारका लागि सबै कुरा वहाँले नै भनेजसरी हुनुपर्छ । बिडम्बना यो छ कि वहाँको शुरूको अनशन देखि नै माग पूरा गर्ने बहानामा सरकारले एउटा बेथितीको पृष्ठपोषण गर्ने कामको श्रीगणेश गरेको छ । केसीको एक सुत्रिय माग थियो बरिष्ठताका आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…