बि.सं. २१०० अंक (१४)

    ट्याक्सीको पछिल्लो सिटमा चलायमान हामीहरुबीच नशालु कार्यब्यबहार भैछाडे । खासगरि उसको शिर मेरो काँधमा ढल्कने र मेरा औलाहरु उसको च्यापुमा पुग्ने उपक्रम रोकिएन । वाइनको मातमा हामी यति धेरै मातिरह्यौं कि हामी सवार ट्याक्सी अर्को कुनै तेस्रो ब्यक्तिले हाँकिरहेको छ भन्ने पनि सम्झिरहेका थिएनौं । जेट्लिना पूरापूर मातेकी थिई उसले कसैको चासो राख्ने कुरै थिएन तर म आफू एक भद्र र पाको उमेरको मानिस भएर पनि एउटा वयस्क मानिसको दायित्वबाट उम्किरहेको थिएँ । आफूभन्दा आधा उमेरकी युवतीसँग छिल्लिरहँदा न मैले संकोच मानेँ न त लाज नै ! म यति मूर्खतापूर्वक छिल्लिरहेकी एक पटक पनि मैले ट्याक्सी चालकतिर नजर पुर्‍याइँन । अहँ ठ्याम्मै पुर्‍याइँन ।
    ट्याक्सीबाट ओर्लिएपछि कोठामा नपुगिन्जेल मैले केही कठोर पलहरु गुजार्नु पर्‍यो । जेट्लिनाले आफ्ना कोमल तर वाइनको मातमा केहि कठोर बनेका औंलाहरुले च्याप्पै मेरा औंलाका काँपलाई भरिदिई । र, टिमिक्कै परेर मसँग हिड्न लागी । उसले यस्तो गरिदिदाँ उसको शरीरको अधिकांश भार मैले बोक्नुर्‍यो । यस्तो बेला प्रायः मलाई दम बढ्थ्यो तर त्यतिखेर मैले खास केही अनुभूत गरिनँ । सायद आकर्षण, मात, ईच्छाशक्ती, बेहोसी, उत्साह वा लगाव भनेकै यहि हुनुपर्छ । अझ त्यो भन्दा बढि यो मस्त तरुनी उमेरकी यौवनासँगको बितिरहेको मदहोशी पल भएर पनि त्यसो भएको हुनुपर्छ । एक तरुनी साथले एउटा वयस्क मानिसलाई उर्जा वा प्रेरणा नदिने हो भने, केही बढी महत्वकांक्षी नबनाइदिने हो भने त्यो युवतीको उमेर तरुनी हुनुको अर्थ के नै पो रह्यो र ? अझ त्यसमाथि जेट्लिनाजस्ती अत्यन्त आधुनिक, परम सुन्दरी र भब्य युवतीको तरुनी साथले वयस्क मानिसलाई उर्जाशिल बनाउन नसक्ने कुरै थिएन । उसको भर्भराउँदो यौवनको कोमल भारका अगाडि शारीरिक भारको मैले खास महशुस गरिनँ । तर अपार्टमेन्टको मूलद्धारमै पुग्नेबेलामा सानो ढुंगामा अल्झिँदा उसले केहि अप्ठ्यारो महशुस गर्न पुगी । केहीबेरसम्म ऊ एक डेग पनि अघि बढ्न मानिने । थोरै संकोच मान्दै मैले उसको गोलीगाँठाको वरिपरी हल्का मसाज गरिदिएँ । बिस्तारै हामी भित्र छिर्‍यौं । भर्‍याङबाट माथि चढ्नलाई मसँग कुनै पनि बल बाँकी थिएन । त्यसैले लिफ्टको प्रयोग गर्‍यौं । लिफ्टमा मलाई अकल्पनीय ब्यवहार गरी जेट्लिनाले ! एकदम निशंकोच उसले मलाई चुम्बन गरी ! म बोल्न सकिनँ, म चल्न सकिनँ । मानौं म एकदम निरुपाय र निरीह प्राणी हुँ । पाँच सेकेण्डको अधरपानमा उसले पाँच रातको आनन्द भोगे जसरी मुस्कुराई !
    कोठामा पुग्दासाथ ऊ सोफामा डङ्ग्रङ्गै ढली । र, भनी – “आज अलिकति बढी भएछ । खासमा ककटेल नबनाउनु पर्ने । हजुर ट्वाइलेट गएको बेलामा मैले सुटुक्कै अलिकति भोड्का मिलाएकी थिएँ । सो, आइएम टोटल्ली इनटोक्सीकेटेड !” उसको मात महात्म्य सुनेपछि, उसको सुकुमार गालामा एक उत्तेजित चिमोटाई उपाहार दिदैँ मैले भनेँ – “तिमीले साँच्चीकै ठीक काम चाँहि गरिनछौं जेटु !” मेरो हात समात्दै उसले ग्लानीको भावमा बोली – “लौ ! मैले मिस्टेक गरेछुँ । आइ एम सरी !” उसको सुमधुर आवाज वाइनले थपिदिएको मातले अझ अरु मादक बनेर मेरो कानभित्र पुग्यो । उसले केही भावुक हुँदै भनी – “बरु, हजुरलाई त्यस्तो केही त भएन नी ? मेरो यहाँ गोलीगाँठा नेर कम्ता हर्ट भएको छ, यू ह्याभ टु मसाज अन इट ल !” उसले आफ्ना सुकुमार पैतलाहरु मतिर तेर्साइदिई । मेरो मुटु शरीरभित्रबाट बाहिर आए झैं भयो । के गर्नु ? के नगर्नु ? किकंतव्र्यविमूढ बनेँ म । उसलाई मात अलि बढी भएको हो वा साँच्चीकै उसको जोर्नीमा पीडा भएको हो मैले केही अनुमान गर्न सकिनँ । मेरा काखमा आइपुगेका उसका सुकुमार पैताला र गोलीगाँठालाई मेरा अनुभवी हातको मसाज आवश्यक ठानेँ मैले । मैले उसका कोमल पैतालाहरुमा आफ्ना हत्केलाहरु के चलाउँदै थिएँ उसले मदहोशीमा बोली – “इफ यू डन्ट माइन्ड, मेरो रुममा जाऔ न ल, प्लीज !” मेरा मातले लठ्ठ आँखाहरु उसका नशालु आँखामा ठोक्किन पुगे, ती पनि मेरा आँखालाई उस्तै बेसरम चालले उक्साइरहेथे । म एकतमास कताकता हराएँ । मैले सोच्न हुने र नहुने धेरै कुरा सोचीसकेछु यस बिचमा । उसको आवाजले म झसङ्ग भएँ – “ह्वाट्ज अप ?” उसले फेरि आग्रह गरी – “मलाई अनकम्फर्ट भो नी यहाँ, प्लीज के हिड्नु न !”
    मेरो काखबाट पैतालाहरु तल झारेर ऊ सरासर कोठातिर लागी । म अलिकति लाज, संकोच, उत्साह र उत्तेजना लिएर उसको पछिपछि लागेँ ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)