Skip to main content

Posts

Showing posts from January, 2012

बि.सं. २१०० (अंक १८)

दुई स्टप पश्चिमतिर लागेपछि हामी हन्टिङ हिल्स जाने केबुलकारको स्टेशनमा पुग्यौं । केबलकारको आतेजाते टिकट, एकरातको त्यहाँको बसाईको अनुमति, झारल मार्ने अनुमति, हन्टिङ गन आदि सबै प्रबन्धका लागि जेट्लिनाले आफ्नो फाइभजी जेनेरेशनको स्मार्टफोनमा उपलब्ध द्रुत गतिको इन्टरनेट सुविधाको प्रयोग गर्दै अनलाईन रिजर्भ गरेकी थिई । जस वापत उसले आफ्नो बैङ्क खाताबाट २५ हजार खर्च गर्नुपर्‍यो । र, मैले मेरो भागको साढे १२ हजार उसको खातामा रकम ट्रान्सफर गर्न बाँकी नै थियो ।
टिकट चेकिङ स्पटमा राखिएका मेशिनमा उसले आफ्नो स्मार्टफोनको स्क्रिन राखेपछि, मेशिनले ऊ र मलाई चेकिङ प्वाइन्ट क्रस गर्ने अनुमति दियो । हामीले चेकिङ प्वाइन्ट क्रस गर्नासाथ एकजना आकाशे रङको पोशाकमा सजिएको टाइसुट धारी युवक हामी नेर आयो र जेट्लिनाको स्मार्टफोन माग्यो । उसले दिई । युवकले इ–टिकट हेर्‍यो । र, “सबै ठिकै रहिछ, हजुरहरुलाई डिस्टर्व गरेँ माइन्ड नगर्नु ल !” भन्दै आफ्नो पहिलाको स्थानमा गएर उभ्भियो । त्यहाँबाट चालीस–पैतालिस मिटर पैदल हिडेपछि हामी केबलकार चढ्ने ठाउँमा पुग्यौं । भवनभित्रको त्यो वाकिङ जोनको दायाँ बायाँ राखिएका विभिन्न पसलहरुले…

बि.सं. २१०० (अंक १७)

जेट्लिना अलिकति पागल केटी हो – उसँगको केहि दिनदेखिको संगतले उसको बारेमा मैले बनाएको धारणा यहि हो । यति हुँदाहुँदै पनि ऊ नछोइ नहुने, माया दिई नहुने र उप्रति कृतज्ञ हुनै पर्ने युवती पनि हो । उसको झर्कोफर्कोले एकैछिन पिराए पनि लामोसमयसम्म पीडा दिइरहन सक्दैन । त्यसैले उसले बेडरुमबाट बाहिर निस्किने बेलामा मलाई ब्यङ्ग्य गर्दै – “हैन हजुर अझै रेडि नभएको ? फेरि म त हजुरलाई यहि छाडेर गैदिन्छु अनि रिअलाइज गर्नुहुन्छ मेरो भ्यालू !” भने पनि मैले उसको कुरामा खास ध्यान दिईन । बरु मलाई लाग्यो – ऊ तरुनी छे । स्वभावतः उसँग तरुनो मन छ । तरुनै जोश, जाँगर र उमंग छ । छ त्यस्तै उत्साह पनि । म उमेरले निबृत्त हुन आँटेको मान्छेमा उसमा जति उत्साह कहाँ हुनु ? उसले अझै नबुझेको चुरो कुरो नै यहि हो । जब मलाई उसको बुझक्कीमा केही कमी भएको महशुुस हुन थाल्दछ, त्यतिखेर उसँगको मेरो संगत उति रुचीकर र फलदायी लाग्दैन । तर जेभएपनि उसँगको सामिप्यता मलाई मन परिहेकै हो । “इ हेर्नु मेरो क्याम्पिङ टुल्स !” टेबलमाथी स्लीपिङ ब्याग, टर्चलाइट, लामो डोरी र केहि स्टील स्टिक्स राख्दै उसले भनी ।  मैले आफूसँग स्लीपिङ ब्याग मात्र भएको भन…

बि.सं. २१०० (अंक १६)

नौ बजेतिर ऊ आँखा मिच्दै बैठककोठामा पसी । र, मतिर पुलुक्क हेरी । म बिहानै उठीवरी नुहाइधुवाइको काम सिध्याएर बैठककोठामा बसिरहेको थिएँ । उसलाई सायद आश्चर्य लागेको हुनुपर्छ कि एकाबिहानै बुढोमान्छे कता हिड्यो ? लाजै नमानी उसले बितेको रातका बारेमा सोधी । मलाई जवाफ दिन लाज लाग्यो । केहि बोल्नै सकिनँ मैले । धेरै बेरसम्म म चुपचाप उसका कुराहरु सुनेर बसिरहेँ । “इट्स नर्मल डियर, किन लाज मान्नु ? डिड आइ रेप यू ? नाइदर यू डिड म्यान । सो टेक इट इजी । यो हजुरको एरा होइन, इट्स ट्वेन्टी फस्ट हन्ड्रेड बिएस । जस्ट टेक इट नर्मल !” एक कामुक हाई काढी उसले र बाथरुम तिर लागी । उसले हाई काढ्दै गर्दा शरीर यति मज्जासँग तन्काई कि मभित्रको युवक मन उसै तात्तिएर आयो ।  ऊ बाथरुमतिर लागीसकेपछि म फगत उसकै बारेमा सोचेर बसेँ – कति एडभान्स भएछ जमाना ? हाम्रो पालामा लोग्नेस्वास्नीबिच पनि नहुने कतिपय संवादहरु यति बिघ्न यौनिकताले ओतप्रोत, उत्ताउला, मदहोशपूर्ण होलान् भन्ने मेरो कल्पनाबाहिरको कुरा भैसकेछन् । म आफू र मेरो अवचेतन मस्तिष्कलाई धिक्कार्नुसम्म धिक्कारेँ । आफ्नो पुस्तकालयका हजारौं पुस्तकहरुका बिचमा मैले संसार बुझ्ने …

बि.सं. २१०० (अंक १५)

पछिल्लोक्रममा विकसित हुँदै आएका उसका कार्यकलापहरुले उसप्रति म पूरै सकारात्मक बन्न सकिरहेको थिइँन । तर भित्रैदेखि बढ्दो उत्तेजनाको गतिलाई पनि नियन्त्रणमा राख्न सकिरहेको थिइँन । उसको पछिपछि हिडेर उसकै बिस्तारामा गएर उसँगै लेपस्सिएर बस्दा सम्मको कुनै एउटा पलको पनि गुञ्जायस मस्तिष्कमा थिएन । ती सबै पलहरु एकएक गरेर अत्यन्तै तिब्र गतिमा घटित भएको महशुस भयो । बिस्तरामा ढल्केपछि उसले खै कुन्नी के सोची ? मेरो पूर्वकल्पना भन्दा एकदमै फरक तरिकाले ऊ प्रस्तुत भई, उसले सोधी – “सुन न तिमी नाम्चे गएका छौ ? तिमीले रारामा मोटरबोट ड्राइभ गरेका छौ ? डोल्पामा पुगेर स्नो खेलेका छौ ?” उसका यी प्रत्येक प्रश्नहरु मलाई एउटा पागलले गर्ने प्रश्नभन्दा केहि फरक लागेन । मदहोशीमा बिछ्यौनामा पुग्ने हरेक पाका जोडीहरुले यस्तै ब्यवहार गर्ने हो भने त्यसको परिणाम के होला ? के कुनै ब्यक्ति पूर्ण उत्तेजित भैरहेको बखत आफ्नो बेड पार्टनरबाट यस्ता प्रश्नहरुको अपेक्षा गर्दछ होला ? उसो त भौतिक रुपमा म उसका यौनिक ब्यबहारले स्खलित भैसकेको भएपनि मानसिक रुपमा म अझै तृप्त भैसकेको थिइँन । मेरो आवेशात्मक प्रतिक्रियाले कतै ऊ बिच्की भने क…

डोजर चलाएर मात्र सडक चौडा हुँदैन

ट्राफिक प्रहरीले अविश्वसनीय रुपमा सडक बिस्तारमा लागेको देख्दा थुप्रै आम नागरिकहरु दंग परेका छन् । सर्बसाधरणहरुका मुहारमा खुशीको लाली पनि देखिएकै हो । बर्षौदेखि भत्काइन नसकेका सार्वजनिक जग्गा मिचेर बनाइएका पहुँचवालाहरुका पर्खाल, पौडी पोखरी र घर माथि एकाएक डोजर दगुर्नु हाम्रो देशको सन्दर्भमा स्वभाविक विषय हुँदै होइनन् । तथापि ट्राफिक महाशाखाले जुन निभर्यका साथ अदम्य साहस प्रदर्शन गरेको छ त्यो उसको कर्तब्य हुँदाहुँदै पनि हामी स्यालुट नगरी रहन सक्दैनौं । यो आँटिलो कदमका लागि ट्राफिक महाशाखाका प्रमुख र मातहतका कर्मचारीलाई हार्दिक धन्यवाद छ ।  तर यति हुँदाहुँदै पनि ट्राफिक महाशाखाले ट्राफिक ब्यवस्थापनको अन्य महत्वपूर्ण कामप्रति भने रमिते भएको देख्दा चित्त बुझिरहेको छैन । सडकमा राखिएका ट्राफिक लाइटहरु प्रदर्शनीका लागि संग्रहालयमा राखिएका ‘वस्तुहरु’ प्रतित हुन्छन् । तीनको मर्मत सम्भारको काम कहिले हुने हो उनै राम जानुन् । बाटो पार गर्नका लागि पैदल यात्रु जेब्रा क्रसिङ भेट्दैन, भेटोस् पनि कसरी ? ती सडकमा बिलाएका छन्, नामनिशान छैन तीनको । अब ती जेब्रा क्रसिङले रंगिन हुन कहिले पाउने हुन् केहि ठे…

म, मेरो मान्यता र सकारात्मक सोच

एकजना साथी भन्ने गर्थ्यो - जब तँलार्इ कुनै ब्यक्तिले अनाहकमा एक थप्पड हिर्काइहाल्यो भने त्यसको प्रतिकार गर्नुको साटो तैलें उसलार्इ बिनम्रतापूर्वक - हजुरले मलार्इ हिर्काउनुको कारण थाहा पाइँन नी ! भनेर सोधिस् भने उक्त ब्यक्ति शीर नत पारेर त्यहाँबाट हिड्छ !              नकारात्मकता र सकारात्मकताका बारेमा मानिसहरूले चर्चा गर्दैगर्दा,  मैले सोचेँ - अरे, सबैकुरालार्इ म कसरी सकारात्मक रूपमा ग्रहण गर्न सक्दछु ? यस्तो कुरा त सकारात्मक सोचका प्रख्यात ब्याख्यता कर्ण शाक्यमा पनि लागू हुँदैन । हरेक कुराको सकारात्मक पक्ष मात्र खोतल्दै जाने हो भने त मानिसले दःखी हुन पनि पाउने छैन सायद । यो मलार्इ घोर आपत्तिको विषय लाग्यो । र, यसले मानिसमा अनिश्चित र अनियन्त्रित विचारको प्रादुर्भाव गराउँदछ भन्ने पनि लाग्यो । हरेक कुरामा सकारात्मक सोचमात्र राख्ने हो भने मैले थुप्रै समस्याहरूका बीचमा निरीह बन्नु पर्ने पनि देखेँ । जस्तो कुनै ब्यक्ति मेरो नजिक फुङ्फुङ्ती चुरोटको धुँवा उडार्इरहेको छ । मलार्इ चुरोटको धुवा एक रति पनि मन पर्दैन, मलार्इ अत्यन्तै असह्य हुन्छ । मेरा अगाडि यसरी चुरोट पिउनेहरूप्रति अथाह घृणा उत्प…

यसरी बन्छ नयाँ नेपाल

गुराँश क्रान्ति (जनआन्दोलन २) ताका ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै चर्चामा आयो । चिया गफ, रत्नपार्कभित्र गरिने बदामे गफ यहाँसम्म कि भट्टीमा समेत भट्टी गफको शिर्षक बन्यो – नयाँ नेपाल ! परन्तु यो शब्दावलीप्रति हामी नेपालीजनहरुको आकर्षण यति कम भएर गयो कि मेलम्ची खानेपानी, काठमाडौं – तराई जोड्ने फास्ट ट्रयाक वा आठलेनको चक्रपथमा जति हामीलाई बिकर्षण छ, जुन भएपनि ठिकै नभएपनि मतलब नभएजस्तो । तर एक आशावादी आम नेपालीका नाताले ‘नयाँ नेपाल’ शब्दावलीप्रति मेरो आकर्षण अझै पनि ज्यूँका त्युँ छ । र, मनभरी नयाँ नेपाल निर्माणका खातिर थुप्रै तर्कनाहरु उब्जिन थालेका छन् । ती तर्कनाहरु ब्यक्तिको ब्यावहारिक परिवर्तनसँग सम्बन्धित भएकाले मैले अनुशरण गर्ने कामपनि थालेको छु । यदि यहाँहरुलाई पनि उपयुक्त लागेमा अनुशरण गर्ने प्रयास गर्नुहोला । जस्तो सार्वजनिक यातायातमा  –यात्रा गर्दा मैले अझैसम्म नक्कली बिधार्थी परिचयपत्र प्रयोग गरेको छैन ।  –महिला, जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरुका लागि सुरक्षित गरिएका सिटमा बस्ने गरेको छैन । –आफूभन्दा अशक्त तथा बृद्ध नागरिकहरुलाई उभ्याएर म मज्जाले सिटमा बसी यात्रा गर्ने गरेक…