Skip to main content

बि.सं. २१०० (अंक १६)


नौ बजेतिर ऊ आँखा मिच्दै बैठककोठामा पसी । र, मतिर पुलुक्क हेरी । म बिहानै उठीवरी नुहाइधुवाइको काम सिध्याएर बैठककोठामा बसिरहेको थिएँ । उसलाई सायद आश्चर्य लागेको हुनुपर्छ कि एकाबिहानै बुढोमान्छे कता हिड्यो ? लाजै नमानी उसले बितेको रातका बारेमा सोधी । मलाई जवाफ दिन लाज लाग्यो । केहि बोल्नै सकिनँ मैले । धेरै बेरसम्म म चुपचाप उसका कुराहरु सुनेर बसिरहेँ । “इट्स नर्मल डियर, किन लाज मान्नु ? डिड आइ रेप यू ? नाइदर यू डिड म्यान । सो टेक इट इजी । यो हजुरको एरा होइन, इट्स ट्वेन्टी फस्ट हन्ड्रेड बिएस । जस्ट टेक इट नर्मल !” एक कामुक हाई काढी उसले र बाथरुम तिर लागी । उसले हाई काढ्दै गर्दा शरीर यति मज्जासँग तन्काई कि मभित्रको युवक मन उसै तात्तिएर आयो । 
ऊ बाथरुमतिर लागीसकेपछि म फगत उसकै बारेमा सोचेर बसेँ – कति एडभान्स भएछ जमाना ? हाम्रो पालामा लोग्नेस्वास्नीबिच पनि नहुने कतिपय संवादहरु यति बिघ्न यौनिकताले ओतप्रोत, उत्ताउला, मदहोशपूर्ण होलान् भन्ने मेरो कल्पनाबाहिरको कुरा भैसकेछन् । म आफू र मेरो अवचेतन मस्तिष्कलाई धिक्कार्नुसम्म धिक्कारेँ । आफ्नो पुस्तकालयका हजारौं पुस्तकहरुका बिचमा मैले संसार बुझ्ने र बिश्लेषण गर्ने दुष्प्रयास गरिरहेको महशुस गरेँ । पुस्तक पढेर संसारको विश्लेषण गर्ने जमाना अब खत्तम भैसकेको दिब्यबोध भयो । त्यही पुस्तकालय हो जहाँबाट पछिल्लो पटक मैले डा. थोमस म्याकनको ‘सेक्स एण्ड दि इन्डिपेन्डेन्ट सोसाइटी’ पढेको ! उनले लेखेका छन् – “यौनका मामिलामा समाज जति खुलेको भनिएपनि कतिपय अवस्थाहरु लुकेका हुन्छन् । ती प्रकाशमा आउन सक्दैनन । पश्चिमा संस्कृतिमा यो जति खुला बहसको विषय बनेको छ, तुलनात्मकरुपमा पूर्वीय देशहरुमा यौन बन्द विषय हो, त्यहाँ मानिसहरु अनुशासित यौन ब्यवहारमा जोड दिन्छन ।” तर डा. म्याकनले वर्णन गरेजस्तो यौन कार्यव्यवहार म आफूलाई अनुभव गरिनँ । यो मेरै समाजमा यति खुला र स्वच्छन्द भैसकेको रहेछ भन्ने मैले कल्पना पनि गरेको थिइँन । हुन त पछिल्ला १०/१२ वर्षदेखि ब्यवस्थित यौन ब्यवसायको अभ्यास नभएका होइनन् । तर ती एकदमै विवादित छन् । धार्मिक संघसंस्थाहरुले यौनलाई ‘खरिदबिक्री’ को विषय नबनाउन सरकारलाई बेलाबेलामा चेतावनी नदिएका होइनन् तर ब्यवसायिक भैसकेको पेशाको बर्खिलाप सरकार जान सक्ने अवस्थापनि रहेन । उसो त यौन व्यवसायमा संलग्न युवायुवतीहरुबाटै करोडौं कर असुल गरिरहेको सरकारले यसलाई ब्यावसायिक र ब्यवस्थित गराउनु उसको जिम्मेवारीभित्र पर्दछ । त्यसकारण पनि धार्मिक संस्थाहरुको दबाबको बाबजुद पनि सरकारले यस विषयमा ठोस कदम लिन सकेको छैन । बरु यसले कम्तिमा पनि केहि हजार युवायुवतीहरुलाई भएपनि बेरोजगार हुनबाट जोगाएको तथ्यलाई आधार मानेर यौन ब्यवसायलाई अझ बढी ब्यवस्थित बनाउनु पर्ने बहस चलिरहेको छ । 
नुहाईधुवाई गरेर ऊ बाथरुमबाट निस्की । र, मेरो छेऊमा आएर भनी – कफि पिउने हैन त ? मैले ‘हुन्छ’ भन्ने भावमा मुन्टो हल्लाएँ ।  ऊ भान्छाकोठामा गई । र, बिजुली गतिमा दुई कप कफि लिएर आई । टेबलमा राखेको दुधको बट्टाबाट केहि दुध कफिमा मिलाएँ, मैले । ऊ कालो कफि पिउने तर्खरमा देखिई, भनी – “मलाई मिल्कमा त टि मात्र मन पर्छ । तर, कफिमा विथआउट मिल्क भएको राम्रो लाग्छ । सो, म चाँहि कालो कफि नै पिएँ हैं !” म केही बोलिनँ । मुन्टे संवाद गरेँ । अर्थात टाउको हल्लाएर ‘होला’ भनिदिएँ । “अम् आजको प्लान के छ ? कताकता जाने विचार गर्नुभयो ?” अब भने नबोली सुख पाइँन मैले । “खास प्लान त केहि छैन तर मलाई त्यो हन्टिङ स्पटमा जान मन छ । यदि तिमी पनि मुडमा हो भने त्यतै जाऔं न त, हुँदैन ?” मैले मेरो प्रस्ताव राखेँ । ऊ सकारात्मक देखिई, भनी – “ओ ! द्याट वुड बी प्रिटी नाइस आइडिया ! उसोभए आज उतै नाइट स्ट्यान्ड ल !” उसको मेरो चाहनाअनुरुप शिकार खेल्न जाने कुरा जति मन परेको थियो, उतै नाइट स्ट्याण्ड चाँहि उति राम्रो लागेन । खासगरी आफ्नो उमेरको बारेमा म बढि नै कन्सस भएर होला उसले प्रस्ताव गर्दा साथ “म पनि लक्का जवान भैदिएको भए” भन्ने असम्भव मनोकाङ्क्षा उत्पन्न भयो । तथापि उसको प्रस्ताव मन नपरेपनि असहमति जनाउनु उपयुक्त हुन्छ जस्तो लागेन । त्यसैले चुपचापै रहेँ । मन परेजसरी मुन्टो हल्लाउन चाँहि बिर्सिनँ । ऊ बढि खुसी देखिई । म बेखुश हुने कारण थिएन । “देन, हामी आज केबलकारमा सरर हैन त ? ल म तयार भएर आएँ हैं, साँच्ची हजुरको क्याम्पिङ किट्सहरु पनि राख्नु नी ल.... !” ऊ बोल्दैबोल्दै आफ्नो बेडरुममा छिरी । ऊ भित्र छिरेपछि उसको आवाज सुनिएन ।

Post a Comment

Popular posts from this blog

(अ)भद्र मान्छेहरूका उरेन्ठेउलो सपना ...

साहित्य यात्रामा मेरो पहिलो प्रकाशित सृजनाको शिर्षक थियो - 'बेनी शान्त मुस्कुरार्इरहेछ ।'
'न्यू धौलागिरि' दैनिकमा यहि शिर्षकको कविता प्रकाशित गरेर मैले लेख्ने कामको थालनी गरेको थिएँ । आज निकै भावुकताका साथ म त्यो दिनलार्इ सम्झिरहेछु जुनदिन जिल्ला बिकास समितिका तत्कालिन उपसभापति मेरा पिताजीका लागि प्राप्त सरकारी आवासमा बुबासँगै बसेर म स्थानीय सरकारी मा.वि. मा अध्ययन गर्ने गर्थे । ५० को दशकको मध्यवर्षका स्वर्णिम दिनहरूमा बेनी बिछट्टै सुन्दर लाग्थ्यो, मलार्इ । पञ्चायतको काला दिनहरू पछि म्याग्दी उल्लेखनीय रूपमा शान्त नै थियो पनि । राजनैतिक र्इबी, र्इख अलिअलि थियो जस्तो मेरो अनुभूति छ । र, मलार्इ त्यो स्वभाविक नै थियो भन्ने पनि लाग्छ । किनकी, मानिसहरूको चेतनाको स्तर अहिलेको जस्तो फराकिलो हुनसक्ने सम्भावनामा नै थिएन । 
तर आज?
आज यो अलिअलि हैन, बेस्सरी खजमजिएको छ । राजनैतिक आस्थाका आधारमा मानिसहरू यो हदसम्मको नीचतामा प्रकट हुनेछन् भन्ने मैले कहिल्यै सोचेको थिइँन । सायद म गलत थिएँ । मलार्इ लागेको थियो, सूचना प्रविधीले निकै छोटो समयमै मानिसहरूलार्इ सूचना र तथ्यका मसिना पक्षहरू…

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

डा. बाबुराम भट्टराईलाई खुलापत्र

कुनै बेलाका मेरा सर्बाधिक प्रिय नेता डा. बाबुराम भट्टाराईज्यू सादार नमस्कार, सर्वप्रथम त यहाँलाई यहाँकै “प्रिय अभिवादन” लालसलामसहित अभिवादन गर्न यसर्थ असमर्थ छु कि त्यो अभिवादनमा मलाई निहत्था, निरीह हजारौं शहादतप्राप्त नौजवानहरुको रगतको “गन्ध” अनुभूत गर्दछु । ती जो जो मारिए, ती देशकै लागि मर्दैछौं भनेर शहादत प्राप्त गरेका थिए । किन्तु, उनीहरुको बलिदानीले देशले जे पाउनु पर्ने थियो त्यो पाएन, जे अनपेक्षित थियो त्यसका साक्षी वर्तमानमा बाँचिरहेका हामीहरु छौ, खैर यो प्रसंगलाई यहि टुंगाऔं । डा. सा’ब, यहाँलाई अचम्भित पार्ला कि यो अपरिचितले अकारण किन यो खुलापत्र लेख्यो ? तर म यहाँलाई दुई कुरा स्पष्ट पार्न चाहन्छु – पहिलो हामीहरु परिचित छौं, र दोश्रो यो पत्र लेख्नुको कारण छ । हो डाक्टरसा’ब अत्यन्तै सान्दर्भिक कारण ! अर्थमन्त्रीका हैसियतमा यहाँ म्याग्दी भ्रमणमा आउँदैका दिन उद्योग बाणिज्य संघ म्याग्दीको सभाहलमा उपस्थितहरुको यहाँसँग साक्षात्कार चलिरहँदा, दाहिने हात मेरो पनि उठेको थियो । ५ मिनेटसम्म अविश्रान्त हात उठिरहेपछि, बजारका “गन्यमान्यहरु” को हातबाट माइक्रोफोन मनेर आईपुगेको थियो । मलाई राम…