Skip to main content

Posts

Showing posts from 2012

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)

पहिलो भाग पढ्न यहाँ थिच्नुस् 
“ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं ।  साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ – केहि जोडिहरु …

म, मेरी क्रिसमस र मेरो जिज्ञासा

स्नातक अध्ययन गर्दाताका समाजशास्त्रका प्राध्यापकले समाजशास्त्रका विभिन्न विषय, सन्दर्भ र प्रसङ्गहरुका बारेमा थु्रप्रै कुराहरु भने । प्राध्यापक गोरखसरको कक्षा मैले कहिल्यै पनि छाडिनँ । किनकी ती अत्यन्तै रोमाञ्चक बहसले भरिपूर्ण हुन्थे । रमाईला यस अर्थमा कि उनले पढाउने विषयमा केहि समाजशास्त्रीहरु पनि देखापर्थे र बिबाहलाई बैधानिक बेश्यावृतिको अर्को रुप भनेर वकालत गर्थे अनि मजस्ता चिचिला दिमाग भएकाहरुलाई त्यो कक्षा लिएको दिनभरीजसो ‘ह्याङ’ बनाईरहन्थे । यी र यस्तै विषयहरुलाई फरक र विस्तृत पाराले केलाइएका पाठहरुका बारेमा उनी आफ्ना धारणाहरु राख्थे र हामी विधार्थीहरुलाई छलफल गर्न प्रेरित गर्ने गर्दथे । छलफलका ती विषयहरुमा कुनै दिन  परसंस्कृतिग्रहण (Acculturation) र आत्मसाथिकरण (Assimilation) का बारेमा पनि लामै बहस भएको म राम्ररी सम्झन्छु । र, आज त्यो छलफल पुनर्लेखन नगरी फेसबुकका भित्तामा हिन्दु र बौद्धमार्गी नेपालीहरुले क्रिसमसको शुभकामना पोतिरहेको सन्दर्भमा आफूलाई लागेका केहि कुराहरु लेख्न चाहेको छु । कोशिस गरेको छु । ईदको दिनमा म उति सारो ईद मुबारकको शुभकामना देख्दिनँ । म जान्दिनँ धार्मिक सह…

ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – १

अस्ति मात्र, यहि डिसेम्बर १४ तारिखका दिन ह्यामिलिना बस्ने मेरा सहृदयी मित्र सञ्जीवको विशेष निम्तोमा त्यता जाने साईत गर्दै थिएँ, बाटोमा जाँदै गर्दा दुई थान किशोरीहरुले नमज्जाले आँखा सन्काएर हिडेँ । हिउँ बर्सिरहेको थियो, रोकिने छाँटकाँट केहि थिएन उसै त झन चीसोले जिऊ पूरै कठङ्ग्रिएको थियो झन उनीहरुको जिस्काईले अझ अरु निस्तेज पारिदियो मलाई । यस्तो किनपनि भो भने फिनल्याण्ड झर्दाको दिन देखिनै यहाँ अध्ययन गर्दै आएका अरु अनुभवी नेपालीहरुले हामीहरुलाई सम्झाउँदै आएका छन् – १८ बर्षभन्दा मुनिकालाई त आँखा पनि नलगाउनु हैं । चुमुर चुमुर गर्छन ती तर बाल नदिनू ! तीनको फेला परियो भने जहाज डुब्छ फेरि ! यी कुरामा मैले खास विश्वास गरेको पनि छैन । कारण, आफूले पो जिस्काउनू भएन, अब उनीहरुले जिस्काउँछन् भने – जिस्कीनू हाम्रो के दोष ? तर डिसेम्बरको त्यो साँझ म ती दुई थान किशोरीहरुसँग जिस्किने साहस नै गर्न सकिनँ । हुन त अक्टोबरको एक साँझ माथि कोक्होलाबाट झरेका एक भाईले नसुनाएका पनि हैनन् – “दाई यहाँका त १६ वर्षमा भर्खर टेकेकाहरु त थामिनसक्नुका हुन्छन् । मौकाको फाइदा लिनुपर्छ ।” मैले मिठाउँदै नसोधेको पनि हैन् –…

हेलसिन्कीको चिसो र उनको न्यानो स्पर्श

स्थलगत अध्ययनका लागि विद्यालयले हेलसिन्की जान अर्‍हाएपछि म मेरो समूहसँगै २० मिनेटको रेलको यात्रा गरेर नोभेम्वरको अन्तिम हप्ता हेलसिन्की पुगेको थिएँ । के गर्ने ? कसरी स्थलगत अध्ययन गर्ने ? सबै कुरा अज्ञात थिए मेरा लागि । र, मेरा समूहका अरु साथीहरुका लागि पनि ! त्यसकारण हामीहरुले निर्णय गर्‍यौं, केहि पनि नगर्ने । सिवाय हेलसिन्कीको केन्द्रिय रेल्वे स्टेशनका वरिपरी चक्कर काट्ने र केहि लायकका दृश्यहरु देखियो भने तस्बिर लिने । अब लायकको पनि के दृश्य देखिने होला ? जबकी हाम्रो अध्ययनको विषय थियो – लागू पदार्थ दुर्व्यसनी र मानसिक समस्याले शिकार भएका मानिसहरु ! साथीहरु चाँहि तीनै लायकका दृश्यहरुको खोजिमा जुटे, म चाँहि भेटेसम्म ती ब्यक्तिहरुसँग कुराकानी गर्ने अठोटका साथ त्यही सेन्ट्रल स्टेशनको चक्कर काटिरहेँ । त्यो दिन, मेरो समूह कार्यमा योगदान पुग्ने गरेर खास उपलब्धीमुलक त्यस्तो केहि सूचना वा ज्ञान त हात लागेन मलाई तर पनि केहि फिनिस मानिसहरुलाई नजिकबाट बुझ्ने अवसर चाँहि प्राप्त गरे भन्ने लागेको छ मलाई  । कोहिसँग पनि तुरुन्तै बोलिहाल्ने आँट जुटाउनै नसक्दा मलाई आफ्नै अवस्थाप्रति टिठ लागेर आयो । …

अट्टिच्युड अर्थात मनोबृतिका बारेमा केहि कुराहरू

केहि दिन पहिले फेसबुकमा एउटा भित्तेलेखन देखेको थिएँ, र त्यो भित्तेलेखन चर्चित गितकार भूपेन्द्र खड्काको थियो । हरेक विषयबस्तुका सम्बन्धमा मानिसहरुका आफ्नै आग्रह वा पूर्वाग्रहहरु हुन्छन् । अर्थात मनोवृतिहरु हुन्छन् । र, गितकार खड्काले मनोवृतिका बारेमा यस्तो लेखेका थिए – मनोवृति भनेको भित्री बस्त्र हो, जुन तिमीले लगाउनु आवश्यक छ, तर प्रदर्शन गर्नु स्वभाविक हुँदैन । मनोवृति सम्बन्धि उनको यो बुझाईपछि मैले गहन भएर यसको विश्लेषण गरेँ । र, आफ्नो स्वः मूल्याङ्कन पनि ! कतिपय अवस्थाहरुमा मैले आफ्ना मनोवृतिहरु विशेष गरि गलत बुझाईहरु उदांगो रुपमा प्रदर्शन गरेको र त्यसले निकै हदसम्म मेरो स्वयंकै ब्यक्तित्व विकाशमा अवरोध गरेको पनि पाएँ । परन्तु, यसलाई सच्चाउने प्रयत्न गर्छु भन्ने प्रतिज्ञा गर्नु सिवाय खास प्रगति गर्न नसकेको परिस्थिती म आफैमा विद्यमान रहेको बोध पनि गरेँ । अनविज्ञ छु म कति यस्तै थुप्रै मानिसहरु होलान मेरै वरिपरी । केहि दिन पहिले यस्तै भयो मैले अध्ययन गर्ने विश्वविद्यालयमा पनि । हाम्रो कक्षाका विद्यार्थीहरुलाई आफ्ना अनुभूतिहरुका बारेमा केहि बताउन दुई जना पूर्व महिला विद्यार्थीहरुलाई आ…

जनताको हातबाट निस्केका झापडहरू

सायद धेरै नेपालीहरुले अड्कल काटे झैं एउटा अर्को झापड बर्सिएको छ – अर्को एक थान तथाकथित शिर्षस्थ नेताको गालामा ! दुई वर्ष अगाडि माघ महिनाको चिसोमा तथाकथित एक शिर्षस्थ नेताको गाला रन्काएर शुरु भएको झापड श्रृङ्खला अन्ततः गणतन्त्र नेपालको पहिलो कार्यकारी राष्ट्रपति बन्ने ईच्छा राखेका पूर्व प्रधानमन्त्री एवं सबभन्दा ठूलो दलको सबभन्दा ठूलो नेताको गालासम्म आईपुग्नुलाई हामी सामान्य मान्न सक्दैनौं । यो झापड श्रृङ्खलालाई ब्यक्तिगत आवेग वा बहुलठ्ठीपनको संज्ञा दिन सक्दैनौं । र, हामी राम्ररी बुझ्न सक्छौं कि हिजो यहि झापडको शुभारम्भ हुँदा त्यो जनताको आक्रोश हुने र आज उस्तै झापड सुप्रिमोको गालामा बज्रदा त्यो निकृष्ट, षडयन्त्रकारी वा प्रतिगमनकारी हुनै सक्दैन । जो जसले यसलाई गलत ब्याख्या गरिरहेछन्, सन्निकट भविष्यले उनीहरुको यो सतही बुझाईलाई गलत सावित गरेरै छाड्ने छ । इतिहास साक्षी छ – जहिले पनि जनताहरुले आफ्ना नेताहरुलाई आक्रमण गरेका छैनन् । किनकी जनताहरुले राजनीतिको प्रयोग राम्रोसँग गर्न जानेका छन् । उनीहरु राजनीतिलाई अराजनैतिक बनाउन जान्दैन् । बिग्रेकोलाई बिग्रेको र सप्रेकोलाई सप्रेको देख्ने आँखा र…

Puhutko sinä suomia?

नढाँटि भन्नुपर्दा, फिनल्याण्डमा काम पाउनु गार्‍हो नै हो । अनि सजिलो पनि ! तर यहाँ हाम्रोमा जस्तो अस्तब्यस्त नहुने रहिछ । काम चाहिएको मान्छे काम दिने मान्छेकोमा गएर ढोका ढकढाउने चलन त छँदै छैन भन्दा पनि हुन्छ । किन्तु, यहाँ काम पाउने दुईवटा तरिकाहरु रहिछन् – पहिलो कुनै ठाउँमा काम गर्दै गरेका साथीभाईको सिफारिशमा सम्बन्धित कम्पनिको सुपरभाइजर वा प्रमुखलाई भेट्ने, दोश्रो श्रम मन्त्रालयको वेभसाइटमा राखिएका आवश्यकतासम्बन्धी बिज्ञापन छान्दै फर्म भर्ने ! फेरि पनि महत्वपूर्ण कुरा यो छ कि न पहिलो तरिकाबाट काम खोज्नका लागि धेरै मान्छेहरुका आफ्नै मान्छेहरु यहाँ हुन्छन् न त अरुले त्यसबारे बेकारमा टाउको दुखाउने कुरो नै हुन्छ । अब रह्यो दोश्रो तरिका – फर्म भरेर जागिर पाएको भन्ने रेकर्ड कमै हुने गर्दो रहिछ यहाँ । खासमा कुरो के पर्दो रहिछ भने, यस्सो काम पाईन्छ कि भनेर फोन गर्यो भने काम दिने भनिएको कम्पनीको फोन उठाउने ब्यक्तिको पहिलो प्रश्न हुन्छ – Puhutko sinä suomi? जसको अर्थ हुन्छ – तिमीलाई फिनिस बोल्न आउँछ ? 
आएको दुई महिनापछि बल्ल आज काम खोज्ने जाँगर चलेपछि मैले त्यो फिनिस श्रम मन्त्रालयको वेभसाइट…

प्राप्ती मात्र प्रेम होर्इन्

प्रेम । हजुर यसलाई कसरी बुझ्नुहुन्छ ? त्यो मेरोभन्दा फरक छ । र, म जे बुझ्छु त्यो भन्दा फरक उनको बुझाई होला । उनी अर्थात यो सत्यकथाकी केन्द्रिय पात्र ! मेरो भन्नुको तात्पर्य – अस्तित्वमा रहेका हर बस्तु र विषयका सम्बन्धमा मानिसहरुका पृथक बुझाईहरु हुन्छन् । छन् । झन प्रेम त स्वयंको अनुभूति हो । र, यसलाई अनुभूत गर्ने मानिसले आफ्नै हिसाबले यसको विश्लेषण गर्न पाउनु पर्छ – यो मेरो मान्यता हो । मलाई विश्वास छ यसमा यहाँको पनि असहमति रहने छैन । उनी, मेरी शिष्य । पृथक लाग्छ मलाई उनको जीवन जिउने शैली । मानिसहरुसँग उनले गर्ने अन्तरक्रिया मलाई नौलो लाग्छ । मनपर्छ उनको यो शैली । प्रायः कम बोल्छिन् । वा बोल्दैबोल्दिनन् । तर जब बोल्न थाल्छिन् सबैलाई नजिकको ठान्ने गर्छिन । सायद स्त्री जातिको विशेषता हो, यो । क्षणभरमै खुल्ने ! तर उनको कुरालाई विश्वास गर्ने हो, उनी भन्छिन् – उनी धेरै कम ब्यक्तिहरुलाई मात्र आफ्ना ब्यक्तिगत अनुभवहरु सुनाउन लायक ठान्छिन् । विशेषगरी दुःखका अनुभूतिहरु ! उनले फेसबुके गफगाफमा भनिन् – “सर, म एकदमै टेन्सन (तनाव) मा छु, आजभोली ।” म झस्केँ । अनि सोधेँ – “के भो नानु ?” उनले बताईन् …

जन्मोत्सब अन्तरक्रिया

गुराँसे क्रान्ति, पूर्वराजा र जनता

फेरि आज ज्ञानेन्द्र शाहका तस्बीर र खबर पढ्ने औसर प्राप्त भयो । राजगद्दी त्याग्न वाध्य भएपछि उनी केहि समय चुप लागेर नै बसेका थिए । सायद उनलाई लाग्यो पनि होला, जनताले राजा चुनेका हैनन् त्यसका कारण जनताहरु के भन्छन् उनले जनमत लिन चाहेनन् । सुरुक्क गद्दी त्यागी लुरुक्क नागार्जुन छाडेर गए । हुन त एक जमानामा आफ्ना पुर्खाहरुको बल र विवेकको प्रयोगबाट प्राप्त औसर थियो– राजगद्दी । तसर्थः आफूभन्दा शक्तिशाली शक्तिको उदयपछि उनले गद्दी त्याग्नुपर्ने प्राकृतिक पद्दती हो उनले सिकेको संस्कारमा । त्यसकारणः पनि अत्यन्तै लाचारीता पूर्वक उनले गद्दी त्याग्नु पर्‍यो । र, आजभोली हामीहरुले पत्रपत्रिकामा पढ्दै आएका ज्ञानेन्द्र शाहको नामका अगाडि एउटा उपमा अर्थात पूर्वराजा यसैको परिणती हो ।  मन्दिर र शक्तिपीठ डुल्ने आफ्नो सनातनको परम्परा अनुरुप ‘पूर्वराजा’ पनि मन्दिरहरु डुलेको हुनुपर्छ सायद । मन्दिर डुल्नुको पछाडि धार्मीक उद्देश्यबाहेक उनी अरु कुनै उद्देश्यले प्रेरित छन् भन्ने कुरो कम्तिमा पनि मलाई चाँहि विश्वास छैन । किनकी उनलाई राम्ररी थाहा हुनुपर्छ, आफ्ना प्रत्येक राजकीय सम्बोधनको अन्तिम छ शब्दहरु ‘श्री पशुप…

जीवन चलिरहन्छ - अनवरत !

यहि कार्तिक २३ गते अर्थात नोभेम्बर ८ तारिखका दिन म २७ वर्ष पूरा गरी जीवनको २८ औं वर्षमा प्रवेश गर्दैछु । यहाँसम्म आर्इपुग्ने क्रममा जीवनमा मैले अनेकौं तीतामीठा अनुभवहरू संगालेको पनि छु । ती अनुभवहरू सम्भवतः यहाँहरूका झैं पक्कै छैनन् । किन्तु, हाम्रा भोगार्इहरूले हामी सबैलार्इ एउटै पाठ चाँहि सिकाएको हुनुपर्छ - जीवन जिउने कला ! मेरो विश्वास छ, जीवनको अविरल यात्रामा हामीले सामना गर्नुपर्ने कैयन कठिन चुनौतीहरूले हामीलार्इ जीवन के हो भनेर बुझ्नलार्इ अझ प्रेरित गरेका छन् । हामी सधैं सुखभोग मात्र गर्दैनौं, हाम्रा लागि दर्दहरूको पनि आफ्नै महत्व छन् । सायद जीवनमा दर्द, विवशता र लाचारीपन नहुँदा हुन त बाँच्नुको  पनि त महत्व नरहँदो हो ।  मैले आफ्नै जीवनलार्इ मिहीन पाराले बुझ्ने प्रयास गर्दै गर्दा के पाएको छु भने, जीवन सुन्दर छ र यसका थुप्रै अँध्यारा पाटाहरू पनि छन् । केहि मानिसहरू सधैं जीवनका उज्याला पाटाहरूलार्इ अङ्गाल्छन्, उनीहरू अँध्यारा पाटाहरू देख्तैदेख्दैनन् वा इन्कार गर्छन् । र, उनीहरू सधैं सुखी अनि खुशी हुन्छन् । खुशि यस अर्थमा कि अँध्यारोले जीवन छोपिरहेका बखत पनि उनीहरू परपर क्षितिजसम्म…

साउना र नाङ्गा मान्छेहरू

त्यतिखेर म फिनल्याण्ड झरेको पुगनपुग एक हप्ता भएको थियो । विद्यार्थी युनियनले एउटा भेटघाट कार्यक्रम राखेको थियो र त्यहाँ साउना पनि हुँदै थियो । “हो त मान्छेहरु सबै नाङ्गै भएर भित्र छिर्ने हो ।” नेपालबाट आएका एक सिनियर विद्यार्थीले साउनाका बारेमा यो वाक्य बोलेका थिए । र, मलाई भित्रैदेखि शरम लागेर आएको थियो । म पानीपानी भएको थियो, मलाई लाग्यो – छिः साउनामा बस्ने सबै मान्छेहरुको अगाडि आफ्नो नीजि अंगको प्रदर्शन म कसरी गर्न सक्छु ? यस्तैमा सिनियर मध्येका एक जनाले आफ्नो अनुभव सुनाएका थिए, “हैन त्यस्तो लाजै लाग्ने भए त भित्री वस्त्र (अन्डरवेयर) लगाएर जाँदा पनि हुन्छ । मैले त्यसै गरेको थिएँ ।” उनको कुरामा असहमत हुँदै अर्का एकजनाले सुझाए –“साउना पनि कोही कट्टु लगाएर जान्छ ? साउना भनेकै नाङ्गै बसेर आनन्दले वाफ लिने हो, पसिना झार्ने हो । कट्टु लगाएर साउना जानु स्वास्थ्यका लागि उति फाइदाजनक कुरो हैन ।” म त्यसदिन बिलखबन्दमा परेँ । पहिलो पटकको अनुभव भएकाले साउना जान मलाई भित्रैदेखि ईच्छा जागेर आएको थियो, र फेरि नाङ्गै मानिसहरुबीच बस्ने कुराले कताकता चिमोटी रहेथ्यो । कलेजको शुरुका दिन कक्षामा रहेका …

हामी, हाम्रो विमानस्थल र हाम्रा कर्मचारी

डेढ बर्ष पहिले नर्बेबाट १५ दिने छुट्टी मनाउनका लागि नेपाल आएर फर्कदा त्रिभुवन विमानस्थलमा मैले जुन अकल्पनिय र निकृष्ट ब्यवहार अनुभव गरेको थिएँ लगभग उस्तै अनुभव यसपाली देश छाड्दै गर्दा विमानस्थलमा अनुभव गरेँ – एकजना कर्मचारी भनौंदोबाट ।  उसको व्यवहारले मलाई यस्तो रिस उठ्यो कि सायद मेरो ठाउँमा दुर्वासा हुन्थे भने उक्त कर्मचारीको इहलीला नै समाप्त पारिदिन्थे होला । अध्ययनको शिलशिलामा भाद्र १६ गते फिनल्याण्डका लागि उड्दै गर्दा उक्त कर्मचारीले मलाई शिक्षा मन्त्रालयबाट मेरा नाममा जारी गरिएको नो अब्जेक्सन लेटर मागे । मैले विनम्रतापूर्वक उसलाई जानकारी गराएकै थिएँ – नो अब्जेक्शन लेटर मलाई मेरो फिनल्याण्ड बसाइका क्रममा आवश्यक केहि हजार युरो विनिमय गर्नका लागि बैङ्कमा प्रस्तुत गर्नका लागि दिइएको हो भन्ने जानकारी पाएकाले र अर्को वर्ष पनि युरो सटहीका लागि मलाई आवश्यक पर्ने हुनाले मैले मेरो अभिभावकलाई बुझाएको छु । तर बुढो मान्दै मान्दैन । जहाज छुट्न एक घण्टा पनि बाँकी नरहेको अवस्थामा ऊ मलाई त्यो पत्र लिन आदेश दिन्छ । म निरीह बन्छु । पासपोर्ट छ, भिषा छ, विश्वविद्यालयको विद्यार्थी स्वीकृत गरिएको पत्र…

पुत्र, पिता र क्रान्तिकारीता

शहरमा एउटा गाँइगुई सुनिन थालेको छ अचेल, कि माओवादी सुप्रिमो अध्यक्ष कामरेडका पुत्रले पार्टीकी एक महिला कार्यकर्तालाई उछिट्टियाए रे ! हुन त बेलाबेलामा बाउछोराका विषयमा निकै गर्मागर्मी कुरो बाहिर आएकै हुन । त्यसकारण पनि यो पछिल्लो कुराले उति गम्भीर अर्थ नराख्ला कतिपयलाई । तरपनि नेपाली संस्कारको त कुरै छाड्दिम क्रान्तिकारीतको बख्यान गरेर नथाक्ने माओवादी पार्टीका अध्यक्षका छोरा अझ एक जिम्मेवार माओवादी कार्यकर्ताले नै कम्युनिष्ट चरित्रको धज्जी उडाएकाले सायद शहरमा यस्तो चर्काचर्की बहस चलेको हुनुपर्छ । यो चर्चा कहिले गएर सेलाउँछ त्यो मैले जान्ने कुरो भएन ! तर मलाई लागेको कुरा प्रचण्डपुत्रले आफ्नो पिताको लागि केहि राम्रो त गर्न सकेनन् बरू आफ्नो पिताको “बचेखुचेको” ईज्जत, शान, शौकत बागमतिमा लगेर सेलाईदिए ! आफ्ना पिता प्रधानमन्त्री हुँदा पिताको सहयोगी भएर देशविदेश भ्रमण गर्ने अत्यन्तै दुर्लभ अवसरहरु पाएपछि यिनलाई लागेको हुँदो हो – म भनेको प्रधानमन्त्रीको छोरो ! ऐश आराम भोग गर्न जन्मेको ! हुनपनि बाउले नै छोराको बानी बिगारेपछि अरुले जे पनि लाग्ने कुरो भएन । मलाई अचम्म लाग्छ, प्रचण्ड जस्तो एउटा भि…

ख्वै हाम्रो राजनेता ?

ब्यक्तिगत आनीबानी र स्वभावलाई मसिनो गरी केलाउने हो भने महात्मा गान्धीका पनि थुप्रै नकारात्मक पक्षहरु थिए होला । मानिस भएपछि ब्यवहारतः ऊ पूर्णरुपेण भगवान कसरी बन्न सक्छ ? त्यसकारण महात्मा गान्धीलाई भगवान भनिएन/मानिएन । तर उनी निष्ठाको राजनीति गर्थे । र, सधैं परिवर्तन र स्वतन्त्रताको पक्षमा वकालत गरे । परिणाम आज उनी भारतका मात्र हैन विश्वका नेता बन्न पुगे । उनी जिवीत छैनन् तर विश्व राजनीतिका हजारौं जिवीत नेताहरु भन्दा बढी सम्मानपूर्वक स्थान छ उनको । एशियादेखि युरोपसम्म, अमेरिकादेखि अफ्रिकी मुलुकका चप्काचप्कामा उनलाई सम्मानपूर्वक सम्झिन्छन् मान्छेहरु । उनको नाम सम्झिदाँ श्रद्धाले शिरनत गर्छन मानिसहरू । किनकी उनी नेता थिएनन्, राजनेता थिए । राजनेताका नामहरु लिदै गर्दा विश्वसमुदायले उत्तिकै सम्मानपूर्वक सम्झिने नामहरु थुप्रै छन् जस्तो मार्टिन लुथर किङ, माओत्सेतुङ, नेल्सन मण्डेला, डा. मोहम्मद महाथिर, ह्युगो चाभेज, विस्टन चर्चिल आदिआदि । यी विश्वप्रसिद्ध राजनेताहरु एकै झिमिक वा सनकमा राजनेता भएका थिएनन् । यिनीहरुले स्वयंलाई राजनेता भनेर घोषणा गरेका पनि थिएनन् । तर आफ्नो भूगोलमा राजनीतिको एउट…

फागुमा

साथी मेरा राता नीला रंग छर्दै होलान
फागुको यो उमंगमा दंग पर्दै होलान
उन्मत्त वैंश छताछुल्ल सडकैमा पोखी
कति नियम होलीका भंग गर्दै होलान

धरातल भूल्नेहरू हो

बगैंचामा झरी, गमलामा फूल्नेहरू हो
दिनमा हरार्इ, अँध्यारामा खुल्नेहरू हो
बताइदिउँला आऊ म, जीन्दगीको अर्थ
खासमा आफ्नो धरातल भूल्नेहरू हो !

बि.सं. २१०० (अंक १८)

दुई स्टप पश्चिमतिर लागेपछि हामी हन्टिङ हिल्स जाने केबुलकारको स्टेशनमा पुग्यौं । केबलकारको आतेजाते टिकट, एकरातको त्यहाँको बसाईको अनुमति, झारल मार्ने अनुमति, हन्टिङ गन आदि सबै प्रबन्धका लागि जेट्लिनाले आफ्नो फाइभजी जेनेरेशनको स्मार्टफोनमा उपलब्ध द्रुत गतिको इन्टरनेट सुविधाको प्रयोग गर्दै अनलाईन रिजर्भ गरेकी थिई । जस वापत उसले आफ्नो बैङ्क खाताबाट २५ हजार खर्च गर्नुपर्‍यो । र, मैले मेरो भागको साढे १२ हजार उसको खातामा रकम ट्रान्सफर गर्न बाँकी नै थियो ।
टिकट चेकिङ स्पटमा राखिएका मेशिनमा उसले आफ्नो स्मार्टफोनको स्क्रिन राखेपछि, मेशिनले ऊ र मलाई चेकिङ प्वाइन्ट क्रस गर्ने अनुमति दियो । हामीले चेकिङ प्वाइन्ट क्रस गर्नासाथ एकजना आकाशे रङको पोशाकमा सजिएको टाइसुट धारी युवक हामी नेर आयो र जेट्लिनाको स्मार्टफोन माग्यो । उसले दिई । युवकले इ–टिकट हेर्‍यो । र, “सबै ठिकै रहिछ, हजुरहरुलाई डिस्टर्व गरेँ माइन्ड नगर्नु ल !” भन्दै आफ्नो पहिलाको स्थानमा गएर उभ्भियो । त्यहाँबाट चालीस–पैतालिस मिटर पैदल हिडेपछि हामी केबलकार चढ्ने ठाउँमा पुग्यौं । भवनभित्रको त्यो वाकिङ जोनको दायाँ बायाँ राखिएका विभिन्न पसलहरुले…

बि.सं. २१०० (अंक १७)

जेट्लिना अलिकति पागल केटी हो – उसँगको केहि दिनदेखिको संगतले उसको बारेमा मैले बनाएको धारणा यहि हो । यति हुँदाहुँदै पनि ऊ नछोइ नहुने, माया दिई नहुने र उप्रति कृतज्ञ हुनै पर्ने युवती पनि हो । उसको झर्कोफर्कोले एकैछिन पिराए पनि लामोसमयसम्म पीडा दिइरहन सक्दैन । त्यसैले उसले बेडरुमबाट बाहिर निस्किने बेलामा मलाई ब्यङ्ग्य गर्दै – “हैन हजुर अझै रेडि नभएको ? फेरि म त हजुरलाई यहि छाडेर गैदिन्छु अनि रिअलाइज गर्नुहुन्छ मेरो भ्यालू !” भने पनि मैले उसको कुरामा खास ध्यान दिईन । बरु मलाई लाग्यो – ऊ तरुनी छे । स्वभावतः उसँग तरुनो मन छ । तरुनै जोश, जाँगर र उमंग छ । छ त्यस्तै उत्साह पनि । म उमेरले निबृत्त हुन आँटेको मान्छेमा उसमा जति उत्साह कहाँ हुनु ? उसले अझै नबुझेको चुरो कुरो नै यहि हो । जब मलाई उसको बुझक्कीमा केही कमी भएको महशुुस हुन थाल्दछ, त्यतिखेर उसँगको मेरो संगत उति रुचीकर र फलदायी लाग्दैन । तर जेभएपनि उसँगको सामिप्यता मलाई मन परिहेकै हो । “इ हेर्नु मेरो क्याम्पिङ टुल्स !” टेबलमाथी स्लीपिङ ब्याग, टर्चलाइट, लामो डोरी र केहि स्टील स्टिक्स राख्दै उसले भनी ।  मैले आफूसँग स्लीपिङ ब्याग मात्र भएको भन…

बि.सं. २१०० (अंक १६)

नौ बजेतिर ऊ आँखा मिच्दै बैठककोठामा पसी । र, मतिर पुलुक्क हेरी । म बिहानै उठीवरी नुहाइधुवाइको काम सिध्याएर बैठककोठामा बसिरहेको थिएँ । उसलाई सायद आश्चर्य लागेको हुनुपर्छ कि एकाबिहानै बुढोमान्छे कता हिड्यो ? लाजै नमानी उसले बितेको रातका बारेमा सोधी । मलाई जवाफ दिन लाज लाग्यो । केहि बोल्नै सकिनँ मैले । धेरै बेरसम्म म चुपचाप उसका कुराहरु सुनेर बसिरहेँ । “इट्स नर्मल डियर, किन लाज मान्नु ? डिड आइ रेप यू ? नाइदर यू डिड म्यान । सो टेक इट इजी । यो हजुरको एरा होइन, इट्स ट्वेन्टी फस्ट हन्ड्रेड बिएस । जस्ट टेक इट नर्मल !” एक कामुक हाई काढी उसले र बाथरुम तिर लागी । उसले हाई काढ्दै गर्दा शरीर यति मज्जासँग तन्काई कि मभित्रको युवक मन उसै तात्तिएर आयो ।  ऊ बाथरुमतिर लागीसकेपछि म फगत उसकै बारेमा सोचेर बसेँ – कति एडभान्स भएछ जमाना ? हाम्रो पालामा लोग्नेस्वास्नीबिच पनि नहुने कतिपय संवादहरु यति बिघ्न यौनिकताले ओतप्रोत, उत्ताउला, मदहोशपूर्ण होलान् भन्ने मेरो कल्पनाबाहिरको कुरा भैसकेछन् । म आफू र मेरो अवचेतन मस्तिष्कलाई धिक्कार्नुसम्म धिक्कारेँ । आफ्नो पुस्तकालयका हजारौं पुस्तकहरुका बिचमा मैले संसार बुझ्ने …

बि.सं. २१०० (अंक १५)

पछिल्लोक्रममा विकसित हुँदै आएका उसका कार्यकलापहरुले उसप्रति म पूरै सकारात्मक बन्न सकिरहेको थिइँन । तर भित्रैदेखि बढ्दो उत्तेजनाको गतिलाई पनि नियन्त्रणमा राख्न सकिरहेको थिइँन । उसको पछिपछि हिडेर उसकै बिस्तारामा गएर उसँगै लेपस्सिएर बस्दा सम्मको कुनै एउटा पलको पनि गुञ्जायस मस्तिष्कमा थिएन । ती सबै पलहरु एकएक गरेर अत्यन्तै तिब्र गतिमा घटित भएको महशुस भयो । बिस्तरामा ढल्केपछि उसले खै कुन्नी के सोची ? मेरो पूर्वकल्पना भन्दा एकदमै फरक तरिकाले ऊ प्रस्तुत भई, उसले सोधी – “सुन न तिमी नाम्चे गएका छौ ? तिमीले रारामा मोटरबोट ड्राइभ गरेका छौ ? डोल्पामा पुगेर स्नो खेलेका छौ ?” उसका यी प्रत्येक प्रश्नहरु मलाई एउटा पागलले गर्ने प्रश्नभन्दा केहि फरक लागेन । मदहोशीमा बिछ्यौनामा पुग्ने हरेक पाका जोडीहरुले यस्तै ब्यवहार गर्ने हो भने त्यसको परिणाम के होला ? के कुनै ब्यक्ति पूर्ण उत्तेजित भैरहेको बखत आफ्नो बेड पार्टनरबाट यस्ता प्रश्नहरुको अपेक्षा गर्दछ होला ? उसो त भौतिक रुपमा म उसका यौनिक ब्यबहारले स्खलित भैसकेको भएपनि मानसिक रुपमा म अझै तृप्त भैसकेको थिइँन । मेरो आवेशात्मक प्रतिक्रियाले कतै ऊ बिच्की भने क…

डोजर चलाएर मात्र सडक चौडा हुँदैन

ट्राफिक प्रहरीले अविश्वसनीय रुपमा सडक बिस्तारमा लागेको देख्दा थुप्रै आम नागरिकहरु दंग परेका छन् । सर्बसाधरणहरुका मुहारमा खुशीको लाली पनि देखिएकै हो । बर्षौदेखि भत्काइन नसकेका सार्वजनिक जग्गा मिचेर बनाइएका पहुँचवालाहरुका पर्खाल, पौडी पोखरी र घर माथि एकाएक डोजर दगुर्नु हाम्रो देशको सन्दर्भमा स्वभाविक विषय हुँदै होइनन् । तथापि ट्राफिक महाशाखाले जुन निभर्यका साथ अदम्य साहस प्रदर्शन गरेको छ त्यो उसको कर्तब्य हुँदाहुँदै पनि हामी स्यालुट नगरी रहन सक्दैनौं । यो आँटिलो कदमका लागि ट्राफिक महाशाखाका प्रमुख र मातहतका कर्मचारीलाई हार्दिक धन्यवाद छ ।  तर यति हुँदाहुँदै पनि ट्राफिक महाशाखाले ट्राफिक ब्यवस्थापनको अन्य महत्वपूर्ण कामप्रति भने रमिते भएको देख्दा चित्त बुझिरहेको छैन । सडकमा राखिएका ट्राफिक लाइटहरु प्रदर्शनीका लागि संग्रहालयमा राखिएका ‘वस्तुहरु’ प्रतित हुन्छन् । तीनको मर्मत सम्भारको काम कहिले हुने हो उनै राम जानुन् । बाटो पार गर्नका लागि पैदल यात्रु जेब्रा क्रसिङ भेट्दैन, भेटोस् पनि कसरी ? ती सडकमा बिलाएका छन्, नामनिशान छैन तीनको । अब ती जेब्रा क्रसिङले रंगिन हुन कहिले पाउने हुन् केहि ठे…

म, मेरो मान्यता र सकारात्मक सोच

एकजना साथी भन्ने गर्थ्यो - जब तँलार्इ कुनै ब्यक्तिले अनाहकमा एक थप्पड हिर्काइहाल्यो भने त्यसको प्रतिकार गर्नुको साटो तैलें उसलार्इ बिनम्रतापूर्वक - हजुरले मलार्इ हिर्काउनुको कारण थाहा पाइँन नी ! भनेर सोधिस् भने उक्त ब्यक्ति शीर नत पारेर त्यहाँबाट हिड्छ !              नकारात्मकता र सकारात्मकताका बारेमा मानिसहरूले चर्चा गर्दैगर्दा,  मैले सोचेँ - अरे, सबैकुरालार्इ म कसरी सकारात्मक रूपमा ग्रहण गर्न सक्दछु ? यस्तो कुरा त सकारात्मक सोचका प्रख्यात ब्याख्यता कर्ण शाक्यमा पनि लागू हुँदैन । हरेक कुराको सकारात्मक पक्ष मात्र खोतल्दै जाने हो भने त मानिसले दःखी हुन पनि पाउने छैन सायद । यो मलार्इ घोर आपत्तिको विषय लाग्यो । र, यसले मानिसमा अनिश्चित र अनियन्त्रित विचारको प्रादुर्भाव गराउँदछ भन्ने पनि लाग्यो । हरेक कुरामा सकारात्मक सोचमात्र राख्ने हो भने मैले थुप्रै समस्याहरूका बीचमा निरीह बन्नु पर्ने पनि देखेँ । जस्तो कुनै ब्यक्ति मेरो नजिक फुङ्फुङ्ती चुरोटको धुँवा उडार्इरहेको छ । मलार्इ चुरोटको धुवा एक रति पनि मन पर्दैन, मलार्इ अत्यन्तै असह्य हुन्छ । मेरा अगाडि यसरी चुरोट पिउनेहरूप्रति अथाह घृणा उत्प…

यसरी बन्छ नयाँ नेपाल

गुराँश क्रान्ति (जनआन्दोलन २) ताका ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै चर्चामा आयो । चिया गफ, रत्नपार्कभित्र गरिने बदामे गफ यहाँसम्म कि भट्टीमा समेत भट्टी गफको शिर्षक बन्यो – नयाँ नेपाल ! परन्तु यो शब्दावलीप्रति हामी नेपालीजनहरुको आकर्षण यति कम भएर गयो कि मेलम्ची खानेपानी, काठमाडौं – तराई जोड्ने फास्ट ट्रयाक वा आठलेनको चक्रपथमा जति हामीलाई बिकर्षण छ, जुन भएपनि ठिकै नभएपनि मतलब नभएजस्तो । तर एक आशावादी आम नेपालीका नाताले ‘नयाँ नेपाल’ शब्दावलीप्रति मेरो आकर्षण अझै पनि ज्यूँका त्युँ छ । र, मनभरी नयाँ नेपाल निर्माणका खातिर थुप्रै तर्कनाहरु उब्जिन थालेका छन् । ती तर्कनाहरु ब्यक्तिको ब्यावहारिक परिवर्तनसँग सम्बन्धित भएकाले मैले अनुशरण गर्ने कामपनि थालेको छु । यदि यहाँहरुलाई पनि उपयुक्त लागेमा अनुशरण गर्ने प्रयास गर्नुहोला । जस्तो सार्वजनिक यातायातमा  –यात्रा गर्दा मैले अझैसम्म नक्कली बिधार्थी परिचयपत्र प्रयोग गरेको छैन ।  –महिला, जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुका लागि सुरक्षित गरिएका सिटमा बस्ने गरेको छैन । –आफूभन्दा अशक्त तथा बृद्ध नागरिकहरुलाई उभ्याएर म मज्जाले सिटमा बसी यात्रा गर्ने गरेक…