Skip to main content

बि.सं. २१०० (अंक १५)


पछिल्लोक्रममा विकसित हुँदै आएका उसका कार्यकलापहरुले उसप्रति म पूरै सकारात्मक बन्न सकिरहेको थिइँन । तर भित्रैदेखि बढ्दो उत्तेजनाको गतिलाई पनि नियन्त्रणमा राख्न सकिरहेको थिइँन । उसको पछिपछि हिडेर उसकै बिस्तारामा गएर उसँगै लेपस्सिएर बस्दा सम्मको कुनै एउटा पलको पनि गुञ्जायस मस्तिष्कमा थिएन । ती सबै पलहरु एकएक गरेर अत्यन्तै तिब्र गतिमा घटित भएको महशुस भयो । बिस्तरामा ढल्केपछि उसले खै कुन्नी के सोची ? मेरो पूर्वकल्पना भन्दा एकदमै फरक तरिकाले ऊ प्रस्तुत भई, उसले सोधी – “सुन न तिमी नाम्चे गएका छौ ? तिमीले रारामा मोटरबोट ड्राइभ गरेका छौ ? डोल्पामा पुगेर स्नो खेलेका छौ ?” उसका यी प्रत्येक प्रश्नहरु मलाई एउटा पागलले गर्ने प्रश्नभन्दा केहि फरक लागेन । मदहोशीमा बिछ्यौनामा पुग्ने हरेक पाका जोडीहरुले यस्तै ब्यवहार गर्ने हो भने त्यसको परिणाम के होला ? के कुनै ब्यक्ति पूर्ण उत्तेजित भैरहेको बखत आफ्नो बेड पार्टनरबाट यस्ता प्रश्नहरुको अपेक्षा गर्दछ होला ? उसो त भौतिक रुपमा म उसका यौनिक ब्यबहारले स्खलित भैसकेको भएपनि मानसिक रुपमा म अझै तृप्त भैसकेको थिइँन । मेरो आवेशात्मक प्रतिक्रियाले कतै ऊ बिच्की भने के होला ? मनमा घना डर उत्पन्न भयो । त्यसकारण उसका प्रश्नहरु जतिसुकै पागल लागे पनि तीनका सटिक जवाफ दिनुमा नै मेरो बुद्धिमानी ठहरिने मलाई लाग्यो । उसका एकएक पागल प्रश्नहरुको मैले सद्दे जबाफहरु दिदै गएँ । उसलाई मैले के महशुस गराउन सकेँ भने कम्तिमा पनि म उसलाई पूरापूर ध्यानपूर्वक सुनिरहेको थिएँ । उसका हरेक पागलप्रश्नहरु मेरा लागि कत्ति पनि अत्यासलाग्दा वा दिक्कपूर्ण थिएनन ।
मेरो इमान्दार ब्यवहारबाट प्रभावित भएर हो वा निरीहपन देखेर दया जागेर हो ऊ मसँग अझ बढि टाँस्सिन आईपुगी । र, भनी – “ख्वै त मलाई निको पारेको ? इट्स हर्टिङ यार !” धेरै अगाडिदेखि म उसको यहि आज्ञाको प्रतिक्षामा थिएँ । कत्तिपनि ढिलो नगरी मसाजकार्यमा जुटे । उसको दुखाई गोलीगाँठाबाट निकै माथिमाथि सम्म पुग्न थाल्यो । बेलाबखत मलाई विभिन्न निर्देशन दिदैं ऊ मसाजको फाइदा बटुल्दै थिई । “यू आर भेरी गुड अन मसाजिङ” बेलाबेलामा ऊ मलाई फुर्काउदै थिई । उसको उत्प्रेरणाले अझ बढि उत्प्रेरित हुँदै म मसाजकार्यमा इमान्दारपूर्वक खटिरहे । ऊ अझै तयार भैसकेकी थिइने तर म धेरैपल्ट स्खलित भएँ । अचानक उसले मलाई खाटबाट खसालीदिई । म निरुपाय रहेँ । आफैमाथि दया लाग्यो । ऊप्रति अत्यन्तै आक्रोश पोख्न मन लाग्यो । मैले बेसरम भनिदिएँ – “साली, तँ कति मातेकी ? तेरो स्याहार पनि गर्नु अनि दुर्व्यवहार पनि सहनु ?” ऊ नरम हुँदै भनी – “सरी यार, मैले इन्टेनसनल्ली गरेकी हैन । आई स्वेर !” उसको हात समातेर म पुनः खाटमा उक्लिएँ । मेरो पुरुस्वत्व बोध गरेर होला सायद उसले भनी – “ओके अब मसाज गर्ने टर्न मेरो । मैले इन्टेनसनल्ली धकेलेकी हैन यार । तिमी त्यत्तिकै टेम्परमा आयौ ! एनिवे वी ह्याभ टू कम्प्रोमाइज नि ..!” केहिबेर अगाडिको उसका पागलप्रश्नहरु, एकछिन अगाडिको उसको पागल हर्कत अनि फेरि अहिले उसले देखाइरहेको ब्यवहारले मलाई भिन्दै किसिमका अनुभूतिहरु दिलाए । धेरैपल्ट उसको ब्यवहारबाट म आफूलाई हारिरहेको महशुस गरेपनि कताकता म आफैले नै जितिरहेको महशुस गरेँ । 
उसका मातेका तर कोमल औंलाहरुको उत्तिकै कोमल स्पर्शहरु मेरा शरीरभरी दर्गुन थाले । ती तिब्र रफ्तारले मलाई धेरै पुलकित बनाउँदै थिए । उसले आफ्ना कोमल औंलाहरुलाई मेरो च्यापुमा पु¥याई । र, बन्द लिफ्टभित्र उसले देखाएको अकल्पनिय ब्यवहारलाई दोहो¥याई । फरक यत्ति थियो कि लिफ्टभित्रको उसको हर्कत मैले कल्पना पनि गरेको थिइँन, बिछ्यौनामाथिको उसको हर्कतको चाँहि म प्रतिक्षामा थिएँ । त्यसकारण पनि यसपालिको उसको अधरपान मेरा लागि स्वगीर्य आनन्दको विषय बन्न पुग्यो । उसको अधर मेरो अधरबाट बिस्तारै मेरो चेपु, घाँटी र मेरा स्तनका साना टुप्पाहरुसम्म पुगे, मलाई बेस्सरी कुत्कुती लागेको अनुभूति भयो । अधरपानको शिलशिला धेरैबेरसम्म चल्यो । 
नगरको बिचमा रहेको घण्टाघरको घण्टीले १२ पटकसम्म घण्टी बजायो । त्यतिन्जेलसम्म हाम्रा शरीरमा एक थान कपडा पनि रहेनन । उत्तेजनाले उरेन्ठेउला बनेका हामी दुईको रोमाञ्चक भिडन्त दुबैले नजितिन्जेल चलिरह्यो । भिडन्तमा प्रायः मानिसहरु कि त घाइते हुन्छन वा ज्यान गुमाउँछन् । तर हामी न घाइते भयौं न त ज्यान नै गुमाउनु प¥यो । बरु यसले एउटा परम आनन्द दियो र अलिकति बढि थकान ! जूनको उज्यालोमा अझ अरु केहि भिडन्त भएँ । जसमा म छिट्टै पराजित भएर पनि जिते ऊ अपराजित भएर पनि हारी । जेहोस् हाम्रा लागि त्यो सन्तोषपूर्वक पहिलो रात थियो ! मैले त्यस रात कुन प्रहरमा सुतेको भन्ने नै चाल पाइँन । मलाई यत्ति सम्झना छ, सुत्नेबेलामा जून अस्ताउन लागेको थियो ।
Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…

कम्प्यूटर, इन्टरनेट र म

एस. एल. सी. अर्थात प्रवेशिका परीक्षापछि नतिजा प्रकाशित हुन्ज्यालसम्मको करिब साढे तीन महिनाको फुर्सदमा कम्प्युटर चलाउन सिक्ने चलन भर्खर शुरू हुँदै थियो । त्यहि छेकोमा मैले पनि कम्प्युटर सिक्ने अवसर पाएथेँ । घरबाट ७ किलोमिटर टाढा रहेको बागलुङ बजारमा रहेका एक नातेदारको कम्प्युटर शिक्षणालयमा म अरू २ जना हितैषीहरूसँग कम्प्युटर सिक्न जान्थेँ । बाले इन्सिच्युट नजिकैको चियानास्ता पसलमा कम्प्युटर सिकेपछि खाजा स्वरूप चिया बिस्कुट खाने ब्यवस्था गर्दिनुभएको थियो ।  एक प्याकेट नुनिलो बिस्कुट र एक कप चिया खाएर साढे २ महिना जति मैले कम्प्युटर सिकेँ । कम्प्युटर सिक्दा किबोर्डमा भएका अक्षर नहेरी टाइप गर्ने प्रशिक्षक देख्दा, मनमनै लाग्थ्यो कि मैले पनि उनले जस्तै कहिले सम्म टाइप गरूँला ? अतः देब्रे हातको कान्छी औंलामा ए, साइलीमा एस, माझीमा डि, यस्तै गरी अरू औंलामा अरू अक्षरहरू लेखेर टाइपिङ क्षमतालाई निखार्ने मेरो प्रयास रहन्थ्यो । पछि प्रशिक्षकले टाइपशालाको रामायण खेल खेल्न सिकाए, जुन खेलले मेरो टाइपिङमा धेरै सुधार ल्याउन मद्दत गर्यो ।

टाइपिङमा अलिकति अभ्यस्त हुन थालेपछि मैले माइक्रोसफ्ट वर्ड, एक्सेल, प…